०६ माघ,कञ्चन ।
कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा वृद्धि भएको छ । अघिल्लो दिन ३८.३५ अंकले घटेको बजारमा आजमा आज भने वृद्धि देखिएको हो । नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड अब्बल देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेको छ । नेप्से १.१४ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.०९ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ ।
कूल २२९ वटा कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिंङ र म्युचुअल फण्ड उपसमूहहरुको सेयर घटेको छ भने बाँकी ११ उपसमूहहरुको सेयर बढेको छ । आज सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूहको सेयर बढेकोको छ ।
बजार बढ्दा कारोबार रकममा आज आइएमई जनरल इन्स्योरेन्स लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको २२ करोड २० लाख ५३ हजार ४ सय १६ रूपैयाँको कारोबार भएको छ ।
बिहीबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।बिहीबार यी कम्पनीहरुमो सेयर मूल्य १० प्रतिशतले बढेको हो । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य आज १० प्रतिशतले बढेर ५ सय ५० रपैयाँमा अन्तिम कारोबार भएको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ३५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, आज १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक घटेको छ । आज डिबेञ्चरको मूल्य ४.३९ प्रतिशतले घटेर १ हजार ९० रुपैयाँमा अन्तिम कारोबार भएको छ