एक अर्काको छोएर छाती, बालाको त्यो साथी
आकाशै दंग परेर हेर्थ्यो बैगुनी मै माथी।
तँ तँ र म म गरेर हामी उछिना पुछिना,
गन्तब्य पुगी आपसमा पुछ्थ्यौं खल खल पसिना।
तिमी पारी म वारी थियो बिचमा त्यो खोला,
तरेर आउदा झनै भिज्थ्यो लुगा र कापी झोला।
समय भेट्ने त्यो दौडमा उकालो ओरालो छिचोलेर,
सहरा बनाइन्थ्यो याद मेटाउन घाममा ऐना टल्काएर.
बालामा थिए मिलनसार साथी आज ती कहाँ गए,
भएनौ कहिल्यै छुचो र मुचो सधै हितैषी भई रहे।
हामीमा केही देखेरै गन्थे औंलामा गुरुले,
यसै फुरुगं हामी गुरुको सधै नजरमा हुनुले।
सुसार गर्दा सकिएको घैला भर्यौं कि भरेनौं,
तर इज्जतमा दाग लाग्ने गरी बेइमानी गरेनौं ।
ज्ञानी भई पढ्नु बिद्धान बन्नु पढाइमा शसक्त,
आत्तिनु हुन्न मात्तिनु हुन्न बन्नु छ देशभक्त ।
देश र जनता बाहेक कोही छैन है बलवान,
बाकी यो जिवन सेवाको लागि बचाइदेउ भगवान ।
२०७७/०५/२९