लाओसको आर्थिक विकासमा बौद्ध प्रभाव
लाओसको परम्परागत आर्थिक दृष्टिकोण बौद्ध थेरवादको ‘मध्यमार्गी’ दर्शनमा आधारित थियो । यस दृष्टिकोणले क्षणिकतामा जोड दिन्छ, लोभ–पापलाई अस्वीकार गर्छ र सामुदायिक ऐक्य र आपसी सरसहयोगलाई प्राथमिकतामा राख्छ । यी सिद्धान्तले सरकारको आर्थिक नीति निर्माणमा गहिरो प्रभाव पारेको छ । आर्थिक हिसाबले स्थायित्व र क्रमिक सुधारमा जोड दिइन्छ । सन् १९९८ को महाधिवेशनमा पार्टी अध्यक्ष खाम्ते सिफन्दोनले प्रतिवेदन प्रस्तुत गरे – ‘तल्लो तहसम्म पार्टी समितिको निर्माण तथा ग्रामीण विकास’ । प्रतिवेदनमा अध्यक्ष सिफन्दोनले ‘समाजवाद दीर्घकालीन लक्ष्य हो र सङ्क्रमणको लामो प्रक्रियापछि मात्र समाजवादी व्यवस्था हासिल हुने’ बताए । सन् १९८६ मा उनले नयाँ आर्थिक नीति (नेम) अघि सारे । यसमा उनले सावधानीपूर्वक सुधारको प्रक्रिया अघि बढाए । ‘नेम’ ले मुख्यतया कृषि र सानो आकारका आर्थिक क्रियाकलापमा जोड दियो । यो नीतिले किसानलाई गाउँले समुदायभित्रै परिपूर्ण र आत्मनिर्भर रहन उत्साहित ग¥यो । (‘न्यूनतम इच्छा तथा सन्तोष’ को बौद्ध आदर्शअनुरूप यो नीति अघि बढाइएको थियो ।) यी लक्ष्य हासिल गर्न सरकारले कृषि उपजको बजार भाउमाथिको नियन्त्रण र साना उद्यमीहरूमाथिको बन्देज खुकुलो पा¥यो । सरकारले साना अर्थतन्त्रको सुरक्षा तथा सामुदायिक अगुवाइलाई प्राथमिकतामा राख्यो । आज लाओ अर्थतन्त्रमा कृषि क्षेत्रले अत्यन्त महत्वपूर्ण भूमिका खेल्दै छ । देशको ६१ प्रतिशत जनशक्ति कृषिमा छ । देशका दुई–तिहाइ जनता ग्रामीण भेगमा बस्छन् ।
लाओको समाजवादी विकासमा पर्यटन महत्वपूर्ण वित्तीय आधारस्तम्भ बनेको छ । पर्यटन क्षेत्रले रोजगारीका धेरै अवसर पैदा गर्नुका साथै स्थानीय अर्थतन्त्र सुधारमा भूमिका खेलेको छ । सन् २०१९ मा लाओसमा ४८ लाख विदेशी पर्यटक पुगेका थिए । गत वर्ष त्यसमा १४.४ प्रतिशत वृद्धि भयो । यसले गर्दा पर्यटन क्षेत्रबाट ९० करोड डलर बराबर राजस्व सङ्कलन भयो । पर्यटन उद्योगले लाओसको कूल गार्हस्थ उत्पादनमा १३ प्रतिशत योगदान गर्छ । त्यस्तै देशको १३ प्रतिशत जनशक्ति यही क्षेत्रमा छ । (टिपोट : सन् २०२० मा कोभिड–१९ को असरले गर्दा विदेशी पर्यटकको सङ्ख्या ८ लाख ८० हजारमा झ¥यो । अर्थात पर्यटक सङ्ख्यामा सन् २०१९ को दाँजोमा ८१.४९ प्रतिशत गिरावट आयो ।) देशका २२३७ पर्यटन स्थलमध्ये ५७५ वटा सांस्कृतिक छन् भने ३३१ ऐतिहासिक स्थल छन् । लाओ सरकारले बौद्ध संस्कृतिको संरक्षण–संवद्र्धन गर्नुलाई ठुलो महत्व दिएको छ । राष्ट्रिय परम्परा उजागर गर्न बौद्ध पर्व सोङक्रान धुमधाम मनाइन्छ । विदेशी पाहुनाहरूको लागि लुआङ प्राबाङ, भियनतियान र चमपासकलगायत स्थानका बौद्ध मन्दिर र सांस्कृतिक सम्पदा आकर्षणका केन्द्र मानिन्छन् ।
लाओसको राष्ट्रिय शिक्षा प्रणालीमा बौद्ध विहारको शिक्षाको मुख्य भूमिका
लाओसमा समाजवादका भावी निर्माता र उत्तराधिकारीलाई तालिम दिनु नै शिक्षाको मूल मिसन हो । बौद्ध थेरवादले शिक्षा व्यवस्थामा महत्वपूर्ण भूमिका खेल्छ । बिहारहरूले लामो समयदेखि धार्मिक अभ्यासको केन्द्रका साथै शिक्षालयको भूमिका खेल्दै आएका छन् । यस भूमिकामा रहेर शिक्षाले संस्कृतिको जगेर्ना गर्दै आएको छ । लाओस फ्रान्सको उपनिवेश रहेको बेला निजामती कर्मचारीलाई तालिम दिन सहरी क्षेत्रमा धर्मनिरपेक्ष स्कुलहरू खोलिएको थियो भने ग्रामीण वा दुर्गम क्षेत्रमा बौद्ध विहारले नै शिक्षालयको भूमिका खेलेका थिए । यी पाठशालाले दुइटा उद्देश्य थिए । पहिलो, परम्परागत धर्म सिकाउने । दोस्रो, अक्षर र अङ्कमा विद्यार्थीलाई सिद्धहस्त पार्ने । सन् १९३५ मा लाओसमा देशभरि ३८७ बौद्ध विहार वा धार्मिक शिक्षालय थिए । त्यहाँ ७५ सय विद्यार्थीले पढ्थे । त्यो बेला धर्मनिरपेक्ष पाठशालाहरूमा ६५ सय विद्यार्थीले पढिरहेका थिए ।
स्वतन्त्रतापछि लाओसको शिक्षा व्यवस्थामा विस्तार भयो । खासगरी धर्मनिरपेक्ष प्राथमिक पाठशालाको सङ्ख्या बढ्यो । सन् १९७५ मा प्रजग लाओसको स्थापना भयो । सन् १९५४ मा ६७९ को हाराहारीमा रहेको प्राथमिक पाठशालाको सङ्ख्या सन् १९७५ मा ४४ सय ४४ पुग्यो । यी पाठशालाले बौद्ध आचरण र नैतिक शिक्षाको माध्यमबाट विद्यार्थीको चरित्र निर्माणमा जोड दिए । पाठ्यक्रममा ‘सम्यक स्मृति’ र ‘सम्यक कर्म’ का अवधारणा जोडियो । विद्यार्थीमा इमान, आत्म अनुशासन र विनयजस्ता गुण हुर्काउनमा जोड दिइयो । सन् १९९० मा लाओसले सबैका लागि शिक्षाबारे विश्व घोषणामा हस्ताक्षर ग¥यो । प्राथमिक शिक्षालाई सबैको पहुँचमा पु¥याउने नीति लिइयो । यो नीतिलाई बलियो बनाउन सन् १९९६ मा थप निर्देशिका जारी भयो । सन् २०२० मा पाँच वर्ष उमेरका ८२.७ प्रशित बालबालिका पाठशालामा भर्ना भए । प्राथमिक पाठशालामा झन्डै ९९ प्रतिशत भर्ना पुग्यो । साथै, तल्लो र माथिल्लो माध्यमिक तहमा भर्ना दर क्रमशः ८३.३ प्रतिशतबाट ५४.८ प्रतिशत पुग्यो । यसरी शैक्षिक पहुँचमा लाओसले ठुलो फड्को मा¥यो ।
बौद्ध विहारमा दिइने शिक्षाको महत्व सबैले बुझेका छन् । सन् १९९१ मा ‘लाओ जनताको क्रान्तिकारी पार्टी’ (एलपिआरपी) ले विहारमा दिइने धार्मिक शिक्षाको गुणस्तर बढाउनुपर्नेमा जोड दियो । सन् २०१७ मा भिक्षु शिक्षा अधिनियम बन्यो । यसले विहारमा दिइने शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने काम ग¥यो । बौद्ध मूल्यमान्यता प्रवद्र्धन गर्ने हुनाले सरकारले तदारुकतासाथ विहारमा दिइने शिक्षाको समर्थन ग¥यो । सरकारले विद्यालय शिक्षालाई विहारसँग जोड्न प्रोत्साहन दियो । भिक्षुहरूले पनि समुदायसम्म पुग्न सक्रिय भूमिका खेले । उनीहरूले समाजमा करुणा र न्यायको महत्वमा जोड दिए । सरकारी विद्यालयले बौद्ध आचरण तथा समाजसेवी भावनालाई आफ्नो पाठ्यक्रममा समेटे । यसले विद्यार्थीमा समाजप्रति जिम्मेवार बन्ने भावनाको विकास गर्न मद्दत ग¥यो । यो शैक्षिक मोडलले व्यक्तित्व विकास तथा सामाजिक मेलमिलापमा मलजल गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
बौद्ध शिक्षामा आधारित सरकारी अर्थनीति
बौद्ध थेरवादले धैर्य, विनय र करुणामा जोड दिन्छ । मानव तथा प्रकृतिबिच तादात्म्यको पक्ष लिन्छ । कर्मको सिद्धान्तमार्फत बौद्ध थेरवादले प्राकृतिक संसाधनको सुझबुझपूर्ण प्रयोगलाई उत्साहित गर्छ भने लोभ र अति दोहनलाई निरुत्साहित गर्छ । यो पर्यावरणीय सदाचारले लाओसको वातावरणीय नीति तथा अभ्यासलाई आकार दिएको छ । यसले देश विकासको रणनीतिसँग ‘हरित वृद्धि’ का सिद्धान्तलाई जोड्न सघाउ पु¥याएको छ ।
सन् २०१८ मा लाओ सरकारले ‘प्रजग लाओसको राष्ट्रिय हरित वृद्धि रणनीति २०३०’ जारी ग¥यो । यो नीतिले हरित वृद्धिलाई देशको विकास योजना तथा भेगीय नीतिसँग जोड्यो । संस्कृति तथा पर्यटन मन्त्रालयले ‘समाज र पर्यावरण मैत्री हरित पर्यटन’ प्रवद्र्धन ग¥यो । त्यस्तै, जनकार्य तथा यातायात मन्त्रालयले विदेशी कम्पनी एप्टिसा सर्भिसियो डे इन्जेनाइरिया एसएलसँग साझेदारी ग¥यो र भियन्तियनका चार जिल्लामा दिगो यातायात सेवाको सर्वेक्षण तथा डिजाइन ग¥यो । (ती चार जिल्ला थान्थाबुली, सिशोत्ताबोङ, सिसात्तानक र सेसेत्था थिए ।) सोही समयमा लाओस पर्यावरणमैत्री खेतपाती, स्वच्छ ऊर्जा र हरित भवन निर्माणमा फड्को मा¥यो । पर्यावरणको संरक्षणलाई आर्थिक वृद्धिसँग जोड्यो र समाजवादी व्यवस्थाभित्र हरित विकासका सिद्धान्तहरूलाई आत्मसात ग¥यो ।
सन् २०१८ यता सरकारले ससाना गाउँहरूलाई ठुला दिगो समुदायमा सुगठित पार्ने नीति लिँदै आएको छ । यस नीतिअन्तर्गत ग्रामीण इलाकालाई ‘बसोबास योग्य, सुन्दर र हरित नगर’ मा फेरिँदै छ । यो नीतिलाई टेवा दिन लघु ऋणलगायत अन्य ग्रामीण वित्तको संयन्त्र सरकारले निर्माण गरेको छ । सरकारले सुतीको कपडा, रेशमको धागो र बाँसबाट बनाइने हस्तकलाका सामग्रीको उत्पादनलाई उत्साहित गर्दै छ । ग्रामीण अर्थतन्त्रको विकासले तीव्रता पाएको छ । वनको संरक्षण पनि लाओसको हरित समाजवादको प्रमुख पक्ष हो । सन् २०१९ सम्ममा वनजङ्गलले ओगटेको भूमि बढेर ६२ प्रतिशत पुग्यो । लाओस सरकार सन् २०२५ सम्ममा जङ्गली क्षेत्र बढाएर ७० प्रतिशत पुगाउने सोचमा छ ।
बौद्ध संस्कृतिले लाओसको हरित विकासलाई धार्मिक र सांस्कृतिक आड–भरोसा दिँदै छ । वातावरणीय चेतना जगाउन र पर्यावरणीय अभियान चलाउनका लागि बौद्ध चाडपर्वको बेला विहारहरूले अहम् भूमिका खेल्छन् । जनताबिच पर्यावरणको बारेमा जागरण ल्याउनमा बौद्ध विहारको योगदान छ । यसबाहेक लाओसले समुदायले नै सञ्चालन गर्ने पर्यावरण व्यवस्थापन मोडल अँगीकार गरेको छ । यसले वातावरण संरक्षणमा भुइँतहका जनताको सहभागितामा जोड दिन्छ । यो तरिका समाजवादको सामूहिक मूल्यसँग एकाकार छ । यसले केन्द्रीकृत विकाससँगै आउने वातावरणीय चुनौतीलाई हल गर्न पनि मद्दत गर्छ । खासगरी गाउँले इलाकामा यो तरिका निकै प्रभावकारी भएको छ किनभने त्यहाँ बौद्ध परम्पराका गहिरा जरा गाडिएका छन् ।
लाओसको कूटनीतिक दर्शनका बौद्ध आधारहरू
बौद्ध थेरवादले शान्ति, सद्भाव, अहिंसा र ‘अप्रतिस्पर्धा’ मा जोड दिन्छ । यसको सट्टा उसले परस्पर सम्मान तथा सहिष्णुतामा जोड दिन्छ । यी आदर्शले लाओसको विदेश नीतिमा गहिरो प्रभाव पारेका छन् । चीन, भियतनाम, थाइल्यान्ड र म्यान्मारजस्ता छिमेकी देशसँगको सम्बन्धमा लाओसले सन्तुलित कूटनीति अपनाएको छ । शान्तिपूर्ण तटस्थतामा बस्ने र द्वन्द्व वा मुठभेडलाई सकेसम्म टारेर महाशक्ति देशहरूको प्रतिस्पर्धाबिच फस्ने जोखिम घटाउने उसको नीति छ ।
करुण तथा परस्पर सहयोगको बौद्ध मान्यताले लाओसको आर्थिक सहकार्यलाई प्रोत्साहन दिएको छ । सन् २०२१ डिसेम्बर ३ मा चीन–लाओस रेलमार्ग सुचारु भयो । १ हजार ३५ किलोमिटर लामो यो रेलमार्गले भियन्तियनलाई चीनको कुनमिङ प्रान्तसँग जोड्छ । त्यस्तै सन् २०२४ नोभेम्बर १८ सम्ममा सो रेलमार्गको लाओस खण्डले ७२ लाख यात्रुलाई सेवा दिएको छ भने १ करोड ५ लाख टन माल सीमा आरपार गराएको छ । यो यातायातले लाओसको अर्थतन्त्र तथा क्षेत्रीय विकासमा सञ्जिवनीको काम गरेको छ । यो रेलमार्गसँगै लाओस अनेक ‘स्मार्ट सहर’ बनाउने योजनामा छ । यी सहरी केन्द्रले उच्चस्तरीय प्रविधिमार्फत सहरी सेवा सेवासहुलियत प्रदान गर्ने सोचिएको छ । सन् २०२५ सम्ममा लुआङ नाम्था, अडोम्से, लुआङ प्राबाङ र भियन्तियन प्रान्तमा यस्ता सहर बन्नेछन् ।
लाओ र थाइ भिक्षुहरूको आवतजावतले धार्मिक पर्यटन फस्टाएको छ । थाइल्यान्डमा महाचुगालोङ कोर्नराजविद्यालय विश्वविद्यालय छ । त्यहाँ प्रतिवर्ष लाओ भिक्षुहरू उच्च शिक्षा लिनका लागि जान्छन् । साथै, दुवै देश मिलेर बौद्ध चाडपर्वमा ठुला महोत्सवको आयोजना पनि गर्छन् । थाइल्यान्डको माखा बुचा दिवस र लाओसको थाट लुआङ पर्व दुवै देशमा धुमधाम मनाइन्छ । यी गतिविधिबाट धेरै पर्यटकहरू आकर्षित हुन्छन् र आर्थिक सहकार्यमा यसले टेवा दिने गर्छ । यी गतिविधिले नागरिक स्तरमा दुई देशको सम्बन्ध बलियो बनाउने गर्छ ।
आर्थिक कोरिडोरको विकास गर्न लाओसले भियतनामसँग साझेदारी गरेको छ । यसमा लाओसले परस्पर लाभ र साझा समृद्धिको सिद्धान्त अँगीकार गरेको छ । बौद्ध आदर्शमा पनि ‘निःस्वार्थ दान’ र पारस्परिक सम्बन्धमा जोड दिइएको छ । लाओस (दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन) आसियन र आसियन खुला बजार क्षेत्रको सदस्य राष्ट्र पनि हो । यस हैसियतमा रहेर (खासगरी महामेकोङ उपक्षेत्रीय कार्यक्रम जस्ता अगुवाइमार्फत) लाओसले आफ्नो आर्थिक एकजुटता बढाएको छ । यो साझेदारीले पूर्वाधार संयोजन (कनेक्टिभिटी), सीमापार व्यापार र लगानी गर्ने अवसरहरू बढाएको छ । लाओसले मेकोङ नदीको जलाधार क्षेत्रको जलसम्पदा संरक्षणमा पनि सक्रिय भूमिका खेल्छ । दिगो विकास सुनिश्चित गर्न र नदीको समतामूलक उपयोग गर्न उसले छिमेकी देशहरूसँग सहकार्य गर्छ । जलविद्युत्को क्षेत्रमा लाओसले प्रगति गर्दै छ । यसले क्षेत्रीय ऊर्जा समायोजन अघि बढाएको छ । यसले उसले थाइल्यान्ड, भियतनाम र कम्बोडियाजस्ता देशमा विद्युत् निर्यात गर्दै छ । आठौँ पञ्चवर्षीय योजनामा लाओसले झन्डै १३० अर्ब युनिट विद्युत् निर्यात ग¥यो । यसरी उसले ७.२ अर्ब डलर बराबर राजस्व आर्जन ग¥यो । अघिल्लो पञ्चवर्षीय अवधिको तुलनामा सरकारी ढुकुटीमा विद्युत् निर्यातबाट १६४ प्रतिशत बढी रकम आयो । यी प्रयत्नहरूमा पर्यावरण तथा सामुदायिक जागरणप्रति प्रतिबद्ध रहनुका साथसाथै लाओसले क्षेत्रीय पर्यावरणको दिगो विकासमा उल्लेख्य योगदान गरिरहेको प्रस्ट हुन्छ ।
सैद्धान्तिक मतभेद र व्यवहारिक अन्योल
लाओ भाषाका धेरै दार्शनिक पदावली बौद्ध धर्मबाटै लिइएको छ । यसकार जारा संस्कृत र पाली भाषामा छन् । यसले गर्दा लाओ समाजवादीहरूले माक्र्सवादी सिद्धान्त बुझाउन बौद्ध पदावली प्रयोग गरिरहन्छन् । यसरी उनीहरूले बौद्ध परम्पराका आँखाबाट दुई विचारधाराबिच साझा मिलनबिन्दु खोज्दै आएका छन् । पुराना रीतिथिति र धार्मिक अभ्याससँग घोलेर माक्र्सवादी दर्शनलाई लाओसका धेरै गाउँलेहरूको पहुँचमा पु¥याइएको थियो । त्यस्तै, बौद्ध शिक्षालाई आधुनिक सन्दर्भमा व्याख्या गरेर माक्र्सवादलाई बुद्धिजीवी तप्काबिच पु¥याइयो । यसरी धेरैका लागि अज्ञात रहेको माक्र्सवादी विचारलाई बोधगम्य र स्वीकार्य बनाइयो । यसमा बौद्ध धर्मको सन्दर्भले अहम् भूमिका खेल्यो ।
लाओसले बौद्ध थोरवादी चरित्रको समाजवादी समाज निर्माणको चरणमा केही सैद्धान्तिक चुनौती पनि व्यहोर्नुप¥यो । उसले बौद्ध आदर्शवादसँग सम्झौता गर्नुप¥यो । माक्र्सवादको भौतिकवादी जग बौद्ध आदर्शवादको लागि ‘पराइ लोक’ थियो । ‘लाओ जनताको क्रान्तिकारी पार्टी’ (एलपिआरपी) ले बौद्ध थेरवादका शिक्षाहरूको पुनव्र्याख्या ग¥यो । ती शिक्षालाई बुद्धको मूल आकाङ्क्षा अनुरूप बनाइयो । ‘एलपिआरपी’ का नेता–कार्यकर्ताले अन्धविश्वासका जरा काट्न, धार्मिक कर्मकाण्डलाई नियमन गर्न र बौद्ध सङ्घलाई माक्र्सवादी दर्शन अघि बढाउने यानका रूपमा उपयोग गर्न कडा मेहनत गरे । त्यति नै बेला भिक्षुहरूलाई समाजवादी शिक्षा दिइयो र विस्तारै वास्तविक लौकिक समस्याहरू हल गर्न उत्साहित गरियो । यसरी, बौद्ध भिक्षुहरू आर्थिक विकास तथा सामाजिक उत्पादनमा सक्रियतापूर्वक सहभागी भए । यी प्रयत्नका कारण लाओसभरि समाजवादी विचार फैलाउन मद्दत मिल्यो । साथै, यसले राष्ट्रिय एकता बलियो बनाउन मूल भूमिका खेल्यो । जनतालाई लोकतन्त्रप्रति जागरुक बनाउन र समतामूलक सामाजिक विकासको बाटो पहिल्याउन पनि पार्टीका ती यत्नले टेवा दिए । यो प्रक्रियामा लाओसल बिस्तारै आफूलाई भियतनामको समाजवादी मोडलबाट आफूलाई अलग पार्दै लग्यो । बौद्ध थेरवादका मूल मान्यता तथा सिद्धान्तलाई आत्मसात गर्दै अलग्गै बाटोबाट लाओस समाजवादतर्फ लम्कियो ।
स्रोत : मन्थ्ली रिभ्यू
अनुवाद : सम्यक
Lao Socialism with Buddhist Characteristics – Monthly Review