अक्टोबर क्रान्तिको तयारी
जनतामा मेन्शेभिक र समाजवादी क्रान्तिकारी गुटको ठुलो प्रभाव बाँकी नै थियो । त्यसले जनताको भलाइ गर्छ भन्ने विश्वास थियो । तर, केही महिना बित्यो; कारखाना पुँजीपतिवर्गकै हातमा थियो । गाउँगाउँमा जमिनदार र धनी किसानहरूले जनतालाई दबाउँदै थिए । लडाइँमा सिपाहीहरू मरिरहेकै थिए । अस्थायी सरकार ‘स्वतन्त्र रुसको निम्ति लडाइँ’ चालु राख्न जनतालाई आह्वान गर्दै थियो; जनतामा असन्तोष बढ्दै गयो । जेल र विदेशबाट फर्केका बोल्शेभिक कार्यकर्ताहरूले मजदुर, किसान र सिपाहीहरूलाई पुँजीपति र जमिनदारवर्ग हुकुममा रहेसम्म साँचो स्वतन्त्रता आउँदैन भनेर सम्झाउन थाले ।
लडाइँको बेला मजदुरहरूले पिटर्सबर्गको नाम पेट्रोग्राद राखे ।
३ अप्रिल, १९१७ मा लेनिन पेट्रोग्राद पुग्नुभयो । रातको समय थियो । फिनल्यान्डको रेलवे स्टेसनमा हजारौँ हजार मजदुर, सिपाही र जहाजीहरू लेनिनलाई स्वागत गर्न पर्खिरहेका थिए । मेन्शेभिक नेताहरूले पनि लेनिनलाई स्वागत गरे । तर, क्रान्तिकारी सैनिकहरूको मञ्चमा गएर लेनिनले मजदुर, सिपाही र जहाजीहरूलाई भन्नुभयो, “जारशाही खतम भयो, त्यो त पहिलो पाइलो हो । पुँजीपतिवर्ग अहिले सत्तामा छ । जग्गा जमिन, कारखाना र खानीको मालिक जनता आफै हुनुपर्छ । अस्थायी सरकारलाई विश्वास गर्नुहुन्न । ‘समाजवादी क्रान्ति – जिन्दावाद’ !”
४ अप्रिलको दिन लेनिनले बोल्शेभिकहरूको बैठकमा आफ्नो रिपोर्ट सुनाउनुभयो । त्यसपछि मेन्शेभिक र बोल्शेभिकहरूको संयुक्त सभामा पनि त्यस सैद्धान्तिक सार (थेसिस) पढ्नुभयो । त्यसमा पुँजीवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने† सोभियत अर्थात् मजदुर र सिपाहीहरूको संसद् कायम गर्ने† सबै जग्गा जमिन राष्ट्रियकरण गर्ने† जमिनदारी जफत गर्ने† सबै व्यक्तिगत बैङ्कलाई एक राष्ट्र बैङ्कमा मिलाउने† उत्पादनका साधन र वितरणलाई हातमा लिने कुरो प्रस्ट्याइएको थियो ।
लेनिनको त्यस सिद्धान्तको सारले मेन्शेभिकहरू तर्सिन थाले । हो, लेनिन नयाँ हुकुम कायम गर्न चाहनुहुन्थ्यो मजदुर, सिपाही र किसानहरूको । मेन्शेभिकहरूले उल्टो मजदुरहरूलाई भन्न थाले, ‘क्रान्ति खतरामा छ ।’
लेनिनको विचारलाई प्लेखानोभले आफ्नो अखबार ‘येदिन्स्त्वो’ (एकता) मा ‘बहुलाको बर्बराइ’ भनेर गाली गरे । उनले मेन्शेभिक इखाइन्जेको शब्दलाई दोहो¥याए, “लेनिन एक्लै क्रान्तिदेखि अलग रहन्छन् र हामी आफ्नो बाटोमा अगाडि बढ्दै जानेछौँ ।”
तर, १४ अप्रिलको दिन बोल्शेभिकहरूको पेट्रोग्राद नगर सम्मेलन भयो । कामेनेभ, राइकोभ र प्याताकोभजस्ता केही व्यक्तिबाहेक सम्मेलनको अत्यन्त बहुमतले लेनिनको सिद्धान्तलाई स्वीकार गर्यो । बोल्शेभिकहरू क्रान्तिको निम्ति तयारी गर्दै थिए ।
१८ अप्रिलको दिन अस्थायी सरकारको विदेशमन्त्री मिल्युकोभले युद्ध गरिरहेका साम्राज्यवादी मित्र देशलाई एउटा सूचना पठाए । त्यसमा लेखिएको थियो, “निश्चित विजय प्राप्त नभएसम्म सारा जनता विश्वयुद्ध चालु राख्न चाहन्छन्† अस्थायी सरकारले मित्र देशहरूबाट लिएको आफ्नो जिम्मेवारी पूरा गर्नेछ ।”
युद्धलाई चालु राख्ने कुरो बोल्शेभिक पार्टीले थाहा पाउनासाथै सरकारको विरोध गर्न मजदुरहरूलाई आह्वान गर्यो । २० र २१ अप्रिलको दिन एक लाखभन्दा बढी मजदुर र सिपाहीले विरोध प्रदर्शन गरे । ‘गुप्त सन्धिहरू प्रकाशित गर’, ‘युद्ध मुर्दावाद’, ‘सारा अधिकार सोभियतलाई दे’ भन्ने नारा झन्डामा लेखिएको थियो । ठाउँठाउँमा विरोधी गुटसँग भिडन्त गर्दै जुलुस अस्थायी सरकारको कार्यालयतिर बढ्न थाल्यो ।
सेनापति कोर्निलोभ क्रान्ति विरोधीमध्ये एक थियो । उसले प्रदर्शनमाथि गोली हान्ने आदेश दियो तर सिपाहीहरूले गोली हान्न अस्वीकार गरे । त्यस्तै, बोल्शेभिक पार्टीभित्र तुरुन्तै अस्थायी सरकार कब्जा गर्न केही ‘वामपन्थी वा उत्ताउलाहरू लागे । तिनको विचारबाट काम गर्न दिइएको भए पार्टीको क्रान्तिको योजनामा बाधा पर्ने थियो । त्यसकारण, त्यस विचारको खण्डन र निन्दा गरियो । त्यसबेला सोभियत भन्ने मजदुर र सेनाको प्रतिनिधिसभामा बोल्शेभिकहरू बहुमत बनाउन कोसिस गर्दै थिए । क्रान्तिको विकास हुँदै थियो । सरकारमा मतभेद सुरु भइरहेको थियो ।
२४ अप्रिल, १९१७ मा बोल्शेभिक पार्टीको सातौँ सम्मेलन भयो । त्यसमा १३३ मत दिन पाउने र १८ बोल्नमात्र पाउने प्रतिनिधिहरू सामेल थिए । पार्टीको यो पहिलो खुला सम्मेलन महाधिवेशनजतिकै महत्वपूर्ण थियो ।
लेनिनले क्रान्तिलाई दुई खुड्किलोमा बाँड्नुभयो । पहिलो खुड्किलो, पुँजीपतिवर्गको हातमा हुकुम सुम्पिनु थियो । दोस्रो खुड्किलो, हुकुम मजदुरवर्ग र किसानहरूको सबभन्दा गरिब भागको हातमा सुम्पिनु थियो । लेनिनले दोस्रो खुड्किलोमा पाइला हाल्न पार्टी सम्मेलनमा बल दिँदै हुनुहुन्थ्यो । त्यसको नाम थियो– समाजवादी क्रान्ति । लेनिनको नारा थियो, “सबै हुकुम मजदुर, किसान र सिपाहीहरूको प्रतिनिधिसभा सोभियतलाई देऊ !” उहाँले भन्नुभयो, “अस्थायी सरकार स्वभावैले जमिनदार र पुँजीपतिहरूको सञ्चालक समिति हो ।”
मेन्शेभिकहरू ‘रुस समाजवादी क्रान्तिको निम्ति तयार भइसकेका छैनन् र पुँजीवादी प्रजातन्त्र नै रुसमा सम्भव छ’ भन्दै थिए । त्यो सिद्धान्तले पुँजीपतिवर्गको हात बलियो हुन्थ्यो र तिनीहरूको सेवा हुन्थ्यो । मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरू अस्थायी सरकारमा भाग लिनाले मजदुरवर्ग ठुलो अन्योलमा परिरहेको थियो । त्यसले मजदुरवर्गलाई धोका भइरहेको थियो । जनतालाई झूटा आश्वासन दिएर छल गरिँंदै थियो । साम्राज्यवादी युद्धलाई मद्दत पुगिरहेको थियो । क्रान्तिलाई नोक्सान भइरहेको थियो ।
यस्तो अवस्थामा कामेनेभ र राइकोभले सम्मेलनमा लेनिनको सिद्धान्त तथा योजनाको विरोध गरे । तिनीहरू मजदुर आन्दोलन क्रान्तिकारी छिनोफानोसम्म लैजान चाहन्नथे । तिनीहरू अस्थायी सरकारलाई ‘काबु’ मा ल्याउनेखाले सङ्घर्षसम्म गर्न चाहन्थे । अर्थात्, तिनीहरू समाजवाद होइन पुँजीवादलाई दिगो राख्न चाहन्थे । त्यो मेन्शेभिककै बाटो थियो ।
लेनिनले नयाँ इन्टरनेसनल बनाउने सिद्धान्त अघि सार्नुभयो । जिनोभिएभले यसको विरोध गरे । उनी जिमरवाल्डमा बसेको अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्गठनसँग मिलेरै बस्न चाहन्थे । तर, त्यो सङ्गठन युद्धको विषयमा पुँजीपतिवर्गकै पक्षमा थियो । लेनिनले जिनोभिएभको विचारको विरोध र निन्दा गर्नुभयो ।
सम्मेलनले बिनामुआब्जा जमिनदारी जफत गर्ने र त्यसलाई किसान समितिहरूको जिम्मा लगाउने अनि जमिन राष्ट्रियकरण गर्ने कुरो पारित गर्यो । स्तालिनले जातीय आत्मनिर्णयको स्वतन्त्रता जातीय स्वतन्त्रता र आन्दोलनबारे रिपोर्ट दिनुभयो । सम्मेलनले त्यसलाई स्वीकार गर्यो । प्याताकोभ र बुखारिनले लेनिन र स्तालिनले अघि सार्नुभएको जातिहरूको आत्मनिर्णयसम्बन्धी सिद्धान्तको विरोध गरे । उनीहरूले अन्धराष्ट्रवादको पक्ष लिए । सम्मेलनले पुँजीवादी राष्ट्रवादको विरोध ग¥यो । अल्पसङ्ख्यक जातिहरूका हकअधिकार सुरक्षित गर्ने सिद्धान्त पास गरियो । बैङ्क, चिनी, धातुसम्बन्धी मुख्यमुख्य उद्योगलाई राष्ट्रियकरण गर्ने† उत्पादन र वितरणमा सोभियतले नियन्त्रण गर्ने कुरो निर्णय ग¥यो ।
त्यसप्रकार सम्मेलनले समाजवादी क्रान्तिको निम्ति सिद्धान्त तयार गर्यो† मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूको नीतिलाई जनतामाझ उदाङ्ग्याउने निर्णय गर्यो ।
२ मे, १९१७ को दिन जनताको दबाबले गर्दा मिल्युकोभ र गुचकोभलाई अस्थायी सरकारबाट फालिदियो । त्यसको ठाउँमा नयाँ सरकार बनाइयो । त्यसमा पुँजीपतिवर्ग, मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूका प्रतिनिधिहरू थिए । नयाँ सरकारमा मेन्शेभिक पार्टीबाट स्कोभेलेभ र त्सेरेतेली थिए । समाजवादी क्रान्तिकारीहरूबाट चेर्नोभ र करेन्स्की आदि थिए ।
बोल्शेभिक पार्टीले मजदुर सङ्गठनका स–साना र तल्ला समितिमा आफ्नो सिद्धान्त सम्झाउन थाल्यो । पार्टीका कार्यकर्ताले मजदुरहरूमा मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूको खोटो नीतिलाई उदाङ्ग्याउँदै गए । युद्धको मोर्चा र सबै छाउनीमा बोल्शेभिकहरूले सिपाहीहरूमा सङ्गठन र प्रचारको काम गर्न थाले । जहाजी र माझीहरूमाझ सङ्गठन गर्न थाले । त्यसबेला
ठाउँठाउँ र कारखाना कारखानामा सभा हुन्थे । अस्थायी सरकारका मन्त्रीहरू बडो लचकदार भाषण दिन्थे । तर, जनता आफ्नो अवस्था कहिले सुध्रिन्छ भन्ने कुरो सुन्न चाहन्थे र प्रश्न गर्थे । मन्त्रीहरू भन्थे, “पहिले युद्ध जित्न देऊ, अनि चुनाव हुन देऊ ।” जनता र मजदुरहरू नारा लगाउँथे, ‘लडाइँ मुर्दावाद’, ‘रोटी देऊ’, ‘शान्ति ल्याऊ’, ‘स्वतन्त्रता देऊ !’ मजदुर र जनता मन्त्रीहरूको भाषण सुन्न चाहँदैनथे । तिनीहरू बोल्शेभिकहरूको भाषण सुन्न चाहन्थे । जनताले अब पुँजीपतिवर्ग र जमिनदारवर्ग अनि तिनीहरूको सरकारमा विश्वास गर्न छोडे ।
तिनीहरू मन्त्रीहरूको भाषण सुन्न अस्वीकार गरिदिन्थे । तिनीहरू लेनिन र बोल्शेभिक पार्टीको क्रान्तिको कुरो सुन्न चाहन्थे । प्रचार आन्दोलनको प्रभावले गर्दा सहर र जिल्लाहरूमा मजदुर र सिपाहीहरूको प्रतिनिधिसभा सोभियतहरूको नयाँ चुनाव हुन थाल्यो । ती चुनावमा मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूलाई मजदुर र सैनिकहरूले निकाले अनि बोल्शेभिकहरूलाई चुने ।
३० मेदेखि ३ जून, १९१७ सम्म पेट्रोग्रादमा कारखानाका मजदुर प्रतिनिधिहरूको सम्मेलन भयो । ४ भाग प्रतिनिधिमध्ये ३ भाग बोल्शेभिकहरू थिए । पेट्रोग्रादका झन्डै सबैजसो मजदुरको एउटै नारा थियो, ‘सारा हुकुम सोभियतहरूलाई देऊ ।’
३ जून, १९१७ को दिन सोभियतहरूको पहिलो देशव्यापी महाधिवेशन भयो । त्यसमा १ हजार मजदुर प्रतिनिधिले भाग लिएका थिए । ७८०–८०० मेन्शेभिक र समाजवादी क्रान्तिकारीका प्रतिनिधि थिए । बोल्शेभिक पार्टीका १०० जवानभन्दा अलि बढी प्रतिनिधि थिए† बोल्शेभिकहरू जम्मा १० प्रतिशत थिए ।
मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरू त्यस महाधिवेशनबाट अस्थायी सरकारलाई विश्वासको प्रस्ताव पारित गराउन चाहन्थे । यसकारण, एक मेन्शेभिक नेताले भाषणमा भने, “देशलाई एक्लै हाँक्न सक्ने कुनै पार्टी छैन । त्यसैले, पुँजीपतिवर्गसँग मिलेर काम नगरी देशको शासन चल्दैन ।”
अकस्मात् एक दृढ आवाज बैठकको कुनाबाट सुनियो, ‘त्यस्तो पार्टी अवश्य छ । प्रतिनिधिहरूको ध्यान उतैतिर गयो । उहाँ लेनिन हुनुहुन्थ्यो । लेनिनले आफ्नो भाषणमा बोल्शेभिक पार्टीको सुझाव अगाडि ल्याउनुभयो । उहाँको भाषण र सुझावले कतिपय प्रतिनिधिहरूको मन फर्कियो । तर, पनि सम्झौतावादीहरूले बहुमतको फाइदा उठाए र पुँजीपतिवर्गसँग सम्झौता गर्ने कुरोलाई समर्थन गराउन सफल भए । तर, बोल्शेभिकहरूले महाधिवेशनको त्यस समर्थनलाई मजदुरहरूको इच्छाको उल्टो छ भनेर ठोकुवा गरे । यसको प्रमाणस्वरूप १० जूनको दिन पेट्रोग्रादमा विरोध प्रदर्शन गरेर हाँक दिए ।
सम्झौतावादीहरूले बोल्शेभिकहरूले विद्रोहको योजना बनाउँदै छन् भन्ने झूटो हल्ला फैलाए । त्यसकारण, सोभियतहरूको पहिलो महाधिवेशनले त्यस प्रदर्शनमा रोक लगायो । बोल्शेभिकहरू बडो अप्ठ्यारोमा परे† महाधिवेशनको रोकलाई नमानेर प्रदर्शन गरेको खण्डमा महाधिवेशनसँग बेमेल हुन्थ्यो । त्यस रोकलाई मानेको खण्डमा त्यो एक प्रकारको झुक्नु हुन्थ्यो र प्रदर्शनको निम्ति तयार भएका लाखौँ रिसाएका मजदुरहरूलाई चित्त बुझाउनु गा¥हो काम हुने थियो । तर, त्यस्तो अप्ठ्यारोमा धैर्य गरेर पार्टीको केन्द्रीय समितिले प्रदर्शन नगर्ने निधो ग¥यो । सबै छाउनी र कारखानामा मजदुरहरूलाई बाहिर नजाने कडा आदेश दिइएको थियो । साँच्चै त्यस्तै भयो । महाधिवेशनका प्रतिनिधिहरू जाँचबुझ गर्न कारखाना–कारखाना गए । जुलुस गर्न नदिँदा सबै मजदुर खुब रिसाएका थिए । सबै मजदुरले प्रदर्शन गर्न प्रतिनिधिहरूलाई बल दिए । मजदुरहरूलाई प्रदर्शन गर्न दिइएन भने त्यो असन्तोष चर्किनेछ भन्ने कुरो प्रतिनिधिहरूले अनुभव गरे । यसकारण, महाधिवेशनले १८ जूनको दिन अस्थायी सरकारको समर्थनमा प्रदर्शन गराउने निर्णय ग¥यो ।
त्यस प्रदर्शनलाई आफ्नो पक्षमा ल्याउन बोल्शेभिकहरूले जिउज्यान लगाएर मजदुर सङ्घहरूमा काम गर्न थाले । स्तालिनले ‘प्राभ्दा’ (सत्य) पत्रिकामा लेख्नुभयो, “१८ जूनको दिन पेट्रोग्रादमा हुने प्रदर्शनमा हाम्रो क्रान्तिकारी नारा नै हुनेछ ।”
१८ जून, १९१७ को दिन मजदुरहरूको प्रदर्शन भयो । त्यसमा ४–५ लाख जनताले भाग लिएका थिए । क्रान्तिका सहिदहरूको समाधिको अगाडि प्रदर्शन भएको थियो । झन्डाहरूमा बोल्शेभिक नाराहरू मात्रै देखिन्थे, ‘युद्ध मुर्दावाद !’, ‘पुँजीवादी मन्त्री मुर्दावाद !’, ‘सारा अधिकार (हुकुम) सोभियतलाई देऊ !’, प्रदर्शनको एक सानो भागले मात्रै अस्थायी सरकारलाई समर्थन र विश्वास देखायो । प्रदर्शनमा बोल्शेभिक पक्षका जनता मात्रै देखिन्थे । सरकार समर्थकहरू त देखिँदै देखिँदैनथे । पेट्रोग्रादमा मजदुर र छाउनीका सिपाहीहरूले आफ्नो विश्वास बोल्शेभिक पार्टीमा छ भन्ने कुरो देखाइदिए ।
पुँजीवादी र सम्झौतावादीहरू पेट्रोग्रादमा बोल्शेभिकहरूको प्रभावबाट तर्सिन थाले । तिनीहरूले नयाँ छलकपट गर्न थाले । बेलायत, फ्रान्स र संरा अमेरिकासँग मिलेर युद्धका मोर्चामा नयाँ हमला गर्ने निधो गरे । यो क्रान्तिलाई कुल्चने तिनीहरूको योजना थियो । यदि हमला सफल भएको खण्डमा सबै हुकुम आफ्नो हातमा लिन्थे अनि बोल्शेभिक र क्रान्तिलाई कुल्चिदिन्थे । हमला असफल भएमा बोल्शेभिकहरूले सेनाभित्र फुट पारेको हुनाले लडाइँ हार्यो भनेर दोष थुपार्थे ।
लडाइँमा असफलता निश्चित थियो । सिपाहीहरू थाकिसकेका थिए । हमलाको कारण तिनीहरू बुझ्दैनथे । आफ्ना अफिसरहरूमाथि तिनीहरूको विश्वास थिएन । गोलाबारुद, तोप र बन्दुकको कमी थियो । १८ जूनको दिन हमलाको आदेश दिइएको थियो । शत्रुले पनि हमलाको जवाफ हमलाले नै दिन थाल्यो । शत्रुले गोला बारुद कब्जा गर्यो† सिपाहीहरूलाई बन्दी बनायो । पुग नपुग ६० हजार सिपाही मारिए र घाइते भए । त्यस हारले पेट्रोग्रादका जनतामा सरकारविरोधी भावना झन् चर्किन थाल्यो ।
युद्धमा हारेको समाचारले पेट्रोग्रादका जनता अस्थायी सरकारसँग सा¥है रिसाए । सम्झौतावादीहरूले युद्धमा हार्नुको दोष बोल्शेभिकहरूलाई दिन थाले । बोल्शेभिकहरूले युद्धमा हार्नुको विरोधमा प्रचार गरेर सेनाको लड्ने नैतिक शक्तिलाई तल झारी दिएको र सेनालाई फुटाउँदा लडाइँमा रुस हारेको हो भनी तिनीहरूले बोल्शेभिकहरूमाथि दोष थुपारे । सरकारले मजदुरहरूको हितमाथि ध्यानै नदिई साम्राज्यवादी युद्ध चालु राख्ने नीति लिँदै गयो । यसले मजदुरवर्गमा झन् असन्तोष बढ्न थाल्यो ।
पेट्रोग्रादको एउटा मेसिनगन पल्टनका सिपाहीहरूले सरकारको विरोधमा सशस्त्र विद्रोह गर्ने निर्णय गरे । तिनीहरूले सबै कारखाना र पल्टनबाट प्रदर्शनमा आ–आफ्ना प्रतिनिधि पठाउन आफ्ना दूत पठाए । सबै ठाउँबाट तिनीहरूलाई समर्थन गर्ने आश्वासन दिइयो ।
बोल्शेभिकहरू सशस्त्र गतिविधिको पक्षमा थिएनन् । सबै ठाउँका सिपाहीहरू क्रान्तिको निम्ति तयार भइसकेका थिएनन् । त्यस्तो बेलामा सशस्त्र विद्रोह हुँदा विशेष सेनाले विद्रोही सेनाको मुख्य सेनालाई सजिलैसित कुल्चिने सम्भावना थियो । क्रान्ति परिपक्व भइसकेको थिएन । तर, प्रदर्शन हुने भइसकेको थियो । पार्टीले त्यसलाई रोक्न सक्ने स्थिति देखेन । यसकारण, अन्त्यमा पार्टीले प्रदर्शनमा भाग लिने निर्णय ग¥यो । पार्टीले जुलुसलाई शान्तिपूर्ण र सङ्गठित रूप दिने निर्णय गर्यो । ३ जुलाईको दिन पेट्रोग्रादको भिवोर्ग (Vyborg) जिल्लामा प्रदर्शन सुरु भयो । ठाउँठाउँमा अलग अलग प्रदर्शन सुरु भयो । त्यो प्रदर्शन सशस्त्र प्रदर्शनको रूपमा फेरियो । लाखौँ लोग्नेमान्छे र स्वास्नीमान्छेहरू ‘अखिल सोभियत कार्यकारिणीको मुख्यालय तर्फ लम्किरहेका थिए । ५ लाख जनताले नारा लगाउँदै थिए, ‘सारा हुकुम सोभियतहरूलाई देऊ ।’ अथवा ‘सबै अधिकार सोभियतहरूलाई देऊ !’, ‘साम्राज्यवादी– पुँजीपतिवर्ग मुर्दावाद !’, ‘सक्रिय शान्तिको नीति तयार गर !’, प्रदर्शनको रूपलाई नै नबुझेर अफिसर र क्याडेट (संवैधानिक प्रजातन्त्रवादी पार्टीका समर्थक) हरूको सेनाले प्रदर्शनमाथि गोली चलाउन आदेश दियो । पेट्रोग्रादका सडक मजदुर र सिपाहीहरूको रगतले राता भए । मजदुरहरूलाई दबाउन लडाइँबाट सबभन्दा निर्दयी र प्रतिक्रियावादी सेनालाई बोलायो । प्राभ्दा (सत्य) र साल्दारस्काया प्राभ्दा (सिपाहीहरूको सत्य) पत्रिका बन्द गरिदियो । लिस्तोक प्राभ्दी (प्राभ्दा बुलेटिन) पत्रिका बेच्ने भोइनोभ भन्ने मजदुरलाई क्याडेटहरूले बाटैमा मारे । पुँजीपतिवर्ग र श्वेत सेना (सरकार समर्थक सेना) का जनरलहरूसँग मिलेर मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूले बोल्शेभिकहरूलाई दबाउने निश्चय गरे† रेडगार्ड (क्रान्तिकारी वा लालसेना) लाई निःशस्त्र पारे; पेट्रोग्राद छाउनीका क्रान्तिकारी सैनिक दस्ता लडाइँमा खटाइए । लडाइँ भएका ठाउँ र पछि बोल्शेभिक पार्टीका मुख्यमुख्य सदस्यलाई पक्राउ गर्न थालियो ।
७ जुलाईको दिन लेनिनमाथि पक्राउ पुर्जी काटे र बोल्शेभिक पार्टीका थुप्रै सदस्य पक्राउ परे । बोल्शेभिकहरूको प्रकाशन छाप्ने ट्ुड (Trud) भन्ने छापाखाना ध्वस्त भयो । पेट्रोग्रादको अदालतमा सरकारी वकिलले लेनिन र अरू बोल्शेभिकलाई ‘देशद्रोह’ र ‘सशस्त्र विद्रोह गर्न खोजेको आरोप लगाए । लेनिनमाथि लगाइएको त्यो आरोप जनरल देनिकिनको मुख्यालयमा अनेक गुप्तीहरू र उत्तेजना फैलाउने पुलिसका दलालहरूले बुनेको षड्यन्त्र थियो ।
मेन्शेभिक र समाजवादी दलका मुख्यमुख्य नेता सामेल भएको त्यो संयुक्त सरकार पूरै साम्राज्यवाद र क्रान्तिविरोधी पुँजीवादी तत्वको रूपमा देखापर्यो । तिनीहरूले युद्ध चालु नै राख्ने; जनताका प्रजातान्त्रिक अधिकार खोस्ने र मजदुर सेनालाई दबाउने नीति लिँदै थिए । स्थितिअनुसार बोल्शेभिक पार्टीले पनि आफ्नो नीतिमा हेरफेर ग¥यो । पार्टी र नेताहरूलाई गुप्त राख्न थालियो† पुँजीपतिवर्गको हुकुमलाई बलले सिध्याउने र सोभियतहरूको हुकुम कायम गर्ने तयारी भयो ।