अर्थशास्त्र
भाइ राजु र बहिनी दीपा,
तिमीहरूलाई थाहै होला वा थाहा नभए पनि थाहा पाउनुपर्ने विषय हो – समाजका हरेक कुरा आर्थिक स्थितिले निर्धारण गर्छ । कुनै पनि देश सामाजिक, राजनीतिक र आर्थिकरूपमा अगाडि छ वा पछाडि, अगाडि बढ्छ वा पछाडि हट्छ भन्ने विषय त्यस देशको अर्थतन्त्र तथा अर्थनीतिले निर्धारण गर्छ । त्यतिमात्र होइन, प्राचीन भारतमा राजनीतिशास्त्रलाई पनि अर्थशास्त्र भनिन्थ्यो । उदाहरण हो – कौटिल्य अर्थशास्त्र । बेलायतजस्तो सानो देशले भारतजस्तो क्षेत्रफल र जनसङ्ख्याको हिसाबले आफूभन्दा अत्यन्त ठूलो देशमा २–३ सय वर्ष राज्य ग¥यो । बेलायतले आजको संरा अमेरिका र चीनजस्तो विशाल देशमा समेत उपनिवेश कायम गरेर आफूलाई ‘सूर्य नडुब्ने साम्राज्य’ साबित ग¥यो । त्यस्तै, सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनले पश्चिमी देशहरूले २–३ सय वर्ष लगाएर गरेको विकास निर्माण ३०–४० वर्षमा सम्पन्न गरे ।
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र क्युवाजस्ता क्षेत्रफल र जनसङ्ख्याको हिसाबले नेपालजस्तै वा नेपालभन्दा साना देशले संरा अमेरिकाको ४०–५० वर्षको आर्थिक नाकाबन्दी, आक्रमण, अन्तरध्वंस र अनेक षड्यन्त्रपछि पनि विकास गर्दै छन् तथा आ–आफ्नो देशको स्वतन्त्रता एवम् सार्वभौमिकताको रक्षा गर्दै छन् । ती समाजवादी देशहरू अरू देशको भिक्षा र दानमा होइन, आफ्नै मिहिनेत र खुट्टामा उभिएका छन्† ठूला र शक्तिशाली देशहरूको धम्कीले तिनीहरू लुरुक्क दास वा अधीनस्थ मुलुकजस्तो पछि लाग्दैनन् । प्रजग कोरिया ५० वर्षदेखि निरन्तर लडाइँको स्थितिमा छ । यसकारण, त्यस देशले आफ्नो रक्षा मामिलामा अत्यन्त ठूलो धनराशी खर्च गर्न बाध्य छ ।
कोरिया प्रायःद्वीपमा युद्धको स्थिति नरही शान्ति स्थापना भएमा आफ्नो रक्षा बजेटको एक प्रतिशतमात्र कटौती गर्न पाए पनि कोरियाली जनताको आजको जीवनस्तर दोब्बर हुने अनुमान छ । आज त्यो सानो देशले संसारको सबभन्दा ठूलो महाशक्ति संरा अमेरिकाको धम्कीको विरोधमा लड्न उपग्रह प्रक्षेपण ग¥यो । उपग्रह प्रविधिको अर्थ पृथ्वीको कुनै पनि ठाउँमा दूरमारक यन्त्रले आक्रमण गर्न सक्ने क्षमता र प्रविधि हासिल गर्नु हो । आज त्यस राज्यसँग ३ लाखभन्दा बढी इन्जिनियर छन् । सारा जनतालाई बुद्धिजीवी बनाउने योजनामा त्यो देश लागिपरेको सन् १८१५ को बेलायती साम्राज्य छ । काम–मामको दुःख त्यो देशमा छैन । लागूपदार्थको दुव्र्यसनी र एड्स रोगीहरू प्रजग कोरियामा भएको सुनिँदैन । आवास नभएको कुनै परिवार वा व्यक्ति छैन ।
त्यस्तै, जनसङ्ख्या र क्षेत्रफलले नेपालभन्दा सानो मुलुक क्युवामा सारा जनता साक्षर छन् र स्वास्थ्य क्षेत्रमा क्युवा विकसित देशहरूको हाराहारीमा छ । त्यहाँ झन्डै ११० जना व्यक्तिलाई एकजना डाक्टर उपलब्ध छ, त्यहाँ कोही व्यक्ति उपचारविना मर्नुपर्दैन, उपचार निःशुल्क हुन्छ । शिक्षा आर्जन निःशुल्क गर्न पाउँछन् । काम–मामको बन्दोवस्त सबैलाई छ । सबै क्षेत्रमा महिलाहरू प्रतिस्पर्धामा छन् भने काला, गोरा र आदिवासीको बिचमा कुनै भेदभाव छैन । यस वर्ष (सन् २००५) राष्ट्रपति फिडेल क्यास्ट्रोले मजदुर, कर्मचारी, शिक्षक वा सम्पूर्ण कामदार वर्गको ज्याला र पारिश्रमिक दोब्बर बढेको घोषणा गर्नुभयो ।
यी सबै प्रगति र विकास हुनुमा त्यस देशको जनमुखी आर्थिक नीति र समाजवादी अर्थतन्त्रको चमत्कार हो । भूमण्डलीकरण, निजीकरण, उदारीकरण वा खुला अर्थतन्त्रको श्रुति–मधुर र वाक् छलको कुनै प्रभाव त्यहाँ परेन । त्यहाँ विदेशी पुँजी र डलर साम्राज्यलाई हरियो खेतमा साँढेलाई छाडा छाडेजस्तो गर्न दिइएको छैन । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता गरिब राष्ट्रहरूमाथि थिचोमिचो गर्ने र ऋण बोकाउने अमेरिकी साम्राज्यवादी आर्थिक हात–हतियार तथा स्वतन्त्र देशको आन्द्राभुँडी नै ब्वाँसोले जस्तै लुछ्ने बहुराष्ट्रिय कम्पनीहरूको साँढेमिचाइ त्यहाँ छैन । क्युवा तिनीहरूकै विरोधमा सङ्घर्षरत छ ।
यस्ता दीर्घकालीन र सकारात्मक प्रभाव पर्ने अर्थनीति र अर्थतन्त्रको निर्माण गर्न सक्नुको कारण नै समाजवादी अर्थतन्त्र हो । समाजवादी अर्थतन्त्र र समाजवादी अर्थनीतिको जानकारीको निम्ति माक्र्सवादी आर्थिक सिद्धान्तको अध्ययन जरुरी छ । माक्र्सवादी आर्थिक सिद्धान्त बुझ्न पुँजीवादी अर्थशास्त्रको ज्ञान हुनैपर्छ । आज हाम्रा क्याम्पसहरूमा पढाइने अर्थशास्त्र पुँजीवादी अर्थतन्त्रकै जानकारी हुन् । ती जानकारीविना माक्र्सवादी आर्थिक सिद्धान्त बुझ्न गा¥हो हुन्छ ।
कहिलेकाहीँ ‘पुँजीवादी शिक्षा’ र ‘पुँजीवादी अर्थशास्त्र’ पढ्नुहुँदैन भन्ने विरोधको कुरा पनि नसुनिएको होइन । त्यो त बाह्रखरी वा क, ख नपढीकनै किताब पढ्न खोज्नुसरह मात्रै हो । पुँजीवादी अर्थतन्त्रको खण्डन गर्न पहिले त्यसबारे जानकारी हासिल गर्नैपर्छ । यसकारण, अर्थशास्त्रका पिता भनिने एडम स्मिथ र उनको रचना ‘राष्ट्रको धन’ तथा अन्य पुँजीवादी अर्थशास्त्रीहरूका रचना पढ्न आवश्यक छ । तिनीहरूले आफ्ना धारणा र सिद्धान्तहरू अनेक व्यावहारिक ज्ञान र प्रयोगबाट जानेका थिए । तर, ती सिद्धान्तका कमी–कमजोरी एवम् फरक– फरक वर्गीय दृष्टिकोणको व्याख्या गर्नुपर्ने हुन्छ र तल्लो वर्गीय हितको निम्ति नयाँ व्याख्या, विश्लेषण तथा प्रयोग आवश्यक छ ।
देशको अर्थतन्त्र विकास गर्न र व्यापक जनताको भौतिक सुख, सुविधा एवम् काम–माम–कपडा तथा आवासको बन्दोवस्त समाजवादी अर्थतन्त्रले मात्र गर्न सक्छ वा पुँजीवादी अर्थशास्त्रले गर्न सक्छ भनी जानकारी हासिल गर्न अर्थशास्त्रको अध्ययन आवश्यक हुन्छ । भाइबहिनीहरू, तिमीहरूले बिचैमा प्रश्न गर्नेछाँै, समाजवादी अर्थतन्त्र राम्रो भएको भए सोभियत सङ्घ र पूर्वी युरोपका एक दर्जन देशमा किन समाजवादको पतन भयो र पुँजीवाद पुनःस्थापना भयो ?
हो, यो प्रश्न सान्दर्भिक अवश्य छ । तर, सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी देशहरूमा समाजवादको पतनको कारण मूलतः आर्थिक नभई सैद्धान्तिक र राजनीतिक पराजय हो । ती देशहरूमा साम्राज्यवादी देशहरूले अनेक षड्यन्त्र गरेका थिए । त्यसको उद्देश्य निश्चय पनि आर्थिक थियो । साम्राज्यवादी देशहरू सोभियत एडम स्मिथको ‘राज्यको धन’ सङ्घ र पूर्वी युरोपका समाजवादी देशहरूलाई आफ्नो उपनिवेश बनाउन र त्यहाँ पुँजीवादको पुनःस्थापना गर्न चाहन्थे । जतिसुकै सुन्दर भवनलाई विश्वंसकारीहरूले जसरी शक्तिशाली बमले एकै क्षणमा ध्वस्त गर्न सक्छन्, त्यस्तै निरन्तरको साम्राज्यवादी षड्यन्त्र र अन्तरध्वंसले समाजवादी व्यवस्थालाई सैद्धान्तिक र राजनीतिकरूपले असफल पार्न सक्छ भन्ने प्रमाणित भयो ।
इतिहासमा सत्ताबाट फालिएको वर्ग पुनः सत्तामा फर्केका अनेक उदाहरण छन् । सैद्धान्तिक र राजनीतिकरूपले सोभियत सङ्घको पार्टी नेतृत्वमा विचलन नआएको भए त्यहाँको समाजवादी अर्थतन्त्र पनि असफल हुने थिएन किनभने प्रजग कोरिया र क्युवाजस्ता साना देशका समाजवादी अर्थतन्त्रहरू तेस्रो देशका अर्थतन्त्र र अन्य बन्दोवस्तभन्दा धेरै राम्रा देखिएकै छन् । यसको अर्थ समाजवादी अर्थतन्त्रमा कुनै कमजोरी छैन र थिएन भन्ने कुरा अवश्य होइन । समाजवादी अर्थतन्त्र पुँजीवादी अर्थतन्त्रभन्दा नयाँ हो । तर्कमा आधारित अनेक नीति व्यवहारमा लागु गरेर अथवा परीक्षण र गल्तीहरू सच्याएर त्यस अर्थतन्त्रलाई अझ विकास गर्न र परिपक्व बनाउन बाँकी नै हुन्छ । समय र अनुभवले परिपक्वता प्राप्त हुँदै जानेछ ।
जलस्रोतको धनी हाम्रो देशमा ७० प्रतिशत जनता खानेपानी र बिजुलीबाट वञ्चित छन्† अन्न निर्यात गर्ने देशले आज अन्न, तरकारी र खाने तेलसमेत विदेशबाट आयात गर्दै छ । वनविनाश हुँदै छ† बेरोजगारीका कारण वर्षको लाखौँ युवा बिदेसिँदै छन् । निर्माण सामग्री र अन्य हजाराँै उपभोग्य सामानमा नेपाल परनिर्भर छ । अहिले पनि सबै जिल्लामा मोटर–बाटो वा रज्जुमार्ग पुग्न सकेको छैन । गरिबी, महिला विकास र प्रतिव्यक्ति आम्दानी आदिमा देशको स्थिति कहालीलाग्दो छ । राणा शासन ढलेको ५० वर्षपछि पनि बहुमत जनता निरक्षर छन् र सबै बालबालिका स्कुल जान पाएका छैनन् ।
यी सबैले गर्दा देशमा तल्लो वर्गको हित हेर्ने वा त्यसो गर्न जान्ने माक्र्सवादी वा प्रगतिशील चिन्तन भएका अर्थशास्त्रीहरूको कमी छ वा छँदै छैनन् । समाजले जहिलेसम्म आर्थिक क्षेत्रमा त्यस्ता जानकारहरू पाउँदैन, देश अगाडि बढ्नेछैन । आर्थिक नीति तयार गर्ने अर्थ मन्त्रालय, योजना आयोग, बैङ्क, उद्योग र वाणिज्य तथा वित्तीय क्षेत्रहरू जहिलेसम्म जनमुखी अर्थशास्त्रीहरूले खचाखच भरिँदैनन् तबसम्म देश आर्थिकरूपले अगाडि बढ्दैन । त्यस्ता अर्थशास्त्रीहरू तयार गर्ने ठाउँ नै विश्वविद्यालयहरू हुन् । तिनीहरूले यसबारे चिन्ता गरेको देखिँदैन । यसकारण, भाइबहिनीहरू आफैले अर्थशास्त्रको महत्व बुझेर त्यसबारे थप जानकारी लिन र अर्थशास्त्रका कक्षाहरूमा सामेल हुनलाई समय मिलाउन आवश्यक छ ।
अचेल भन्सारको भ्रष्टाचार, बैङ्क घाटा, भ्याटको कचकच, करछली र तस्करी वा सीमाको चोरी व्यापार, ऋणको साँवाब्याज नतिर्ने प्रवृत्ति र चर्को ब्याजदर, व्यापार घाटा र अचाक्ली नाफा तथा आर्थिक विषमता बढ्दै गएका खबर सुन्दा कहिलेकाहीँ अर्थशास्त्रको कक्षामा सामेल भएर बढी झन्झट र चिन्ता लिनुपर्ने देखेर तिमीहरू तर्सनेछौ । साँचो कुरा त्यो होइन, बरु देशको मानवीय र प्राकृतिक स्रोतलाई नियालेर हेर्दा उज्ज्वल भविष्य वा भोलिको राम्रो नेपालको चित्र तिमीहरूले देख्नेछौ ।
ठूलो सम्पत्तिको ढुकुटीको साँचो हराएको व्यक्तिको दशाजस्तै नेपालको आजको अवस्था छ । साँचो भनेको आर्थिक नीति हो । राम्रो अर्थनीति भएको देश उँभो लाग्न लामो समय चाहिँदैन । आर्थिक विकासका सिद्धान्त, पुँजीवादी र समाजवादी अर्थशास्त्रीका रचनाहरूको अध्ययन, आलोचना र सही मूल्याङ्कन एवम् त्यस विषयको ज्ञानले देशलाई छिट्टै आर्थिक उन्नतिमा पु¥याएर बेरोजगारी, गरिबी, आर्थिक असमानता आदि सबैबाट मुक्त गर्न सकिनेछ ।
तिमीहरू प्रश्न गर्नेछौ, “समाजवादी व्यवस्था नअँगाले पनि संरा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापानजस्ता देशहरू कसरी सम्पन्न भए ?” तिमीहरूको जिज्ञासा राम्रो हो । तर, ती देशहरूको २–३ सय वर्षको इतिहास हेर्दा आफै प्रस्ट हुन्छ । तिनीहरूले आआफ्ना उपनिवेशहरू अर्थात् एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशका विभिन्न मुलुकका प्राकृतिक स्रोत र साधनहरू २–३ सय वर्षसम्म लुटे तथा जनताको श्रमको चर्को शोषण गरिरहे । साम्राज्यवादी देशहरूको सम्पन्नताको कण–कणमा ती देशका श्रमिक र उपनिवेश देशका जनताको रगत र पसिना लत्पतिएको छ । तिनीहरूको सम्पन्नताको रहस्य नै लुट, हिंसा र शोषण हो ।
समाजवादी अर्थतन्त्रले ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ को सिद्धान्त लागु गर्छ र त्यस व्यवस्थामा कसैले कसैलाई शोषण गर्दैन । अरू देशमाथि आक्रमण र लुटपाट गर्दैन बरु कामदार जनताको सामूहिक श्रमले सम्पन्नता हासिल हुन्छ ।