१• पहिलो सुझाव:-
तिर्खा नलागे पनि, पिउन मन नलागे पनि पानी सधै पिउनुहोस्.. सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरु अधिकांश शरिरमा पानीको कमिले हुने गर्दछ । न्युनतम प्रति दिन २ लिटर पिउनुहोस ।
२• दोस्रो सुझाव:-
आफ्नो शरीर लाई बढी भन्दा बढी काम लगाउँनुहोस् , शरीर लाई हिड डुल गराउनु, पौडी खेल्नु , करेसा वारि खन्नु , घाँस काट्नु, साइकल चलाउनु वा कुनै पनि प्रकारको खेलहरु खेल्नुहोस ।
३• तेस्रो सुझाव:-
खाना कम खानुहोस्..
अधिक खानाको तृष्णालाई छोड्नुहोस.. किनकि यो कहिल्यै राम्रो हुँदैन । आफुले आफुलाई बञ्चित नगर्नुहोस् , तर खानाको मात्रा घटाउनुहोस् । प्रोटिन , कार्बोहाइड्रेट, फ्याट, मिनरल्स र भितमिनमा आधारित संतुलित खाद्य पदार्थ प्रयोग गर्नुहोस् ।
४• चौथो सुझाव:-
अत्यावश्यक बाहेक सकेसम्म सवारी साधन प्रयोग नगर्नुहोस्...
साथिभाइ भेट्न जाँदा, किराना पसल जाँदा, मठमन्दिर जाँदा होस वा अफिस जाँदा आफ्नो खुट्टाले हिडेर जाने प्रयास गर्नुहोस् ।
५• पाँचौ सुझाव:-
क्रोध त्याग्नुहोस..
चिन्ता त्याग्नुहोस .. चिजहरुलाई बेवास्ता गर्ने प्रयास गर्नुहोस्..बिरोधको अवस्थामा आफुलाई समाबेश नगर्नुहोस्.. तिनीहरु सबैले स्वास्थ्यलाई न्यूनीकरण गर्छन् र आत्माको वैभव खोसिदिन्छन । सकारात्मक ब्यक्तिहरुसँग कुरा गर्नुहोस् र तिनिहरुको कुरा सुन्नुहोस ।
६• छैटौं सुझाव:-
सबैभन्दा अगाडि पैसाको मोह त्याग्नुहोस..
आफू वरिपरिका मानिसहरूसँग मिल्ने जुल्ने गर्नुहोस् बोल्नुहोस हाँस्नुहोस। पैसा जिउनको लागि बनाएको हो, पैसा नै जिन्दगी होईन ।
७• सातौं सुझाव:-
आफुले आफुलाई कुनै प्रकारको दु:खी नमान्नुहोस, न नै कुनै यस्तो चिज जुन तपाईंले प्राप्त गर्न सक्नुभएन, न यस्तो कुनै चिज जुन तपाईंले आफ्नै लागि गर्न सक्नुभयो। यसलाई बेवास्ता गर्नुहोस् र यसलाई बिर्सनुहोस ।
८• आठौं सुझाव:-
पैसा, पद, प्रतिष्ठा , शक्ति , सुन्दरता प्रभाव .. यि सबै अहंकारले भरिने कुरा हुन.. नम्रता त्यो हो जसले मानिसलाई प्रेमको साथ आफु नजिक ल्याउँछ ।
९• नवौं सुझाव:-
तपाईंको कपाल फुल्दैमा जिबन समाप्त हुनु भनेको होइन। यो एक राम्रो जिबनको सुरुवात भएको हो। आशावादी बनौं, स्मृतिमा बाँचौं, घुमौं, रमाऔं । जिन्दगी सम्झनाका लायक बनाउँनुहोस।
१०-: दसौं सुझाव:-
आफू भन्दा सानालाई प्रेम , सहानुभूति र आफ्नोपनले मिल्ने जुल्ने गर्नुहोस् । कुनै व्यङ्ग्यात्मक कुरा नगर्नुहोस् । आफ्नो अनुहारमा मुस्कान राखी राख्नुहोस । बिगतमा तपाईं जति नै ठूलो पदमा भए पनि बर्तमानमा त्यसलाई बिर्सेर सबैसँग मिलजुल भएर बस्नुहोस ।
"स्वास्थ्य शरीर , स्वस्थ मन, र स्वस्थ जिबन भन्दा ठुलो केहि छैन मानिसको लागि।"
डा. प्रकाश ज्ञवालीको सामाजिक सञ्जालबाट