
११ फागुन, कञ्चन
नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का उमेद्वार जगीलाल थापाले आज पनि आफ्नो चुनावी प्रचार अभियानलाई निरन्तरता एिका छन। नेपाल मजदुर किसान पार्टीको घोषणा पत्र सहित रुपन्देही क्षेत्र नं. ५ अन्तर्गत कञ्चनको हरैया बजार, धौलागिरीचोक, सुनगाभा, थकालीचोक, छपालीटोल, अस्नैया लगायत स्थानहरुमा घरदैलो गरी उमेद्वार थापाले मादल चिन्हमा मत मागेका छन।
घरदैलो गर्नेक्रममा उमेद्वार थापाले आफ्ना मतदाताहरुसंग खेलकुद मार्फत युवाहरुलाई देश र जनताप्रति उत्तरदायी बनाउदै देश विकासको साझेदार बनाउनमा उत्प्रेरित गर्न चुनाव चिन्ह मादलमा मतदान गर्न आग्रह गर्नु भएको थियो।
यस्तै देशभक्त मजदुर किसानको नेतृत्वमा शिक्षक, कर्मचरी, वकिल, निर्माण व्यबसायी, सफाईकर्मी, पत्रकार, उद्योगी, चिकित्सक, कलाकार, इन्जिनियर, लेखक, साहित्यकार, प्राध्यापक, बुद्धिजिवी सम्मिलित सरकार बनाई जनताको प्रजातन्त्र स्थापना गर्न जनताको साझा चुनाव चिन्ह मादलमा मतदान गर्न उमेद्वार थापाले आग्रह गरेका छन।
मतदाताहरुको जिज्ञासाबारे बताउदै सरकार स्थिरताको नाममा सिद्धान्तहीन निर्वाचन मोर्चा र सत्ता गठवन्धन गर्ने पुराना वा नयाँ पार्टीहरूका नाम र नेता फरक भएपनि देश र जनताका बिरुद्ध नीति नियम र ऐन बनाउने तिनीहरुको कुर्सीको खेल अन्त्य गर्न मतदाताहरुको अमूल्य मत जनताको एकमात्र पार्टी नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा प्रकट गरी विजयी बनाउन उमेद्वार थापाले बिशेष आग्रह गर्नु भएको थियो। कुनैपनि बैदेशिक हस्तक्षेप बिरुद्ध देशभक्त नेपालीहरुको आवाजलाई अझ देशव्यापी र अन्तराष्ट्रियकरण बनाउन र नेपालीकै लगानीमा नेपालका नदीनालाबाट विजुली उत्पादन गरी खाना पकाउन, घरायसी तथा कृषि एवम् उद्योग–व्यापारसमेतको लागि सस्तोमा विजुली उपलव्ध गराउनुपर्ने विषय संसदमा उठाउन मादल चिन्हमा मतदान गर्न नेमकिपाको तर्फबाट रुपन्देही क्षेत्र नंं ५ का उमेद्वार जगीलाल थापाले आग्रह गरेका थिए।
निर्वाचनको समयमा निर्वाचन जित्नकै लागि शासक दलहरु तिनका उमेद्वारहरुले प्रयोग गर्ने अनके हतकण्डाहरुले मतदाताहरुलाई अल्मल्याउन सक्ने भएकोले सबै दलका उमेद्वारहरुको घोषणा पत्रको तुलनात्मक अध्ययन गरी हाम्रो र नजिककालाई भन्दा देश र जनताको पक्षमा निरन्तर निःस्वार्थ सेवा गर्ने राम्रो र इमान्दार नेमकिपा र उसको सबै उमेद्वारहरुलाई मादल चिन्हमा अमूल्य मत दिनुको विकल्प नभएको समेत थकालीचोकका मतदाताहरुलाई उमेद्वार थापाले बताएका थिए।
यसैगरी सैनामैना नगरपालिकाको बाँसगढी र कलौनीमा घरदैलो गर्नेक्रममा उमेद्वार थापाले नेपाली जनतालाई कूल २८ खर्व रुपैयाभन्दा बढी ऋण बोकाउने र १५ खर्व रुपैयाभन्दा बढी वार्षिक व्यापारघाटामा पुर्याउने शासक दल र तिनका सांसद तथा मन्त्रीहरुलाई जनताको कठघरामा उभ्याउन नेपाल मजदुर किसान पार्टीका उमेद्वारलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए।
यस्तै उमेद्वार थापाले देशको राष्ट्रिय उद्योग तथा कलकारखाना र सार्वजनिक संस्थानहरु निजीकरणको नाममा विदेशी पुँजीलाई बेच्ने शासक दलहरु नङग्याउन र तिनका नेताहरुलाई फाँसीको सजायमा दिने नियम बनाउन हाम्रो उमेद्वारी भएको गलत प्रवृति भएका कुनै पनि दल र उमेद्वारहरुसंग कुनै पनि सहकार्य र सम्झौता गरी मतदाताहरुलाई कहिल्यै धोका नदिने उमेद्वार थापाले प्रतिवद्धता जनाएका थिए।
उमेद्वार थापाले निर्वाचनमा विजयी भएमा पार्टीको घोषणा पत्र अनुसार जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गरी साम्यवाद स्थापनाका लागि वातावरण तयार गर्न, जमिन जोत्नेको सिद्धान्तअनुसार क्रान्तिकारी भूमिसुधार लागु गर्न, १५ लाख रुपैयामा एम वि वि एस (MBBS) पढाउने ख्वप विश्व बिद्यालय स्थापना गर्न, व्यक्तित्व बिकासमा समान अवसरको बन्दोवस्त गर्न र योग्यता अनुसार काम, काम अनुसार ज्यालाको बन्दोबस्त गर्न संसदमा जनताको प्रतिनीधि भएर निरन्तर आवाज उठाउदै संघर्ष गर्ने मतदाताहरुसमक्ष प्रतिवद्धता जनाएका थिए।
थापाको उमेद्वारी प्रतिवद्धता पत्रमा आफु र पार्टीले चुनाव जितेमा शिक्षा निःशुल्क र अनिवार्य र स्वास्थ्य सेवा निःशुल्क गर्न, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न, चुनावलाई जनताको चेतनास्तर नाप्ने व्यारोमिटरको रुपमा लिदै वर्ग संघर्षको रुपमा उपयोग गर्न, भ्रष्ट, घुस्याहा, कमिसनखोर, दलाल, कामचोर, भु माफिया शासक दलका नेता तथा कर्मचारीहरुलाई मृत्युदण्ड तथा फाँसीको सजाय दिन, बिदेशी ऋण र पूँजी लगानी ल्याउने बहानामा देशलाई नवउपनिवेश बनाउने शासक दलहरुलाई हराउन, कृषि उत्पादनको उचित मुल्य र बजारीकरण गरी कृषिमा आत्मनिर्भर किसान बनाउन, स्वदेशमै उद्योग तथा कलकारखाना स्थापनागरी स्वदेशमै सुरक्षित रोजगार र श्रमको उचित मुल्य बन्दोबस्त गर्न सदनमा सदैव आवाज उठाउने बिषयहरुलाई उल्लेख गरिएको छ।