कार्ल मार्क्स
दशकपछि नेपालमा युवा को हो; के हो वा कस्तो हुनुपर्छ भन्ने छलफल वा चर्चा फेरि चुलिएको छ । युवा उमेरले हुन्छ वा विचार अनि कार्यले भन्ने बहस फेरि थालिएको छ । शरीरमा जसरी मुटु र मेरुदण्डको महत्वपूर्ण भूमिका हुन्छ त्यसरी नै देशमा युवाको आवश्यकता र भूमिका रहन्छ भन्ने तर्क अगाडि सारिँदै छ । सँगसँगै राजनीति के हो, राजनीति कसले गर्ने अनि किन गर्ने भन्ने विषयले सडकदेखि भान्सासम्म तताएको छ । समग्रमा देशको निमित्त यो निकै सकारात्मक पाटो हो ।
अहिले संसारमा दुई किसिमको विचार विद्यमान छ – पुरानो विचार र नयाँ विचार । युग र नयाँ पुस्ताको आवश्यकता एवम् भावनाअनुसार समाजलाई अघि बढाउन नसक्ने विचार पुरानो विचार वा पुँजीवादी विचार हो । यसले भ्रष्टाचारलाई बढावा दिन्छ; देशलाई परनिर्भर बनाउँछ र विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्छ । अनि, युग र नयाँ पुस्ताको आवश्यकता एवम् चाहनाअनुसार समाजलाई सही मार्गमा डो¥याउने र सही स्थानमा पु¥याउने परिवर्तनकारी विचार या समाजवादी विचारलाई नयाँ विचार भनिन्छ । यसले भ्रष्टाचारको अन्त्य गर्छ; देशलाई आत्मनिर्भर मात्रै होइन स्वतन्त्र एवम् सार्वभौमसमेत बनाउँछ ।
हामी जुन समाजमा बस्छौँ (सिङ्गो मानव समाज) त्यो समाज पनि वर्गीय दृष्टिकोणले दुई भागमा विभाजित छ – कामदारवर्ग र शोषकवर्ग । स्वाभाविकरूपले युवा पनि यिनै दुई वर्गभित्र पर्छन् । यिनै दुई वर्गले विद्यमान तिनै दुई विचारलाई आफ्नो अनुकूलमा प्रयोग गर्न खोज्दा नै वर्गसङ्घर्ष हुन्छ । राजनीतिले यिनै विषय बुझ्न सहयोग पु¥याउँछ । यस अर्थमा राजनीति हरेकले बुझ्न आवश्यक छ । नेपालमा कामदारवर्गको पक्षमा राजनीति गर्नेले वा नयाँ विचार बोक्नेले यसलाई निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने माध्यम बनाएका छन् । तर, शोषकवर्गको पक्षमा राजनीति गर्नेले वा पुरानो विचार भएकाले राजनीतिलाई स्वार्थ पूर्ति गर्ने माध्यम बनाए । जसको परिणाम आज देशले भोगिरहेको छ ।
यसर्थ, राजनीतिकरूपले सचेत बनाई वर्गसङ्घर्ष र आमूल परिवर्तनको निम्ति युवाहरूलाई तयार गर्नु नै आजको चुनौती र आवश्यकता भएको महसुस सबैले गर्न थालेको बुझ्न सकिन्छ । देशको आजको अवस्थाले पनि यो आवश्यकता बोध गराउँछ । यसै मेसोमा विश्वका केही परिवर्तनकारी युवाहरूबारे सङ्क्षेपमा चर्चा गर्नु सामयिक होला ! जसले युवा उमेरमै विचारको हतियार लिएर देशको निम्ति मात्र होइन संसारकै लागि योगदान गरे; उदाहरण बने ।
कार्ल मार्क्स र एङ्गेल्स
सानै उमेरदेखि परिवर्तनवादी विचारका माक्र्स र एङ्गेल्सले समाजमा आमूल परिवर्तन ल्याउन वैज्ञानिक सूत्र दिए । समाजमा व्याप्त अन्याय, अत्याचार र शोषणका विरुद्ध अँध्यारोमै लड्न विवश संसारका सारा जनतालाई ‘कम्युनिस्ट घोषणापत्र’ नामक उज्यालो प्रदान गर्ने हतियार (मार्गदर्शन) प्रदान गरे । त्यतिबेला माक्र्सको उमेर ३० वर्षको थियो भने माक्र्सका अनन्य मित्र एङ्गेल्सको उमेर २८ वर्षको थियो । २४–२५ वर्षको उमेरमा त माक्र्सले विद्यावारिधी (पीएचडी) गरिसकेका थिए । १८ वर्षको उमेरमा विश्वविद्यालयमा छँदा माक्र्सले लेखेको ‘जीवनको लक्ष्य’ शीर्षकको कविता युवाहरूमाझ निकै चर्चित र प्रिय छ । जसको एक अंश –
“कठिनाइदेखि रुने जीवन
मेरो लागि होइन
होइन, यो आँधीजस्तो मनलाई
त्यो स्वीकार्य छैन
मलाई त चाहिन्छ एक महान् उँचो लक्ष्य
र त्यसका लागि जीवनभर सङ्घर्षको
 अटुट सिलसिला ।”
अटुट सिलसिला ।”
लेनिन
विश्वमा पहिलोपटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता प्राप्त गर्ने एक महान् नायक लेनिन १८ वर्षको उमेरमा क्रान्तिकारी बनिसकेका थिए । १६ वर्षकै उमेरमा धर्म वा अन्धविश्वासमा विश्वास गर्न छाडिसकेका थिए । अति नै अध्ययनशील र चिन्तनशील लेनिनले माक्र्सवाद (माक्र्स र एङ्गेल्सको शिक्षा) र रुसी समाजको गहिरो अध्ययन गरे । समाजमा एक दुई जना शोषकलाई मारेपछि क्रान्ति हुन्छ भन्ने विचार राख्ने आफ्ना दाजुको हत्यापछि लेनिन एक दुई जना शोषकलाई मार्दैमा क्रान्ति नहुने; व्यापक शोषित–पीडित जनतालाई राजनीतिकरूपले उठाउनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

स्तालिन
लेनिनको नेतृत्वमा सन् १९१७ मा रुसमा भएको अक्टोबर समाजवादी क्रान्तिका एक नायक हुन् स्तालिन । जो १८ वर्षको उमेरमै क्रान्तिकारी बनिसकेका थिए । २२ वर्षको उमेरमा त उनले मजदुरहरूको जुलुसको नेतृत्व गरेका थिए भने २३ वर्षको उमेरमा कारखानाहरूमा हडतालको अगुवाइ गरेका थिए । उनी ३८ वर्षको हुँदा अक्टोबर समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
माओ त्सेतुङ
अहिले विकास, शान्ति र समृद्धि अर्थात् हरेक हिसाबले विश्वको अग्रस्थानमा आउन सफल देश चीनलाई १४ वटा उपनिवेशवादी देशले कब्जा गरी रक्ताम्य बनाएका थिए । त्यो देशका किसानलाई राजनीतिकरूपले सचेत र सङ्गठित गरी साम्राज्यवाद र उपनिवेशवादविरुद्ध लड्न प्रेरित गर्ने माओ पनि सानै उमेरदेखि देशभक्त र परिवर्तनकारी थिए । उनी २६ वर्षको उमेरमा माक्र्सवादी वा क्रान्तिकारी बनेका थिए । उनकै नेतृत्वमा चीनमा सन् १९४९ मा क्रान्ति सम्पन्न भएको थियो । माक्र्सवाद र लेनिनवाद (लेनिन र स्तालिनको शिक्षा) अनुसार नै चीनमा क्रान्ति सम्पन्न भएको थियो ।
किम इल सङ

कोरियाली क्रान्ति नायक किम इल सङ १० वर्षको सानै उमेरदेखि साम्राज्यवादविरोधी थिए । जापानको कब्जा र आक्रमणबाट कोरियालाई मुक्त गर्न १३ वर्षको उमेरमै घर छाडी क्रान्तिको बाटोमा लागेका किम १४ वर्षमै साम्राज्यवादविरोधी सङ्घ स्थापना गरी प्रमुख पदको जिम्मेवारीमा रहेका थिए । उनले १८ वर्षको उमेरमा साम्राज्यवादविरुद्ध युद्धको शङ्खघोष गरे भने ३३ वर्षको उमेरमा जापानी साम्राज्यवादलाई परास्त गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे; देश मुक्त भयो । किम इल सङको एउटा भनाइ यतिबेला निकै चर्चामा छ – “विदेशी शक्तिमा भर पर्नु भनेको धेरैभन्दा धेरै दासहरू जन्माउनु हो ।”
फिडेल क्यास्ट्रो

साम्राज्यवादी अमेरिकाको नाकैमुनि समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गर्ने क्युवाली क्रान्ति नायक फिडेल पनि १८–२० वर्षको उमेरदेखि नै राजनीतिक सङ्घर्षमा होमिएका थिए । क्युवामा क्रान्ति सम्पन्न गर्दा उनको उमेर ३३ वर्षको थियो । क्युवामा क्रान्तिको निम्ति फिडेलले आफ्नो सम्पत्ति बेचेर हतियार किनेका थिए । उनको राष्ट्रपतिकालभर अमेरिकाका १० राष्ट्रपतिले ६३८ पटक उनको हत्या प्रयास गरेका थिए । ९० वर्षको उमेरसम्म पनि साम्राज्यवादसँग लड्ने वास्तविक युवा फिडेल हुन् भनेर एक दशकअघि नै नेपालमा खुब चर्चा भएको थियो ।
चे ग्वेभारा
अर्जेन्टिनामा जन्मेर विभिन्न देशको क्रान्तिमा महत्वपूर्ण योगदान पु¥याउने चे विश्व युवा जगत्मा क्रान्तिकारी भावनाको उत्साह सञ्चार गर्ने निकै नै लोकप्रिय नाम हो । डाक्टरी पढे पनि स्टेथेस्कोप छोडेर शोषण र अत्याचारविरुद्ध बन्दुक समाउने उनी लड्दालड्दै ३९ वर्षकै उमेरमा वीरगति प्राप्त गर्ने क्रान्तिकारी योद्धा हुन् । फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको क्युवाली क्रान्तिमा उनको महत्वपूर्ण भूमिका थियो । ल्याटिन अमेरिकी देशहरूमा भएका स्वतन्त्रता प्राप्ति र समाजवादी आन्दोलनहरूमा उनले उल्लेखनीय सहयोग वा योगदान गरेका छन् । २३–२४ वर्षमै शोषणविरुद्ध लड्ने साहसी युवा हुन् चे । शोषणमा आधारित देशहरूमा जस्तो डाक्टर बनेर पैसा कमाउने उद्देश्य उनको थिएन; गरिब रोगीहरूको सेवा गर्नु थियो । लडाइँको मैदानमा समेत उनले आफ्नो उद्देश्य पूरा गरे । उनले आफ्नो जीवनमा बटुलेका अनुभव ज्ञान यसरी व्यक्त गरेका थिए – “जनतालाई राहत दिन वा शोषणबाट मुक्त गर्न डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरा हो क्रान्तिकारी बन्नु ।”
यसकारण, हाम्रा देशका युवाहरूले भ्रष्टाचारीविरुद्ध सङ्घर्ष गर्न वा आफ्नो देशको निमित्त लड्न र साँच्चिकै आमूल परिवर्तन ल्याउन उल्लिखित परिवर्तनकारीलगायतको जीवनी र विभिन्न देशको इतिहास, सङ्घर्ष एवम् विद्रोहहरूबारे अध्ययन गर्न तथा छलफल चलाउन ढिलाइ गर्न हुन्न । राजनीतिक चेतनासहितको सङ्गठित शक्तिले मात्र आमूल परिवर्तन हुने इतिहासको शिक्षा हो । भावनामा बगेर कुनै पनि देशमा परिवर्तन भएको छैन । बरु बलिदान खेर गएको छ; उल्टो नकारात्मक परिणाम प्राप्त भएका छन् । याद राखौँ, संसारले परिवर्तनकारी युवा भनेर माथि उल्लेख गरिएकाहरूलाई चिन्दछ न कि देश ध्वस्त बनाउन तयार गरिएका लेन्डुप दोर्जे र जेलेन्स्कीजस्ता पात्रहरूलाई ! हाम्रो युवा जोस र विचारलाई सदैव ताजा राखौँ; निरन्तरता देऔँ !