

६ माघ, कञ्चन
आगामी फागुन २१ गते हुने प्रतिनीधि सभाको निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ५ मा २७ जनाले उमेद्वारी मनोनयन गरेका छन। रुपन्देही क्षेत्र नं. ५ का निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीका अनुसार १९ वटा राजनैतिक दल सहित स्वतन्त्र गरी २७ जनाले आफ्नो उमेद्वारी मनोनयन गरेको जानकारी दिएका छन।
निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीका अनुसार नेपाली काँग्रेसबाट भरतकुमार शाह, एमालेबाट खिमलाल भट्टराई, रास्वपाबाट तौफिक अहमद खाँ, नेकपाबाट मोहम्मद वकिल मुसलमान, राप्रपाबाट मिनप्रसाद घिमिरे, जसपा नेपालबाट मोहम्मद वहिद फकिर, नेपाल मजदुर किसान पार्टीबाट जगीलाल थापा लगायतको उम्मेदवारी परेको छ ।
यसैगरी नेकपा माओवादीबाट विष्णुप्रसाद भट्टराई, राष्ट्रिय जनमोर्चाबाट जयश्वर रेग्मी, श्रम संस्कृति पार्टीबाट शिवलाल विश्वकर्मा, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट सुनिल कमाुर चौधरी थारु, नागकिर उन्मुक्ती पार्टीबाट विरेन्द्रकुमार चौधरी, जनमत पार्टीबाट ओमप्रकाश यादव, नेपाल जनसेवा पार्टीबाट राजु श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट केशव भट्टराई, मंगोल नेश्नल अर्गानाइजेसनबाट केशु रासकोटी मगर, आम जनता पाटीबाट खेमप्रसाद गुरुङ्ग र राष्ट्रिय जनमुक्तीबाट चन्दा थापाले उमेद्वारी परेको निर्वाचन अधिकृत रेग्मीले जानकारी दिएका छन।यस्तै स्वतन्त्र रुपमा उमेद्वार दिनेमा जगदीश यादव, विरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार यादव, बसन्ती चमार, सकिल अहमद खाँ, बिक्रमप्रसाद यादव, जयनारायण काफ्ले र लक्षमण बहादुर नेपाल रहेका छन। यहाँ १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन ।
प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारीको लागि रुपन्देहीबाट १ सय ५९ जनाले उम्मेदवारी दिएका छन । मंगलबार साँझ ५ बजेसम्म भएको मनोनयनको समयावधिमा रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रबाट सो संख्यामा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार रुपन्देही क्षेत्र नम्बर १ बाट ३२ जना, क्षेत्र नम्बर २ बाट ४१ जना, क्षेत्र नम्बर ३ बाट ३६ जना, क्षेत्र नम्बर ४ बाट २२ जना र क्षेत्र नम्बर ५ बाट २७ जनाले मनोनयन दर्ता गराएका जानकारी दिईन । केहीको कागजातमा केही समस्या भएकोले संख्यामा केही फरक हुन सक्ने बताइन ।