
सन्दर्भः किम जोङ उन जन्म दिवस (८ जनवरी
(१८ सेप्टेबम्र, जुछे १०३ (२०१४) मा किम इल सङ समाजवादी युवा लिगका प्रारम्भिक पदाधिकारीहरूको चौथो सम्मेलनका सहभागीहरूलाई पत्र)
युवा लिगका नमुना प्रारम्भिक पदाधिकारीको सम्मेलनमा सहभागीहरूलाई लेखिएको यो पत्र प्रकाशनको १५ औँ वार्षिकोत्सवको अवसरमा देशभरिका युवाहरूको हृदयमा महान् सेनाध्यक्ष किम जोङ इलप्रतिको सम्मान तथा पार्टीप्रतिको अटल बफादारिताको अनुग्रह उम्लिरहेको बेलामा किम इल सङ समाजवादी युवा लिगको प्रारम्भिक पदाधिकारीहरूको चौथो सम्मेलन आयोजना भइरहेको छ ।
युवाहरूलाई विशेष ध्यान दिँदै, पार्टीको विचारलाई उच्च राख्दै, युवा लिगको सङ्गठन निर्माण गर्ने तथा पार्टीप्रतिको अटल वफादारिताका साथ युवाहरूलाई युवा अग्रदस्ताको रूपमा तयार पार्ने काममा समर्पणका साथ लागिरहेका यस सम्मेलनका सहभागी तथा देशभरिका युवा लिगका अन्य प्रारम्भिक पदाधिकारीहरूप्रति न्यानो बधाई व्यक्त गर्दछु ।
महान् कामरेड किम इल सङ तथा किम जोङ इलले युवाहरूलाई प्रेम गर्नुहुन्थ्यो । उहाँले आफ्नो जीवन कालभर उनीहरूको साथमा सक्रिय रहन महान् चिन्ता लिनुभयो ।
युवाबिच जाने, सङ्घर्षमा एकअर्कामा दुःखसुःख बाँड्दै कामरेडको व्यवहार गर्नेजस्ता क्रान्तिकारी क्रियाकलापहरू अगाडि बढाउँदै, अध्यक्ष किम इल सङले युवाहरूको महत्व स्थापित गर्ने मौलिक विचारको सृजना गर्नुभयो । उक्त विचारको कार्यान्वयन गरी उनीहरूलाई क्रान्तिको शक्तिशाली अग्रदस्ताको रूपमा र पार्टीको जगेडा शक्तिको रूपमा तयार पार्नुभयो । सेनाध्यक्ष किम जोङ इलले क्रान्तिको मशाल युवाहरूमा हस्तान्तरण गर्दै, युवा लिगलाई राष्ट्राध्यक्षको नाम दिँदै र लामो समयदेखि क्रान्तिको लागि भनिएको ध्येय तथा जिम्मेवारीलाई दायित्वका साथ पूरा गर्ने काममा नेतृत्व दिँदै यस विचारलाई अगाडि बढाउनुभयो ।
राष्ट्राध्यक्ष तथा सेनाध्यक्षको विवेकपूर्ण नेतृत्व तथा उहाँहरूको हितकारी हेरचाहमा हाम्रा युवाहरूले गौरवताले भरिएको बाटोमा यात्रा गरेका छन्, साहसिक समर्पण तथा गौरवमय विजयका साथ क्रान्तिको दशकलाई सिँगारेका छन् ।
कोरियाली क्रान्तिको पहिलो पुस्ताका युवाहरूले कमरेड किम इल सङलाई राष्ट्रको सूर्यजस्तै उच्च राख्दै जापानी साम्राज्यवादीहरूविरुद्ध रक्तिम सङ्घर्ष सञ्चालन गरे र राष्ट्रिय मुक्तिको ऐतिहासिक ध्येयलाई पूरा गरे । यस क्रममा शरीरमा प्राण रहेसम्म नेतृत्वको रक्षार्थ चम्किलो उदाहरण प्रस्तुत गरे । राष्ट्रको भाग्य तथा भविष्यको लागि निर्णायक महत्व राख्ने सशक्त पितृभूमि मुक्तिको युद्ध अवधिमा उहाँका हेरचाहमा हुर्किएकाहरूले “सेनाध्यक्ष किम इल सङ अमर रहून् ।” भन्ने नारा घन्काउँदै बहादुरीका साथ लडी जुलाई २७ को विजय हातमा लिए । समाजवादी निर्माण युद्धपछिको अवधिमा आफ्नो पार्टी तथा नेतृत्वको चाहनालाई आत्मसात गर्ने अत्यन्त कठिन र अभावपूर्ण अवस्थामा पनि संसार नै छक्क पर्ने चोलिमा कोरियाको साहसिक उत्साह प्रदर्शन गरे ।
साहसिक मार्च तथा जबरजस्त मार्चका वर्षहरूमा हाम्रा भरपर्दा युवा युवतीहरूले अन्तिमसम्म पनि आफ्नो भाग्य र भविष्यलाई सेनाध्यक्षको भाग्य र भविष्यसँग एकाकार गर्ने कठोर प्रतिबद्धताका साथ अत्यन्त कठिनाइलाई पनि पार गरे† समाजवादको रक्षाको सङ्घर्षमा संयुक्त राज्य अमेरिकासँगको बल परीक्षणमा सन्गुन कोरियाको अजेय शक्तिलाई संसारमा देखाए ।
क्रान्तिका परीक्षणकालीन दशकहरूमा क्रान्तिमा विजयको सुनिश्चिततालाई प्रदर्शित गर्ने हाम्रा युवाहरूले देखाएको साहसिक तथा अमर पराक्रम इतिहासमा अभिलेखित छ । नेतृत्वप्रतिको उच्च सम्मान तथा नेतृत्वको विचार तथा नेतृत्वकार्यप्रतिको बफादारपूर्ण समर्पणमा राष्ट्रको समुन्नति तथा युवाहरूको अर्थपूर्ण जीवन आधारित रहन्छ भन्ने सच्चाइ उजागर भएको छ । क्रान्तिका विगत दशकहरूमा हाम्रा युवाहरूले सृजना गरेका र उच्च राखेका साहसिक सङ्घर्ष तथा जुनसुकै मूल्यमा पनि नेतृत्वको रक्षाका परम्पराहरू नै अमूल्य क्रान्तिकारी विरासत हुन र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने विजयका अनन्त व्यानर (ध्वजा) हुन् ।
वर्तमान, गतिशील सङ्घर्षको युग हो, जुछे क्रान्तिको नयाँ युग हो, जसमा पार्टी नेतृत्व मातहतका समग्र राष्ट्रसेवी कर्मचारी र अन्य जनताले किम इल सङवाद र किम जोङ इलवादको महान् ध्वजालाई उचो राख्दै क्रान्तिमा अन्तिम विजय प्राप्त गर्न आक्रामक तरिकाले अगाडि बढ्नु परेको छ । पार्टी वरिपरि एकमना गोलबद्ध भई अग्रगामी कदम चाल्नको लागि र आफ्नो देशलाई समृद्ध समाजवादी राष्ट्रको रूपमा विकास गर्ने लक्ष्य हासिल गर्न निर्माण तथा क्रान्तिको क्षेत्रमा नयाँ आयाम थप्न यस नयाँ युगमा, सन्गुन क्रान्तिका उत्तराधिकारी हाम्रा युवाहरूले यस ऐतिहासिक मार्चको नेतृत्व गर्नुपर्दछ भन्ने माग रहेको छ ।
सन्गुनको क्रान्तिकारी ध्येयलाई व्यवहारमा उतार्ने सङ्घर्षमा यो युवा लिग भरपर्दो अग्रदस्ता तथा हाम्रो पार्टीको भगिनी सङ्गठन हुनेछ । वर्तमान युगको युवा पिँढीले क्रान्तिकारी अग्रजहरूको मूल्यवान रगत र पसिनाले भिजेको र उनीहरूको महान् चाहनासँग जोडिएको क्रान्तिको रक्तिम झण्डालाई अन्तिम विजयको उचाइमा पु¥याउने पवित्र तथा सम्मानजक जिम्मेवारीलाई आत्मासात गरेको छ ।
जब महान् नेतृत्व तथा महान् पार्टीको अँगालोमा हुर्किएका सन्गुन क्रान्तिको रापमा खारिएका युवा पिँढीले सङ्घर्षको अग्रमोर्चामा महान् उपलब्धि हासिल गर्दछन्, हाम्रो लागि कुनै कठिनाइ समाधानविहीन रहने छैन र कुनै पनि लक्ष्य अप्राप्य रहने छैन ।
आफ्नो युवा शक्ति विवेक तथा जोशलाई विद्यमान ऐतिहासिक मार्चमा समर्पित गर्दै उनीहरूले पार्टीको युवा अग्रदस्ताको भूमिका निभाउनुपर्दछ । त्यस्तैगरी, पार्टी तथा क्रान्तिको आवश्यकता तथा राष्ट्रको आह्वानलाई हृदयङ्गम गरेका पनि छन् ।
“युवाहरू हो, पार्टीको सन्गुन क्रान्तिकारी ध्येयप्रति अटल रूपमा वफादार अग्रदस्ताका योद्धा बन ।” हाम्रा युवा पिँढीले उचाइमा राखेको जङ्गी नारा यही हो ।
युवा जनले पार्टीको नेतृत्वलाई वफादारिताका साथ सहयोग गर्नुपर्दछ । पार्टीको नेतृत्व भनेको हाम्रो युवा युवतीको लागि रक्तसञ्चारजस्तै हो । पार्टीको नेतृत्वमा मात्रै उनीहरूले पेक्तुको परम्परालाई र जुछेको क्रान्तिकारी ध्येयलाई अगाडि बढाउँछन् र सन्गुन युगका युवा अग्रदस्ताको हैसियतले आफ्नो मिसन तथा जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्छन् ।
हाम्रो पार्टीलाई समर्थन गर्ने अटल प्रतिबद्धताका साथ पार्टीले देखाएको बाटोमा जोशका साथ अगाडि बढ्न र शुद्ध हृदयका साथ पार्टीलाई विश्वास गर्नुपर्दछ र अनुशरण गर्नुपर्दछ ।
पार्टी तथा नेतृत्वको लागि बिनाहिच्किचाहट आफ्ना जवानी तथा जीवन बलिदान गर्ने क्रान्तिकारी महान् उदाहरणलाई अनुशरण गर्दै जुनसुकै मूल्यमा पनि युवा पिँढी हाम्रो पार्टीको सुरक्षा घेरा भएर रहनुपर्दछ । जीवनकै मूल्यमा पनि पार्टी रक्षाको बाटोमा उनीहरूले हरेक क्षणलाई गौरवमय बनाउनुपर्दछ ।
पार्टीका विचारहरूलाई कार्यान्वयन गर्न र नीतिहरूलाई उच्च समर्थन गर्ने अभियानमा उनीहरू अग्रदस्ताको लडाकु बन्नुपर्दछ । उनीहरूले आफ्ना दृढ विश्वासको एउटा तत्वको रूपमा पार्टीको विचार तथा नीतिहरूलाई संरक्षण गर्नुपर्दछ र यसै विचार तथा नियतका साथ दृढ निश्चयी भई हरेक समय तथा स्थानमा द¥हो विश्वास, सोचाइ तथा कर्मका साथ कार्य गर्नुपर्दछ । बिनाहिच्किचाहट, उच्च तहमा सर्वोच्च कमान्डरको आदेशलाई कार्यान्वयन गर्न जनसेनाको सैन्य भावना तथा कार्यशैलीका नमुना आफै बनेर उनीहरूले समयसीमा भित्र अपेक्षित तहमा पार्टीको नीतिको समग्र कार्यान्वयन गर्नुपर्दछ ।
आफ्नो समाजवादी राष्ट्रको रक्षार्थ मृत्युलाई समेत परास्त गर्ने दस्ताको रूपमा युवा शक्ति परिचालित हुनुपर्दछ ।
राष्ट्रिय प्रतिरक्षा नै देशभक्तको उच्च अभिव्यक्ति हो र युवा पिँढीको सबैभन्दा पवित्र जिम्मेवारी पनि हो । सन्गुन युगको युवा पिँढीले यस सच्चाइलाई उच्च सम्मानमा राख्नुपर्दछ र आफ्नो मातृभूमिको लागि आफ्नो युवास्थालाई समर्पित गर्दै संरा अमेरिकी आक्रमणलाई परास्त गर्ने महान् वर्षहरूका ती विजयहरू जस्तै राष्ट्रको लागि आफ्नो पुस्ताको जिम्मेवारीलाई इज्जतका साथ पूरा गर्न सशक्त तरिकाले राष्ट्रको प्रतिरक्षाको अग्रमोर्चामा उभिनु नै यसप्रतिको सबैभन्दा उच्च सम्मान हो ।
सशस्त्र भई आफ्नो मोर्चाको सुरक्षार्थ खटिएका, सर्वोच्च कमान्डरका सेनाको रूपमा रहेका जनसेनाका राष्ट्रसेवी कर्मचारीहरूले पेक्तु पर्वतमा जापनीविरोधी छापामारहरू जस्तै गरी अझ सशक्तताका साथ तालिम लिनुपर्दछ । आफूलाई जुछे उन्मुख सैन्य विचारले भरिपूर्ण तथा लडाकु भावनाले ओतप्रोत सयका–विरुद्ध–एक भन्ने लडाकुको रूपमा तयार पार्नुपर्दछ । आफूमा पूर्ण लडाकु तत्परता कायम राख्नु पर्दछ, सधैँ युद्ध मोर्चामा छु भन्ने सोच्नु पर्दछ र शत्रुविरुद्धको निर्णायक लडाइँमा सन्गुन कोरियाको युवा दस्ताको जोशलाई पूर्णतामा प्रदर्शन गर्नुपर्दछ ।
युवाहरूले आफ्नो हतियारलाई प्यारो ठान्ने र सैन्य व्यवहारलाई महत्व दिने स्वभाव ग्रहण गर्नुपर्दछ । शत्रुको सफाया गर्ने चाहनाको दियो बलिरहेको हृदय लिएर युवाहरू पूर्ण इमानदारीताका साथ सैन्य तालिममा सहभागी हुनुपर्दछ र लडाइँ परिचालनको पूर्ण तयारी गर्नुपर्दछ । यसै जोशका साथ आफ्ना सडक, गाउँ कारखाना, फारम तथा विद्यालयको रक्षार्थ खटिनु पर्दछ । उनीहरूले युद्ध अनुभवी तथा अपाङ्ग सेनाहरूलाई सम्मान तथा सहयोग गर्ने सुन्दर व्यवहारको पूर्ण प्रदर्शन तथा सेनालाई सहयोग गर्ने व्यवहारको उच्च प्रदर्शन गर्नुपर्दछ र सोको लागि राष्ट्रिय प्रतिरक्षार्थ शारीरिक तालिममा सक्रियताका साथ सहभागी हुनुपर्दछ ।
हामीलाई वैचारिक तथा सांस्कृतिक रूपमा दिग्भ्रमित पार्ने साम्राज्यवादी कदमलाई उनीहरूले दृढ निश्चितताका साथ धुलिसात पार्नु पर्दछ । शत्रुहरूले हाम्रो देशभित्र भ्रामक अभिलेख तथा प्रकाशनहरू घुसपैठ गराएर हाम्रा युवाहरूलाई वैचारिक रूपमा पतन गराउन र पार्टीबाट अलग गराउने प्रयास स्वरूप भ्रष्ट विचारका सबै प्रकारका भाइरसहरूको व्यापक प्रचारप्रसार गराइरहेका छन् । शत्रुका सबै वैचारिक तथा सांस्कृतिक घुषपैठका हर्कतहरूको मुख्य लक्ष्य नै नयाँ पुस्ताका हाम्रा युवाहरू हुन । युवा पुस्ता यसको शिकार भएमा यसलाई पार्टी र क्रान्तिप्रतिको धोखा र गद्दारी र शत्रुलाई फाइदा पु¥याउने कार्यबाहेक अरु केही भन्न सकिने छैन । उनीहरूले यस्ता वैचारिक तथा सांस्कृतिक घुसपैठ तथा उनीहरूका खतराका सच्चा प्रकृतिलाई स्पष्टताका साथ बुझ्नु पर्दछ । यस्ता क्रियाकलापमा कहिल्यै सहभागी हुनु हुँदैन र यिनीहरूप्रति सदा सचेत रहँदै सदा यिनीहरूविरुद्ध लड्दै गर्नुपर्दछ । ती अपराधीहरूबाट हुने समाजवादलाई बदनाम गर्ने र हाम्रो व्यवस्थालाई अवमूल्यन गर्नेलगायत अन्य सबै गैर–समाजवादी अभ्यासहरूबाट टाढै रहनुपर्दछ ।
समृद्ध समाजवादी राष्ट्र निर्माणमा युवाहरू अग्रदस्ता बन्नुपर्दछ र आक्रामक लडाकु बन्नुपर्दछ ।
समृद्ध समाजवादी राष्ट्र निर्माण नै जनताको रगतको मूल्यमा रक्षित देशलाई अझ समुन्नत बनाउने र जनताका सुन्दरत्तम आदेशलाई यथार्थमा रूपान्तरण गर्ने योग्य सङ्घर्ष हो । यस सङ्घर्षमा गौरवमय जोश प्रदर्शन गर्न वर्तमान युगका युवा पुस्ताको सबैभन्दा ठुलो सम्मान र गर्वको विषय पनि हो ।

Korean Peninsula region, colored political map. Peninsular region Korea in East Asia, divided between North and South Korea, bordered by China and Russia, and separated from Japan by the Korea Strait.
युवाहरू आर्थिक किल्ला निर्माण गर्ने कोरियाली तिव्रता सृजना गर्ने मापदण्ड बन्नुपर्दछ । आर्थिक किल्ला निर्माण भइरहेका अधिक श्रम लाग्ने र कठिनाइका क्षेत्रहरूमा उनीहरू स्वयंसेवी भएर कार्य गर्नुपर्दछ भने उन्नत क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्नुपर्दछ । उनीहरूले पेक्तुसान सोडुन विद्युत्गृहको निर्माण, उत्तरी रेलमार्गको निर्माणलाई तिव्रता र पूर्णता दिनुपर्दछ र ठुला आकारका प्रकृति पुनःनिर्माण तथा निर्माण परियोजनाका धेरै क्षेत्रहरूमा ठुलो पराक्रम देखाउनु पर्दछ । युवाहरूले राष्ट्रिय आर्थिक योजनालाई राष्ट्रले विश्वास गरेर आफूलाई सुम्पिएको युद्ध मिसनको रूपमा लिनु पर्दछ, यिनीहरूलाई जसरी भए पनि कार्यान्वयन गर्नुपर्दछ† बढ्दो उत्पादनको ज्वाला सल्काउनुपर्दछ र निरन्तर नयाँ नयाँ मान्यता र अभिलेख कायम गर्दै जानुपर्दछ ।
युवाहरू विज्ञान र प्रविधिको तीव्रत्तम युगलाई समेत उछिनेर अगाडि बढ्ने प्रयासमा अग्रदस्ता बन्नुपर्दछ । भू–उपग्रहको निर्माण गरेका र सन्गुन कोरियाका सामथ्र्य प्रस्तुत गरेका वैज्ञानिकहरूले ठुला महत्वकाङ्क्षाका साथ संसारसँग प्रतिस्पर्धा गरेजस्तै युवाहरूले मस्तिष्क र प्रविधिको तीव्रत्तम प्रतिस्पर्धालाई सञ्चालन गर्नुपर्दछ र विज्ञान र प्रविधिमा आफ्ना उत्कृष्ट उपलब्धिहरूको सहायताले समृद्ध राष्ट्र निर्माणमा सशक्त उत्प्रेरक बन्नुपर्दछ । आफ्ना सृजनात्मक बौद्धिकता तथा प्रतिभालाई पूर्णतामा विकास गर्ने युवा विज्ञान तथा प्रविधि अभियानमा आफूलाई लगाउनु पर्दछ र आ–आफ्नो क्षेत्रमा प्रविधिमा सिद्धहस्त भई आविष्कार तथा प्रविधि अवधारणाको निपुणको रूपमा प्रसिद्धि आर्जन गर्नुपर्दछ ।
युवाहरू सन्गुन युवा मसाल पुरस्कार आन्दोलनमा, युवा धक्का लडाकु अभियानमा, युवा कार्यदल अभियानमा र अन्य जन–आधारित अभियानहरूमा सहभागी हुनुपर्दछ र आफ्ना युवा उर्भरता तथा बहादुरीलाई पूर्णतामा प्रदर्शित गर्नुपर्दछ ।
सभ्य समाजवादी राष्ट्रको उच्चत्तम बिन्दुमा आइपुग्ने सङ्घर्षको अग्रदस्ताको रूपमा उनीहरू उभिनुपर्दछ ।
कला तथा साहित्यको क्षेत्रमा पनि युवाहरूले आफ्नो सृजनालाई पूर्णतामा प्रदर्शित गर्नुपर्दछ र तीव्रत्तम क्रान्तिकारी सृजनालाई सञ्चालनमा ल्याउनुपर्दछ । आम जनताले मन पराउने युगका मूलप्रवाहको निर्माण गर्नुपर्दछ । युवाहरूले उच्च संस्कृति तथा भावनात्मक जीवन स्थापना गर्न क्रान्तिकारी सैन्य संस्कृति सिक्नुपर्दछ । जन आधारित सांस्कृतिक तथा कलात्मक व्यवहारलाई सक्रियताका साथ सञ्चालन गर्दै आशावादिता र खुसीका साथ जीवन जिउनु पर्दछ । खेलकुदलाई जन–आधारित र दैनिक जीवनको एक अङ्ग बनाउँदै र हाम्रो देशलाई खेलकुद शक्ति बनाउने पार्टीको योजनालाई उँचो राख्दै, स्वर्ण पदकहरू जित्दै देशको इज्जतलाई उँचो राख्न तालिममा अझ पसिना बहाउनुपर्दछ । उत्पादन तथा जीवनका सुसंस्कृत शैली स्थापना गर्ने प्रयासमा निपुणता हासिल गर्ने कुरामा उनीहरू सहभागी हुनुपर्दछ र आ–आफ्ना कार्यस्थलहरूलाई सुधार गर्दै लानुपर्दछ र आफ्ना गल्ली, गाउँ आदिलाई समाजवादी स्वर्ग बनाउनुपर्दछ ।
सबै जनतालाई विज्ञान तथा प्रविधिप्रति सुसूचित बनाउने नारालाई उँचो राख्दै, युवाहरूले मेहनतका साथ आधुनिक विज्ञान तथा प्रविधि सिक्नुपर्दछ । ज्ञान अर्थव्यवस्थाको युगमा पूर्ण पारङ्गत बन्नुपर्दछ । आफ्नो दैनिक कार्यतालिका तथा बानीलाई पुस्तक पढ्ने काममा लगाउनुपर्दछ । मेहनती तथा जोशिला अध्येता बनेर पार्टी प्रकाशन, क्रान्ति शिक्षाप्रति समर्पित पुस्तकहरू र विज्ञान तथा प्रविधिका पुस्तकहरूलगायत विभिन्न क्षेत्रका पुस्तकहरू पढ्नु पर्दछ । छोङयोन जोन्वी पत्रिकाका हरेक अङ्क उनीहरूले पढेको हुनुपर्दछ ।
विद्यार्थीहरू समुन्नत कोरियाका स्तम्भहरू हुन्† वैज्ञानिक तथा प्राविधिक शक्ति तथा प्रतिभावान राष्ट्रको रूपमा देशको भविष्यलाई डो¥याउने कुराको जिम्मेवारी लिनुपर्दछ । आफ्नो बीस र तीसको उमेरमा संसार नै छक्क पर्ने वैज्ञानिक तथा चिकित्सक बन्ने महत्वाकाङ्क्षालाई बढावा दिँदै उत्पादन उद्यमशीलता तथा विविध समाज–राजनैतिक क्रियाकलापमा सक्रियतापूर्वक सहभागी हुनुपर्दछ र सैद्धान्तिक तथा व्यवहारिक क्षमता तथा विस्तृत सीपयुक्त क्रान्तिकारी श्रमिकको रूपमा आफूलाई तयार पार्नुपर्दछ ।
नयाँ युगमा पार्टीको युवा अग्रदस्ताको रूपमा आफ्ना सम्मानजनक मिसनलाई युवा पुस्ताले इज्जतका साथ पूरा गर्दछ भन्ने कुराको सुनिश्चितता दिलाउने काममा युवा लिगको प्रारम्भिक सङ्गठनको निकै महत्वपूर्ण भूमिका र हैसियत रहेको छ ।