
३० साउन, कञ्चन
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र कञ्चन ५, पिपरीचापा रुपन्देहीले यही साउन ३१ गते देखि संचालन गर्न लागिरहेको दोश्रो गौतमुबद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। हरितालिका तीजको सन्दर्भ पारेर हरेक बर्ष संचालन गर्दै आइरहेको फुटवल प्रतियोगितामा रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका उत्कृष्ट १६ फुटवल टिमहरुले प्रतिस्पर्धा गर्नेछन।
गौतमबुद्ध बिकास केन्द्रद्वारा प्रकाशित खेलतालिका अनुसार न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पॉटस क्लब बु.उ.म.नपा. ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चादनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सा.बि. केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सा.बि. केन्द्र कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन।
दैनिक २ खेल संचालन हुने उक्त प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले ६६ हजार ६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने केन्द्रका अध्यक्ष परियारले जानकारी दिनु भएको छ।
यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजनालाई ५ हजार रुपैया नगद पुरस्कार सहित सम्मान गरिने छ भने विधागत रुपमा उत्कृष्ट डिफेण्डर, गोल रक्षक, सर्वाधिक गोलकर्ता र प्रत्येक खलको म्यान अफ द म्याचकालागि नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ। कञ्चन ५ पिपरीचापामा रहेको फुटवल खेलमैदानमा संचालन हुने उक्त प्रतियोगिता अवलोकन गर्न आउने दर्शकहरुका लागि प्याराफिटको समेत व्यबस्था गरिएको अध्यक्ष कमल परियारले जानकारी दिनु भएको छ।
विगतमा अभ्यास गरिएका सफल अभ्यासहरुलाई अझ व्यबस्थित बनाउदै प्रतियोगितालाई कञ्चनको ब्राण्डिङ्ग गराउने आयोजकको प्रयासलाई स्थानीय जनप्रतिनीधि, टोल विबकास संस्था, आमा समूह, क्लव, विभिन्न संघ संस्था, स्थानीय खेलप्रेमी, सहयोगदाताहरुबाट आर्थिक, भौतिक तथा नैतिक समर्थन प्राप्त समेत भइरहेको आयोजकले जनाएको छ।
करिब ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई भव्य, सभ्य तथा व्यबस्थित रुपमा सम्पन्न गर्नका लागि स्थानीय प्रहरी प्रशासन सहित ३० जना भन्दा बढी स्वयमसेवक परिचालन गरिएको छ।