२६ भदौ, कञ्चन
रुपन्देहीको तिलोत्तमामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष पनि "एक्सेस सिल्भर" ब्राण्ड प्राप्त गर्न सफल भएको छ। एशियाली ऋण महासंघ (अकू)ले ७ अगस्ट २०२६ मा गरेको मूल्यांकनपछि जनउत्थानलाई सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम्म लागू हुने गरी उक्त प्रमाणीकरण प्रदान गरेको हो।
क्वालालम्पुर, मलेसियामा आयोजित अकुफोरम २०२६ बाट एसिया स्तरका उत्कृष्ट सहकारीमा २०२६’को उद्घाटन समारोहमा तेश्रो पटक आज जनउत्थानलाई सो ब्राण्ड औपचारिक रूपमा प्राप्त गरेको हो।
अकूको मूल्यांकनमा वित्तीय कार्यसम्पादन, सदस्य–ग्राहक केन्द्रितता, आन्तरिक व्यवसायिक प्रक्रिया तथा सिकाइ र वृद्धि गरी चार पक्ष समेटिएका थिए। जनउत्थानले क्रमशः ५२ मध्ये ३९, १०८ मध्ये ८३, १०४ मध्ये ७८ र ८० मध्ये ६१ अंक प्राप्त गरेको छ। अकूले सीमान्तकृत समुदाय र युवा उद्यमीलाई साना व्यवसाय तथा दिगो आर्थिक गतिविधिमा जोड्न संस्थाले दिएको वित्तीय समाधानको समेत प्रशंसा गरेको छ।
उक्त अन्तराष्ट्रिय स्तरको एक्सेस सिल्भर ब्राण्ड प्रमाण पत्र ग्रहण गर्दै जनउत्थान साकोसका अध्यक्ष गिरीप्रसाद पुनले यो सफलता जनउत्थान साकोसका ४४ हजार ३ सय ७० शेयर सदस्यको समेत भएको बताउनु भएको छ। अन्तरराष्ट्रिय ब्राण्ड पाउनु सानो मेहनत र योजनाले भन्दापनि संस्थागत क्षमता, सुशासन र दीर्घकालीन सबलता थप मजबुत बनाउन तथा न्यून आय भएका सदस्य लक्षित कार्यक्रम र वित्तीय साक्षरता जस्ता शेयर सदस्य लक्षित कार्यक्रमहरुको सफल कार्यान्वयनको देन भएको अध्यक्ष पुनले बताउनु भएको छ।
संस्थागत क्षमता, सुशासन र दीर्घकालीन सबलता थप मजबुत बनाउन तथा न्यून आय भएका सदस्य लक्षित कार्यक्रम र वित्तीय साक्षरता विस्तार गर्न समेत जनउत्थानलाई अकूले सुझाव दिएको छ। जनउत्थानले सन् २०१८ देखि एक्सेस ब्राण्ड प्राप्त गर्दै आएकोमा पछिल्लो तीन वर्षदेखि निरन्तर ‘एक्सेस सिल्भर’ प्राप्त गर्दै आएको छ।
१० सेवा केन्द्र, ८ संकलन केन्द्र र एक पहुँच सेवा केन्द्र रहेको जनउत्थानले ्हाल ४४ हजार ३ सय ७० सदस्यलाई वित्तीय सेवा दिँदै आएको छ भने संस्थाको जगेडा कोषमा ४० करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले ‘एक्सेस सिल्भर’ उपलब्धि सदस्य, कर्मचारी, सञ्चालक, सल्लाहकार, उपसमिति र सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताउनु भएको छ। आगामी दिनमा सदस्यका आवश्यकताअनुसार थप गुणस्तरीय सेवा विस्तार गर्ने कार्यकारी अधिकृत थापाले प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।
प्रमाण पत्र ग्रहणका लागि मलेसियाको क्वालालम्पुरमा आयोजित अकुफोरम २०२६मा जनउत्थानका साकोसका अध्यक्ष गिरीप्रसाद पुन र कार्यकारी निर्देशक रन बहादुर थापा जानु भएको छ। जनउत्थानले विभिन्न सेवा केन्द्र र संकलन केन्द्रहरुमा विस्तारित मञ्च कार्यक्रम अन्तर्गत ूशिक्षित सदस्य, सबल सहकारीस सबल सहकारी, समृद्ध समुदाय।ू अभियान सञ्चालन गर्दै आइरहेको छ भने विशिष्ट शेयर सदस्यहरुका विच संस्था र संस्थामा आवद्ध शेयर सदस्यहरुको वृद्धि विकासका लागि विभन्नि अन्तरकृया, गोष्ठी लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आइरअहेको छ।
अन्तरराष्ट्रिय ब्राण्ड प्राप्त गरेसंगै जनउत्थान साकोसका सञ्चाल समिति, विभिन्न उपसमिति र शेयर सदस्यहरुमा खुशी छाएको छ।