प्रजातन्त्र सबै सीमा र सबै बन्दोबस्तभन्दा मानवताको साझा मान्यता हो । देशको विशेष परिस्थितिअनुसार रूप फरक–फरक भए पनि प्रजातन्त्रको उद्देश्य जनताको सेवालाई अगाडि बढाउनु हो । तर, प्रभुत्व (अधिपत्य) लाई न्यायोचित ठह¥याउने हतियार बनाउनु हुँदैन ।
२० मार्च २०२४ को दिन पेइचिङमा आयोजित साझा मान्यता नै प्रजातन्त्रबारेको तेस्रो अन्तर्राष्ट्रिय गोष्ठीमा झन्डै ३०० वरिष्ठ अधिकारी, पूर्व राज्यका नेता र विश्वभरका बुद्धिजीवीहरूको छलफलको सार हो ।
कुनै देश मौलिकरूपले प्रजातान्त्रिक हो वा होइन भन्नेबारे त्यहाँका जनताले साँच्चै आफूमाथि शासन गर्ने शक्ति छ कि छैन भन्नेमा भर पर्छ । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिको प्रचार विभागका प्रमुख लि सुलेलीले गोष्ठीमा आफ्नो भाषणमा भन्नुभएको थियो, “निर्वाचनको प्रचार अभियानमा जनतालाई मौखिक आश्वासन मात्रै दिनु होइन, बरू ती आश्वासनमध्ये पछि कतिवटा आश्वासनहरू पूरा भयो भन्ने हेर्नु पनि हो ।”
तु चानयुआन चिनियाँ अन्तर्राष्ट्रिय विचार आदानप्रदान समूहका सभापतिले भन्नुभयो, “प्रजातन्त्र गणितीय सूत्रको रूपमा स्तरीय उत्तर दिनु मात्र होइन ।” “प्रजातन्त्र देशको ठोस परिस्थितिहरूमा आधार र विकास भएको हुन्छ, अरुले थोपेको तथाकथित सूत्र होइन,” उहाँले भन्नुभयो । देशले स्वाधीनतापूर्वक प्रज्ज्वलित गरेको प्रजातान्त्रिक बाटो र आफ्ना विकासका समस्या समाधानको प्रक्रियामा निर्माण भएमात्र समाज र इतिहासको परीक्षामा टिक्न सक्नेछ, उहाँले भन्नुभयो ।
चिनियाँ समकालीन प्रज्ञा प्रतिष्ठान र ‘विश्वको अध्ययन’ नामको, चिनियाँ अन्तर्राष्ट्रिय विचार आदानप्रदान समूह ऋक्ष्ऋन् को एक केन्द्रीय सल्लाहकार संस्थाले मिलेर पाँचौँ महादेशका २३ देशमा प्रजातान्त्रिक अभ्यासहरू र चीनको आधुनिकीकरणबारे एक सर्वेक्षण आयोजना गरेको थियो । ऋक्ष्ऋन् का सभापति तु चानयुआनका दृष्टिकोणसँग सर्वेक्षणका परिणामहरूमध्ये ९५.७ प्रतिशतले समर्थन गरेको देखियो । उत्तर दिनेहरू सबै देशहरूले आ–आफ्नो राष्ट्रिय परिस्थितिअनुसार सबैभन्दा बढी अनुकूल हुने प्रजातन्त्रको बाटो र आधुनिकीकरणलाई छान्नमा सहमति देखाएका थिए ।
गोष्ठीका सहभागीहरूले अझ राम्रो (निष्पक्ष), बढी न्यायोचित र अन्तर्राष्ट्रिय बन्दोबस्तको निम्ति अन्तर्राष्ट्रिय शासन व्यवस्थामा सुधार ल्याउन आह्वान गरे । पूर्व र पश्चिमको छलफलमा समेत प्रजातन्त्रबारे चिनियाँ बुद्धिमत्ता र परम्परागत संस्कृतिको प्रभाव अनुभव गरियो ।
सच्चा प्रजातन्त्रले काम गर्ने
धेरै प्रकारका प्रजातन्त्रहरूले स्थान लिन सक्छन् । विभिन्न प्रकारका प्रजातान्त्रिक व्यवस्थाहरू र भिन्नभिन्न सभ्यताहरूलाई पनि आदर गर्नुपर्दछ । गोष्ठीमा मुख्य विषयमाथि जोड दिइयो । त्यसले चिनियाँ जनताको प्रजातन्त्रको पूरा प्रक्रिया र आफ्नै ढङ्गको विकासको बाटोलाई प्रशंसा गरियो जसले त्यहाँका जनतालाई देखिने हितहरू प्राप्त ग¥यो ।
“सर्वेक्षणले चीनमा आधुनिकीकरण जस्तै ‘शान्ति, विकास, स्वच्छता, न्याय, प्रजातन्त्र र स्वतन्त्रताको पक्ष’ लिएको कारण मानवताको साझा मूल्यमान्यता प्राप्त गर्यो, जसले गर्दा त्यस विश्वव्यापीरूपले स्वीकृति प्राप्त गर्यो ।” समकालीन चीन र विश्व अध्ययनहरूको प्रज्ञा प्रतिष्ठानका सभापति यु युन्क्वानले गोष्ठीमा भने । उत्तर दिनेहरूले ९० प्रतिशतले सकारात्मक उत्तर दिए ।
चीनमा २०२३ को एडलम्यान गुठी ब्यारोमिटर, वार्षिक गुठीजस्ता विश्वसनीय सर्वेक्षणको प्रतिवेदनअनुसार चीनमा उत्तरदाताहरूको ८९ प्रतिशतले सबै देशमा भएको सर्वेक्षणमध्ये आफ्नो सरकारप्रति सबैभन्दा बढी विश्वास प्रकट गरेका छन् । संरा अमेरिकामा ४२ प्रतिशत जनताले मात्र आफ्नो सरकारप्रति विश्वास जाहेर गरे ।
ग्रीसको पूर्वविदेशमन्त्री जर्जियोस कात्रोगालोसले भने, “प्रजातन्त्र जनताको विश्वासमा आधारित छ ।” आर्थिक सहयोग र विकासको निम्ति सङ्गठनले गरेको सर्वेक्षणमा पश्चिमी देशहरूका सबैभन्दा बढी जनताले आ–आफ्ना सरकारले जनताको सेवा बढाउने बदलामा धनीहरूको हितलाई मात्र सुरक्षा दिन्छ, उनले गोष्ठीमा बताए । कात्रोगालोस चिनियाँहरूले आफ्नो सरकारलाई विश्वास प्रकट गर्दा कसरी आफ्नो सरकारले आफ्ना नागरिकहरूको चासोलाई प्रभावशाली ढङ्गले सम्बोधन गरे तथा सारा समाजको चौतर्फी विकासलाई अगाडि बढायो भनी बताउँछन् ।
चिनियाँहरूसँगको कुराकानीमा प्रजातान्त्रिक अभ्यासमा विविधतालाई समर्थन गर्छ र जनताको इच्छा–आकाङ्क्षाको बिचमा सम्बन्धित र सामाजिक विकासको स्तरअनुसार हुन्छ । विकासशील देशहरूमा खास महत्वपूर्ण ध्यान पु¥याउने विषय जनताको आधारभूत आवश्यकतामा छ – मलेसियाली प्रतिनिधिसभाका पूर्वउपसभामुख ओङ टी किटले भने ।
“धेरै पश्चिमीहरूले प्रजातन्त्र पश्चिम मूल्य र मान्यता हो भनी सोच्छन् । (तर, पश्चिमी शैलीको प्रजातन्त्र) संसारको अरु भागहरूमा लाड्न र निर्यात गर्न सकिन्न, उदाहरणको निम्ति अफगानिस्तान, इराक र मध्य पूर्वमा हालैका वर्षहरूको अनुभवले बताउँछ,” पूर्वइटालियाली प्रधानमन्त्री मास्सिमो दि’अलेमाले बताए । पश्चिमी प्रजातन्त्रको हाम्रो नमुनाले विश्वासनीयता र आकर्षण गुमाइसकेको छ ।
समकालीन चीनको प्रज्ञा प्रतिष्ठान र विश्व अध्ययनको सर्वेक्षण उत्तरदाताहरूले चीनको सरकारको सफलताको उच्च मूल्याङ्कन गरे । यु युन्क्वानअनुसार प्रजातन्त्रको दक्षता एक महत्वपूर्ण सूचकको मूल्याङ्कन हुन्छ । सालाखाला स्वीकृतिको दर ९४ प्रतिशत थियो ।
अझ बढी प्रजातान्त्रिक अन्तर्राष्ट्रिय स्तरको आह्वान
अन्तर्राष्ट्रिय कारबाहीहरूमा संरा अमेरिकी प्रभुत्ववादी हस्तक्षेपले केही क्षेत्रहरूमा सैद्धान्तिक भिडन्त र ध्वंस निम्त्याउने आगोमा घ्यू हाल्ने काम गर्छ, अन्तर्राष्ट्रिय प्रजातान्त्रिकीकरणको सम्बन्धको आह्वानले व्यापकता पाउँदै छ । गोष्ठीमा पनि यस्ता आवाज सुनियो ।
इटालियाली कम्युनिस्ट पार्टीका महासचिव माउरो अल्दोरेविले आफ्नो श्रव्यदृश्य भाषणमा भने, संरा अमेरिकी प्रभुत्ववादले विश्व स्तरमा पुनः सशक्तीकरण गरिरहेको बेला अन्तर्राष्ट्रिय सङ्गठनहरू सुधार गर्ने समयमै सकेको छ । उनले भने, “बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिले एक ध्रुवीय अन्तर्राष्ट्रिय अवस्थालाई परिवर्तन गर्ने माग बढ्दो छ ।”
थाइल्याडका पूर्वप्रधानमन्त्री अभिसित भिज्जाजिभाले ठुलो स्वरमा भने, “बितेका तीन दशकमा हामीले अन्तर्राष्ट्रिय सङ्गठनलाई सुधार गर्न असमर्थ रह्यौँ जसले विश्वको शासन व्यवस्थालाई राम्रो बनाउन सकौँ ।” आफ्नो श्रव्य–दृश्यको भाषणमा भने, “हामीसँग प्रभावशाली अथवा विश्व सुशासनको प्रजातान्त्रिक व्यवस्था छैन ।” उनले थपे, “त्यसका कमी कमजोरीलाई तत्काल सच्याउने विचारबारे जोड दिए ।” “अहिले हामीसँग धेरै अगाडि बढ्दै गएका देशहरू र अर्थतन्त्रहरू छन् जो विश्वको मामिलामा धेरै प्रभावशाली र सान्दर्भिक छन् । यस्ता प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई चालु राख्नु छ । यो असन्तुलनलाई सच्याउने समय यही हो,” उनले भने । धेरै सहभागीहरूले विश्वव्यापीकरण र विश्वको परिस्थितिको परिवर्तनलाई चालु राख्न एक प्रभावशाली र प्रजातान्त्रिक विश्वको शासन व्यवस्था निर्माण गर्न आवश्यक भएको बताए । प्रजातन्त्र घरेलु शासनमा मात्रै अभिव्यक्त भएर हँुदैन बरु त्यो विश्वको शासनको सिद्धान्तको रूपमा मूर्तिमान हुन आवश्यक छ । “अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रिकीकरण एउटा मान्यता हो जसलाई एक निश्चित प्रणाली र व्यवहारिक नमुनाको रूपमा अभिव्यक्त होस्,” अन्तर्राष्ट्रिय अध्ययनहरूको चिनियाँ संस्थानका सभापति चेन पोले भने । “अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रिकीकरणलाई प्राप्त गर्न हामीले व्यापक सरसल्लाह, संयुक्त योगदानको आधारमा विश्वको शासन र साझा हितहरूलाई अगाडि बढाउन आवश्यक छ ।” यसको अर्थ हो – विकासशील देशहरूको तर्क सङ्गत अधिकार र हितहरूलाई मान्नु पर्दछ र तिनीहरूको राय र जायज मागहरूलाई स्वीकारिनु पर्छ, तिनले भनिन् ।
चिनियाँ बुद्धिको चमत्कार
विश्व आर्थिक गोष्ठीको प्रकाशित गरेको विश्वको जोखिम प्रतिवेदन २०२४ ले आउँदो दशकमा धमिलो दृश्य प्रस्तुत गर्छ । सामाजिक उथलपुथलको, असन्तोषको वृद्धि र विश्वको विध्वंसको उच्च खतरासँगै राजनैतिक, सैनिक असन्तोषहरू सँगसँगै उत्तरी विश्वको आर्थिक थिचोमिचोको सम्भावनालाई प्रस्ट पार्यो ।
“त्यस परिदृश्यलाई ध्यान दिएर चिनियाँ सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वको शासनबारे नयाँ उपाय (विचार) प्रस्तुत गर्यो ।” ब्राजिलको फ्युमिनेस सङ्घीय विश्वविद्यालयका एक विद्वान् गेरिलिओभर्गास कोषका तन्ड्रो मेनेप्लेस डे कार्लभाल्होले भने । साझा भविष्यसंगै विश्व समुदायको निर्माणको चीनको प्रस्तावित दृष्टिकोणलाई समर्थन गर्दै उनले भने, “त्यो हो – पुरानो पश्चिमी उपनिवेशवाद र प्रभुत्ववादको बाटोबाट छुटिनु ।”
कार्भाल्होले मेलमिलापको चिनियाँ धारणाको दृष्टिकोणको सूत्रलाई पत्ता लगाए, चिनियाँ संस्कृतिको समझदारीको एक साँचोको रूप, “मेलमिलाप विभिन्न विषयबिच भिन्नता र सहयोगको अभिन्न सम्भावना हो ।” उनले गोष्ठीमा चिनियाँ राष्ट्रपति सि चिफिङलाई उद्वहरण गर्दै भने, “जसरी हामी सबै फूलहरूलाई रक्तकमल भनी अनुमान गर्दैनौँ, हामी विभिन्न सांस्कृतिक परम्परा, ऐतिहासिक अनुभव र समकालीन राष्ट्रिय परिस्थिति भएका देशहरूसँग समान विकासको उपायको आशा गर्न सकिन्न । यसबाट संसारलाई एक संवेदनाहीन बनाइने छ ।”
समकालीन चीनको प्रज्ञा प्रतिष्ठान र विश्व अध्ययनको सर्वेक्षणले के देखायो भने चिनियाँ संस्कृतिको अन्तर्राष्ट्रिय आह्वानलाई धेरैले स्वीकारे – सालाखाला ९२.८ प्रतिशतले अनुमोदन गर्यो, २०२२ देखि ४.३ प्रतिशतभन्दा माथिबाट – यु युन्क्वानले गोष्ठीमा बताए । विकसित देशहरूमा उत्तरदाताहरूको विचारमा परम्परागत सभ्यताको प्रगतिमा चिनियाँ संस्कृतिको एक महत्वपूर्ण योगदान छ ।
ओंग ती कैटले चिनियाँ दार्शनिक मेन्सियस (३७२–२८९ इ.पू) द्वारा प्रतिपादित राज्यको शासनमा परोपकारी भूमिकालाई बेवास्ता गर्न नहुने बताए । उनले भने, “प्राचीन चीनमा जनताकेन्द्रित शासनको धेरै थरी सन्दर्भहरू प्रजातन्त्र शब्दको प्रयोग हुनुभन्दा पहिले नै अगाडि बढेको थियो । यो शताब्दीयौँ पुरानो बुद्धिमत्ता चीनको जनताको प्रजातान्त्रिक सम्पूर्ण कार्यमा ती सन्दर्भहरू पाउन सकिन्छ ।” उनले थपे, “प्रजातन्त्रको अभ्यासमा जनताको सहभागिता र शासनको काममा सबभन्दा बढी परिणामले देखाउँछ ।”
लण्डनस्थित युरोपेली– प्रज्ञा प्रतिष्ठानका प्रधान कार्यालयका सदस्य अल्फ्रेड होर्नुङले पश्चिमी प्रजातन्त्रको विचारमा कसरी कन्फ्युसियसको विचारले प्रभावित पारेको छ भन्नेबारे बोले । “चीन, युरोप र अमेरिकाको बिचमा कसरी इतिहासमा मिलेर काम गरेका छन् भन्ने एक अध्ययन हुँदै छ ।… २१ औँ शताब्दीमा पनि ती देशहरू कसरी मिलेर काम गर्नुपर्छ भनी लागेका छन् ।”
(‘चाइना टुडे’ – भाग ७३, नं. ५ मे २०२४)
प्रस्तुति : सृष्टि मोनिका