सन्दर्भः किम जोङ उन जन्म दिवस (८ जनवरी)
सबै जनतालाई विज्ञान तथा प्रविधिप्रति सुसूचित बनाउने नारालाई उँचो राख्दै, युवाहरूले मेहनतका साथ आधुनिक विज्ञान तथा प्रविधि सिक्नुपर्दछ । ज्ञान अर्थव्यवस्थाको युगमा पूर्ण पारङ्गत बन्नुपर्दछ । आफ्नो दैनिक कार्यतालिका तथा बानीलाई पुस्तक पढ्ने काममा लगाउनुपर्दछ । मेहनती तथा जोशिला अध्येता बनेर पार्टी प्रकाशन, क्रान्ति शिक्षाप्रति समर्पित पुस्तकहरू र विज्ञान तथा प्रविधिका पुस्तकहरूलगायत विभिन्न क्षेत्रका पुस्तकहरू पढ्नु पर्दछ । छोङयोन जोन्वी पत्रिकाका हरेक अङ्क उनीहरूले पढेको हुनुपर्दछ ।
विद्यार्थीहरू समुन्नत कोरियाका स्तम्भहरू हुन्; वैज्ञानिक तथा प्राविधिक शक्ति तथा प्रतिभावान राष्ट्रको रूपमा देशको भविष्यलाई डो¥याउने कुराको जिम्मेवारी लिनुपर्दछ । आफ्नो बीस र तीसको उमेरमा संसार नै छक्क पर्ने वैज्ञानिक तथा चिकित्सक बन्ने महत्वाकाङ्क्षालाई बढावा दिँदै उत्पादन उद्यमशीलता तथा विविध समाज–राजनैतिक क्रियाकलापमा सक्रियतापूर्वक सहभागी हुनुपर्दछ र सैद्धान्तिक तथा व्यवहारिक क्षमता तथा विस्तृत सीपयुक्त क्रान्तिकारी श्रमिकको रूपमा आफूलाई तयार पार्नुपर्दछ ।
नयाँ युगमा पार्टीको युवा अग्रदस्ताको रूपमा आफ्ना सम्मानजनक मिसनलाई युवा पुस्ताले इज्जतका साथ पूरा गर्दछ भन्ने कुराको सुनिश्चितता दिलाउने काममा युवा लिगको प्रारम्भिक सङ्गठनको निकै महत्वपूर्ण भूमिका र हैसियत रहेको छ ।
युवा लिगका प्रारम्भिक सङ्गठनहरू युवाका राजनैतिक जीवनका आधार र आधारभूत लडाकु एकाइहरू हुन् । उनीहरूले नै युवालाई पार्टी वरिपरि गोलबद्ध पार्छन र पार्टी नीतिको कार्यान्वयनमा उनीहरूलाई व्यवस्थित र परिचालित गर्छन । उनीहरूको सङ्गठन क्षमता, एकीकृत शक्ति तथा लडाकु कुशलता ठोस रूपमा युवा लिगका कुशलता र क्षमता हुनेछन् ।
तर पनि युवाका राजनैतिक सङ्गठनहरूको रूपमा आफ्ना महत्वपूर्ण हैसियत र मिसनका साथ सन्तोषजनक तरिकाले आफ्नो भूमिका निर्वाह गर्ने कुरामा उनीहरू असफल भइरहेका छन् । कोही कोही आफ्ना सदस्यहरूका साङ्गठनिक तथा वैचारिक जीवनलाई मार्गनिर्देश गराउने आफ्नो आधारभूत जिम्मेवारीमा आफूलाई केन्द्रित गर्न चुकिरहेका छन्, युवा सङ्गठनहरूलाई सुहाउने युवाको भावना, मनोविज्ञान र भावनासँग एकाकार भएर काम गरिरहेका छैनन् ।
प्रारम्भिक सङ्गठनलाई सवल पार्ने र उनीहरूको भूमिका बढाउने कुरा युवा लिगलाई सवल पार्ने काममा पहिलो कदम हो । युवा आन्दोलन विकास गर्न समग्र श्रृङ्खलाका प्रमुख कडिहरू हुन् । त्यसैकारण, हाम्रो पार्टीले युवा लिगका प्रारम्भिक पदाधिकारीको सम्मेलनलाई विशेष महत्व दिन्छ र युवा लिगको आधारभूत सङ्गठनलाई सवलिकृत पार्ने युग निर्माणको अवसर बन्ने छ । पार्टीको सन्गुन–आधारित क्रान्तिकारी नेतृत्व कार्यलाई निष्ठाका साथ सहयोग गर्ने अग्रदस्ता बनाउन युवाहरूलाई प्रशिक्षित गर्नेछ भन्ने कुराको अपेक्षा राख्दछ ।
युवा लिगको कार्यको महत्व र पार्टीको उच्च अपेक्षालाई हृदयभित्र राखी, यस सम्मेलनमा सहभागी र युवा लिगका अन्य पदाधिकारीहरूले सन्गुन युगमा युवाको अभियानलाई नयाँ उचाइमा पु¥याउन युवा लिगको प्रारम्भिक सङ्गठनको भूमिका तथा सैन्य कारबाहीलाई क्रान्तिकारी तरिकाले बढावा दिनुपर्दछ ।
युवा लिगका प्राथमिक सङ्गठनहरूले क्रान्तिको विकासको आवश्यकताअनुसार आफ्ना सदस्यहरूको साङ्गठनिक तथा वैचारिक जीवनलाई सशक्त पार्नुपर्दछ ।
सन्गुन क्रान्तिका अग्रदस्ताको लडाकुको रूपमा प्रशिक्षित भएको होस् वा नभएको, आफ्नो नेतृत्वलाई हातमा हात र काँधमा काँध मिलाउँदै साथ दिने पेक्तु पर्वतदेखिको अभियानलाई कसले निरन्तरता दिन्छ भन्ने कुरा युवा लिगका प्रारम्भिक सङ्गठनहरूले कसरी उनीहरूको साङ्गठनिक तथा वैचारिक जीवनलाई व्यवस्थित मार्गनिर्देशित गर्छन् भन्ने कुरामा भर पर्दछ । सदस्यहरूको साङ्गठनिक तथा वैचारिक जीवनलाई सशक्त पार्न उनीहरूले आफ्ना प्रयासहरूलाई निर्देशित गर्ने कुराले निकै ठुलो महत्व राख्दछ ।
सर्वप्रथमतः उनीहरूले युवाहरूमा तिव्रत्तम वैचारिक शिक्षा सञ्चालन गर्नुपर्दछ । किम जोङ इलको देशभक्तिपूर्ण भावना, निष्ठा र वर्ग सचेतता तथा नैतिकताका शिक्षालाई सशक्त पार्नु हाल युवाहरूको वैचारिक शिक्षामा निकै महत्वपूर्ण कुरा रहेको छ ।
नयाँ पुस्तालाई समृद्ध राष्ट्र निर्माणमा लगाउन प्रोत्साहित गर्ने सशक्त उत्प्रेरक राष्ट्र तथा जनताप्रति प्रेम गर्ने सच्चा राष्ट्रभक्तको रूपमा नयाँ पुस्तालाई हुर्काउने काममा किम जोङ इलको देशभक्ति निकै पोषण बन्छ । युवा लिगका प्रारम्भिक सङ्गठनहरूले युवाहरूलाई सत्य तथ्यको आधारमा देश र जनतालाई आफ्नो मन मस्तिष्कमा राखिरहने, आजीवन देश र जनताप्रतिको मायाको बाटोमा लागिरहने किम जोङ इल अमर पराक्रमलाई सुसूचित गर्नुपर्दछ । उनीहरूले किम जोङ इलका देशभक्तिपूर्ण भावनालाई आफ्नो लक्ष्यको एउटा तत्वको रूपमा प्रोत्साहित गर्नुपर्दछ र आफ्नो गाउँ कार्यस्थल मन पराउने र देश तथा जनताको आव्हानको सम्मानमा समर्पित गर्न आफूलाई सदा तयारी राख्ने सच्चा देशभक्त हुनेछन् ।

Korean Peninsula region, colored political map. Peninsular region Korea in East Asia, divided between North and South Korea, bordered by China and Russia, and separated from Japan by the Korea Strait.
क्रान्ति भनेकै निष्ठा हो र निष्ठाविहीन मानिस क्रान्तिकारी बन्न सक्दैन । दृढ क्रान्तिकारी निष्ठा भएकाहरूले मात्रै, क्रान्तिको बाटोलाई अन्तिमसम्म अवलम्बन गर्छन् र आफूलाई देश तथा जनताप्रति समर्पित गर्छन् । युवाहरूलाई पार्टीका ध्येय सही छ, हाम्रो विजय सुनिश्चित छ भन्ने कुरामा विश्वस्त पार्न लक्षित शिक्षालाई सशक्त पार्दै, युवा लिगका प्रारम्भिक सङ्गठनहरूले, आफूमा अटल निष्ठा र इच्छाशक्तिले भरिपूर्ण भई सन्गुनको क्रान्तिकारी ध्येयको विजयप्रति बहादुरीका साथ लडन सबै युवालाई प्रोत्साहित गर्नुपर्दछ । उनीहरूले बेलाबेलामा महत्वका साथ क्रान्तिकारी युद्धभूमि तथा ऐतिहासिक क्षेत्रमा गरिने भ्रमणलाई व्यवस्थित गर्नुपर्दछ† युवाहरूलाई हाम्रा नेताको महान्ता तथा उनीहरूका उपलब्धिहरूप्रति गहिरोसँग प्रशिक्षित गर्नुपर्दछ । आफ्ना क्रान्तिकारी अग्रजहरूको बफादारिताको महान् उदाहरणहरूलाई पछ्याउदै, पार्टी तथा नेतृत्वप्रतिको विशुद्ध बफादारिताका साथ आफ्नो जीवनलाई गौरवमय पार्दै लानुपर्दछ । वास्तवमा, नयाँ पुस्ताका हाम्रा क्रान्तिकारी पङ्क्रि पराक्रम तथा दमनका पुस्तक आधारित ज्ञानले मात्रै प्रशिक्षित भएका छन र युद्धका कठिनाइको अनुभव हासिल गर्नै पाएका छैनन् । उनीहरूमा रहेको वर्ग सचेतनाको स्तरोन्नति गर्नुपरेको छ । विद्यमान स्थिति र क्रान्तिको आवश्यकताअनुसार, सैद्धान्तिक र गहन रूपमा शिक्षालाई सञ्चालन गर्दै, युवा लिगमा प्रारम्भिक सङ्गठनहरूले युवाहरूले साम्राज्यवादी तथा अन्य वर्गशत्रुहरूलाई निकै घृणा गर्छन् र विगतमा शत्रुसँगको लडाइँ लड्न लिएका रगतको मूल्यको र गर या मरको दृढसङ्कल्पको मूल्यमा हासिल गरिएका क्रान्तिका उपलब्धिहरूलाई भरपर्दो तरिकाले रक्षा गर्नुपर्दछ ।
क्रान्तिकारी पङ्क्रिको एकमना एकतालाई थप सशक्त पार्ने र समाजको विद्यमान जीवनलाई अझ क्रान्तिकारी र असल बनाउने समाजवादी नैतिकताको शिक्षालाई सशक्त पार्ने कुरा आजको जल्दोबल्दो माग बनेको छ । आफ्ना बोली व्यवहार र सार्वजनिक नैतिकतामा उचित शिष्टता कायम राख्ने कुरामा युवाहरू असफल भइरहेका छन् र असल सार्वजनिक व्यवहार तथा व्यवस्थालाई बर्बाद पारिरहेका छन् । युवा लिगले नैतिकताको शिक्षालाई उचित तरिकाले सञ्चालन गर्न नसकेको कारण यसो हुन गएको हो । नैतिकताको शिक्षालाई प्रमुख कार्यको रूपमा लिँदै र निरन्तर यसैमा अगाडि बढ्दै, युवा लिगका प्राथमिक सङ्गठनहरूले युवा पुस्तालाई आफ्ना क्रान्तिकारी अग्रज, शिक्षक तथा वरिष्ठहरू र स्वयंसेवीहरूलाई नैतिकताको सम्मानले हेर्नु पर्दछ ।
वैचारिक शिक्षालाई विविध रूपमा, विविध तरिकाले र प्रभावकारी तरिकाले सञ्चालन गर्नुपर्दछ । नियमित र प्रभावकारी तरिकाले सेनाध्यक्ष किम जोङ इललाई नैतिकताको सम्मानले हेर्नु पर्दछ ।
वैचारिक शिक्षालाई विविध रूपमा, विविध तरिकाले र प्रभावकारी तरिकाले सञ्चालन गर्नुपर्दछ ।
नियमित र प्रभावकारी तरिकाले सेनाध्यक्ष किम जोङ इलका उदाहरणहरूलाई अनुशरण गर्ने, अध्यापन सत्र, प्रवचन बैठकहरू लगायत युवा लिगमा स्थापित शैक्षिक प्रणाली सञ्चालन गर्नु निकै महत्वपूर्ण साबित भएको छ । युवाहरूको शिक्षाको आधारको रूपमा, रहेको युवा विद्यालय अध्ययन सत्र तथा विविध शैक्षिक बैठकहरू निरन्तर व्यवस्थित गरिनुपर्दछ र यसलाई सदा जीवन्त राख्नुपर्दछ ।
वैचारिक शिक्षालाई मौलिक तरिकाले र उन्नत समयको भावनाअनुसार एकाकार गर्दै सञ्चालन गरिनुपर्दछ, ताकि यसले युवाहरूको हृदयलाई छुन सकोस् र उनीहरूलाई सही मार्गमा अगाडि बढाउन सकोस् । युवा लिगका प्रारम्भिक सङ्गठनहरूले वैचारिक शैक्षिक कार्यमा धेरैभन्दा धेरैलाई संलग्न गराउने कार्यमा र विगतका औचारिकता तथा स्थापित रूपमा अडिग रहन लागिपर्नुपर्दछ र हाम्रा समयका युवाहरूको मानसिक योग्यताअनुसार यसलाई सञ्चालन गर्न सकिएको छैन र वैचारिक शिक्षाको स्वरूप तथा तालिकालाई निरन्तर सुधार गर्न सकिएको छैन ।
युवा लिगका प्रारम्भिक सङ्गठनहरूले आफ्ना साङ्गठनिक क्रियाकलापहरूमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न निर्णायक उपाय अवलम्बन गर्नुपर्दछ । युवाहरूलाई युवा लिगका सङ्गठनहरूप्रति प्रेम र सम्मान गर्ने आफूलाई साङ्गठनिक शिक्षा तथा सुपरिवेक्षण मातहतमा राख्ने बनाउन, आफ्ना सङ्गठनका अमूल्य कुरालाई सही तरिकाले बुझ्न सक्ने बनाउन उनीहरूले प्रयास गर्नुपर्दछ । सबै युवाहरूलाई युवा लिगका जीवनका नियम तथा मान्यताप्रति सचेत पार्दै, त्यसैअनुसारको जीवन जीउने र कार्य गर्ने र सङ्गठनले आफूलाई सुम्पिएका निर्णय तथा कार्यभारलाई समयमै सफलतापूर्वक सञ्चालन गर्ने कुरामा सुनिश्चितता दिलाउनु पर्दछ । साङ्गठनिक जीवनको अग्निभट्टीमा क्रान्तिकारी तरिकाले खारिन सकून भनी आफ्ना जीवनलाई पुनरावलोकन गराउने प्रभावकारी बैठकहरूमा आफ्ना सदस्य सहभागी भएका छन् कि छैन् भन्ने कुराको सुनिश्चितता दिलाउनुपर्दछ ।
आफ्ना सदस्यहरूको साङ्गठनिक जीवनलाई मार्ग निर्देशन गर्ने कामलाई आफ्नै मात्रै स्वेच्छिक प्रयास बनाउनु हुँदैन, बरु यसलाई साङ्गठनिक अनुशासन स्थापित गर्ने कार्यमा, यी सङ्गठनहरू असफल भइरहेका छन् । युवा लिगका प्रारम्भिक सङ्गठनहरूले आफ्ना सदस्यहरूलाई थप दुरुस्त राख्नुपर्दछ र साङ्गठनिक अनुशासनलाई कसिलो राख्नुपर्दछ । साङ्गठनिक जीवनमा उनीहरू सबैको सहभागिताको सुनिश्चित गर्नुपर्दछ ।
आफ्ना प्रमुख क्रान्तिकारी जिम्मेवारीको कार्यान्वयनसँग निकट रूपमा एकाकार हुँदै आफ्ना सदस्यहरूको साङ्गठनिक जौवनलाई मार्गनिर्देशन गर्नुपर्दछ, ताकि कार्यरत युवाहरूले आफ्ना प्राविधिक आविष्कारका जिम्मेवारी र राष्ट्रिय आर्थिक योजना अन्तर्गतका आफ्ना कार्यहरूलाई पूरा गर्न सकून् र विद्यार्थीहरूले थप मेहनत गरेर आफ्ना प्राज्ञिक प्रस्तुतिहरूलाई सुधार गर्न सकून् ।
प्राथमिक सङ्गठनहरूले निकै सक्रियताका साथ युवा अग्रदस्ता नमुना प्राथमिक समिति अभियान, युवा अग्रदस्ता नमुना प्राथमिक एकाइ अभियान, युवा नमुना कक्षा अभियानलाई सञ्चालन गर्नुपर्दछ । उनीहरूले वैधानिकता र जीवन्तताका साथ आफ्ना कार्यहरू गरिरहेका पनि छन् ।
युवा लिगका प्रारम्भिक पदाधिकारीहरूले आफ्ना जिम्मेवारी तथा भूमिकाको भावनालाई बढावा दिनुपर्दछ ।
उनीहरू पार्टीको सन्गुन आधारित क्रान्तिकारी नेतृत्वलाई सघाउने कार्यमा नेतृत्व लिने यन्त्र बन्नुपर्दछ र पार्टीको अनुशरण गर्दै, युवाहरूलाई अगाडि बढाउने मार्ग निर्देशक बन्नुपर्दछ ।
उनीहरूले युवालाई सुहाउने अथक जोश, उत्साह र साहसका साथ सबै कार्य सञ्चालन गर्नुपर्दछ । आफ्ना कार्यलाई नवीन रूपले योजनाबद्ध गर्नुपर्दछ† अथक रूपले सञ्चालन गर्नुपर्दछ र सुरु गरेको कामलाई अन्तिम टुङ्गोसम्म पु¥याएरै छोड्नुपर्दछ ।
व्यवहारिक उदाहरण प्रस्तुत गरेर उनीहरूले आफ्ना सदस्यहरूको नेतृत्व लिनुपर्दछ । व्यवहारिक उदाहरण नै शक्तिशाली उत्प्रेरणा हुन् । कठिन तथा श्रम लाग्ने कार्यमा अरुहरूभन्दा अगाडि उभिएर फत्तेय गर्नुपर्दछ । आफ्ना सदस्यहरूलाई शब्दले होइन व्यवहारले प्रभावित पार्नुपर्दछ† सङ्घर्ष गर्न र जोश प्राप्त गर्न उनीहरूलाई ब्युँझाउनुपर्दछ ।
कार्य तथा जीवनका सबै पक्षमा सदस्यहरूलाई प्रोत्साहित गर्न आफै उदाहरण बनेर प्रस्तुत हुनुपर्दछ ।
आफ्ना सङ्गठन सदस्यहरूलाई आफ्नै भाइबहिनीजस्तो व्यवहार गर्नुपर्दछ । आफ्ना कार्य तथा जीवनका तन मनमा एकता कायम राख्नुपर्दछ । अरुभन्दा पहिले आफ्ना सदस्यहरूको मानसिक पीडालाई बुझ्नुपर्दछ । जीवन र कार्यका हरेक पक्षमा उनीहरूको हेरचाह गर्नुपर्दछ र उनीहरूको वृद्धि तथा विकासको आधार बन्नुपर्दछ । आफ्ना सदस्यहरूको गल्तीमा आफ्नै गल्ती जस्तो पछुताउ गर्ने, एक पटकले नपुगे उनीहरूलाई दस पटक सय पटक नसियत दिएर सच्याउने सबै युवाहरूलाई असल अग्रदस्ता बनाउनुपर्दछ । आफ्ना सदस्यहरूलाई नम्रता र मुस्कानका साथ स्वागत गर्ने, उनीहरूका सबलता र विवेकमा रहेका कठिनाइहरूलाई समाधान गर्न सर्वोत्कृष्ट उपाय अवलम्बन गर्ने र प्रारम्भिक सङ्गठनहरूलाई सामन्जस्यपूर्ण सामूहिकतामा रूपान्तरण गर्न उनीहरूसँग दुःख सुख बाँडने गर्नुपर्दछ ।
प्रारम्भिक पदाधिकारीहरूमा उच्च राजनैतिक तथा व्यवहारिक योग्यता हुनुपर्दछ ।
युवा लिगका प्रारम्भिक पदाधिकारीहरू महान् किम इल सङ्गवाद र किम जोङ इलवादले पूर्ण लैस हुनुपर्दछ । युवा अभियानको सम्बन्धमा पार्टीका विचार तथा नीतिहरूप्रति पूर्ण सुपरिचित हुनुपर्दछ र उनीहरूलाई आफ्नो निष्ठाको प्रतिमूर्ति बनाउनुपर्दछ । उनीहरू युवा लिगका व्यवहारिक कार्यप्रति प्रवीण भएर मात्र पुग्दैन र त्योभन्दा माथि आफ्ना राजनैतिक तथा सैद्धान्तिक योग्यता राख्नुपर्दछ । आधुनिक विज्ञान तथा प्रविधिको ज्ञानले समेत युक्त हुनुपर्दछ । त्यो भन्दा अझ, व्यापकतामा स्थितिप्रति सु–सूचित हुनुपर्दछ । अन्य धेरै क्षेत्रमा उचित ज्ञान राख्नुपर्दछ । विना कुनै रवाफ कसरी सदस्यहरूबीच घुलमिल हुने र नाच्दै–गाउँदै सीपयुक्त तरिकाले सङ्गीत बजाउदै, उत्साहपूर्ण भाषणहरू गर्दै, उनीहरूलाई परिचालन गर्दै जाने भन्ने कुरामा बहु–आयामिक बन्नु पर्दछ ।
सबै तहका युवा लिगका समितिहरूले प्रारम्भिक सङ्गठनहरूलाई जिम्मेवार तरिकाले मार्ग निर्देशन गर्नुपर्दछ र उनीहरूलाई सकारात्मक सहयोग गर्नुपर्दछ ।
हाल औपचारिक कार्यक्रमहरू, आर्थिक अभियानहरू व्यवस्थित गर्न व्यस्त केही समितिहरू आफ्ना प्रारम्भिक सङ्गठनहरूसँग काम गर्न खासै प्रयास गरिरहेका छैनन्, केही पदाधिकारीहरू केवल आफ्ना कार्यालयहरूमा मात्रै सिमित रहने, टेलिफोन तथा कागजपत्रका आफ्ना काम गर्नमा समय व्यतीत गर्ने, यो वा त्यो काम गर्न प्रारम्भिक सङ्गठनहरूलाई खटाउनेजस्ता कार्य गर्दै आइरहेका छन् । उनीहरूले प्रारम्भिक सङ्गठनका कार्यहरूलाई बेवास्ता गरेको अवस्थामा प्रारम्भिक सङ्गठनहरू कमजोर बन्छन् र उचित तरिकाले आफ्नो भूमिका निभाउन सक्दैनन् । परिणामतः समग्रमा युवा लिग नै कमजोर र प्रभावविहीन बन्छ ।
सबै तहका युवा लिगका समितिहरू आफ्ना मातहतका प्रारम्भिक सङ्गठनहरूसँगको सहकार्यमा पुरानो तरिकाले र आराम मेच शैलीबाट मुक्त हुनुपर्दछ र सङ्गठनहरूलाई मार्गनिर्देशन गर्ने र सहयोग गर्ने कार्यलाई सशक्त पार्न निर्णायक कदम चाल्नुपर्दछ । आफ्नो मार्ग निर्देशनको सबैभन्दा तल्लो एकाइका रूपमा रहेका नगर तथा गाउँ युवालिग समिति भूमिका बढाउन र मूख्यतः प्रारम्भिक सङ्गठनहरूसँग व्यवहार र सम्बन्ध बढाउन यसको विशेष महत्व रहने गरेको छ ।
सबै तहका युवा लिग समितिका पदाधिकारीहरूले प्रारम्भिक सङ्गठनहरूमा नियमित रूपमा सम्पर्क गर्ने र उनीहरूलाई सहयोग गर्ने नियम नै बनाउनुपर्दछ । प्रारम्भिक सङ्गठनहरूको स्थितिलाई विस्तृत्रतमा अध्ययन गर्ने र कुनै पनि समस्या समाधान गर्न उनीहरूलाई सहयोग गर्नुपर्दछ । यसरी उनीहरूले प्रारम्भिक पदाधिकारीहरूलाई प्रोत्साहित गर्नुपर्दछ र महत्वपूर्ण तरिकाले सहयोग गर्नुपर्दछ ।
युवा लिगका प्रारम्भिक पदाधिकारी पङ्क्रिलाई सशक्त पार्नुपर्ने हुन्छ । उनीहरूले पार्टीप्रति बफादार युवा युवतीहरूलाई मानसिक र नैतिक रूपमा तयार पार्नुपर्दछ र साङ्गठनिक जीवनमा र आफ्ना क्रान्तिकारी कार्यभारको कार्यान्वयनमा उदाहरण बनाउनुपर्दछ । आफ्ना योग्यता सुधार गर्न उनीहरूले प्रभावकारी तरिकाले काम गर्नुपर्दछ ।
युवा लिगका कार्यहरूमाथि पार्टी मार्गनिर्देशनलाई सबलिकृत बनाउनुपर्दछ ।
हाम्रो पार्टीले युवा लिगका कार्यक्रमलाई पार्टी कार्यक्रमहरू जत्तिकै महत्व दिन्छ । युवाहरूलाई विशेष महत्व दिनु हाम्रो पार्टीको अविचलित नीति तथा अनन्त राजनैतिक कार्यदिशा हो ।
पार्टी सङ्गठनहरूले पनि युवा लिग सङ्गठनका काम कारबाहीहरूलाई पार्टी कार्यकै एउटा भागको रूपमा विशेष ध्यान दिनुपर्दछ । उनीहरूले नियमित रूपमा युवा लिग सङ्गठनका कामहरूसँग आफूलाई परिचित गराउँदै लानुपर्दछ र उनीहरूका कार्यमा आएको विचलनलाई सच्याउनु पर्दछ र जिम्मेवार तरिकाले समस्याको समाधान गर्नुपर्दछ ।
उनीहरूले युवा लिगका प्रारम्भिक सङ्गठनहरूमा आत्मनिर्भरता र सृजनालाई प्रोत्साहित गर्नुपर्दछ । प्रत्येक अवधिमा पार्टीका नीतिहरूबारे सुसूचित गर्नुपर्दछ, ताकि त्यहाँका पदाधिकारीले कार्य योजना तयार पार्ने र पार्टीको चाहनाअनुसार सक्रिय तरिकाले कार्यान्वयन गराउनुपर्दछ । निडर र सबल भएर उनीहरूले प्रारम्भिक सङ्गठनहरूलाई महत्वपूर्ण कामको जिम्मेवारी सुम्पनु पर्दछ र उनीहरूलाई समग्रमा आफ्नै प्रयासमा भरपर्ने बनाउनुपर्दछ । उनीहरूले युवाका सृजनात्मक विचारलाई सक्रियतापूर्वक सहयोग गर्नुपर्दछ र यथार्थमा रूपान्तरण गर्न सहयोग गर्नुपर्दछ । उनीहरूले स्वतन्त्र क्रियाकलापका लागि प्रारम्भिक सङ्गठनहरूलाई पर्याप्त परिस्थिति प्रदान गर्नुपर्दछ ।
इज्जत तथा गर्वको उच्च भावनाको साथ काम गर्नसकून् भनी युवा लिगका प्रारम्भिक पदाधिकारीहरूलाई उनले विशेष महत्व तथा प्राथमिकता दिनुपर्दछ र क्रान्तिकारी तरिकाले दिक्षित पार्न र व्यवहारिक कार्यमा प्रशिक्षित गर्न उनीहरूलाई बेला बेलामा भेट्ने गर्नुपर्दछ । उनीहरूले प्रारम्भिक पदाधिकारीहरूलाई युवा लिगका कार्यमा उदाहरण बन्ने उत्कृष्ट पदाधिकारीहरू पार्टीलाई बुझाउनुपर्दछ र पार्टी पदाधिकारीको रूपमा विकास गराउनुपर्दछ ।
पार्टीको वरिपरि दृढ रूपमा गोलबद्ध वन्दै, पार्टीको विचारप्रति निष्ठा राख्दै, इच्छाशक्ति र निरन्तरताका साथ पार्टीलाईअनुशरण गर्ने उत्तराधिकारीहरूको ठुलो लर्को हाम्रो साथमा छ । हामी केही र कसैसँग डराउनुपर्ने अवस्था छैन र हामीले गर्न नसक्ने पनि कुनै कुरा छैन । र अन्तिम विजय प्राप्त गर्न हामी सुनिश्चित छौँ ।
पार्टी नेतृत्वको मातहतमा सन्गुन क्रान्तिकारी ध्येय पूरा गर्नको लागि युवाहरूले ऐतिहासिक अग्रगामी मार्चमा युवा अग्रदस्ताको रूपमा आफ्ना साहसिक उत्साहपूर्ण रूपमा प्रदर्शित गर्नेछ भन्ने कुरामा मलाई दह्रनो विश्वास छ ।
–समाप्त