सनी
मानव चेतनाको गुण यस्तो हुन्छ कि यसले वस्तुगत जगतको प्रतिबिम्बन गर्दछ । यो प्रतिबिम्बन ऐनाको प्रतिबिम्बजस्तो दुरुस्त हुँदैन । पहिलो स्तरमा हाम्रो आँखा, नाक, कान, जिब्रो र छाला वा इन्द्रियहरूमार्फत भौतिक जगतको एक तस्वीर, एक खाका र एक रूपरेखा बनाउँछ । यो भौतिक जगत समाज र प्रकृति नै हो । जब कि समाज र प्रकृति दुवै नै परिवर्तनशील छन् भने स्पस्टै छ कि प्रतिबिम्बन पनि परिवर्तनशील हुनेछ । मानव मस्तिष्कको अमूर्तन र सामान्यीकरण गर्ने क्षमता भएकाले नै हामी इन्द्रियानुगत ज्ञानबाट छलाङ लगाएर बुद्धिसङ्गत ज्ञानसम्म पुग्छौँ । सामाजिक व्यवहारले नै लगातार ज्ञान पैदा गर्दछ । प्रकृति, समाज र विचारलाई बदल्ने प्रक्रियामा नै नयाँ ज्ञान पैदा हुन्छ । सिर्फ नयाँ ज्ञान पैदा हुँदैन बरु अमूर्तन र सामान्यीकरणको पद्धति पनि उन्नत हुने गर्छ । एआईलाई प्राप्त हुने सबै सूचना मानवद्वारा आर्जित हो र यही मेसिन जसले अल्गोरिदमको प्रयोग गर्दछ, यो पनि मानवीय बुद्धिसङ्गत ज्ञानको नै हिस्सा हो । यस कुराले ‘मेसिन श्रमिकको गतिविधिकै अमूर्तन हो’ भन्ने माक्र्सको उक्त कथन नै पुष्ट गर्दछ ।
कृत्रिम चेतनालाई मानव चेतनाबाट मुक्त चेतना मान्नु वा चेतना कुनै यस्तो चीज हो जुन मानवभन्दा बाहिर पनि निर्मित गरिन्छ भनेर यो कल्पना गर्नु गलत हो । कोही वैज्ञानिक चेतनालाई बिजुलीजस्तै मान्छन् । उनीहरूको भनाइ छ– जसप्रकार प्राकृतिक रूपमा बिजुलीलाई बादलहरूको टकराहटमा पाइन्छ, यसै प्रकारबाट बाँधमा पानीलाई टरबाइनमा खसालेर पनि पैदा गर्न सकिन्छ । एक समय गुगलको सीईओ रहेका पीटर नरविगको तर्क थियो– जसरी चराको उडानझैँ कृत्रिम तरिकाबाट हवाईजहाज पनि उडाउन सकिएको छ, त्यसरी नै मानवको मस्तिष्कको चेतनालाई मेसिनमा उत्पन्न गर्न सकिनेछ । परन्तु चेतना कुनै प्रोटिनको मलिक्युलर संरचना या बिजुली होइन† यो त सामाजिक मानव मस्तिष्क समूहमा आधारित सक्रियता हो । यो जीवनको जटिल प्रबन्ध वा समाजमा विकसित भएको हुन्छ । यो स्थिर हुँदैन । न त यो स्वयं विकसित हुन्छ । यो मानव चेतनाद्वारा आर्जित हुन्छ र उन्नरोत्तर हुँदै ज्ञानको रूपमा प्रकट हुन्छ । उत्पादनका लागि मानवको सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगहरूको व्यवहारबाट नै मानव ज्ञान नित्य निरन्तर छिपछिपेबाट गहिराइतर्फ बढ्छ । मानव चेतनाको भौतिकताका आधार जीवन या समाज हो । यो परिकल्पना फ्रेन्कनस्टाइन नामक दैत्त्mैँ लाग्न सक्छ जसलाई शरीरका विभिन्न अङ्गहरू जोडेर ज्यान भएको बनाउन सकिन्छ र उसमा चेतना स्वतः नै पैदा भइहाल्छ ¤
एआईको च्याट जीपीटी र तमाम मोडलहरूलाई मानव मस्तिष्कको एक मोडल भनिँदै छ । जो न्युरल नेटवर्कमा आधारित छ । यसलाई लार्ज ल्याङ्ग्वेज मोडल भनिएको छ, जुन उपलब्ध डाटामा काम गर्ने गर्छ । यसले जुन ‘इन्द्रियग्राह्य ज्ञान’ पाएको छ त्यो (उपलब्ध डाटा) नै मानव ज्ञान हो । अर्को कुरा यसको ‘बुद्धिसङ्गत’ ज्ञान पनि मानवीय अवधारणागत ज्ञान नै हो । गणितीय प्रकार्य र यसपछि विकसित हुनेवाला पोलिसी या अल्गोरिदम मानव ज्ञानलाई नै प्रयोगमा ल्याइएको हो । छ्याङ्ग गरी भन्ने हो भने यो एक मेसिन नै हो । परन्तु लामो समयदेखि सिनेमा र पपुलर साइन्स फिक्सनमा यस्तै सस्ता परिकल्पना प्रस्तुत गरिए । जस्तो कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जगतको विरुद्ध आफ्नो बैग्लै सभ्यता खडा गर्छ र मानव जगतलाई दास बनाउँछ । अन्तिमपटक जब ‘डीप ब्लु’ ले गेरी कास्पोरोवलाई हरायो त्यसपछि त यस्तो बेकारको परिकल्पनाले चौतर्फी भ्रम फैलायो र यस्तो भ्रम त्यतिबेलासम्म फैलिरहन्छ जबसम्म पुँजीवादी व्यवस्थाको समूल नास हुँदैन ।
‘मानवविरुद्ध मेसिन’ परिकल्पनाको राजनीतिक अर्थशास्त्र
च्याट जीपीटी एक लार्ज ल्याङ्ग्वेज मोडल हो, जसलाई सञ्चालित हुनु पहिला सारा शब्द र वाक्यहरू तथा भाषाको व्याकरण तथा तिनलाई हल गर्नका लागि गणितीय प्रकार्य (काम) वा मानवीय अवधारणाहरूको आवश्यक पर्दछ । यसको एक उदाहरण च्याट जीपीटीको हिंसा र अश्लील डाटालाई च्याट जीपीटीमा फीड गर्नु थियो । यस डाटालाई छाँट्नका लागि केन्याका श्रमिकहरूले महिनौँ अश्लील सामाग्री हेरेर तिनमा रहेका विभिन्न तत्वहरूलाई छाने ताकि च्याट जीपीटीले यो कुरा ‘सिक्न सकोस्’ कि के कुरा प्रयोग गर्न सकिने हो र के होइन ¤ ती श्रमिकहरूले प्रयोग गरेका मापदण्डलाई नै मेसिनले आफसेआफ प्रयोग गरेर सामग्री छाँट्छ र गल्ती भएमा श्रमिकले नै त्यसलाई सुधार गर्दै जान्छन् । स्पष्टतः च्याट जीपीटी पनि पावरलूमजस्तै मेसिन हो । केन्याका श्रमिकहरूलाई कम ज्याला दिएर र मानसिक अवसादमा पु¥याएर नै च्याट जीपीटीले यो गुणवत्ता हासिल ग¥यो र अहिले आएर यस्ता अश्लील सन्देशहरूलाई पहिचान गर्नसक्यो । यो च्याट जीपीटीको डेटाको एक प्रकारको सुरुआती प्रक्रिया थियो । केन्याका श्रमिकहरूको उदाहरणबाट यो उजागर हुन्छ कि श्रमिकहरूको श्रम सस्तोमा लुटेर च्याट जीपीटी बनेको हो । एआईलाई मानव जगतका विरुद्ध राख्नु स्वयंमा गलत कुरा हो । यो कल्पना मान्छेलाई हुत्याएर मेसिनबाट मुनाफा कमाउनेवाला तन्त्रमा काम लिन सकिन्छ भन्ने धारणाको जडमा खडा छ ।
अब यस परिकल्पनालाई राजनीतिक अर्थशास्त्रको आँखाबाट जाँचबुझ गरौँ । यदि तपाईंले आधारभूत राजनीतिक अर्थशास्त्रको ज्ञानलाई प्रयोगमा ल्याउनु भएमा यो स्पष्ट हुनेछ कि पुँजीपतिको मुनाफा अतिरिक्त मूल्यबाट पैदा हुन्छ । पुँजीपतिको पुँजीको दुई हिस्सा हुन्छ – परिवर्तनशील पुँजी तथा स्थिर पुँजी । पुँजीपतिद्वारा ज्यालामा लगाइएको पुँजीलाई परिवर्तनशील पुँजी भनिन्छ र यसले नै अतिरिक्त मूल्य पैदा गर्दछ र मुनाफाको स्रोत हुन्छ । यसलाई परिवर्तनशील पुँजी किन भनिन्छ भने यो श्रमशक्तिमा लगाइने खर्च हो । यसले नै उत्पादनको प्रक्रियामा अतिरिक्त मूल्य या बढी मूल्य पैदा गर्दछ । उत्पादनको साधनहरूमा लाग्ने पुँजीलाई स्थिर पुँजी भनिन्छ । उत्पादनको प्रक्रियामा यसको मूल्य श्रमद्वारा माल (वस्तु) मा जस्ताको जस्तै स्थानान्तरित हुन्छ । हामी जुन परिकल्पनालाई जाँचबुझ गर्न चाहन्थ्यौँ त्यसअनुसार उत्पादनको प्रक्रियामा मेसिनहरूले श्रमिकहरूलाई पूर्णरूपबाट बाहिर हुत्याउनेछ ! अब यदि हामीले यो मानौँ कि यस उद्योगमा नयाँ मेसिन लगाएका कारण श्रमिकहरूलाई कामबाट बाहिर निकालियो भने पुँजी स्थिर पुँजीगत लागत (मेसिनमा गरिने खर्च) बढ्छ तथा ज्यालामा लगाइने लागत कम हुन्छ । उत्पादनको प्रक्रियामा मेसिनको प्रयोग बढाएर परिवर्तनशील लागत कम गर्नु (श्रमिकको सङ्ख्या घटाउनु) को अर्थ हो पुँजीपतिको कुल पुँजी निवेशमा कच्चा माल, मेसिन प्रणाली वा उत्पादनको साधनहरूमा गरिने खर्च ज्यालाको तुलनामा बढ्न जान्छ ।
के स्थिर पुँजी र परिवर्तनशील पुँजीको अनुपातमा परिवर्तनशील पुँजी कम हुँदै गएर शून्यमा पुग्ला त ? यस्तो हुनै सक्दैन, श्रमिकहरूलाई पुँजीवादी उत्पादन प्रक्रियाबाट पूर्णतः हटाउन सम्भव छैन, किनकि यस्तो गरियो भने अतिरिक्त मूल्यको उत्पादन नै हुँदैन ।
अब यसलाई अर्को उदाहरणबाट बुझौँ । मान्नुहोस् कि सबै उद्योगहरूमा पूर्ण मसिनीकरण गरियो । अब उद्योगमा एकजना पनि श्रमिक काम गरिरहेका छैनन्, कुनै कार्यालय या अफिसमा कुनै श्रमिक या कर्मचारी काम गरिरहेका छैनन्, सम्पूर्ण सेवा क्षेत्रहरूमा कुनै श्रमिकहरू काममा छैनन् र तिनीहरूका सबै काम मेसिनले गरिरहेका छन् । मानौँ, यस्तो भयो भने समाजमा आयका विभिन्न रूप पनि समाप्त हुनेछन् । यदि आयका विभिन्न रूप समाप्त भए भने त पुँजीपतिका उद्योगहरू आदिबाट मेसिनले पैदा भइरहेका वस्तुहरू या सेवाहरूलाई कसले किनिदेला ? मुनाफा पनि समाप्त हुन जाला, ज्याला पनि समाप्त हुन जाला, लगान पनि समाप्त हुन जाला । तर, पुँजीपति त माल बेचेर मुनाफा कमाउनका लागि उत्पादन गर्छ, फ्रीमा मानिसलाई बाँड्न त होइन ! यही कारण हो, पुँजीवादी उत्पादन प्रणालीमा पूर्ण स्वचालनको अवस्था राजनीतिक अर्थशास्त्रको आँखाबाट पनि असम्भव हुन्छ । किनकि आयका यी सबै रूप मूल्यकै हिस्सा हुन्, जो स्वयं श्रमिकको श्रमबाट नै पैदा हुन्छ ।
यो नै आधारभूत कुरा हो जसलाई बुझेर हामी पुँजीवादमा यस परिकल्पनाको असम्भव्यतालाई बुझ्न सक्छौँ । मूल प्रश्न यस्तो उत्पादन प्रणालीको होे, जसले मुनाफाका लागि मेसिन र मानवबिच व्यवधान खडा गर्दछ । एक यस्तो व्यवस्थामा जहाँ समाजको केन्द्र मनुष्य हुनेछ मुनाफा होइन, केवल त्यहीं यस्तो वास्तविक अन्तरविरोधलाई समाप्त गर्न सकिन्छ । त्यसबेला मात्र श्रमको औजार(मेसिन) मान्छेको ‘सत्व चुस्ने माध्यम’ नबनेर त्यसको सृजनात्मक शक्ति बन्ला ।
(मजदुर बिगुल, नोभेम्बर, २०२३ बाट साभार)