२२ कार्तिक, बुटवल
कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलकाे १७औं बार्षिक साधारणसभा शुक्रबार थकाली सेवा समाजको सभाहल, बुटवलमा सम्पनन भयाे ।
सभाले संस्थाका अध्यक्ष बेनप्रसाद थापाद्वारा प्रस्तुत आ.व.२०८१/०८२ मा भए गरेका महत्त्वपूर्ण कार्यहरुको बार्षिक प्रतिबेदन सहित सभमा प्रस्ताब गर्नु भएको आ.व.२०८२/०८३ काे बार्षिक कार्ययोजना सर्बसम्मत अनुमोदन गरेको छ।

त्यसै सभामा लेखा सुपरिवेक्षण समितिका संयाेजक निरञ्जन थापाले प्रस्तुत गर्नु भएको सुझाब सहितको आ .व . २०८१/०८२काे लेखा परिक्षण प्रतिबेदन समेत सभाले अनुमोदन गरेको छ । यसैगरी काेषाध्यक्ष ठमी थापाको अनुमतिले संस्थाका उपाध्यक्ष दानबहादुर थापाले आर्थिक बर्ष २०२१/०८२काे वासलात तथा आ .ब .२०८२/०८३ काे अनुमानित बजेट प्रस्तु गर्नु भएको थियो।

सभामा प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ शेयर सदस्य सामाजिक व्यक्तिको प्रेमबहादुर गलामी मगरले शुभकामना मन्तव्य राख्दै परनिर्भरता नभई आफै कमाएर बचत गर्ने बानी बसाल्नु पर्ने बताउनु भयाे।साथै स्वास्थ्य नै धन भएकाेले खानपिनमा ख्याल राखि स्वस्थ जीउन समेत प्रमुख अतिथि गलामीले आग्रह गर्नुभयो ।

बिशिस्ट अतिथि तथा निबर्तमान अध्यक्ष टाेपबहादुर थापाले बजारमा केही सहकारीका गलत कार्यले गर्दा सहकारी प्रति मानिसको नकारात्मक बुझाइ रहेकाले त्यसलाई चिरेर अगाडि बढ्नु पर्ने बताउनुभयाे।

सभामा बिशिस्ट अतिथि पूर्ब अध्यक्ष जंगबहादुर श्रीस, शेयर सदस्य ईन्द्रप्रसाद थापा र बिष्णु डम्मरपाल राना लगायले बाेल्नु भएकाे थियाे।
उक्त सभामा असल शेयर सदस्य दुर्गाबहादुर श्रीस, सदस्य अभिवृद्धि तुलसी कुमारी पुन तथा प्रमाणपत्र तहदेखि स्नातकोत्तर उतीर्ण गरेका २१ जना विद्यार्थीहरुलाई सम्मान गरिएकाे थियोे ।

सभामा शेयर सदस्यहरूले सीप सिकेर उत्पादन गरेका थाकलको पातबाट बनेका टाेपी झाेला,चप्पल ,अचार समेत बिक्रीकालागि राखिनुको साथै सभामा साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएकाे थियाे संस्थाका अध्यक्ष बेनप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिब युवराज काउचाले सञ्चालन गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष दानबहादुर थापाले गर्नुभएको थियोे ।