- नारायणमान बिजुक्छेँ (रोहित)
विदेशी हस्तक्षेप र गृहयुद्ध
जर्मनीसँग शान्ति सन्धिले गर्दा मित्र राष्ट्रहरू (बेलायत र फ्रान्स) तर्से । पहिलो, त्यसले जर्मनीको स्थिति बलियो हुन्थ्यो । दोस्रो, पुँजीवादी देशका मजदुरवर्गले पनि रुसको मजदुरवर्गकै उदाहरण लिएर आफ्नो बन्दुक आफ्नै देशको शोषकवर्गतिर फर्काइदिन्थ्यो । यसकारण, सन् १९१८ को मध्यमा बेलायत र फ्रान्सले रुसको उत्तरमा पर्ने अर्चान्गेल (Archangle) र मुरमान्स्क (Murmansk) भन्ने ठाउँ कब्जा गरेर स्थानीय जालीफटाहाहरूको ‘श्वेत रक्षक’ को विद्रोह सञ्चालन गरे र ‘उत्तरी रुसी सरकार’ भन्ने एक नक्कली सरकार गठन गरे ।
जापानले पूर्वबाट भ्लादिभोस्तक र समुद्री तट क्षेत्र कब्जा ग¥यो र स्थानीय श्वेत रक्षक विद्रोहीहरूमार्फत एक कठपुतली सरकार बनायो । बेलायत र फ्रान्स मिलेर रुसको दक्षिणी भाग र उत्तर ककेसियामा प्रतिक्रियावादी जनरल कोर्निलोभ, एलेक्सिएभ र देनिकिन मिलाएर ‘स्वयम्सेवक दल’ बनाउन दिए । सोभियतहरूको विरोधमा यो शोषकवर्गको विद्रोह थियो ।
जर्मनीको गुप्त मद्दतबाट जनरल क्रासनोभ र मामोन्तोभले दोन नदीको किनारमा क्रान्तिविरोधी गतिविधि सुरm गरे । अस्ट्रिया र हङ्गेरीका बन्दी बनाइएको फौज पूर्वबाट पश्चिम फर्किरहेको थियो । मध्य साइबेरिया पुग्दा बेलायत र फ्रान्सले तिनीहरूलाई विद्रोह गराएर भोल्गा प्रदेशको सामारा र साइबेरियाको ओमास्तकमा विश्वासघाती सरकार बनाउन दियो ।
जर्मन साम्राज्यवादीहरूले क्रान्तिविरोधी राष्ट्रिय सरकारलाई सघाएर तिफलिस र बाकु हत्याउन दिए । त्यसले सोभियतको अन्न, कच्चा माल र बाल्ने वस्तुको स्रोत पनि थुनिदियो । मासु र रोटीको कमीले मजदुरहरू भोकै मर्न थाले । कलकारखाना बन्द भयो । पार्टीले ‘समाजवादी मातृभूमि खतरामा छ’ र सबै कुरा लडाइँको निम्ति भन्ने नारा दियो । लाखौँ मजदुर, किसान र युवा लालसेनामा भर्ना भए ।
लामो युद्धले गर्दा जर्मन सेनामा विद्रोह भयो । नोभेम्बर १९१८ मा जर्मनीमा क्रान्ति भयो । विलहेल्म (Wilhelm) र उसको सरकार उल्टियो । पहिलो स्तरको शक्तिशाली जर्मनी अब दोस्रो तहमा खस्यो ।
युरोपमा क्रान्तिकारी छाल बढ्दै गयो । अस्ट्रियामा क्रान्तिकारी आन्दोलन सुरm भयो । हङ्गेरीमा सोभियत गणतन्त्र स्थापना भयो । युरोपको विभिन्न देशमा कम्युनिस्ट पार्टी अगाडि आए । बोल्शेभिक पार्टी र लेनिनले तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय स्थापना गर्ने निर्णय गर्नुभयो ।
सन् १९१९ मार्चमा मस्कोमा तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको पहिलो महाधिवेशन भयो । त्यसमा युरोप र अमेरिकाबाट समेत गरी ३०१ प्रतिनिधि सामेल भए । त्रोत्स्कीको खोटो नीतिले गर्दा रुसले युद्ध हार्दै थियो । पछि स्तालिन र भोरोसिलोभजस्ता नेताको अगुवाइमा सशस्त्र मजदुर दलमार्फत रुसले एकपछि अर्को विजय पाउँदै गयो । ३ वर्षको भयङ्कर सङ्घर्षपछि बेलायत, फ्रान्स, जापान र अमेरिकाको संयुक्त आक्रमण एवम् घरेलु विश्वासघातीहरूको विद्रोह ध्वस्त भयो । लालसेना बढेर दसौँ लाख पुग्यो† परिपक्व पनि हुँदै गयो ।
सोभियत हुकुमले गरेका कार्यहरू
१) सोभियत हुकुमले सबभन्दा पहिले जारतन्त्रको जरै उखेल्यो । जारतन्त्रकै पदचिहनमा लाग्ने र पुँजीपतिवर्गको हितलाई बढी ध्यान दिने अस्थायी सरकारको हुकुमलाई क्रान्तिबाट विकास भएको स्थानीय वर्गीय र राष्ट्रिय स्तरका जनताका प्रतिनिधिहरूको सभा वा परिषद् सोभियतहरूलाई सुम्पने काम ग¥यो । यसलाई एक किसिमको राज्य शक्तिको विकेन्द्रीकरण भन्न सकिन्छ ।
२) बिनामुआब्जा (क्षतिपूर्ति) राजा–रजौटा, सामन्त, गुठी र जमिनदारहरूको जग्गाको स्वामित्वलाई समाप्त ग¥यो ।
३) तेल, कोइला, धातु र अन्य खानीहरू, जङ्गल र पोखरीमा भएको व्यक्तिगत स्वामित्वलाई खारेज ग¥यो ।
४) पुँजीपतिवर्गको उद्योगधन्दा (कर–कारखाना), बैङ्क, रेल बाटो, विदेश व्यापार र खानीहरू राष्ट्रियकरण ग¥यो ।
५) जार सरकारले लिएको सबै विदेशी ऋण नतिर्ने र विदेशी पुँजीलाई राष्ट्रियकरण गर्ने घोषणा ग¥यो ।
६) सारा रुसी जनता युद्धबाट बर्बाद भइरहेका थिए । जर्मनीसँग शान्ति सम्झौता ग¥यो ।
७) रोटीको प्रश्न रुसी जनताको प्रश्न थियो । सोभियत सरकारले कालोबजारिया र कुलाकहरूलाई दबाएर देश र मजदुरवर्गलाई अकालबाट जोगायो ।
८) राज्य र स्कूललाई धर्मबाट अलग गरिदियो ।
९) जार र पुँजीपतिवर्गले चलाइआएको शासनयन्त्र (मन्त्रालय र कार्यालयहरू) लाई फेरेर नयाँ बनायो ।
१०) पुरानो प्रतिक्रियावादी सेनाको ठाउँमा मजदुर र किसानहरूको नयाँ लालसेना निर्माण ग¥यो ।
११) पार्टीभित्र र बाहिरका खोटा सिद्धान्त तथा राजनीतिक प्रहारहरूलाई उचित उत्तर दिँदै शोषकवर्ग र साम्राज्यवादी शक्तिहरूलाई सघाउने ‘दक्षिणपन्थी’ एवम् ‘वामपन्थी’ बिरामहरूलाई मर्मान्तक चोट पु¥यायो ।
१२) एउटै देशमा पनि समाजवाद कायम हुनसक्छ र पूर्वले पश्चिमलाई पनि समाजवादको बाटो देखाउन सक्छ भन्ने सिद्धान्त अगाडि सा¥यो ।
१३) थिचिएका र पिल्सिएका विभिन्न जाति तथा स्वास्नीमान्छेहरूलाई समानताको अधिकार दियो ।
अक्टोबर क्रान्तिका सफलताका कारणहरू
१) मजदुरवर्गको एक राजनीतिक पार्टी नरहनु; मजदुर पार्टीहरूको एउटै केन्द्र नहुनु; सहरका स–साना पुँजीपतिवर्ग र गाउँका किसानहरूलाई सङ्गठित गरी क्रान्तिमा सामेल गराउन नसक्नु; सैद्धान्तिक, राजनीतिक र अनेक रणनीति बिरामहरूले गर्दा पुराना मजदुर आन्दोलनहरू असफल भएका थिए ।
बोल्शेभिक पार्टी रुसी मजदुरवर्गको एक राजनीतिक पार्टी थियो । त्यसले स–साना पुँजीपतिवर्ग र गाउँका किसानहरूलाई सङ्गठित गर्न सकेको थियो । मजदुर आन्दोलनभित्र माक्र्सवादको पक्षमा अनेक सैद्धान्तिक सङ्घर्षहरू गरेर त्यसले आफूलाई एक सैद्धान्तिक जगमा उभ्यायो । विभिन्न सामन्ती र पुँजीवादी राजनीतिक पार्टीहरूसँग राजनीतिक सङ्घर्ष गरेर त्यसले आफूलाई राजनीतिक सुझबुझले पोख्त राजनीतिक पार्टीको रूपमा उभ्याउन सफल भयो । पुराना मजदुर आन्दोलन, पेरिस कम्युन र सन् १९०५ मा भएका अनेक रणनीतिक सुझबुझको कमी तथा बिरामहरूबाट सिकेर त्यस्ता कमजोरी एवम् गल्तीबाट जोगिने बन्यो ।
लामो सङ्घर्षबाट बोल्शेभिकहरू जनताका तत्कालीन एवम् दीर्घकालीन समस्या र आवश्यकतालाई राम्रोसँग बुझ्न सफल भए । जनता र सिपाहीहरूको निम्ति शान्ति, किसानहरूको निम्ति जमिन तथा मजदुरहरूको निम्ति स्वतन्त्रता एवम् समाजवादको खाँचोलाई बुझे । तिनीहरू त्यसैको निम्ति लडे । सङ्घर्षबाटै तिनीहरूले आफूलाई क्रान्तिकारी साबित गराए, सङ्घर्षबाटै तिनीहरूले जनताको विश्वास जिते । रुसमा त्यस्ता क्रान्तिकारीहरूको राजनीतिक पार्टी बोल्शेभिक हुनु नै क्रान्तिको विजयको मुख्य कारण बन्यो ।
२) रुसको मजदुर आन्दोलनले नरोदवादजस्तो छिटो क्रान्ति गर्न खोज्ने उत्ताउलो ‘व्यक्तिहत्या’ र ‘आतङ्कवाद’ अनि मेन्शेभिकवादजस्तो फितलो तथा अस्थिर विचारधारासँग सैद्धान्तिक सङ्घर्ष ग¥यो । त्यस सङ्घर्षबाट मजदुर आन्दोलनले कहिले संसदीय रूप लियो; कहिले संसद्विरोधी रूप त कहिले संसद्मा भाग नलिने (बहिष्कार) र कहिले चुनावमा भाग लिने; कहिले कानुनी र कहिले कानुनविरोधी सङ्घर्षको रूप लियो । सन् १९०५, १९०७ र १९१२ को क्रान्तिले मजदुर आन्दोलनलाई झन्झन् इस्पात बनायो । गुप्त र खुला, शान्तिपूर्ण र सशस्त्र सङ्घर्षका अनेक रूपहरूले गर्दा रुसी मजदुर आन्दोलनलाई अनेक किसिमको अनुभव हासिल गर्ने अवसर प्रदान ग¥यो । सङ्घर्षकै सिलसिलामा त्यसले आफ्ना हितहरू, आफ्ना सच्चा मित्रहरू र शत्रुहरूलाई पनि चिन्यो । रुसी मजदुर आन्दोलनले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थामा पनि गएर जनताको सेवा गर्ने र अनेक दुःखकष्ट एवम् अपमान सहन सक्ने अनुशासित कार्यकर्ता तथा नेताहरू बनायो । त्यस्ता नेता र कार्यकर्ताहरूविना आन्दोलन जनताबाट एक्लिन्थ्यो । ती आन्दोलन सञ्चालन गर्ने प्रेरणाको मुख्य स्रोत नै बोल्शेभिक पार्टी थियो । त्यसले नै रुसको व्यापक मजदुरवर्गलाई क्रान्ति र समाजवादको निम्ति तयार पा¥यो । आन्दोलनहरू र त्यसबाट खारिएका मजदुरवर्ग बिना अक्टोबर क्रान्ति असम्भव थियो ।
३) रुसको पुँजीपतिवर्ग आर्थिकरूपले पश्चिमी पुँजीवादी देशहरूको तुलनामा कमजोर थियो । रुसभित्रै विभिन्न कम्पनीको थिचोमिचो थियो । यसकारण, रुसको पुँजीपतिवर्ग सरकारको सहुलियतमा टिकेको थियो । राजनीतिकरूपले पनि त्यो वर्ग क्रान्तिकारीहरूको तुलनामा सा¥है निर्बलियो र असङ्गठित थियो ।
फ्रान्सेली पुँजीपतिवर्ग राजनीतिक गुटबन्दी र राजनीतिक बेइमानीमा अगाडि थियो । रुसी पुँजीपतिवर्ग त्यस कुरामा त्यति चलाख थिएन । बेलायती पुँजीपतिवर्ग सा¥है बुझ्ने र सम्झौता गर्न सिपालु थियो । तर, रुसी पुँजीपतिवर्ग न फ्रान्सेली पुँजीपतिवर्ग जस्तो राजनीतिक र कूटनीतिकरूपले चलाक थियो, न त बेलायती पुँजीपतिवर्ग जस्तो आरुनै खुट्टामा उभिन सक्थ्यो । अर्थात्, रुसी पुँजीपतिवर्ग राजनीतिकरूपले परिपक्व थिएन । तिनीहरूमा परिस्थिति हेरेर नयाँ बाटो खोज्ने अगुवाइपन पनि थिएन ।
४) लडाइँले जनता र सेना वाक्क भइसकेका थिए । जमिनदारहरूको थिचोमिचोले किसानहरू उठ्न सकिरहेका थिएनन् । कारखानाहरू बन्द हुँदै थिए र मजदुर नीति पनि खोटो थियो । आर्थिक हिसाबले रुसले युद्ध चालु राख्न नसक्ने देखिँदै थियो । तर, जारले ‘विजय नभएसम्म युद्ध गर्दै जाने’ नीति लियो । त्यही नीतिले जारतन्त्र उल्टियो र पुँजीपतिवर्गको सरकार स्थापना भयो ।
पुँजीवादी सरकारले त्यही जारकालकै जनविरोधी नीति लियो । तिनीहरूमा जारको असफलताबाट सिक्ने राजनीतिक सुझबुझ थिएन । तिनीहरूमा न सामन्तवर्गसँग सम्झौता गर्ने अक्कल थियो न त मजदुरवर्गसँग मिल्ने समझदारी रह्यो । रुसी पुँजीपतिवर्गको यस कमजोरीलाई रुसका मजदुरवर्ग र बोल्शेभिकहरूले बुझे । तिनीहरूको कमीकमजोरीबाट क्रान्तिले फाइदा उठायो । मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूको प्रभावलाई पुँजीपतिवर्गले फाइदा उठायो र आखिर तिनीहरू पनि पुँजीपतिवर्गसँगै ‘सती’ गए ।
५) संवैधानिक प्रजातन्त्रवादी (क्याडेट), समाजवादी क्रान्तिकारीहरू र मेन्शेभिकहरू पनि किसानको हितबारे कुरा गर्थे । किसानहरूको साँचो हितको निम्ति जमिनदार वर्गसँग चर्को सङ्घर्ष गर्नुपथ्र्यो । तर, तिनीहरूमध्ये कुनै गुट किसानको पक्षमा जमिनदारहरूसँग सङ्घर्ष गर्न चाहँदैनथे । कुनै न कुनै रूपले जमिनदार र धनी किसानहरूसँग तिनको सम्बन्ध हुन्थ्यो ।
बोल्शेभिक पार्टीको सम्बन्ध भने गरिब किसानसँग थियो । गरिब किसानहरूको हितको निम्ति तिनीहरू जमिनदारवर्गलाई दबाउन तयार थिए । यसकारण, मजदुर र किसानवर्गको बलियो एकताको आधार तयार भयो । गरिब र मध्यम किसान क्रान्तिमा सरिक भए । यसरी अक्टोबर क्रान्तिको सफलताको अर्को मुख्य कारण मजदुर र किसानको एकता थियो ।
६) अक्टोबर क्रान्तिको सफलताको एक मुख्य कारण बोल्शेभिक पार्टीको नेतृत्व पाउनु हो । त्यस पार्टीका नेता–कार्यकर्ता देश–विदेशका तथा विभिन्न आर्थिक, राजनीतिक, गुप्त र खुला सङ्घर्षहरूबाट खारिएका अनि शिक्षित थिए । तिनीहरू अनेक गलत तत्वहरूबाट पार्टीलाई जोगाउँदै लग्न सिपालु भइसकेका थिए ।
त्यस पार्टीले शान्तिको निम्ति जनताका प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाएको थियो; राजा–रजौटा र सामन्तहरूको जग्गा किसानहरूलाई कब्जा गर्न दिएको थियो† रुसी जाति र जारतन्त्रको थिचोमिचो एवम् पक्षपातबाट अरु जातिलाई स्वतन्त्र ग¥यो; समानताको सिद्धान्त अगाडि लग्यो; पुँजीपतिवर्गको हुकुमको ठाउँमा सर्वहारावर्गको हुकुम कायम ग¥यो ।
बोल्शेभिक पार्टीले शत्रुमाथि एकपछि अर्को धावा बोल्ने काममा अगुवाइ ग¥यो । त्यस्तो साहसी, परिपक्व, अनुभवी पार्टीबिना क्रान्ति असम्भव थियो ।
७) जारतन्त्र युद्धमा फसिरहेको; जनतामा असन्तोष फैलिरहेको; जारतन्त्रको ठाउँमा आएको पुँजीपतिवर्गको सरकारले पनि देशलाई ठीक बाटो देखाउन नसकेको र अस्थायी सरकारप्रति पनि जनताको विश्वास घट्दै गइरहेको देशको भित्री परिस्थिति थियो । अर्कोतिर सङ्घर्षको कारणले जनताको विश्वास बोल्शेभिक पार्टीतिर बढ्दै थियो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पुँजीवादी देशहरू आ–आफ्नो प्रभुत्व फैलाउन आपसमा काटाकाट गर्दै थिए । तिनीहरू दुई ठुला गुटमा विभाजित थिए । दुवै गुट साम्राज्य फैलाउने युद्धमा नराम्रोसँग फसेका थिए । यस्तो स्थितिमा तिनीहरूले संयुक्त भएर रुसी क्रान्तिमा हस्तक्षेप गर्न सकेनन् ।
यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिको पक्षमा थियो । त्यही परिस्थिति नै क्रान्तिको सफलताको एक कारण बन्यो । भनिन्छ, अन्तर्राष्ट्रिय परिस्थिति अक्टोबर क्रान्तिको सहायक पक्ष थियो ।
८) बोल्शेभिकहरूले जनताको सबभन्दा तल्लो वर्गको प्रस्ट र व्यापक इच्छाहरू पूरा गरे । पुरानोलाई ध्वस्त पारेर नयाँ समाजको निर्माण गर्न जनतालाई जगाए ।
समाप्त
साभार : अक्टोबर क्रान्ति र यसको महत्व