२७ फागुन,कञ्चन/जगिलाल थापा
नेपाल सरकार शिक्षा,बिज्ञान तथा प्रबिबधि मन्त्रालयले कक्षा १ देखि ७ र ९ सम्मको बार्षिक परीक्षा यथासिघ्र संचालन गरी चैत्र ५ गते सम्म सम्पन्न गर्न देश भरका सबै बिधालयहरुलाई परिपत्र गरे संगै कञ्चन गाउपालिकाको शिक्षा शाखाले आफु मातहतका सबै बिधालयहरुको बार्षिक परीक्षा भोलीबाट परीक्षा संचालन गर्नको लागि सम्पुर्ण तयारी पुरा भएको कञ्चन गाउपालिकाको शिक्षा शाखाले जनाएको छ।
बिश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सन्त्रास बढदै गैरहेको अवस्थामा त्यसको सर्तकता अपनाउनु पर्ने कुरालाई मध्यनजर गर्दै शिक्षा,बिज्ञान तथा प्रबिबधि मन्त्रालयलले चैत्र ५ गते भित्र बिधालय तहको सबै परीक्षा समपन्न गर्न २०७६ फागुन २० गते बिज्ञप्ती प्रकाशन गरेको थियो। शिक्षा,बिज्ञान तथा प्रबिबधि मन्त्रालयले प्रकाशन गरेको बिज्ञप्ती पश्चात रुपन्देहीको कञ्चन गाउ कार्यपालिकाको शिक्षा समितिले आधारभुत तह उत्र्तिण परीक्षाको समेत फागुन २८ गतेबाटसंचालन गर्नेगरी कक्षा १देखि ७ र ९ को बार्षिक परीक्षा फागुन २८ गतेबाट संचालन गर्नको लागि समयतालिका प्रकाशन गरेको थियो।
कञ्चन गाउपालिका शिक्षा शाखाद्धारा प्रकाशित परीक्षा समय तालिका अनुसार कक्षा ८ अर्थात आधारभुत तह उत्र्तिण परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र तय गरेको छ । ती ६ वटा परीक्षा केन्द्रमा १ हजार ७७ जनाले परीक्षामा सहभागि हुने छन भने कक्षा १ देखि ७ र ९ का करिब १० हजार बिधार्थीहरु बार्षिक परीक्षमा सहभागी हुने कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुषालले जानकारी दिनु भएको छ । शिक्षा प्रमुख भुषालका अनुसार कक्षा १ देखि ७ र ९ को परीक्षा आ आफ्नै बिधालयमा बिहान ११ बजे देखि हुनेछ भने आधारभुत तह उत्र्तिण परीक्षा बिहान ७.३० बजे शुरु हुनेछ ।
आधारभुत तह उत्र्तिण परीक्षका लागि ६ वटा परीक्षा केन्द्र तय गरिएको छ । ती सबै बिधालयको बार्षिक परीक्षाका लागि आवस्यक उत्तर पुस्तिका र कक्षा १ देखि ७ र ९ को सबै बिबषयका प्रश्नपत्र सम्बन्धित बिधालय र परीक्ष केन्द्रमा पुगिसकेको प्रमुख भुषालले जानकारी दिनु भएको छ भने आधारभुत तह उत्र्तिण परीक्षाको प्रश्नपत्र सम्बन्धित बिषयको दिन परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी सम्बन्धित परीक्षा केन्द्रमा पुर्याइने छ ।सुरक्षाको दृष्टिले उक्त प्रश्नपत्रहरुलाई ईलाका प्रहरी कार्यलय,रुद्रपुरको सुरक्षामा राखिएको समेत भुषालले बताउनु भएको छ।
कञ्चन गाउपालिका शिक्षा शाखाद्धारा प्रकासित परीक्षा केन्द्र अनुसार परीक्षा केन्द्र १ गौतमबुद्ध आधारभुत बिधालयमा प्रगती माध्यमिक बिधालय (११० जना),अक्स्फोर्ड मोर्डन बोर्डिङ स्कुल(२८ जना),लिटिल रोज इङ्र्गलिस स्कुल (१२ जना) र न्यू त्रिभुवन मेमोरियल इङ्र्गलिस स्कुल (३ जना) गरी १५३ जना, परीक्षा केन्द्र २ मोर्डन भिजन एकेडेमीमा हरैया माध्यमिक बिधालय (७२ जना) ज्ञानज्योती आधारभुत बिधालय (२१ जना), रुद्रपुर माध्यािमक बिधालय (७६ जना) र शिशु सदन आधारभुत बिधालय ( २२ जना) गरी १९१ जना, परीक्षा केन्द्र ३ सरस्वती माध्यमिक बिधालयमा लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालय (७० जना), बुद्धदीप आवासिय अंग्रेजी बिधालय (६५ जना) र सनमोडल इङ्र्गलिस स्कुल (३६ जना) गरी १७१ जनाले परीक्षा दिने छन ।
यस्तै परीक्षा केन्द्र ४ प्रगती माध्यमिक बिधालयमा दुर्गा माध्यमिक बिधालय (४२ जना), गौतम बुद्ध आधारभुत बिधालय (२४ जना), जनज्योती आधारभुत बिधालय (१९ जना) , बुद्धभुमि अधारभुत बिधालय (३४ जना) र गजेडी माध्यमिक बिधालय (५० जना) गरी १६९ जना, परीक्ष केन्द्र ५ बुद्धदीप आवासिय अंग्रेजी बिधालयमा हिमालय आधारभुत बिधालय (४६ जना), बालकल्याण आधारभुत बिधालय (१६ जना), ज्ञानोदय आधारभुत बिधालय (३२ जना), सरस्वती माध्यमिक बिधालय (३७ जना) र भैसाही माध्यमिक बिधालय (५७ जना) गरी १८८ जना र परीक्ष केन्द्र ६ हरैया माध्यमिक बिधालयमा मलावरदेबी माध्यमिक बिधालय (८७ जना), रुद्रपुर पिसल्याण्ड भु.पु. सैनिक स्कुल (३४ जना), कृएटिभ इङ्र्गलिस स्कुल (७ जना) र इभरग्रिन इङ्र्गलिस स्कुल (३७ जना) गरी २०५ जना बिधार्थीहरुले परीक्ष दिने छन।