आदरणीय अभिभावक ज्युहरु,
आजको समयमा ईन्टरनेटको उपयोगिता र यसको प्रयोगको ब्यापकताको कारणले हाम्रा बालबालिकाहरुलाइ यसको पहुँच भन्दा टाढा राख्न सकिदैन । हिजोआज केटाकेटी अवस्था देखि नै मोबाइल, ट्याब, ल्यापटप जस्ता सामाग्रीहरु प्रतिको आशक्ती अत्याधिक बढी हुने गरेको छ । हामी अभिभावकहरु पनि उनिहरुसङ्ग समय बिताउनुभन्दा मोबाइल हातमा थमाइदिएर आफ्नो कामधन्दामा लाग्ने गर्छौ । बच्चाले खाना खान मानेन वा अन्य भनेको मानेन भनी मोबाइल नै देखाएर फकाउन थाल्छौं । जब यसरी स्मार्ट्फोन प्रतिको लत बढ्दै जान्छ, त्यसपछि उनिहरु आफ्नो हातबाट मोबाइल खोसिदा झनक्कै रिसाउने, रुने कराउने अनि खोस्ने माथी आक्रमक ब्यवहार गर्न समेत पछि पर्दैनन् । अनि स्मार्ट फोन चलाउन नपाउदा आलस्य, उदास हुने,कुनै पनि कुरामा रुचि नदेखाउने एकोहोरो खालका हुने गर्छन् ।
इन्टरनेटका थुप्रै खराब पक्षहरू मध्ये सबैभन्दा सचेत र होसियार हुनुपर्ने भनेको यसमा उपलब्ध अश्लीलता र वयस्क सामाग्रीहरु हुन ।लगभग सबैजसो बालवालिकाहरु google, yahoo जस्ता search engine हरु प्रयोग गर्न सक्षम छन र गर्दै आएका छन, साथै टिकटक, युट्युब, फेसबुक जस्ता सामाजिक संजालहरुमा आफ्नो प्रोफाइल बनाइ नियमित प्रयोग गर्ने गरेका छन । हालसालै सरकारले केही पोर्न साइटहरुमा प्रतिबन्ध लगाएपनी यो अझै पनि ईन्टरनेट प्रयोगकर्ताको सहज पहुँच मै छ । त्यसबाहेक टिकटक, युट्युब जस्ता सामाजिक संजालमा समेत कैयौं ब्यक्तिहरु भाइरल वा चर्चित हुने होडमा विभिन्न अश्लील हर्कतहरु गर्ने, छाडा बोल्ने तथा उत्तेजित फोटो इत्यादि पोस्ट गर्ने गरिरहेका छन । यहि टिकटक, युट्युब जस्ता सामाजिक संजालको माध्यमबाट हुने अश्लील सामाग्रीहरुवाट कस्तो असर पर्छ र यसवाट हाम्रो बालवालिकाहरुलाइ कसरी बचाउने भन्नेवारे यो लेख तयार गरेको छु ।
बालबालिकामा असर: सानो उमेरमा नै यौन जन्य तथा अश्लील सामाग्रीहरुको अत्याधिक तथा अनियन्त्रित प्रयोग तथा पहुँचले बालबालिकामा थुप्रै नकारात्मक तथा मानसिक प्रभाव देखा पर्छन । यसबाट बालबालिकामा उमेर नपुग्दै यौनिक कुराहरु प्रती बढी रुचि जाग्ने अनि यौन ब्यवहार अत्यन्तै सामान्य हो भन्ने मानसिक छाप पर्न सक्छ । फलतः समकालीन साथिसङ्गी वा वयस्कहरु सङ्ग समेत उत्तेजक ब्यवहार गर्ने, अश्लील तथा छाडा कुराहरु बोल्ने, यौनजन्य क्रियाकलापमा सहभागी हुने देखि लिएर अध्ययन प्रती रुचि नदेखाउने, अनुशासनहिनता वा उदन्ड ब्यवहार देखाउन जस्ता स्वभाव देखिन सक्छ । साथै यसको असर बढ्दै गएमा परिवार र साथिहरु भन्दा बेग्लै बस्न रुचाउने,लागुपदार्थको कुलतमा फस्ने,डिप्रेसन हुने जस्ता मनोबैज्ञानिक असरहरु बढ्दैजान सक्छ ।तसर्थ बालबालिकालाई अश्लील सामाग्रीहरुमा सरल र सहज पहुँच दिनु पटक्कै हितकर हुँदैन ।
आफ्नो बालबालिकालाई कसरी जोगाउने : ईन्टरनेटको प्रयोगको ब्यापकता र यसको सहि उपयोगको फाइदाहरुको कारण आजको समयमा यो अपरिहार्य नै बनिसकेको छ त्यसैले यसको प्रयोगलाई हामी पुर्ण प्रतिबन्ध गर्न सक्दैनौं । तर यसमा भएक अश्लीलताबाट जोगाइराख्न यसको जोखिम तथा सुरक्षीत प्रयोगको उचित अभ्यासहरु तथा सावधानी अपनाउनै पर्छ । अभिभावक तथा शिक्षकहरुले बालबालिकाहरूलाई ईन्टरनेटको सदुपयोग सिकाउदै यसको नकारात्मकता र खतराहरुको बारेमा उमेरअनुसार जानकारी दिनु र उनिहरुको ब्यवहारलाई नजिकबाट नियालिराख्नु महत्वपूर्ण हुन्छ । तलका यी सामान्य अभ्यास गर्नाले आफ्ना बालबालिकालाई अश्लील सामाग्रीहरुको पहुँचबाट टाढा राख्न सकिन्छ ।
• ईन्टरनेट प्रयोग र अनुभवको वारेमा बालबालिका सङ्ग नियमित छलफल गर्ने, यसको जोखिम र सुरक्षा उपायहरुबारे जानकारी गराउने ।
• सामाजिक संजालको प्रयोग गर्दा बालबालिका सङ्गै रहने, र उनिहरुलाइ पनि एक्लै वा एकान्तमा प्रयोग गर्न नदिने ।
• सामाजिक संजालमा बनेका साथिहरुसङ्ग आफ्ना ब्यक्तिगत कुराहरु नगर्ने, आपत्तिजनक फोटो, भिडियो आदानप्रदान नगर्ने, सकेसम्म नभेट्ने, भेट्नै परेमा साथी लिएर सार्वजनिक स्थान छान्नेगर्न सिकाउने ।
• सामाजिक संजालमा कस्ता फोटो, भ्डियो इत्यादि upload गर्ने वा कस्ता नगर्ने भनी बालवालिका सङ्ग छलफल गर्ने ।
• सामाजिक संजालमा उनिहरुको साथी बन्ने तथा उनिहरुको गतिविधि , friendlist, following इत्यादि कुराहरुमाथी निगरानी गर्ने, उनिहरुको प्रोफाइल नियमित हेर्ने ।
• बेलाबेला उनिहरुले चलाएका स्मार्टफोन, ल्यापटप, कम्प्युटरमा उनिहरुले हेरेका साइटहरु, उनिहरुले गरेका कामहरु र search history इत्यादि बारेमा जानकारी राख्ने ।
• कम्प्युटर, ल्यापटप तथा स्मार्टफोनमा parental control अन गर्ने ।
यसर्थ, आफ्ना बालबालिकालाई ईन्टरनेट तथा सामाजिक संजाल निर्धक्क प्रयोग गर्न दिने तर यसको प्रयोगको सुरक्षीत तरिका नसिकाउनु भनेको उनिहरुलाइ खतरातर्फ धकेली आफू निस्फिक्री हुनु सरह हो । त्यसैले उनिहरुको भविस्यको लागि सामाजिक संजालको सहि र सुरक्षीत तरिका सिकाउनु र इन्टरनेटमा व्यप्त अश्लीलला बाट टाअढा राख्नु अत्यन्त जरुरी छ । यो मुलतः अभिभावक र हामी शिक्षकको दायित्वभित्र पर्छ ।
श्रोत : chatgpt, shikshakmasik.com, swathyakhabar.com
अनुवाद : ओम बहादुर सारु (अनुवादक सारु अनुवाद ओम बहादुर सारु (अनुवादक सारु Creative Lumbini English School, Kanchan-4, Rupandehi, Lumbini, Nepal का शिक्षक हुनुहुन्छ)