नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध :
सन् १९५५ अगस्ट १ मा नेपाल चीनबिच दौत्य सम्बन्ध स्थापना भएपछि दुई देशबिचको सम्बन्ध सौहार्दपूर्ण रहेको छ । एक सय वर्षभन्दा अघिदेखि रहँदै आएको सीमा विवाद समाधान गर्न दुई देशका विज्ञ रहेको नेपाल–चीन संयुक्त सीमा समिति गठन गरियो । सीमा समितिको संयुक्त टोलीले स्थलगत अध्ययन तथा विश्लेषण गरी तयार पारेको प्रतिवेदनको आधारमा विसं २०१८ असोज १९ गते (अक्टोबर ५, १९६१) का दिन नेपाल–चीन सीमा सन्धि भयो । जुन सन्धिपत्रमा दुवै देशको इतिहासमा पहिलो पटक स्वयं राष्ट्राध्यहरूबाट हस्ताक्षर सम्पन्न भएको थियो (नेपाली, २०८०, पृ. १) । उक्त सन्धिबाट अस्वाभाविकरूपमा बाह्य पक्षले उठाएको सगरमाथाको विवाद पनि दुवै देशको सहमतिमा समाधान गरिएको थियो । नेपाल–चीन सीमा सन्धिबाट प्रफुल्ल राजा महेन्द्रले आफ्नो लागि गरिएको नागरिक अभिनन्दन समारोहमा भने, “यस उत्तरी सीमा सन्धिले हाम्रो नेपाल अधिराज्यलाई करिब तीन सय वर्गमाइल भÒमिको लाभ भएको छ र सगरमाथा आज जसबारे संसारको आँखा परेजस्तो लाग्दछ, जस्ता तस्तै हाम्रै देशभित्र हाम्रै भएर रहेको छ (नेपाली, २०८०, पृ. १५६) ।”
नेपाल–चीनको कूटनीतिक सम्बन्ध सरल रेखामा मात्रै सलल बगेको छैन । इतिहासभन्दा पुरानो सम्बन्ध भएको चीन र नेपालबिचको कूटनीतिक सम्बन्धमा आन्तरिक राजनीतिक परिवर्तनले सम्बन्धको गहिराइलाई उन्नाइस बीस बनाउँदै आएको छ । चीनले अनुदान स्वरूप दिइएका उत्पादनमुखी उद्योग, यातायातहरू धरासायी बनाउने र निजीकरणको नाममा कौडीको मूल्यमा गलत पक्षलाई हस्तान्तरण गर्ने नेपाली शासकहरूको प्रवृत्तिप्रति नेपाली जनता र चिनियाँ पक्षलाई दुःखी तुल्याएको छ । नेपाल सरकारले एक चीन नीतिलाई अविच्छिन्न समर्थन गर्दै आएको छ । यद्यपि, सरकारकै नेतृत्वमा पुगेका केही व्यक्तिहरू एक चीन नीतिविपरीतका गतिविधिमा संलग्न हुने र विसं २०१८ सालमा भएको नेपाल–चीन सीमा सन्धिविपरीत चीनले सीमा अतिक्रमण गरेको भनी हल्ला गर्ने गरेका कारण नेपाल–चीनबिच कूटनीतिक सम्बन्धलाई कमजोर पार्न कोसिस भइरहेको छ भन्ने बुझ्न सकिन्छ । तथापि, चीनले पाएको उपलब्धिबाट विश्वव्यापी जनतालाई लाभ दिने चिनियाँ जित–जितको नीतिबाट नेपालले पनि लाभ लिनबाट वञ्चित हुने अवस्था छैन ।
चिनियाँ समृद्धिलाई विश्वका सबै जनताले लाभ पाउने गरी चिनियाँ विशेषतासहितको समाजवादले अगुवाइ गरिरहेको छ । चीन र अन्य देशबिच आपसी हितको लागि सहकार्य गर्न विश्वव्यापी न्यायप्रेमी जनता उत्साहित छन् । त्यही उत्साहमाथि पानी फेर्न साम्राज्यवादी शक्तिहरू न्वारानदेखिको बल लगाइरहेका छन् । साम्राज्यवादी हुकुम कायम राख्न दासतामा रमाउने तथाकथित बुद्धिजीवीदेखि शासक दलका नेताहरू भ्रमको जालो फाल्न उद्यत छन् । यही शिलशिलामा नेपाल र चीनबिचको कूटनीतिक सम्बन्धलाई धमिल्याउन चाहनेहरू यो वा त्यो रूपमा नेपालमै सक्रिय रहेको तथ्य लुकेको छैन । नेपालमा प्रधानमन्त्री भइसकेको व्यक्तिले नै चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई ऋणको पासो भनी गलत भाष्य फलाक्दै छन् । चिनियाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिएर तथाकथित ऋणको जालोबारे प्रचारबाजी गरिरहेको छ । अदूरदर्शी नेपाली शासकहरूको कारण अनावश्यकरूपमा निर्माण गरिएको र सञ्चालनमा आउन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानमा लगानी भएको ऋण ‘ऋणको जालो’ हो भने त्यसैगरी त्योभन्दा बढी ब्याजदरको र त्योभन्दा बढी रकम लगानीमा बनेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल के हो ? त्यहाँ लगानी भएको एसियाली विकास बैङ्कको ऋण ‘ऋणको पासो’ होइन ? पूर्वाधार विकासको नाममा विश्व बैङ्क, भारत र जापानलगायत अन्य देशहरूसँग लिइएका ऋण के अनुदानमा रूपान्तरण भइसकेका हुन् ? अर्कोतिर दक्षिणी छिमेकी भारतबाट नाकाबन्दी भएको बेलासमेत उत्तरी छिमेकी चीनको सहयोग लिनुलाई समेत भारतविरोधी कदमको रूपमा अपव्याख्या गर्ने कुटील चालबाजीले कहिल्यै नेपाली कूटनीतिको स्वाभिमानलाई जिउँदो बनाउन सक्ला ? यसर्थ इतिहासभन्दा पुरानो नेपाल चीनको कूटनीतिक सम्बन्धलाई अझ बढी घनिष्ठ र प्रगाढ बनाउन भ्रमको पर्दा च्यात्दै आपसी हित र सहकार्यलाई जोड दिनु वाञ्छनीय छ ।
अन्य देशहरूसँग नेपालको कूटनीतिक सक्रियता :
नेपालले विश्व राजनीतिक डबलीमा कूटनीतिक कदम विस्तार गरेसँगै असंलग्न परराष्ट्र नीतिलाई मेरुदण्डको रूपमा आत्मसात गर्दै आएको छ । असंलग्नता र पञ्चशील नै नेपालको परराष्ट्र नीतिको मूल आधार हो । नेपालले १८२ वटा राष्ट्रसँग दौत्य सम्बन्ध कायम गरेको छ । नेपालले विश्व शान्तिको लागि संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा नेपाली सेना पठाइरहेको छ । संयुक्त राष्ट्र सङ्घका विभिन्न मिसनहरूमा नेपालले सक्दो योगदान पु¥याउँदै आएको छ ।
विभिन्न देशसँग नेपालको कूटनीतिक सम्बन्ध समानरूपमा नभई नेपालले असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि भन्ने विश्लेषणहरू आउन थालेको छ । विशेषगरी संरा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतापछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले खेलेको भूमिकाको कारण पनि उक्त आरोप लगाउने पक्षलाई टेवा पु¥याइरहेको छ । बिजुलीको तार तान्न र बाटोको स्तरवृद्धि गर्न अनुदान दिने नाममा संरा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने शर्तसहितको सम्झौताले पक्कै पनि नेपालको सार्वभौमसत्तामाथि प्रश्न उठाएको छ । व्यापक नेपाली जनताको विरोध भए पनि पारित एमसीसी सम्झौतापछि संरा अमेरिकी नीतिअनुसार नै रुसविरुद्ध युक्रेनको छद्मयुद्धमा रुसविरुद्ध नेपालले मतदान गर्नु, हमासको विरोधमा विज्ञप्ति निकाल्नु आदि कारण नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको तथ्यहरू सार्वजनिक भएका छन् । साथै २०७४ सालमा संरा अमेरिकाको भ्रमण गरी एमसीसी सम्झौताबारे छलफलको क्रममा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई नेपालले उत्तर कोरियासँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने, नेपालमा उत्तर कोरियाली व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्नुपर्ने आदि जिम्मेवारी दिइएको ‘नेपाल’ साप्ताहिकमा समाचार आएको थियो । सोहीअनुसार नेपालमा व्यवसाय गरिरहेका उत्तर कोरियाली नागरिकहरूको प्रवेशाज्ञा थपिएन र ती व्यवसाय बन्द भयो । साथसाथै २०८० मा त उत्तर कोरियाले नेपालमा रहेको आवासीय राजदूतावास नै बन्द ग¥यो ।
पक्षधरतातिर झुकिरहेको समकालीन नेपालको कूटनीतिले अन्य देशहरूसँग सम्बन्ध थप सौहार्द र प्रगाढ बनाउन चुनौती दिइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अस्तित्व जोगाउन र नेपालको भूमिकालाई थप प्रभावकारी बनाउन कूटनीतिक इमानदारिता र ज्ञानमा क्षमता बढाउनु आवश्यक देखिन्छ ।
समकालीन अन्तर्राष्ट्रिय सम्बन्धको स्थिति :
समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध जटिल मोडमा छ । संरा अमेरिकाको एक ध्रुवीय विश्व राजनीतिक शक्ति स्थानान्तरणको चरणमा पुगेको वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध तरल अवस्थामा छ । युक्रेनी नवनाजीवादलाई अगाडि सारेर रुसविरुद्ध चलारहेको अमेरिकी छद्मयुद्ध कुनबेला विश्वयुद्धमा रूपान्तरण हुने हो ? वा कुनबेला आणविक युद्धमा परिणत हुने हो ? सन्त्रासको बादल मडारिरहेको छ । युक्रेनलाई नाटो सदस्य बनाएर रुसमाथि आक्रमण गर्दैछ भनेर रुसी राष्ट्रपति पुतिनले सन् २०२२ मा युक्रेनमाथि प्रत्याक्रण गर्ने घोषणा ग¥यो (युक्रेनमा नवनाजीवाद, २०८०) । रुसविरुद्ध आक्रमण गर्न संरा अमेरिका र उसका सहयोगी देशहरू खरबौँ मूल्यका आर्थिक सहयोग तथा हतियार उपलब्ध गराइरहेको छ भने रुसी राष्ट्रपतिले पटक–पटक आणविक हमला गर्ने चेतावनी दिँदै आएका छन् ।
संरा अमेरिकाको उक्साहटमा इजरायलले प्यालेस्टिनमाथि जातीय नरसंहार मच्चाइरहेको छ । संसार प्यालेस्टिनमाथिको बर्बर आक्रमणको विरोधमा उभिँदा पनि साम्राज्यवादीहरू पछि हटेको अवस्था छैन । संरा अमेरिकाकै हावर्ड विश्वविद्यालयका विद्यार्थीहरूले दीक्षान्त समारोहमा प्रमाणपत्र ग्रहण गर्न जाँदा प्यालेस्टिनी नरसंहारविरुद्ध प्रदर्शन गरे । प्रजातन्त्रको संरक्षक बताउने संरा अमेरिकी सरकारले विद्यार्थीहरूको आवाजलाई सम्बोधन गर्नुको बदला बरु ती विद्यार्थीहरूको प्रमाणपत्र नै खारेज गर्ने अप्रजातान्त्रिक र अमानवतावादी कदम चाल्यो ।
संरा अमेरिका अशान्तिको आगो झोस्दै हिडिरहेको छ । दक्षिणी चीन सागरमा अशान्ति मच्चाउन चीनविरुद्ध संरा अमेरिका, जापान र फिलिपिन्सबिच सैन्य गठबन्धन बनाउन लागेको छ । अप्रिलको दोस्रो साता संरा अमेरिकाको वासिङ्गटनमा ती तीन देशको शिखर सम्मेलनबाट सैन्य सामग्री उत्पादन तथा ओसारप्रसारमा सहयोग आदानप्रदान गर्ने निर्णय गरेपछि चीन आक्रोशित बनेको छ । चीनले उक्त शिखर सम्मेलनलाई चीनविरोधी भेला र संरा अमेरिकाले एसिया–प्रशान्तमा सानो नाटो (mini-NATO) बनाउन खोजेको दाबी गरेको छ (Global Times, 2024) । चिनियाँ अधिकारीहरूले कडा प्रतिवाद गर्दै चीनलाई धम्की दिनु क्षेत्रीय शान्ति र स्थायित्वलाई बेवास्ता गर्नु हो भनेका छन् । यसअघि उत्तर कोरियाको आणविक समस्याको नाममा संरा अमेरिकाकै मेरील्यान्ड क्याम्प डाविडमा संरा अमेरिका, जापान र दक्षिण कोरियाबिच भएको सुरक्षा समन्वयलाई पनि चीनले संरा अमेरिकाको सानो नाटो बनाउने चाहना भनी आपत्ति जनाएको थियो (Global Times, 2023) । यसले क्षेत्रीय सुरक्षालाई आघात पु¥याउने, परिस्थितिलाई थप जटिल बनाउने र द्वन्द्व चर्काउने चीनले चेतावनी दिएको थियो ।
दक्षिणी गोलाद्र्धका तीन महादेश एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विद्वानहरूको आन्दोलनकेन्द्रित संस्था, ट्राइकन्टिनेन्ट : सामाजिक अध्ययन संस्थानले वर्षौँ अध्ययनपछि एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । उनीहरूले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई ‘उग्र साम्राज्यवाद : विकराल पतनोन्मुख चरण’ मा पुगेको निष्कर्ष निकालेका छन् (ट्राइकन्टिनेन्ट, २०२३) । सोभियत सङ्घको विघटनसँगै विश्वमा संरा अमेरिकाको एकलौटी राज हुने साम्राज्यवादीहरूको दाबीविपरीत सन् १९९९ मा भेनेजुयलामा वामपन्थी नेता ह्युगो चाभेजको उदय भयो । यसले गर्दा संरा अमेरिकाको अमानवीय नाकाबन्दी भोगिरहेको, मृत्यु या समाजवादको सङ्घर्षमा रहेको क्युवाले त्राण पायो । चीन र दक्षिणी गोलाद्र्धमा उदाउँदो आर्थिक शक्तिले संरा अमेरिकाको साम्राज्यवादी गुटले गम्भीर धक्का खानुप¥यो । सन् २००७ सम्ममा त दक्षिणी गोलाद्र्धको शक्तिले कुल गार्हस्थ उत्पादनमा उत्तरी गोलाद्र्धलाई उछिन्यो । संसारभरि संरा अमेरिकी सेनाको ९०२ अखडा र बेलायतको १४५ सैन्य अखडा छन् । विश्वका चारमध्ये एक देशविरुद्ध संरा अमेरिकाले आर्थिक प्रतिबन्ध थोपरेको छ । विश्वभरि घेराबन्दीबिचमा पनि चीन विश्वको सबैभन्दा ठुलो र गतिशील अर्थतन्त्रको रूपमा उदाएको छ । यसकारण, साम्राज्यवाद नयाँ चरणमा प्रवेश गरेको र यसलाई ‘उग्र–साम्राज्यवाद’ भन्नु उपयुक्त हन्छ भन्ने ट्राइकन्टिनेन्टको विश्लेषण छ (श्रमिक, २०८०) । अब अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वव्यवस्था नै फेरिने सम्भावना बढ्दै गएको छ ।
संरा अमेरिकी शासनको विश्वव्यवस्था बदलिने खतरा बढेको भन्दै एमनेस्टी इन्टरनेसनलले प्रतिवेदन दिएको समाचार पनि सार्वजनिक भएको छ । चीन, रुस, इरान र उत्तर कोरिया चार देशको गुटबन्दीले विश्वव्यवस्था फेर्न लागेको भन्दै एमनेष्टीले चिन्ता व्यक्त गरेको छ (नेपाल प्रेस, २०८१) । गतिशील अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थअनुसार कूटनीतिक दक्षता प्रदर्शन गर्न चुकिरहेको देखिन्छ । असंलग्न परराष्ट्र नीति त्यागेर कुनै शक्तिको पछि लाग्नुभन्दा न्याय र समानताको लागि आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गरी विश्व शान्तिको निम्ति महत्वपूर्ण योगदान दिनु नेपालको कूटनीतिक रणनीति हुनुपर्छ ।
निष्कर्ष
ड्रागन र बाघ : बहुध्रुवीय विश्वमा सगरमाथाको कूटनीतिक विकासक्रमको विगत र वर्तमान केलाउँदा नेपालको कूटनीतिक रणनीतिले नागबेली र उकालोआरोलो बाटो अपनाएको देखिन्छ । मन्त्रिपरिषद्को बैठकमै विदेशी प्रतिनिधि बस्ने नेपालको तत्कालीन स्थितिबाट भारतीय सेनाका चौकीहरू फिर्ता पठाउने र विदेशी कार्यकारी कर्मचारी हटाउन नेपालको कूटनीतिले सफलता पाएको इतिहास छ । अत्यन्त सौहार्दपूर्ण वातावरणबाटै नेपालले तीन सय वर्गमाइल थप जग्गासहित सगरमाथामाथिको हक कायम राख्न सक्नु नेपाली कूटनीतिको अर्को गौरवमय पक्ष हो । तर, पछिल्लो चरणमा दुवै पक्षले प्रबुद्ध व्यक्ति समूह गठन गरी काम पूरा गरिसकेको अवस्थामा पनि ईपीजी प्रतिवेदन सार्वजनिक गराउन बाँकी रहेकोले नेपाली कूटनीतिको क्षमता बढाउनुपर्ने वा रणनीति बदल्नुपर्ने आवश्यकता तड्कारो देखिएको छ ।
संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको ड्रागन र बाघको बिचमा रहेको नेपाली जनताको शिर सगरमाथा जतिकै उच्च राख्न नेपाली कूटनीतिज्ञ र राजनीतिक नेतृत्वले सबैभन्दा पहिला नेपाली भएर चिन्तन गर्नु अपरिहार्य छ । अन्तर्राष्ट्रिय सम्बन्धमा नवयथार्थवादी सिद्धान्तले आक्रमक रूप लिइरहेको विद्यमान परिस्थितिमा ड्रागन र बाघ वा विश्वमै हैकम जमाइरहेको संरा अमेरिकाले प्रभाव र दबाबमा राख्न खोज्नुलाई कूटनीतिमा नौलो नहोला । नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर योजना बनाउने र ती योजना लागू गर्न सबै पक्षबाट सहयोग लिने तर कसैको दबाबमा ती नीति नबदलिने अडान लिन सक्ने हो भने प्राकृतिकरूपमा सुन्दर नेपाललाई झन् सुन्दर र नेपालीको शिरलाई सगरमाथाभन्दा माथि उठाउन सकिन्छ । त्यसैले, नेपाली कूटनीतिले संसारका सबै शक्ति र देशहरूलाई बुझाउन र सम्झाउन सक्ने क्षमता अभिवृद्धि गर्नु समयको माग हो ।
ड्रागन र बाघ :
बहुध्रुवीय विश्वमा नेपालको कूटनीतिक विकासक्रममा देखिएका सकारात्मक र नकारात्मक दुवै पक्षबाट शिक्षा लिनु आवश्यक छ । नेपालको सार्वभौम अस्तित्व नै स्वीकार नगरिएको अवस्थाबाट नेपाली कूटनीतिले आफ्नो कूटनीतिक पाइला अगाडि बढाएको थियो । नेपालले छिमेकी मुलुकहरू चीन र भारतमा मात्र होइन, विश्वसामु आफ्नो अलग पहिचान प्रदर्शन गरेको थियो । यहीँ विरासतलाई कायम गर्न फेरि पनि नेपाली जनताले मिहिनेत र सङ्घर्षका पाइला द¥हो बनाउनु आवश्यक देखिएको छ । बदलिँदो विश्व परिवेश बुझेका नेपालीहरूले पुनः एक दिन नेपालको सार्वभौमसत्तामाथि कति पनि आँच नआउने गरी अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नेछ ।
सन्दर्भसूची :
आचार्य, जयराज, (२०५९), यदुनाथ खनाल जीवनी र विचार : साझा प्रकाश …. (२०२३), उग्रसाम्राज्यवाद : विकराल पतनोन्मुख चरण : ट्राइकन्टिनेन्ट : सामाजिक अध्ययन संस्थान
नेपाली, चित्तरञ्जन, (२०८०), नेपाल–चीन सिमाना सन्धि : मण्डप पब्लिकेसन हाउस
रोहित, नारायणमान बिजुक्छेँ, (२०७२), नेपाल–भारत सम्बन्ध र भारत : जनप्रकाशन गृह
रोहित, (२०४९), रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन : युवा अध्ययन गोष्ठी
सुजखु, उद्धव, (सम्पा.), (२०८०), उग्रसाम्राज्यवाद : विकराल पतनोन्मुख चरण : श्रमिक साप्ताहिक… , (२०८०), युक्रेनमा नवनाजीवाद : रुसविरुद्ध अमेरिकी छद्म युद्ध : नेपाल क्रान्तिकारी किसान सङ्घ
मात्रिका पौडेल, (२०८१) ….. : नेपाल प्रेस
Thapliyal, S., (Ed.), (2023), India, China and The Strategic Himalays : KW Publishers Pvt. Ltd.
https : //mofa.gov.np/foreign-policy/bilateral-relation/
https : //www.nayapatrik adaily.com/news-details/121291/2023-08-08
https : //kathmandupost.com /national/2023/05/25/is-the-epg-report-dead-and-buried
https : //www.globaltimes.cn/p age/202308/1296421.shtml
https : //www.globaltimes.cn/pa ge/202405/1312211.shtml
समाप्त