बेनु थापा
बुधवार, बटौलीको मौसम खासै खुलेको थिएन। घरदेखि पसल हिड्ने बेला, सिमसिमे पानी परिरहेको थियो। केही समय पसलमा बसें। सेमलारबाट सरल थापा भाइ आएका थिए। केहीछिन गफियौं। घर देखि पर सम्मका कुरा भए।बैदेशिक रोजगारका लागि जापान जाने तर्खरमा रहेछन्।उनी राम्रा व्याडमिन्टन खेलाडी हुन् । आत्तुरी थियो । बिदावारी भइ म बुटवल लागें ।
आर्थिक वर्षको अन्तिम महिना सबैलाई आ-आफ्नै पिरलो छ। कानुङ सहकारी सचिवको हैसियतले संस्थामा दुई घण्टा बिताएँ।अध्यक्ष ,कोषाध्यक्ष ,कार्यालय प्रमुख, ॠण अधिकृतसँग संस्थाका बारेमा अनौपचारिक छलफल गरियो। अफिस समय बन्द हुने भएकाले म त्यहाँबाट हिडें ।
तिनदिन अगी फेसबुक वालमा, मोहनसिंह बयम्बुको सीप भनेर फुर्लुङ राखेको थिएँ। धेरै साथीहरुले लाईक कमेन्ट गरेका थिए। एकजना छिमेकी बैनीले फुर्लुङ मन पर्यो, किनेर ल्याइदिनु है भनेकी थिइन्। मोहनसिंह दाइलाई फुर्लुङको तीनसय ५० रुप्पे छनक्क गनेर दिएँ । दाइको सीपले बजार पायो।
साँझपख दाइले यत्तिकन अर्नि खाए । कामको थकान मारे ।दाइको दिल खुश ! काम विशेषले म बटौली बजार केहीछिन् घुम्नु थियो । फुर्लुङ पनि बजारभरि सेतो शरीर देखाउँदै मोटरसाइकलमा घुम्यो । झपेन्द्र जिसी सरले पनि आफ्नै निवास, बुटवल देवीनगरमा फुर्लुङलाई देख्न पाए । कति राम्रोकला भन्दै स्पर्श गरे । दल सर म त्यहाँ पुगेका थियौं। मेडमले पकाएको एक कप गुलियो चाय मैले खाएँ । केहीछिनको बसाईपछि हामी हिडियो।
मोहनसिंहबाट फुर्लुङ्ग लिएपछि घर लैजादै
कालिकानगरमा चिया,नास्ता खानेक्रममा पत्रकार जेल संघर्ष आईपुगे। गफिदै नास्ता खाइयो। साँझ पर्नै लागिरहेको थियो । हामी छुट्टिने निधो गरियो। जेल संघर्ष दल सरलाई घर छोड्न देवसिद्ध चोकतिर लागे, म ट्राफिक चोकरतिर। छोरो विश्वलाई लिई म बेलबास पसल हुँदै घर फर्के। बसन्तीका साथ फुर्लुङ पुग्ने भो अर्घाखाँची । दुर्गा रानाले पनि अर्डर गरेका छन्। मोहनसिंले पहिले नाइट मोटर हाँक्ने गर्थे । उमेर अवस्थाले मोटर चलाउन छोडेका थुप्रै वर्ष भयो । आँखा कम देख्छन् । यस्तो बेलामा पनि डाला, सुपो, पेरुङ्गो, फुर्लुङ बुनेर आफ्नो पकेट खर्च चलाएका छन् । आयआर्जनका लागि हामी सबैले उनलाई किन प्रोत्साहन नगर्ने ?
२०८१ आषाढ १९