(आइतबार भएको भक्तपुर नगरपालिकाको आ.व. २०८२/८३ को बजेट वक्तव्यमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत बजेट वक्तव्यको सार–सं)
उपस्थित सम्पूर्णमा भक्तपुर नगरपालिकाको १८ औँ नगरसभामा हार्दिक स्वागत एवम् अभिवादन व्यक्त गर्दछौँ ।
प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न चरणमा भएका जनआन्दोलन र सङ्घर्षहरूमा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । विभिन्न समयकालमा भएका जनआन्दोलनहरूमा घाइते भएका, प्रवास तथा भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरू पार्टीको सिद्धान्त र विचारलाई आत्मसात गर्दै जनताको सेवामा समर्पणभावले लागिरहेका छौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ तथा पार्टीको घोषणापत्रलाई सार्थकता दिन हामी जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छौँ र भविष्यमा समेत लागिरहनेछौँ ।
भक्तपुर नगरलाई एक नमुना नगरको रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पु¥याउनुहुने पार्टीका नेता, अग्रज कार्यकर्ता, स्थानीय जनता, पूर्वजनप्रतिनिधिहरूलगायत सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । यसरी अग्रजहरूले अँगाल्नुभएको इमानदारिता तथा सत्मार्गमा हामी सम्पूर्ण जनप्रतिनिधिहरू निःस्वार्थपूर्वक जनताको सेवामा रहने अठोटका साथ हामी अघि बढिरहेका छौँ ।
सम्पूर्ण नगरवासीहरूको इच्छा आकाङ्क्षाअनुरूप ऐतिहासिक एवम् सांस्कृतिक नगरका नगरवासीहरूको जनजीविकासँग जोड्दै यस्ता सांस्कृतिक गतिविधिहरूलाई भविष्यमा समेत निरन्तरता दिँदै जानेछौँ ।
विश्व सम्पदा क्षेत्रमा सूचिकृत हाम्रो नगर भक्तपुरमा पर्यटकहरूको बढीभन्दा बढी आगमन गराउन समय–समयमा विभिन्न उत्सवहरू, सन्ध्याकालीन पदयात्रा तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी भक्तपुरलाई जीवन्त नगरको परिचयलाई निरन्तरता दिने सम्बन्धमा आवश्यक प्रबन्ध गर्दै आएका छौँ ।
नेपाली युवाहरू रोजगारी तथा उच्च शिक्षा अध्ययन गर्न विदेश पलायन हुने क्रम बढ्दो छ । देश युवाविहीन र ज्येष्ठ नागरिकहरूको देशको रूपमा अघि बढिरहेको चिन्ताजनक अवस्थामा सरकारले यसको जिम्मेवारी वहन गर्नुपर्छ । नगरका युवाहरूलाई देशमै जीवनयापनको लागि आवश्यक सीपयुक्त तालिमहरू प्रदान गर्दै आएकोमा यस्ता कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै उद्यमशीलताको लागि उद्यमशील ऋणलाई व्यापक बनाउने प्रयास गर्दै छौँ ।
महिला, अपाङ्गता भएका व्यक्ति, दलित, सीमान्तकृत समुदाय, अति विपन्न जनसमुदाय आदिलाई सामाजिक र आर्थिक विकासको मूलधारमा ल्याउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रयास गर्दै छौँ ।
भक्तपुर नगरपालिकाले सामाजिक विकासको लागि समावेशिताको सिद्धान्तअनुसार विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन एवं सुशासन लागु गरी उन्नत समाज निर्माण गर्न अघि बढिरहेको छ ।
वि.सं. २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमार्फत जनतासमक्ष गरेको वचन पूरा गर्न शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, सरसफाइ, पर्यटन, भौतिक पूर्वाधार तथा सुशासन प्रवद्र्धन, उपलब्ध स्रोत र साधनको अधिकत्तम उपयोग गरी स्थानीय युवाहरूलाई उद्यमशील तथा स्वरोजगारलगायतका कार्यलाई प्राथमिकताका साथ नगर प्रमुखले प्रस्तुत गर्नुभई यस सभाबाट पारित भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न यो बजेट केन्द्रित भएको व्यहोरा जानकारी गराउँदछौँ ।
अब म चालु आ.व. २०८१/८२ को बजेट कार्यान्वयनको सङ्क्षिप्त समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. चालु आ.व. २०८१/८२ का लागि कुल २ अर्ब ६६ करोड ४३ लाख १० हजार रूपैयाँको अनुमानित बजेट तयार गरिएको थियो । जसमध्ये नगरपालिकाको आन्तरिक आयतर्फ ६५ करोड ८३ लाख १० हजार रूपैयाँ आम्दानी हुने अपेक्षा गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा ४९ करोड २१ लाख २५ हजार रूपैयाँ यथार्थ आम्दानी भयो, जुन अनुमानित आम्दानीको ७४.७५ प्रतिशत हुन आउँछ । सम्पत्ति तथा भूमिकर, घर बहाल कर, पर्यटन सेवा शुल्क, व्यवसाय कर, नगरपालिकाद्वारा उत्पादित कम्पोस्ट मल बिक्री, पार्किङ तथा जल मनोरञ्जन शुल्क, छायाङ्कन दस्तुरलगायतमा चालु आ.व.का लागि अनुमान गरिएबमोजिम आम्दानी भएको देखिन्छ ।
२. बाह्य स्रोततर्पm राजस्व बाँडफाँडमा सङ्घ, प्रदेश र मालपोत रजिष्ट्रेसनसमेत गरी १७ करोड २९ लाख १३ हजार रूपैयाँ अनुमान गरिएकोमा चालु आ.व.को जेठ मसान्तसम्ममा १५ करोड ११ लाख ८४ हजार रूपैयाँ प्राप्त भई ८७.४३ प्रतिशत प्रगति भयो । राजस्व बाँडफाँड समेत नेपाल सरकार र प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, सामाजिक सुरक्षा भत्ता, सडक बोर्ड नेपालबाट गरी कुल बाह्य स्रोत रु. १ अर्ब ८० करोड २२ लाख १८ हजार प्राप्त हुने अनुमान गरिएकोमा चालु आ.व.को जेठ मसान्तसम्ममा कुल १ अर्ब २५ करोड १४ लाख ९ हजार रूपैयाँ अर्थात् ६९.४४ प्रतिशत आम्दानी भएको जानकारी गराउँदछौँ ।
३. चालु आ.व. २०८१/८२ मा चालु खर्चतर्फ रु. १ अर्ब ५७ करोड ३ लाख १० हजार बिनियोजन गरिएकोमा २०८२ जेठ मसान्तसम्मको कुल चालु खर्च १ अर्ब ६ करोड ९ लाख ४९ हजार रूपैयाँ अर्थात् ६७.५६ प्रतिशत भएकोे छ । असार मसान्तसम्ममा चालु खर्च बढेर रु. १ अर्ब ३० करोड ८२ लाख ९२ हजार खर्च हुने संशोधित अनुमान छ ।
४. पुँजीगत खर्चतर्फ चालु आ.व. २०८१/८२ मा रु. ९९ करोड ४० लाख विनियोजन गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा रु. ४४ करोड ६४ लाख ४४ हजार अर्थात् ४४.९१ प्रतिशत यथार्थ खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर रु. ५९ करोड ५३ लाख ६० हजार हुने संशोधित अनुमान छ ।
५. वित्तीय व्यवस्थातर्फ चालु आ.व. २०८१/८२ मा रु. १० करोड विनियोजन गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा रु. ६ करोड २८ लाख ५४ हजार अर्थात् ६२.८५ प्रतिशत खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ११ करोड रूपैयाँ हुने संशोधित अनुमान छ ।
६. चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च जोड्दा असार मसान्तसम्ममा रु. २ अर्ब १ करोड ३६ लाख ५२ हजार गरी कुल बजेटको ७५.५७ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । पुँजीगततर्फका सम्पदा पुनःनिर्माणसँग सम्बन्धित धेरैवटा योजनाहरू तथा नगरस्तरीय गौरवका योजनाहरू चालु आ.व. मा सुरु भइसकेको र आगामी आ.व.का लागि क्रमागत योजनामा पर्ने भएकोले यथार्थ खर्च अझै बढ्ने देखिन्छ ।
यस सम्मानित नगरसभामा अब म आगामी आर्थिक वर्ष २०८२/८३ को लागि भक्तपुर नगरपालिकाको आय–व्ययको अनुमानित विवरण पेस गर्ने अनुमति चाहन्छु ।
अ) आयतर्फ :
क) आन्तरिक स्रोततर्फ :
७. सम्पत्ति (घरजग्गा मूल्याङ्कन) तथा भूमि कर, व्यवसाय कर, घर बहाल कर, पर्यटन सेवा शुल्क, जग्गा बिक्री, नगरपालिकाबाट उत्पादित कम्पोस्ट मल बिक्रीलगायत यस नगरपालिकाको आन्तरिक आयको स्रोतका रूपमा लिँदा आ.व. २०८२/८३ को लागि कुल रु. ६४ करोड ७१ लाख १० हजार आन्तरिक आय हुने अनुमान गरिएको छ । आन्तरिक आय अनुमान गर्ने क्रममा करका दायरामा नआएका व्यवसायका शीर्षकलाई दायरामा ल्याउने र आवश्यक केही करको दरमा समयसापेक्ष समायोजन गरी करदाताहरूलाई राहत प्रदान गर्ने प्रस्ताव गरी भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८२ मा समावेश गरिएको छ । आन्तरिक आयको विस्तृत विवरण अनुसÒचि–१ मा संलग्न छ ।
ख) बाह्य स्रोततर्फ :
८. राजस्व बाँडफाँडतर्फ आ.व. २०८२/८३ मा यस नगरपालिकामा नेपाल सरकारबाट रु. १० करोड ३५ लाख २५ हजार, वाग्मती प्रदेश सरकारबाट रु. ५ करोड ७६ लाख ३० हजार र मालपोत रजिष्ट्रेसन शुल्कबाट रु. ८ करोड गरी कुल रु. २४ करोड ११ लाख ५५ हजार प्राप्त हुने अनुमान छ ।
९. वित्तीय समानीकरण अनुदानतर्फ नेपाल सरकारबाट रु. १९ करोड ४१ लाख र वाग्मती प्रदेश सरकारबाट रु. २ करोड १२ लाख ३४ हजार गरी कुल रु. २१ करोड ५३ लाख ३४ हजार प्राप्त हुने अनुमान छ ।
१०. नेपाल सरकारबाट विशेष अनुदानतर्फ रु. ६८ लाख, समपुरक अनुदानतर्फ रु. १ करोड ३८ लाख, सशर्त अनुदानतर्फ ४५ करोड ३९ लाख प्राप्त हुने अनुमान छ भने वाग्मती प्रदेश सकारबाट विशेष अनुदान रु. ६५ लाख, समपुरक अनुदान रु. १ करोड ६७ लाख, सशर्त अनुदान रु. ५ करोड ३ लाख ११ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, सामाजिक सुरक्षा भत्ताबापत यस वर्ष रु. ३५ करोड र सडक बोर्ड नेपालको तर्फबाट रु. ६८ लाख रूपैयाँ प्राप्त हुने अनुमान छ ।
११. चालु आर्थिक वर्षको अनुमानित बैङ्क मौज्दात रु. ३२ करोड ४७ लाख हुने अनुमान छ ।
यसप्रकार आगामी आ.व. २०८२/८३ का लागि यस नगरपालिकाको कुल अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार हुनेछ । बजेटको आयतर्फको बाह्य स्रोतको विस्तृत विवरण अनुसÒची – २ मा संलग्न छ ।
आ) व्ययतर्फ :
१२. आगामी आ.व. का लागि चालु खर्चतर्फ १ अर्ब ५२ करोड ५३ लाख ११ हजार रूपैयाँ अर्थात् ६१.६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रूपैयाँ अर्थात् ३२.५४ प्रतिशत विनियोजन गरिएको छ । चालु खर्चको विस्तृत विवरण अनुसूची–३ र पुँजीगत खर्चको विस्तृत विवरण अनुसूची–४ मा संलग्न छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ रु. १४ करोड ३० लाख अर्थात् ५.७८ प्रतिशत विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका महत्वपूर्ण योजना तथा कार्यक्रमहरूबारे सङ्क्षिप्तमा पेस गर्दछु ।
शिक्षा :
१३. भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिँदै आएको यहाँहरू सम्पूर्णमा विदितै छ । ख्वप विश्वविद्यालय जनताको विश्वविद्यालयको रूपमा स्थापना गर्न भक्तपुर नगरपालिका निरन्तर लागिरहेको छ । साथै प्रतिनिधिसभाका सांसदको नेतृत्वमा यस सम्बन्धमा निरन्तर पहल भइरहेको छ ।
१४. भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजलगायत नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय अनुगमन प्राविधिक समितिको सिफारिससमेतको आधारमा नगरपालिकाको आन्तरिक स्रोतबाट अनुदान दिँदै आएकोलाई यस बजेटमा पनि निरन्तरता दिइएको छ ।
१५. एक्काइसौँ शताब्दीको समाजमा अनुसन्धानलाई जोड दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले नगरभित्रका पर्यटन शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र संरक्षण, सहकारी, कृषि, खानेपानी, वातावरण, सरसफाइजस्ता विषयहरूको अध्ययन अनुसन्धान गर्नेहरूलाई अनुसन्धान वृत्तिको व्यवस्थाको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
१६. भक्तपुर नगरपालिकाले राष्ट्रका लागि अत्यावश्यक विषयहरू जस्तै इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, नेपालभाषा, अर्थशास्त्र, तर्कशास्त्र र दर्शनशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूलाई स्नातक तहदेखि विद्यावारिधिसम्मको अध्ययनमा दिँदै आएको पूर्ण छात्रवृत्तिलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिएको छ ।
१७. भक्तपुर नगरपालिकाले नैतिक र व्यवहारिक शिक्षाको व्यवस्थापन गर्न विद्यालयहरूमा प्रिलिमिनरी ट्रेनिङ कोर्स (पी.टी.सी.) र बेसिक ट्रेनिङ कोर्स (बी.टी.सी.) स्काउट प्रशिक्षण र खेलकुद प्रशिक्षणजस्ता गतिविधिहरूलाई निरन्तरता दिँदै बजेटको व्यवस्था गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षालाई थप प्रभावकारी बनाउन तथा नगरका विभिन्न स्वास्थ्य संस्थाहरूमा फिजियोथेरापी सेवा नियमितरूपले प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
१८. भक्तपुर नगरमा सञ्चालनमा रहेको शैक्षिक ऋणको प्रभावकारितालाई मध्यनजर गरेर यस नगरपालिकाद्वारा वितरण गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिन रु. १ करोड ५० लाख बजेटको विनियोजन गरिएको छ ।
१९. नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा कक्षा ५ र ८ को आधारभूत परीक्षा र कक्षा १० कोे एस.ई.ई. परीक्षाको तयारी परीक्षा नगरस्तरीयरूपमा सञ्चालन गर्न यस बजेटमा पनि निरन्तरता दिइएको छ । विद्यालयका शिक्षकहरूलाई समय–समयमा पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न तथा नगरपालिकाद्वारा तयार गरिएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरूले दिएको सुझाव समावेश गरी पाठ्यक्रम निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
२०. नेपालभाषालाई स्थानीय पाठ्यक्रममार्फत विद्यालयहरूमा अध्ययन अध्यापनको व्यवस्था गर्न तथा नेपालभाषा र लिपि, मूर्तिकला, चित्रकला, प्रस्तरकला, मृतिकाकला, काष्ठकला, धातुकला, पौभालेखन, पेपर क्राफ्टका साथसाथै सङ्गीत एवं नृत्य कक्षाहरू सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
२१. भक्तपुर नगर क्षेत्रमा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई नगरपालिका, वडा कार्यालय तथा नगरपालिकाअन्तर्गतका विभिन्न कार्यालयहरूमा इन्टर्नसीप र कार्यस्थलमा तालिम (अन द जब ट्रेनिङ) को व्यवस्थाको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
२२. भक्तपुर नगरभित्रका विद्यालयहरूमा शिक्षकहरूको अभाव परिपूर्ति गर्न स्वयम्सेवक शिक्षकको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
२३. नगरका सामुदायिक विद्यालयहरूमा विज्ञान र गणित प्रयोगशाला स्थापना गर्न आवश्यक बजेटको विनियोजन गरिएको छ ।
२४. महिलाहरूलाई निरन्तर शिक्षा सञ्चालन गर्न आवश्यक बजेटको विनियोजन गरिएको छ । जनज्योति पुस्तकालयको स्तरीकरण तथा युवा विद्यार्थीहरूमा पठन संस्कृतिको विकासको लागि नगरका अन्य पुस्तकालय तथा वाचनालयहरूलाई व्यवस्थितरूपमा सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
२५. भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा शिशु स्याहार तथा बाल विकास केन्द्र स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । त्यस्तै, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा डिप्लोमा तहमा नयाँ कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
नगरवासी जनताको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि रु. ५४ करोड ४ लाख ६३ हजार अर्थात् कुल बजेटको २१.८५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य :
२६. यस नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न जनताको अस्पताल बनाउने क्रममा आगामी आ.व.बाट सीटी स्क्यान सेवा सञ्चालनको लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । मृगौलासम्बन्धी बिरामीहरूलाई सुलभ दरमा डायलासीसको व्यवस्थासहित अस्पताल सञ्चालन, वडा–वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र तथा जनस्वास्थ्य केन्द्रहरूमा थप स्वास्थ्य उपकरणको व्यवस्था र स्तरीकरणसमेतका लागि रु. ५ करोड बजेटको व्यवस्था गरिएको छ ।
२७. नगरवासीहरूलाई निःशुल्क अक्सिजन र रगत वितरण गर्दै आएकोमा त्यसलाई निरन्तरता दिन र कडा रोग लागेका बिरामीहरूलाई दिँदै आएको आर्थिक सहयोगलाई पनि निरन्तरता दिन आवश्यक बजेटको प्रबन्ध मिलाइएको छ ।
२८. भनपा ७ खँचापुखु स्वास्थ्य चौकी निर्माण कार्य आगामी आ.व.मा सम्पन्न गर्ने गरी रु. ७५ लाख बजेट विनियोजन गरिएको छ ।
२९. आयुर्वेदिक तथा वैकल्पिक उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक रकम विनियोजन गरिएको छ ।
३०. विद्यालयहरूमा बालबालिकाहरूका लागि दन्त, आँखा साथै नाक, कान, घाँटीलगायतको स्वास्थ्य परीक्षण शिविर सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
३१. वडा नर्स र स्वास्थ्यसेविकामार्पmत सुत्केरी महिला स्याहार तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
स्वास्थ्य क्षेत्रका लागि आगामी आ.व.मा रु. १० करोड ३७ लाख ५० हजार विनियोजन गरिएको छ ।
सम्पदा र सांस्कृतिक संरक्षण :
३२. ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थकता दिन हाम्रो पहिचान बोकेको यहाँका सम्पदा र संस्कृति जोगाउने हामी सबैको साझा कर्तव्य हो । भक्तपुरमा रहेका मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षणलाई निरन्तरता दिँदै ऐतिहासिक र धार्मिक महत्व बोकेका विभिन्न स्थानका घाटहरू सुधारका लागि गुरुयोजना बनाई अगाडि बढाउन रु. ३७ लाख ५० हजार विनियोजन गरिएको छ ।
३३. भनपा वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनःनिर्माणको लागि रु. ३ करोड र लाय्कु पाहाँ छेँको लागि रु. ८५ लाख तथा भनपा ४ स्थित इखालाछी मठ पुनःनिर्माणलाई निरन्तरता दिन रु. १ करोड ६० लाख बजेट विनियोजन गरिएको छ ।
३४. इन्द्रायणी द्योछेँ पुनर्निमाण कार्य आगामी आ.व.मा सम्पन्न गर्ने गरी रु. ३० लाख बजेट विनियोजन गरिएको छ ।
३५. परम्परागत बाजाको बोल लिपिबद्ध गरी क्रमशः प्रकाशन गर्न र दाफा भजनका थ्या सापूmहरू आवश्यकताअनुसार पुनर्लेखन गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ ।
३६. विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर दरबार क्षेत्रमा अवस्थित ९९ चोकको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाउन र सम्पदा र संस्कृति प्रवद्र्धन गर्न नगरका मुख्य मुख्य सम्पदाहरूको सङ्क्षिप्त परिचय र छोटो भिडियो, मोबाइल एप र क्यूआर कोड निर्माण गरी फोटोसहितको पुस्तक प्रकाशनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
३७. नगरपालिकाका महत्वपूर्ण सम्पदा क्षेत्रमा विभिन्न कारणले लामो समयदेखि निजी घरहरू जीर्णोद्धार तथा पुनःनिर्माण नहुँदा सम्पदामाथि क्षति पुग्ने र नगरको मौलिक सौन्दर्यतामा आँच आउन सक्ने हुँदा सम्बन्धित घरधनीले घर नबनाएको अवस्थामा नगरपालिका आफैँले लगानी गरी ती घरहरू बनाउन रु. १ करोड रकम विनियोजन गरिएको छ ।
३८. भक्तपुर नगरपालिका वडा नं.१ स्थित सिद्धपोखरी पेटी पुनःनिर्माण कार्यको लागि रु. १ करोड बजेट विनियोजन गरिएको छ ।
३९. भक्तपुर नपा वडा नं. ५ स्थित दही विनायक द्योछेँ पुनःनिर्माणका लागि रु. ५० लाख र वडा नं. १ स्थित इशानेश्वर मन्दिर निर्माणका लागि रु. ३० लाख रकम विनियोजन गरिएको छ ।
४०. विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा मौलिक स्वरूपलाई कायम राख्न परम्परागत शैलीमा घर बनाउने घरधनीहरूलाई दिँदै आएको आर्थिक अनुदानलाई निरन्तरता दिने नीतिअनुरूप रु. ३० लाख बजेट विनियोजन गरिएको छ ।
४१. सांस्कृतिक विधाहरूको प्रतिस्पर्धा, सांस्कृतिक बाजा प्रतियोगिता, सांस्कृतिक गुरु सम्मान, सांस्कृतिक प्रशिक्षण तालिमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गर्नुको साथै सम्पदा क्षेत्रमा रात्रिकालीन बत्तीको व्यवस्था गर्न रु. १ करोड विनियोजन गरिएको छ ।
सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आ.व.का लागि रु. १२ करोड ६८ लाख ५० हजार विनियोजन गरिएको छ ।
कृषि :
४२. भक्तपुर नगरमा कृषिलाई आधुनिकीकरण गर्न कृषि अनुसन्धान केन्द्र स्थापना गरी जिल्लाका अन्य नगरपालिकाहरूमा समेत कृषि पकेट क्षेत्रमा कार्यरत नगरवासी किसानहरूलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । साथै नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशाला निर्माणको लागि रु. २५ लाख विनियोजन गरिएको छ ।
४३. भक्तपुर नगरपालिका वडा नं. ८ लिबालीस्थित शीत भण्डार गृह निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन रु. १ करोड र वडा नं. ५ स्थित तरकारी बजार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन रु. ३० लाख बजेट विनियोजन गरिएको छ ।
उन्नत बीउबिजन तथा रैथाने बाली संरक्षणसहितका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
४४. सूचिकृत कृषकहरूलाई परिचयपत्र वितरण गरी कृषि ऋणको व्यवस्था गर्न रु. ३० लाख विनियोजन गरिएको छ । किसानहरूलाई जैविक मल तथा जैविक विषादी प्रयोगबारे अभिमुखीकरण गरी रासायनिक मल तथा विषादी प्रयोगमा न्यूनीकरण गर्दै लान आवश्यक मात्रामा प्राङ्गारिक मल उत्पादन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
आगामी आ.व. मा कृषि क्षेत्रका लागि रु. ३ करोड ८७ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
खानेपानी :
४५. नगरवासी नागरिकहरूलाई मेलम्चीको पानी घर–घरसम्म पु¥याई खानेपानीको समस्याको समाधान गर्न रु. ५० लाख बजेट विनियोजन गरिएको छ ।
४६. खानेपानीका स्रोतहरू परम्परागत शैलीमै संरक्षणका लागि अध्ययन अनुसन्धान गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
४७. नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउने पहललाई निरन्तरता दिन र उक्त क्षेत्रको संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
आगामी आ.व. मा खानेपानी क्षेत्रका लागि रु. ६० लाख विनियोजन गरिएको छ ।
वातावरण सुधार तथा फोहरमैला व्यवस्थापन :
४८. नगरभित्रका खोलाहरूको सुधार गर्ने कामलाई निरन्तरता दिई खोला किनारमा हरियाली प्रबद्र्धनका साथै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा हरियालीसहित उपयुक्त ठाउँमा आकर्षक पार्क निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
४९. नगरभित्रका पोखरीहरूलाई सौन्दर्यकरण गरी आयस्रोतको रूपमा विकास गर्न आवश्यक रकम छुट्याइएको छ ।
आ.व.२०८२/८३ का लागि वातावरण तथा सरसफाइका लागि रु. २० करोड २२ लाख बजेट विनियोजन गरिएको छ ।
पर्यटन प्रवद्र्धन :
५०. भक्तपुरलाई जीवन्त नगरको रूपमा परिचित गराउन आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पु¥याउन समय–समयमा विभिन्न उत्सवहरू, सन्ध्याकालीन पदयात्रा तथा सांस्कृतिक कार्र्यक्रमहरूको आयोजना गर्न आवश्यक बजेटको विनियोजन गरिएको छ ।
५१. आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्यामा भएको वृद्धिलाई ध्यानमा राखी आवश्यकताअनुसार व्यवस्थित शौचालय निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
५२. आन्तरिक र बाह्य पर्यटकहरूलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारी साधनको व्यवस्था गर्न आवश्यक बजेटको विनियोजन गरिएको छ ।
५३. आवश्यकताअनुसार नगरका अन्य नाकाहरूमा पनि पर्यटन सूचना केन्द्र स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
आगामी आ. व. का लागि पर्यटन प्रवद्र्धनमा रु. ४ करोड ९० लाख विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार निर्माण :
५४. नगरको गौरवको योजनाको रूपमा रहेको भनपा वडा नं ६ स्थित देकोचामा अरनिको सभाभवन निर्माणलाई निरन्तरता दिन रु. १४ करोड ९० लाख विनियोजन गरिएको छ ।
५्र५. देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनाका लागि रु. ४ करोड बजेट विनियोजन गरिएको छ ।
५६. भनपा वडा नं. १ भार्वाचो तको किवास्थित बहुउद्देश्यीय भवन निर्माण कार्यको लागि रु. १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।
५७. भनपा वडा नं. ५ मा सवारी साधन पार्किङ स्थलको निर्माण सम्पन्न गरी सञ्चालन गर्न र नगरका विभिन्न स्थानहरूमा आवश्यकताअनुसार थप पार्किङ स्थलको व्यवस्था गर्न रु. ६० लाख बजेट विनियोजन गरिएको छ ।
५८. लिबाली आवास योजना र तुमचो दुगुरे आवास योजनाका कालोपत्रे गर्न बाँकी सडकहरूमा क्रमशः कालोपत्रे गर्न आवश्यक बजेट छुट्याइएको छ ।
५९. हनुमन्ते र कासन खोलामा सडक करिडोर बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
आगामी आ.व. का लागि भौतिक पूर्वाधारतर्फ ४८ करोड २० लाख रूपैयाँ अर्थात् कुल बजेटको १९.४९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
खेलकुद :
६०. नियमितरूपमा आयोजना गर्दै आएको अन्तरनगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुको साथै नियमित खेलकुद प्रशिक्षणलाई निरन्तरता दिँदै थप खेलहरूको प्रशिक्षणको व्यवस्था मिलाउन रु. १ करोड बजेट विनियोजन गरिएको छ ।
६१. नगरभित्रको उपयुक्त पोखरीलाई बालबालिकाहरूका लागि पौडी प्रशिक्षण केन्द्रको रूपमा विकास गर्न रु. ५० लाख रकम विनियोजन गरिएको छ ।
६२. वडा–वडामा रहेका खुला व्यायामशालाहरू थप व्यवस्थित गर्न आवश्यकताअनुसार व्यायामशालाहरू स्तरोेन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
६३. भक्तपुर नगरपालिका वडा नं. २ स्थित सहिद स्मृति खेल मैदान निर्माण गर्न रु. १ करोड र भक्तपुर नगरपालिका वडा नं. ७ स्थित माहेश्वरी खेलमैदानलाई व्यवस्थित बनाउन रु. २ करोडका साथै नगरका उपयुक्त स्थानहरूमा फुटसलको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
खेलकुद पूर्वाधार निर्माण, प्रतियोगिता सञ्चालन र खेलकुद प्रशिक्षण गरी आगामी आ.व. मा ५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
युवा तथा महिला लक्षित कार्यक्रम :
६४. युवा तथा महिलाहरूलाई आत्मनिर्भर एवं स्वरोजगार बनाउनका साथै युवा उद्यमशीलता ऋण प्रदान गर्न र विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न रु. ५० लाख बजेट विनियोजन गरिएको छ ।
६५. नगरवासी महिलाहरूलाई श्रमशक्तिको रूपमा विकास गरी आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम तथा गतिविधि गर्न रु. २५ लाख बजेटको व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा :
६६. भक्तपुर नपा वडा नं. ६ अँचापोखरी परिसरमा निर्मित आदर निकेतन दिवा सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
६७. ज्येष्ठ नागरिक तथा विधुवा, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई वडा कार्यालय तथा वडामा रहेका बैङ्कहरूमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
६८. क्यान्सर, मुटुरोग, मस्तिष्कघाट, स्पाइनल कर्ड इन्जुरीजस्ता दीर्घरोग लागेका बिरामीहरूलाई नगरपालिकाबाट दिँदै आएको रु. १५ हजार आर्थिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
आगामी आ.व. का लागि सामाजिक सुरक्षातर्फ ३५ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
विविध योजना तथा कार्यक्रमहरू :
६९. यस नगरपालिकाभित्र रहेका पर्ती तथा सार्वजनिक जग्गा संरक्षणलाई निरन्तता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
७०. नगरपालिकालाई आवश्यक जग्गा खरिद तथा घरजग्गा भाडाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
७१. विपद्को समयमा जनतालाई सुरक्षित गर्न विपद प्रतिकार्य तथा विपद् व्यवस्थापन विशेष कार्यक्रमहरू तथा राहत, उद्दार र पुनःस्थापनाका लागि प्रकोप व्यवस्थापन कोष खडा गर्न रु. २५ लाख बजेट विनियोजन गरिएको छ ।
आगामी आ.व. का लागि विविध योजना तथा कार्यक्रमतर्फ ९ करोड १४ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
७२. यस नगरपालिकामा एक वर्ष वा सोभन्दा बढी समय अटुटरूपमा अस्थायी तथा करार कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराई नगरपालिकाबाट १० प्रतिशत र योगदानकर्ताबाट १० प्रतिशत योगदानसहितको नेपाल सरकारले बनाउने योजना प्याकेजबमोजिम कार्यान्वयन हुने व्यवस्था मिलाइएको छ । यसअघि अस्थायी तथा करार कर्मचारीहरूलाई दिइँदै आएको सुविधालाई यसैमा समायोजन गरिनेछ । नगरपालिकामा मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई प्रक्रिया पु¥याई करारमा लगिने व्यवस्था गरिने छ ।
नगरको समग्र विकास, सुधार र सञ्चालन गर्न नगर प्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल विनियोजित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रहने अनुमान गरिएको छ । जसमध्ये चालु खर्चतर्पm रु. १ अर्ब ५२ करोड ५३ लाख ११ हजार (६१.६७ प्रतिशत), पुँजीगततर्पm ८० करोड ४८ लाख (३२.५४ प्रतिशत) र वित्तीयतर्पm १४ करोड ३० लाख (५.७८ प्रतिशत) रहने अनुमान गरिएको छ ।
आगामी आ.व.का लागि यस नगरपालिकाको वडागत योजनाहरूको विवरण अनुसूची ५ मा संलग्न गरिएको छ ।
-स्रोतको सुनिश्चितता भएमा मात्र बजेटले अपेक्षा गरेका उपलब्धीहरू हासिल गर्न र नगरवासीहरूलाई सेवा सुविधा उपलब्ध गराउन सकिने भएकोले लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन आवश्यक छ । अतः म यसै बजेट वक्तव्यमार्फत भक्तपुर नगरपालिकाका समस्त करदाताहरूमा समयमै तोकिएको कर रकम तिरी जिम्मेवार नागरिक तथा विकास र सेवा सुविधाको हकदार बन्न हार्दिक अपिल गर्दछु ।
-नगरपालिकाको सीमित स्रोत साधनको अधिकतम् उपयोग गरी बजेट तयार गर्दा नगरवासीहरूका सबै चाहना र आवश्यकताहरू एकैचोटि सम्बोधन गर्न सकिने अवस्था रहँदैन । प्राथमिकता र आवश्यकताका आधारमा स्रोत साधनको उपलब्धता र सुनिश्चततालाई मध्यनजर गरी यो बजेट तथा कार्यक्रम तयार गरिएको छ ।
-बजेट तर्जुमा सँगसँगै यसको सफल कार्यान्वयन अर्को महत्वपूर्ण पाटो हो । योजना तथा कार्यक्रमहरू समयमै प्रभावकारीरूपमा सञ्चालनमा आउन सकेमा मात्र बजेटले अपेक्षा गरेको उपलब्धि हासिल हुने भएकोले यस बजेटको समयमा नै प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबैमा म हार्दिक अनुरोध गर्दछु ।
प्रस्तुत बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यहरू, सञ्चार जगत्, नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू, प्रमुख प्रशासकीय अधिकृतलगायत समग्र कर्मचारी मित्रहरूलाई धन्यवाद व्यक्त गर्दछु । भक्तपुरको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, वाग्मती प्रदेश सरकार, सरोकारवाला सहयोगी सङ्घ संस्था एवं वडा र नगरस्तरीय सुझाव सङ्कलनमा उपस्थित भई महत्वपूर्ण सुझाव दिनुहुने नगरवासीहरूमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु । धन्यवाद !