६
बिहान ८ बजेको थियो । अनन्त, कान्छा दाइ, जुनुु र केशरी चारैतिर बसेर बिहानको खाजा र चिया खाँदै थिए । कान्छा दाइ सा¥है कम बोल्ने तर टोल–छिमेकमा सबैसँग मेलजोल राख्ने† आँखामा राखे पनि नबिझाउने सरल स्वभावका कर्मचारी थिए । कार्यालयमा पनि सबैसँग मिली काम गर्ने हुँदा सानाको ‘दाइ’ र ज्येष्ठ र हाकिमहरूका ‘कान्छा भाइ’ थिए । दुई दिनअगाडिको रातको छलफलले जुनु र केशरीमात्रै होइन; अनन्त पनि दङ्गै परेको थियो । देश–विदेश र अनेक राजनीतिक दल एवम् सङ्गठनबारे अलिअलि जानकारी भएको कारण उसको मिलनसारिताले थप ग्राह्यता पाएको थियो ।
त्यस रातको बाँकी–बक्यौतालाई कोट्याउँदै केशरीले आमा र ससुरा बालाई हेरेर जिज्ञासा राख्ने अनुमति मागिन् । सङ्केत पाएर केशरीले अनन्तसँग जिज्ञासा राखिन्, “हजुरको अनुभव सुन्दा साथीहरू छुट्दै जाने देखिए; के सत्य त्यही हो ?”
अनन्तले आमा र बुबाको मुखतिर हेरिसकेपछि आफ्नी श्रीमतीतिर हेर्दै जिज्ञासाको उत्तर दियो, “सत्य त्यो होइन । सत्य मानिसहरूको सामाजिक, आर्थिक, सांस्कृतिक आदि परिस्थिति र उद्देश्यमा धेरै भर पर्छ । उदाहरणको निम्ति, मेरा आफ्नै साथीहरू घरको परिस्थितिले नोकरी र व्यापारमा लागे; केही फुपू र मामाघर बस्न गए; केही विदेश लागे; कोही टाढा जिल्लामा शिक्षक भए† कोही आफ्नो परिवार र सङ्गतले पुँजीवादी दलमा पुगे । उमेर र फरक विषयवस्तुको अध्ययनले मानिस विचारशील प्राणी हुँदा एउटै कक्षाका २० जना सहपाठीहरूलाई २० ठाउँमा पु¥याउने देखियो । साङ्गठनिक कक्षा सञ्चालनले मात्र एकरूपता ल्याउन सकिने अनुभवले बताउँछ ।”
केशरीले आफ्नो कक्षाका साथीहरूसँग सम्पर्क घट्दै गएको, कलेज पुगेपछि टाढा–टाढाका साथीहरू सहपाठी बनेको र विश्वविद्यालयमा अन्य जिल्लाका मात्रै साथीहरू भएको स्मरण गरिन् । एउटै विषयका साथीहरू कोही बैङ्क र व्यापारमा, कोही विद्यालय र महाविद्यालयमा, कोही प्रशासन र आर्थिक सल्लाहकार, सहकारी संस्थामा त कोही विदेशमा पुगे– विद्यावारिधी गर्न । कोहीले आ–आफ्नै जिल्ला र घरमा फर्की विवाह गरी घरजम गरे ।
जुनुले ‘के टोलाएर बसेकी बुहारी’ भनी सोध्दा उनले ‘आफ्नै विद्यार्थीकालको सम्झना गर्दै छु’ भनिन् ।
कान्छा दाइले अनन्तको बारेमा जानकारी दिने उद्देश्यले बुहारीलाई भने, “हेर केशरी, अनन्त माध्यमिक विद्यालयदेखि नै साथीहरूसँग अनेक खेलहरू खेल्ने, साहित्य गोष्ठी र सांस्कृतिक गतिविधि अर्थात् नाचगानमा लाग्थ्यो, साथीहरू बिरामी हुँदा अस्पताल र घरमा गई हेरविचार गथ्र्यो, घरकै थरमस, थर्मोमिटर, तातो पानी राख्ने रबरको थैलो र क्यारम बोर्ड लिएर जान्थ्यो, पिकनिक तथा कार्यक्रमहरूको निम्ति खबर गर्न घर–घर जान्थे । त्यसैले, यसका धेरै साथीहरू थिए । साथीसङ्गतकै कारण अनन्तले चुरोट पनि तान्थ्यो, पछि डाक्टरले सम्झाएपछि बल्ल चुरोटको लत छोड्यो ।”
“आमालाई दुःख पनि धेरै दिनुहुन्थ्यो होला, होइन बा ?” हाँस्दै सासूसँग केशरीले सोधिन् ।
“दुःख त के दिनु, समयमा खाना खान नआउने; कहिलेकाहीँ एकछिन साथीहरूकहाँ गएर आउँछु भनी गएको दुई–चार दिनपछि मात्रै घर फर्कने गथ्र्यो; आजको जस्तो फोन र मोबाइल कहाँ थियो र ! पिर त पर्ने नै भयो नि !,” जुनुले जवाफ दिइन् ।
“घर–छिमेकका युवाहरूसँग पनि ‘गोबर’ र ‘खरानी’ भनी झगडा पनि गर्नुहुन्थ्यो होला होइन बा !,” केशरीले उत्सुकता देखाइन् ।
कान्छा दाइले अनन्तको मुख हेर्दै र हाँस्दै केशरीलाई सम्झाउने ढङ्गले भने, “विराटनगरमा जस्तो यहाँ ‘गोबर’ र ‘खरानी’ को झगडा हुँदैनथ्यो । बरु, स–साना हस्तलिखित साहित्यिक पत्रिका र पछि–पछि छापाखानाबाट साहित्यिक पत्रिकाहरू प्रकाशित गरी छलफल चलाउँथे ।” एकछिन केही सम्झिँदै सोधे, “साथी हरिबहादुर र डाक्टर भने देखिनै छोडे नि ! किन बाबू ?”
“बुबा, हरिबहादुर त किसानका छोरा हुन् । हामी कलेजमा छँदै उनी ‘मलाई त भियतनामी उपन्यास ‘अजम्बरी गाउँ’ को ‘नूप’ भन्ने हिरो बनी बन्दुक बोक्न मन लाग्छ; अहिले पनि दुई तोलाको कलमभन्दा दुई धार्नीको कोदाली मन पर्छ’ भन्थे– बुबा ! डाक्टर भन्ने एक जना साथी तराईको एक जिल्लाको अस्पतालमा काम गर्थे; अफसोच ! उनी मरेको दुई वर्षपछि मात्र थाहा भयो । उनको एकजना छोरा काठमाडौँको एक नयाँ र सानो क्याम्पसमा प्रिन्सिपल छन् ।”
“बाबू, तिम्रो रात्रि कक्षाका किसान साथीहरू कता गए त ! तिनीहरूलाई हामी त चिन्दा पनि चिन्दैनौँ ?,” कान्छा दाइले थप जिज्ञासा राखे ।
एकछिन सम्झने कोसिस गर्दै लाचारी भावनाले अनन्तले भन्यो, “बुबा, रात्रि कक्षाका किसान साथीहरू मभन्दा बढी उमेरका थिए; तिनीहरूमध्ये कोही उमेर र रोगले मरे; केही धेरै वर्षको कारागारको यातनापछि बिते; केही सिकर्मी, फर्निचर कारखाना, इँटाभट्टा र घर–जग्गा तथा बाटो बदलेकाहरू ठेकेदारी तथा घर–जग्गा व्यापारमा छन् । केही लोकप्रिय भई निर्वाचित पदहरूमा पनि सेवा गरी बिते । आर्थिक रूपले अलि सजिलो जीवन बिताउने पुराना साथीहरूले आ–आफ्नो घरमा विवाह–व्रतबन्धजस्ता सामाजिक कार्यक्रममा कार्ड, पत्र र साथीहरू पठाएर निमन्त्रणा गर्छन् । कोही सङ्गठनलाई आ–आफ्नो गच्छेअनुसार मासिक र सामयिक चन्दा दिन्छन् भनी साथीहरू सुनाउँछन् । तर, एक जना साथी माध्यमिक विद्यालयका प्रिन्सिपल भएछन्; तिनका बारे धेरै कुरा सुनिन्थ्यो पहिले । आफ्नै विद्यालयको मेच, टेबुल, कौच, कापी–कलम, मसलन्द र प्रश्नपत्र छपाइ आदिमा समेत भ्रष्टाचार गर्दा शिक्षकहरूको विरोधपछि उनी एक शासक दलका सदस्य भई साथीहरू र सङ्गठनसँग विमति राखेको सुनेँ† तर मसँग भेटघाट छैन– बुबा । त्यसो भनेर सबै कार्यकर्ता खराब हुँदैनन्† अत्यन्त बहुमत कार्यकर्ताहरू राम्रा र इमानदार छन् ।” एकछिन रोकिएर, “अँ कोही आफ्नो इँटाभट्टा, कारखाना, बस, ट्रक र वाहन सेवाको कारोबार मिलाउन र ठेकेदारी बचाउन वा बढी नाफा लिन शासक दलका नेता, मन्त्री तथा कार्यकर्तालाई ‘पान–सुपारी’ को नाममा ‘पूजा–पाठ’ गरी समाजको आँखा बचाउँछन् । तर, ‘जनताको आँखा दूरविनजस्तो हुन्छ’ भन्ने उखानअनुसार जनताले थाहा पाइहालेका हुन्छन् – प्रहरीदेखि मन्त्री र मेयरदेखि सभामुखसम्मलाई सुटकेसमा ‘प्रेमपत्र’ पु¥याएको हल्ला चलेको बताइएको थियो ।”
“अहो बाबू ! यो राजनीति भनेको त बुझ्नै गा¥हो रहेछ; कसरी के–के थाहा पाउनुपर्ने यो सबै !”, जुनुले आश्चर्य मिश्रित भावमा बताइन् ।
अनन्तले आमालाई सम्झायो, “होइन आमा, मानिस पानीमा बाँच्दैन तर माछालाई पानी नभई हुँदैन । त्यस्तै सरकारमा बस्ने मन्त्री, ठुल्ठुला कर्मचारी र हाकिमहरूलाई लाख लाख, करोड–करोड नभई हुन्न । त्यसैमा उनीहरू बाँच्छन्; चङ्गा र चराहरू हावामै उड्छन् भने ठुल्ठुला व्यापारी र उद्योगपतिहरू हवाईजहाजमा उड्छन् । उनीहरू त्यस्तै ठुल्ठुलै अङ्कको नाफा खान्छन् । स–साना बालबालिकालाई बियर र रक्सी चखाउँदा मुख रातो हुन्छ र रुन्छन् । तर, सरकारमा बस्ने अधिकांश ठुलाबडा रक्सी नखाई न कुरा निकाल्छन् न निदाउन सक्छन् । कामअनुसारको फल त सबैले भोग्नैपर्छ, आमा ! राजनीति गर्नु भनेको राजकाजको काम सिक्नु र देश अनि जनताको भलो गर्नु हो । विद्यालय खोल्नु, अस्पताल खोल्नु, पुस्तकालय खोल्नु, खानेपानी जनताको घर–घरमा पु¥याउनु, कसैले कसैलाई दुःख दिएमा रोक्नु, सम्झाउनु, बुझाउनु आदि सेवाकै काम हुन् । यो बुझ्न सजिलो छ; बरु यस्ता राम्रो काममा नाफा नहुने हुँदा, ठुलाबडा, हाकिम, मन्त्री, धेरै धनीमानीहरू कोरोनाले जनता मरे पनि औषधिमा तेब्बर नाफा नलिई बेच्दैनन्; अक्सिजन छैन भनी हल्ला गराउँछन्; भित्रभित्र दस दोब्बर लिएर बेच्छन् । त्यस्ता व्यापारी र उद्योगपतिको विरोध गर्दा प्रहरी र सेना पठाएर सरकारले उनीहरूलाई जोगाउँछ । यो अलि बुझ्न गा¥हो हुन्छ– आमा ! तर बिस्तारै यी सबै कुरा बुझ्दै जानुहुनेछ ।”, अनन्तले बिस्तारै आफ्नो भनाइ टुङ्ग्यायो ।
कान्छा दाइले सन्तोषको सास फेर्दै जुनु र केशरीपट्टि हेर्दै ‘थप केही कुरा सोध्नु छ कि’ भनी सोधे । बुहारीले बिस्तारै जिज्ञासा राखिन्, “आधाभन्दा बढी जनसङ्ख्या भएका स्वास्नीमानिसहरूको विषयमा त कम कुरा गर्नुभयो । त्यसो भए, के आइमाईहरूको कुनै समस्या छैन ?”
अनन्तले बुझायो, “निश्चय पनि समाज, देश र परिवारको समस्या नै नारी, महिला र आइमाईका समस्या हुन् । त्यस्तै, आमा र दिदीबहिनीहरूको समस्या पनि समाज र देशकै समस्या हुन् । अब यी गम्भीर र ठुला समस्याको पूर्ण समाधानमा नयाँ पुस्ताले हात हाल्नेछ । आज आँप रोपेर भोलि नै आँप फल्दैन । त्यस्तै, सयौँ वर्षदेखिको समाज र महिलाको समस्या एउटै पुस्तामा सकिँदैन; नयाँ पुस्ताले समाल्नेछ । नयाँ पुस्ताको लालनपालन पनि आमाहरूकै हातमा छ† तिनीहरूको शिक्षा र स्वास्थ्यसमेत आमाहरूको हातमा छ । अहिले नयाँ पुस्ताकै हातमा विद्यालय र महाविद्यालय, साहित्य, पत्रकारिता छन् भने नयाँ विचार पनि फस्टाउँदै छन् । निश्चय छ, हिजोको इतिहासबाट सिकेर नयाँ पुस्ताले नयाँ समाजको निर्माण गर्नेछ । त्यसमा आमा र दिदीबहिनीहरूको महत्वपूर्ण हात हुनेछ । अर्थात्, अब नेपाली समाजमा महिलाहरू नै अगाडि आउने परिस्थिति बन्दै छ । त्यस परिस्थितिले सुहाउँदो र समाजमा आमूल परिवर्तन अवश्यम्भावी हुन्छ ।”
जेठ १४, २०७८