३० साउन,कञ्चन
कागजमा शिक्षक सरुवा गर्ने गाउ शिक्षा समितिको सिफारिसमा गाउ कार्यपालिकाको निर्णय बिरुद्ध प्रगती माध्यमिक बिधालयमा बिधार्थी र अभिभावकहरुद्धारा गत साउन २५ गते बिधालयको प्रशासन शाखामा लगाइएको तालाबन्दी अझै खुल्न सकेको छैन ।
गत साउन २१ गते कञ्चन गाउ कार्यपालिकाले प्रगती माधयमिक बिधालयका मा.बि. तहका राहत शिक्षक खेम बहादुर घर्तिलाई गजेडी माध्यमिक बिधालयमा र गजेडी माध्यमिक बिधालयका मा.बि. तहका स्थाई शिक्षक गणेश पौडेललाई प्रगती माध्यमिक बिधालयमा काजमा सरुवा गर्ने निर्णय पश्चात प्रगती माध्यमिक बिधालयका शिक्षक खेम बहादुर घर्तिलाई सरुवा गरी नपठाउन अभिभावक र बिधार्थीहरुले बिधालयमा तालाबन्दी गरेका हुन ।
आन्दोलनरत बिधार्थी र अभिभावकहरुले शिक्षा ऐन २०२८ र शिक्षा नियामवली २०५९ बिपरीत शिक्षक सरुवा गरी पठाउने बिधालयको सहमती बिना र सरुवा भई जाने शिक्षकलाई कुनै जानकारी नदिई गाउपालिकाले शिक्षक सरुवा गर्ने निर्णय गरेको भन्दै बिधलायमा तालाबन्दी गरेको अभिभावक दुर्गा बहादुर के.सी.ले बताएका छन । जसले बिधालयलाई गाउपालिकाकै उत्कृष्ट बनाउन र नमुना बिधालय बनाउन योगदान गर्नुको साथै शिक्षणमा पनि राम्रो भएको शिक्षकलाई गाउपालिकाले सरुवा गर्नु बिधालयको शिक्षाको गुणस्तरमा गाउपालिकाले खेलवाड गर्न खोजेको बिरुद्ध आफुहरुले बिधालयमा तालाबन्दी गर्नु परेको बिधार्थी कपिल पुनले जानकारी दिएका छन ।
बिधालयको बिवादको बिषयमा कञ्चन गउपालिका शिक्षा शाखा प्रमुख रमेश भुसालले भने गाउपालिका शिक्षा ऐन २०७४ तथा गाउपालिका शिक्षा नियामवली २०७५ बमोजिम प्रगती माध्यमिक बिधालयमा नमुना बिधालय अन्तर्गतको कार्यक्रम परेको र सो बिधालयमा प्रा.बि. तहको शिक्षक प्रधानाध्यापक भई कार्य गरेको अवस्थामा यदि प्रा.बि. तहको शिक्षक प्रधानाध्यापक भई कार्य गर्दा नमुना बिधालय हुन नसक्ने शिक्षा निर्देशनालयको परिपत्र आएको अवस्थामा गजेडी माध्यमिक बिधालयका मा.बि. स्थाई दरबन्दीको शिक्षकलाई काजमा खटाई तत्कालका लागि समस्या समाधान गर्न केही समयका लागि काजमा सरुवा गरी पठाएको जनाएका छन।
यसैगरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिधालयमा प्रधानाध्यापक रिक्त रहेको र नमुना बिधालयमा मा.बि. तहको स्थाई शिक्षक प्रधानाध्यापक नभए नमुना बिधालय योजनाबाट फेजआउट हुने भएकाले तत्कालको लागि समस्या समाधान गर्न गाउपालिका शिक्षा ऐन २०७४ तथा गाउपालिका शिक्षा नियामवली २०७५ बमोजिम गाउ शिक्षा समितिको सिफारिसमा काज सरुवा गरिएको बताएका छन।
यस्तै नेपाल शिक्षक महासंघ,कञ्चनका अध्यक्ष मेघनाथ शर्माले प्रगती माधयमिक बिधालयमा प्रधानाधयापक बिधालयमा रहेको रिक्त प्रधानाध्यापकको समस्या समाधानका लागि गाउपालिकालाई सहयोग गर्ने र गजेडी माध्यमिक बिधालयको दरबन्दी कटाएर अन्य बिधालयको समस्या समाधान गर्न खोजिनुको बिरुद्ध गजेडी माधयमिक बिधालयका अभिभावकहरुले दिएको बिरोध पत्रका सन्दर्भमा पनि जुन बिधालयका शिक्षक सरुवा भई जाने र आउने कुनै दरबन्दी घटाएर नभई केही समयका लागि काजमा सरुवा गरिएको र पछि दरबन्दी मिलानको समयमा आवस्यक बिधालयहरुमा आवस्यक दरबन्दी शिक्षक मिलान गर्ने गरी सरुवा गर्ने गाउपालिकाको निर्णयलाई अर्को कुनै बिकल्प नभएसम्मका लागि सहयोग गर्ने महासंघको आसय रहेको बताएका छन।
गजेडी माध्यमिक बिधालयका अभिभावक गौरी शंकर सोनारको नेतृत्वमा अभिभावकहरुले मा.बि. तहको स्थाई दरबन्दी शिक्षक अन्य बिधालयमा लगिएको बिरोधमा गाउपालिकालाई ज्ञापनपत्र बुझाएता पनि गाउपालिकाले दरबन्दी मिलान को स्थाई सरुवा नभई काज सरुवा भएको र दरबन्दी मिलानको क्रममा समस्यारत बिधालयको समस्या समाधान भए पछि पुनःकाज सरुवा भएका शिक्षक आफ्नै बिधालयमा आउने जानकारी दिएपछि गजेडी माधयमिक बिधालयका अभिभावकहरुले ज्ञापन पत्र फिर्ता लिएका छन ।
यस्तै गजेडी माध्यमिक बिधालयका अभिभावकहरुको तर्फबाट एक बिज्ञप्ती जारी गर्दै राहत दरबन्दीको शिक्षक संग स्थाई दरबन्दीको शिक्षकसंग काजको बहानामा शिक्षक सरुवा गरिएको भन्दै बिरोध गरेका छन। बिज्ञप्तीमा “कञ्चन गा.पा.को शिक्षा समितीको निर्णय तथा गाउकार्यपालिकाको मिती २०७७/०४/२१ गतेको निर्णय अनुसार कञ्चन गा.पा. वार्ड नं. २ मा अवस्थित यस क्षेत्रकै सवैभन्दा पुरानो विद्यालय श्री गजेडी मा.वि.गजेडीका स्थायी शिक्षकलाई विद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ र शिक्षक स्टाफको वैठक तथा निर्णय विना आफुखुशी शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९को ब्यवस्था विपरित राहत र स्थायी शिक्षक विच साटासाट हुनेगरी शिक्षा तथा समन्वय इकाईले गर्ने सरुवा यस कार्यालयबाट अनैतिक तथा आग्रह पूर्वाग्रह राखी कुनै ब्यक्ति विशेषलाई प्र.अ.बनाउने उद्धेश्यका साथ गरिएको निर्णय २०७७/०४/१६ गते मानव स्रोत विकाश केन्द्रको दरवन्दी मिलानको सूचनाको अवमूल्यन हुनेगरी आफूखुशी गरेको हुदा र संघिय शिक्षा नियमावली विपरित विद्यालय ब्यवस्थापन समितीको अधिकार कटौती हुनेगरी गा.पा.ले शिक्षा नियमावली जारी गरेको हुनाले सो निर्णय अविलम्ब खारेज गर्न सम्बिन्धित निकायलाई ध्यानाकर्षण गराइन्छ” भनि उल्लेख गरिएको छ। साथै अभिभावक कोल बहादुर क्षेत्रीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा “बिज्ञप्तीको अवमुल्यन गरे गराएमा आन्दोलन हुने र आन्दोलनबाट सृजित हुने परिणामको भागिदार सम्वन्धित निकाय स्यंम हुनुपर्ने छ” समेत भनिएको छ।