भदौको महिना थियोे । एकैछिनमा झ्यार्र पानी पर्थ्याे । हामीलाई रुझाउथ्याे, जान्थ्यो । झाँडीहरु पन्छाउदै हिड्दै थियौं, हामी । वर्षाले रुझेकाे शरीर सुक्न नपाउदै पसिनाले भिज्थ्याे ।
दूरसञ्चारको अप्टिकल फाइबर पाल्पाको झुम्सामा चुँडिएकाे थियोे । विद्युतकाे पाेलबाट फाइबर भुइँमा झरेको रहेछ । फाइबर कहाँनीर चुँडिएकाे छ भनेर हामी हेर्दै जाँदै थियौं ।
निकैबेरपछि चुडेकाे फाइबर भेटायाैं । काम सकेर शरीरमा लागेको हिलाे, माटो सानाे खाेल्साकाे पानीले पखालेर म राजमार्गमा झरेँ । दुई जना साथीहरू माेटरसाइकलमा जानुभयो ।
साँझ पर्न थालेको थियोे । मलाई बुटवल फर्कनु थियोे । सडकछेउ गाडी कुरेर बसिइरहेकाे थिएँ । केहीबेरमा पाल्पातिरबाट बस अायाे । ड्राइभरले टाढैबाट बसकाे लाइट प्लिक्क पारेर सांकेतिक प्रश्न गर्याे- "जाने हाे ?" मैले पनि हात उठाएर जाने हाे भन्ने संकेत दिएँ । ड्राइभरले मेराे नजिकै बस राेक्याे । म बसमा चढेँ । बस अगाडि हिड्याे ।
एउटी युवतीकाे छेउकाे सिट खाली रहेछ । म त्यही बसेँ । युवती अठार, उन्निस वर्षकी हुदि हुन् । जिन्सकाे हाप पाइन्ट लाएकी थिइन् । पहेला साँप्रा देखिन्थे । हेर्दा धनी बाउकी छाेरी हुन् भन्ने अनुमान लाउन सकिन्थ्यो ।
ती युवतीले नाक छाेपिन् । "के भयो ?" मैले साेधेँ । "तपाईकाे पसिना गनायाे ।" ती युवतीले भनिन् । मैले भनेँ- "कहिल्यै पसिना बगाउन परे पाे थाहा हुन्छ, पसिनाकाे गन्ध । मेरालागि याे गन्ध हैन । सुगन्ध हाे । तिम्राे बाेलीमा पर्फ्युम ।" यात्रुहरुले हसिलाे मुहार बनाएर मतिर हेरेँ ।