बेनप्रसाद थापा
कला ठाडा,पाल्पा पूर्वखोला-२,साठीकोहलकी हुन्। उनले आफ्नाे उमेर, कति पुग्याे थाहा छैन भनेपनि, बुहारीले नब्बे वर्ष पुगेकाे बताइन्।
कलाका बुढामाउ लिलवीर,भारतीय आर्मीका पेन्सेनर थिए। उतिवेला शौचालय सुविधा हुन्थेन। ससुरालीघर जाँदा वन झाँडीबाट लडेर मास छर्न गएका हुन् रे !
कलाले आँखाले कम देख्छिन्। सुन्ने शक्ति भने बलियो रहेछ। एकछिन् नबसीकन कुखुरालाई चारो हाल्ने ,दैलो कुचो गर्ने ,धारामा पानी भर्ने काम खुरुखुरु गरिरहेकी थिइन्। छोराछोरी कति छन् भन्ने प्रसंगमा परमेश्वरले नदिएको भनिन्। नयाँ मान्छे ,घरभरि जम्मा भएको देखेर होला निकै निगरानी गरेकी थिइन्। लाहुर पुनामा, गोडाएक वर्षसम्म बसेको बताईन्।
२०११ सालतिर,आगलागिले पुरै गाउँ सखाप भएको, चिट्ठीपत्र, खबर सुनेर ,घर फर्केको सुनाइन्। मुटुको रोगले थला परेकी उनी भरतपुरमा उपचार गरेर अहिले सञ्चो भएकी छिन्। अन्य रोग व्यथा छैन। खराब अम्मल मध्यपान, धूमपान केही पनि छैन।
परमेश्वरले सन्तान नदिएपनि, देवरका छोरा साथ वर्षको दुई चोटी, पाल्पा तानसेन, पेन्सन बुझ्न पुग्छिन्। आफूलाई औषधी गर्न र घरपरिवार पालिन पेन्सनले राम्रै पुगेको सुनाइन्। ढिँडो, आँटो,रोटीभन्दा चामल भात असाध्यै मन पर्ने, कुरो गरिन्।