सन् १८३० मा संरा अमेरिकामा रेलको बाटो खुल्यो । रेलको बाटोले अलग अलग भएको स्थानीय बजारलाई व्यापक राष्ट्रिय बजारसँग जोडिदियो । त्यसले बन्द व्यापार काममाम र जीविकालाई बढाइदियो । कलकारखाना र उद्योगधन्दाको विकास भयो । कोइला, तामा, फलाम, तेल र काठपातहरूजस्ता काँचा वस्तुहरूमा अमेरिका एक नसिद्धिने भण्डार नै थियो । बैङ्क, रेल, यातायात, बीमा र अरू कम्पनीहरू खुल्दै गए । १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति पूरा भयो । औद्योगिक उत्पादनको हिसाबले त्यो विश्वको पाँचौँ देश बन्यो ।
सन् १८६० तिर संरा अमेरिकाको जनसङ्ख्या ३ करोड १० लाख थियो । कपडा कारखानामा जम्मा ५३ लाख लट्टाईहरू थिए । इस्पातको गोलो पाताको उत्पादन १ लाख १५ हजार थियो । रेल बाटोको लम्बाइ ४८ हजार किमि थियो । औद्योगिक मजदुरहरू १४ लाख पुगेका थिए । कपडा उद्योग छिटछिटै विकास भइसकेको थियो । त्यसकारण, मजदुरहरूको सङ्ख्या छिट्टै १८ लाख पुग्यो । त्यसमध्ये धेरै यातायातमा काम गर्थे । फेरि ८ लाख खेती मजदुरहरू थिए । उद्योगमा काम गर्ने मजदुरहरूमध्ये एउटा ठुलो भाग केटाकेटीहरूको थियो । ९–१० वर्षका केटाकेटीहरूलाई दिनको १२–१३ घण्टा काममा लगाइन्थ्यो ।
सन् १८६५ सम्ममा औद्योगिक उत्पादनमा संरा अमेरिका विश्वको चौँथो श्रेणीमा पुग्यो । १८७० तिर तेल झिक्ने उद्योगको विकास भयो । १ लाख ७० हजार मजदुरहरू त तेलको उद्योगमा काम गर्ने भए । पुँजीवादको जति जति विकास हुँदै गयो उति उति आर्थिक विषमता बढ्दै गयो । धनीहरू झन्झन् धनी हुँदै गए र गरिबहरू झन्झन् गरिब हुँदै गए । उदाहरणको निम्ति फिल्ड भन्ने एक पुँजीपतिको कुरा लिऊँ । त्यस पुँजीपतिको कारखानामा काम गरेको ११ भागमध्ये दुई भागमात्रै त्यसका मजदुरहरूले पाउँथे । अरू सबै पुँजीपतिको पेटमा जान्थ्यो । मजदुरहरूले जति जति काम गर्दै जान्थे उति उति पैसा पुँजीपतिको पेटमा पुग्थ्यो । काम गर्ने मजदुरहरूले एक छाक पनि राम्रो खाना खान पाउँदैनथे । तर, तिनीहरूकै कमाइबाट त्यस कारखानाका मालिकलाई दिनको ९ हजार रूपैयाँ माथिल्लो स्तरको खाना खान पुग्थ्यो । एक मजदुरले दिनको २ डलर ज्याला पाउँथ्यो भने एक मालिकको आम्दानी घण्टाको ५०० देखि ७०० डलरसम्म पुग्थ्यो ।
त्यस पुँजीपतिको ज्यासलमा एक दिनमा लोग्नेमानिस, स्वास्नीमानिस र केटाकेटीहरू गरेर जम्मा १० हजार मजदुरहरू काम गर्थे । सयकडा ९५ मजदुरहरूले हप्तामा १२ डलर अथवा त्योभन्दा कम पाउँथे । दिनभरि झुकेर सिलाइको काम गर्ने आइमाईहरूले हप्ताको ६ डलर ७५ सेन्ट पाउँथे । त्यसको अर्थ मजदुरहरूले आधा पेटमात्रै खाएर काम गर्नुपर्दथ्यो । दिनभरि काम गरिसकेपछि तिनीहरू आफ्नो छाप्रो डेरामा फर्कन्थे । भोलि फेरि काम गर्न जानैपथ्र्यो । सबभन्दा सस्तो वस्तु सुख्खा रोटी थियो । घ्यू भनेको त सा¥है माथिल्लो खाना थियो । बिहानको खाजा भनेको त कफी र सुख्खा रोटी थियो । दिउँसोको मुख्य खाना एक टुक्रो प्याजसँग रोटी खाइन्थ्यो । सँगै माछाको एक टुक्रो अथवा नरम दूध रोटी हुन्थ्यो अथवा सखर वा कुनै गुलियो वस्तुसँग रोटी निल्नु पर्दथ्यो । राति एक टुक्रो सुँगुर या गाईको मासु, गर्मीमा गन्हाएको तरकारीसँग रोटी खाइन्थ्यो । पिउने कुरामा चियामात्रै हुन्थ्यो । मजदुरहरूसँग मुस्किलले एकजोर लुगा हुन्थ्यो । डेराको बहाल कम गर्न एउटै कोठामा पनि ८–१० जवान मजदुरहरू बस्ने गर्थे ।
सन् १८७०– १८८० को बेला संरा अमेरिकाको श्रमिक आन्दोलनको इतिहासमा एक महत्वपूर्ण अवधि थियो । मजदुरहरू लामो समयको काम र कम ज्यालाको विरोधमा लड्थे । तिनीहरू आफ्नो पक्षको कानुन बनाउन लगाउन आर्थिक र राजनैतिक सङ्घर्षहरू गर्थे । रेलका बाटोहरू बनाउने र कोइला खानीमा काम गर्ने मजदुरहरूको ठुलठुला हडतालहरू भए । १८७० तिर भएका ती हडतालहरू सा¥है दरो ढङ्गका थिए र ती सङ्घर्षहरू कहिले केही सशस्त्र भिडन्तमा समेत बदलिन्थे । अमेरिकी पुँजीपतिवर्ग ती हडताल र सङ्घर्षहरूलाई सा¥है निर्दयतापूर्वक दबाउँथे ।
सन् १८७७ मा संरा अमेरिकामा पहिलोचोटि देशव्यापी रेल बाटोका मजदुरहरूको हडताल भयो । त्यस ऐतिहासिक हडताललाई दबाउन अमेरिकी पुँजीपतिवर्गले सेना र स्वयंसेवक नाउँका हुल्याहा र गुण्डाहरूलाई उपयोग ग¥यो । पुँजीपतिहरूको प्रेस र अखबारहरूले ती हडतालहरूलाई कम्युनिस्ट षड्यन्त्र भनेर घोषणा गरे र त्यसलाई दबाउन माग गरे । रेललाई रोक्न खोज्ने मजदुरहरूमाथि सेनाद्वारा गोली हान्न दिए ।
तर, सरकार र पुँजीपतिवर्गको दमनले अमेरिकी मजदुरवर्ग लत्रेनन् । अरू औद्योगिक मजदुर र किसानहरूले त्यस रेलवे मजदुरहरूको हडताललाई समर्थन गरे । पिटसवर्ग, बाल्टिमोर, शिकागो र अरू मुख्य–मुख्य सहरहरूमा हडताली मजदुरहरू र सिपाहीहरूको बिचमा चर्काचर्की र भिडन्तहरू भए । ती भिडन्तहरूमा कमभन्दा कम तीन सय मजदुरहरू मारिए । पिटसवर्गको सेनाको गोलीबाट मारिएका मजदुरहरूको लास जहाँतहाँ छरिएको थियो । ती मजदुरहरू वास्तवमा आफ्नो न्यायोचित मागका निम्ति लडेका थिए । तर, पुँजीपतिवर्गले मजदुरवर्गको त्यस न्यायोचित मागलाई अपराध सम्झे र गोली चलाएर हत्याकाण्डहरू मच्चाए । त्यस हत्याकाण्डबाट सारा अमेरिकी मजदुरहरूमा ठुलो आक्रोसको लहर फैलेको थियो । एक पुँजीवादी अखबारअनुसार हत्याकाण्डमा परेका मजदुरहरूका आइमाईहरू रोइरहेका थिए र तिनीहरू आफूलाई विधवा बनाउनेहरूलाई सरापिरहेका थिए । यसको अर्थ हो – मजदुरहरूका स्वास्नीमानिसहरू र महिला मजदुरहरूसमेत पुँजीपतिवर्गको अन्याय अत्याचारको विरोधमा सङ्घर्ष गर्दै थिए ।
पुँजीपतिवर्गको निर्दयी दमनबाट संरा अमेरिकाको मजदुर हडतालले हा¥यो । तर, १८८० तिरको ती हडतालहरूले संरा अमेरिकाको सम्पूर्ण मजदुरवर्गलाई ब्युँझाइदिए । देशभर ८ घण्टाको आन्दोलन सुरु भयो । हडताल र आन्दोलनहरूलाई दबाउन सरकारले आफ्नो सेना र पुलिसलाई प्रयोग गरेर निर्दयताको एक अर्को उदाहरण प्रस्तुत ग¥यो । त्यस दमनले अमेरिकाको दक्षिणी मुख्य राज्य टेक्सासदेखि मध्य अमेरिकाको सेन्ट लुई राज्यसम्म मजदुरहरूको रगत बग्यो ।
तर, बलिदान खेर गएन । १८८६ मा संरा अमेरिकामा फेरि मजदुर आन्दोलन भयो । ८ घण्टाको कामको दिन, ज्याला बढाउने र अरू मागहरूको निम्ति संरा अमेरिकाका मजदुरहरू जुरमुरिएर उठे । त्यो आन्दोलनलाई पनि पुँजीपतिवर्गले रगतमा डुबाइदियो । त्यस आन्दोलनलाई आज १ मईको आन्दोलनको नामले सबै जान्दछन् । १ मई १८८६ को त्यो आन्दोलन आज मजदुर दिवसको रूपमा सारा संसारमा मनाइन्छ । आज संसारमा धेरै देशका मजदुरहरूले ८ घण्टाको कामको दिन पाएका छन् ।
१ मईको आन्दोलन
पुँजीपतिवर्गले मजदुरवर्गलाई जति जति दबाउँदै जान्थ्यो, उति उति तिनीहरू पहिलेभन्दा सङ्गिठत र सचेत हुँदै जान्थे । समाजवादी विचारधारा फैलिँदै गयो । एङ्गेल्स फ्रेडरिक एडोलफ सोर्गेमार्फत अमेरिकाको मजदुर आन्दोलनबारे जानकारी राख्नुहुन्थ्यो ।
सन् १८८४ को गर्मी महिनामा फ्लोरेन्स केली विस्चेवेत्की भन्ने २५ वर्षकी एक अमेरिकी केटी जुरिच विश्वविद्यालयमा अध्ययन गर्दै थिइन् । तिनले समाजवादी विचारधारालाई स्वीकार गरिन् । तिनले एङ्गेल्ससँग उहाँको ‘बेलायतमा मजदुरवर्गको अवस्था’ भन्ने किताब अमेरिकामा प्रकाशित गर्न अनुमति मागिन् । एङ्गेल्सले त्यस अनुवादलाई सम्पादन गर्ने वचन दिनुभयो । घर फर्कँदा १८८६ को शरद्मा तिनले लण्डनमा एङ्गेल्स भेटिन् । तिनले पनि एङ्गेल्ससँग अमेरिकी मजदुर आन्दोलन र समाजवादी सङ्गठनबारे चिठ्ठी–पत्र गर्थिन् । ४० वर्ष पुरानो आफ्नो किताब अमेरिकामा छाप्ने कुरोले एङ्गेल्स खुसी हुनुभयो । त्यसबेला अमेरिकाको उद्योगको अवस्था १८४४ तिरकै बेलायतको अवस्थासँग मिल्दोजुल्दो थियो । मजदुरवर्गको अवस्थामा सुधार ल्याउने, कामको दिनलाई छोट्याउने, स्वास्नीमान्छे र केटाकेटीको श्रमको शोषणको विरोध गर्नेजस्ता विषयमा कुरा मिल्दथ्यो । १८८६ को सुरुमा त्यस अनुवादलाई ६ हप्ता लगाएर एङ्गेल्सले सम्पादन गर्दै हुनुहुन्थ्यो ।
त्यसैबेला अमेरिकामा मजदुर आन्दोलन फेरि चर्किँदै थियो । १८८६ को सुरुमै ठुलठुला औद्योगिक केन्द्रहरूमा ८ घण्टाको कामको दिन प्रचार आन्दोलन अगाडि बढ्न थाल्यो । त्यस आन्दोलनमा ३ लाख ५० हजारभन्दा बढी मजदुरहरू सम्मिलित थिए । आन्दोलनले बडो राम्रोसँग सफलता हासिल गर्दै थियो । २९ अप्रिल १८८६ मा एङ्गेल्सलाई एक पत्र प्राप्त भयो । त्यसमा लेखिएको थियो– पहिलोचोटि त्यहाँ अङ्ग्रेजी बोल्ने मजदुरहरूमा साँचो व्यापक आन्दोलन भएको छ ।…… अहिले पनि तिनीहरू अँध्यारोमा छामछाम छुमछुम गर्दै छन्, अस्पष्ट र अचेत छन् जसलाई हटाउन सकेनन् । तर, यो ठीक हुनेछ, आन्दोलनले आफ्नो गल्तीहरूबाट सिक्नुपर्छ र सिक्दै विकास गर्नेछन् ।
१ मई १८८६ को दिन संरा अमेरिकामा मजदुरवर्गले देशव्यापी हडताल गर्ने तयारी गर्दै थियो । त्यसबेला पुँजीपतिवर्गले मजदुरहरूलाई १४–१५ र १८ घण्टासम्म काम गराउँथ्यो । यसकारण, मजदुरहरूको मुख्य माग थियो, ज्याला बढाउने र ८ घण्टाको कामको दिन । १ मईको दिन देशभर सबै कलकारखाना र यातायात बन्द गर्ने तयारी थियो । तर, पुँजीपतिवर्ग र तिनीहरूको भतुवा प्रेस र खबरकागतहरूले त्यस देशव्यापी हडताललाई ‘कम्युनिस्ट विद्रोह’ भनेर होहल्ला मच्चाए† हडतालीहरूमाथि बम हान्नुपर्छ र दबाउनुपर्छ भनेर तर्साउने र भड्काउने कामहरू गरे । हडतालमा भाग लिने मजदुर र मजदुर नेताहरूलाई हत्या गर्ने धम्कीसमेत दिए । तर, अमेरिकी मजदुरवर्ग धम्की र भड्काउने कुराको अगाडि झुक्न मानेनन् र १ मईको दिन देशव्यापी हडतालको निर्णयमा अडिरहे ।
संरा अमेरिकाको उत्तरमा शिकागो भन्ने एउटा सहर छ । त्यो सहर इरी दहको नजिकै या किनारामा छ । त्यहाँ मासु र खेतीका मालसामान उत्पादन गर्ने उद्योगहरू धेरै थिए । स्थानीय कल–कारखानाका मालिक पुँजीपतिहरू र तिनीहरूकै पैसामा पालिएका प्रतिक्रियावादी अखबारहरू एक भए । हुन त पुँजीवादी देशका ठुलठुला अखबारहरू धेरैजसो पुँजीपतिवर्गकै हुन्छन् । पुँजीवादी विचारधारा प्रचार गर्न, आफ्नो सामानको विज्ञापन दिन र लोकमत आफ्नो पक्षमा लिन र नाफा खान अखबार चलाउन दिएको हुन्छ । ती पुँजीपतिवर्ग र प्रतिक्रियावादी अखबारहरू मिलेर हडताललाई निर्दयतापूर्वक दबाउने निधो गरे र सोअनुसार तयारी गरे । बाहिरबाट थुप्रै सिपाही, पुलिस, डाकु, गुण्डा र जासुसहरू ल्याएर शिकागो सहर भरिदिए । पुँजीवादी अखबारहरूले लेख्न थाले ‘सडकको हरेक बत्तीको खम्बालाई एक कम्युनिस्टको लासले सिँगार्नुपर्छ ।’ प्रतिक्रियावादी अखबारहरूले माग गरे– ‘हुलदङ्गालाई गोली र तिनीहरूका नेतालाई डोरी ।’ शिकागोका मजदुरवर्ग पुँजीपतिवर्गको त्यो धम्कीबाट पछि हट्ने कुरै थिएन । आफूलाई पशुसरह व्यवहार गर्ने शोषण र अन्याय अत्याचार गर्ने वर्ग शत्रुलाई मजदुरहरू सा¥है घृणा गर्थे । वर्ग शत्रुको विरोधमा लड्न तिनीहरूको रगत उम्लिरहेको थियो ।
पहिलो मई १८८६ को दिन थियो । देशभर हडताल सुरु भयो । ८ घण्टाको कामको दिन सारा मजदुरवर्गको माग थियो । हजारौँ हजार मजदुरहरू हडतालमा भाग लिँदै थिए । शिकागो सहरका मजदुरवर्ग वर्गसङ्घर्षको मोहडामा थियो । ४० हजार मजदुरहरूले हडतालमा भाग लिए । शिकागोको वातावरण डरलाग्दो थियो । मजदुर वर्गमा क्रान्तिकारी जोश भरिएको थियो । पुँजीपतिवर्ग र त्यसका सिपाही, पुलिस, डाँकु, गुण्डा र जासुस पिछलग्गूहरू हिंस्रक पशुहरूजस्तै निहुँ खोज्दै थिए । हडताल दोस्रो दिन पनि चल्यो । हडताली मजदुरहरूको सङ्ख्या बढ्दै गयो । एक दुई दिनभित्रै हडताली मजदुरहरूको सङ्ख्या ८० हजार पुग्यो । पहिलो र दोस्रो मईको हडताल शान्तिपूर्ण ढङ्गले टुङ्गियो ।
३ मईको दिन पूर्ण हडताल चालु रह्यो । हरेक मजदुरको मुखमा ‘८ घण्टाको कामको दिन’ थियो । पुलिसले निःशस्त्र हडताली मजदुरहरूमाथि गोली चलायो । यो पुँजीपतिवर्गको पहिलेदेखिको कालो योजना थियो । पुलिसको गोलीले ५ जना मजदुरहरू मारिए र ५० जवान मजदुरहरू गम्भीररूपले घाइते भए । त्यस घटनाले शिकागोको स्थिति झन् चर्किन गयो । मजदुरवर्गमा वर्ग शत्रुको विरोधमा बदलाको भावना जाग्नु स्वाभाविक थियो ।
४ मईको दिन मजदुरहरूले गोलीकाण्डको विरोधमा एक विरोधसभा आयोजना गरे । विरोधसभा एउटा ठुलो जनसभा थियो । सभामा पुलिसको एक ठुलो दलले पहरा दिइरहेको थियो । त्यसैबेला पुलिसकै भड्काउने दलालले पुलिस दलमाथि एक बम फ्याँकिदियो । त्यस बमले ७ जवान पुलिसहरू मारिए । प्रतिक्रियावादीवर्ग निहुँ खोज्दै थियो । निहुँ पाइहाल्यो । निहुँ पाउनासाथै पुलिसले मजदुर र जनताका सभामाथि दनादन गोली हान्न थाल्यो । त्यस गोलीकाण्डमा धेरै मजदुरहरू मारिए र अनगिन्ती मानिसहरू घाइते भए । प्रशासकहरूले हडताल र मजदुर आन्दोलनका नेताहरूलाई पक्राउ गरे । पुलिसमाथि बम फ्याँक्ने पुँजीपतिवर्गकै दलाल थियो । त्यो पुँजीपतिवर्ग र सरकारले नै गर्न दिएको थियो । त्यो मजदुर आन्दोलन दबाउने एक निहुँ थापेको मात्र थियो ।
सरकारले त्यस बम काण्डको आरोप मजदुर नेताहरूलाई दियो र तिनीहरूको विरोधमा मुद्दा चलायो । त्यो सरकारको आफ्नो अपराध लुकाउने एक छलमात्रै थियो । सरजमिन भयो । जासुस र भड्काउने काम गर्न पालेका भतुवाहरू सर्जमिनमा सरकारी साक्षी थिए । ती साक्षी सबै पैसाको भरमा झूटा बयान दिन्थे । त्यो त सरकारले आफ्नो पक्ष बलियो पार्न र मजदुर आन्दोलन दबाउन अदालती अङ्ग मात्रै पूरा गरेको थियो ।
मजदुर नेताहरू अदालतमा उभ्याइए । आफ्नो बयानमा एक अभियुक्त मजदुर नेताले भने, ‘तिमीहरू मलाई फाँसी दिएर दुःखकष्टमा बाँचिरहेका लाखौँ–करोडौँ थिचिएका कामदार जनताको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र यही तिमीहरूको धारणा छ भने हामीलाई झुन्ड्याऊ तर तिमीहरूले थाहा पाउनुपर्छ कि तिमीहरूले एक टुक्रो फिलिँगोलाई मात्र कुल्चँदै छौ, जसको ज्वाला तिम्रो पछाडि जहाँतहाँ दनदन दन्किरहेछ । त्यो ज्वाला जनताको बिचबाट दन्किरहेको छ र त्यसलाई निभाउने तिमीहरूको तागत छैन ।…’
पुँजीवादी न्यायालयले हडताली मजदुर नेताहरूमध्ये ४ जवानलाई फाँसी दिने फैसला ग¥यो । वास्तवमा त्यो फैसलाले न्यायको हाँसो उडाएको थियो । न्यायको सबभन्दा तल्लो सिद्धान्तकै हत्या थियो । जनताको शत्रु पुँजीपतिवर्गले ४ जवान हडताली मजदुर नेताहरूलाई फाँसी दिएरै छोड्यो । तर, न्यायालयमा हडताली मजदुरहरूले ठुलो वीरता देखाए । तिनीहरू पुँजीवादी व्यवस्थाको अगाडि अलिकति पनि झुकेनन् । तिनीहरू पहिलेभन्दा जिउँदो र जोशिला देखिन्थे । तिनीहरूमा पश्चाताप र दुःखको सट्टा वर्ग शत्रुप्रति घृणाको भावना भरिएको थियो । तिनीहरूको वीरताले गर्दा सारा देशका प्रगतिशील जनताको सहानुभूति हडताली मजदुरले पाए ।
४ जवान हडताली मजदुर नेताहरूलाई फाँसी दिएको समाचार बिजुलीजस्तै छिटो संसारमा फैलियो । सारा संसारका मजदुरवर्ग रिसले उठे । सारा संसारका मजदुरवर्ग पुँजीपतिवर्गसँग बदला लिन सङ्घर्षमा अगाडि बढे । १८८९ मा पेरिसमा संसारका मजदुरहरूका प्रतिनिधिहरूको एक बैठकले १ मईलाई अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने निधो ग¥यो । त्यसअनुसार १ मई १८९० मा युरोपका सबैजसो देशहरूमा ८ घण्टा कामको दिन माग लिएर प्रदर्शनहरू भए । लण्डनमा पनि मईको पहिलो आइतबारको दिन मजदुरवर्गको प्रदर्शन भएको थियो । त्यसमा एङ्गेल्सले पनि भाग लिनुभयो । प्रदर्शनलाई देखेर उहाँले भन्नुभयो, “लण्डनमा यो हाम्रो पहिलो विजय हो ।” विभिन्न देशका लाखौँ मजदुरहरूको प्रदर्शन देखेर एङ्गेल्स सा¥है खुसी हुनुभयो ।
तर, त्यस दमनले अमेरिकी सर्वहाराको सङ्घर्ष रोकिएन, न त यो आन्दोलन र बलिदान नै खेर गयो । फाँसी दिएको ७ वर्षपछि सरकार होसमा आयो र अनुभव ग¥यो, त्यो फैसलामा ‘न्यायको हत्या’ भएको छ तर समय चुकिसकेको थियो । निर्दोष मानिसहरू झुन्ड्याइ सकिएको थियो । निर्दोष मानिसहरूले सजाय पाए । अपराधीहरूले इनाम पाए । पुँजीवादी व्यवस्थाको मुख्य विशेषता नै त्यही थियो ।
तर, सङ्घर्ष र बलिदान खेर गएन । एङ्गेल्सले त्यसलाई अमेरिकी मजदुरवर्गको विकासको वास्तविक थालनी भन्नुभयो । अमेरिकी समाजवादीहरूले व्यापक मजदुरवर्गको सङ्घर्ष र इच्छामा ध्यान दिनुपर्छ र तिनीहरूको एक स्वतन्त्र राजनैतिक पार्टी हुनुपर्दछ भनेर बताउनुभयो । त्यस सङ्घर्षले ८ घण्टाको कामको दिन निश्चित भयो । मजदुरवर्गको त्यो ठुलो विजय थियो । ५० हजार मजदुरहरूले ८ घण्टाको कामको दिनको अधिकार पाए । अरू बाँकी मजदुरहरूको पनि कामका घण्टाहरू छोटिँदै गए ।
त्यसबेलादेखि १ मईलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ । त्यसदिन संसारका हरेक देश र सहरका मजदुरहरूले त्यस दिवसलाई हडताल, सभा, जुलुस र सङ्घर्ष गरेर मनाउँछन् ।
संरा अमेरिकामा मजदुर आन्दोलनका बाधाहरू
८ घण्टा कामको दिन, बढी ज्याला र अरू सुविधाहरू महजदुरहरूले पाउँदै गएका छन् । तर, संरा अमेरिकामा मजदुर आन्दोलनले चर्को रूप लिन सकेन र मजदुर क्रान्तिबाट समाजवादको स्थापना हुन सकेन । किन ? यसबारे अध्ययन गर्नु खाँचो पर्दो कुरा हो ।
संरा अमेरिकाको पुँजीको विकासमा आफ्नै विशेषता थियो । ती विशेषताहरूले मजदुर आन्दोलनमा असर पार्नु स्वाभाविक थियो । माक्र्स र एङ्गेल्सले त्यहाँको ‘बञ्जर जग्गा अथवा आवाद नगरिएका जग्गा नै मजदुर आन्दोलनको मुख्य बाधा’ देख्नुभएको थियो । बेलायतमा मजदुर आन्दोलन दबाउँदा पुँजीपतिवर्गले मजदुरहरूलाई नयाँ–नयाँ उपनिवेशहरूमा पठाइन्थ्यो । उपनिवेशका जनताको शोषणबाट आएको केही रकमले बेलायतका मजदुरहरूको ज्याला बढाइ दिन्थ्यो र माथिल्ला मजदुरलाई बढी ज्याला दिएर निस्क्रिय पार्थे । युरोपमा जग्गाको कमी थियो । तर, अमेरिकाको पश्चिमी भागमा मनग्य नजोतिएको जग्गा बाँकी नै थियो । त्यसकारण, १८९० तिर धेरै अमेरिकी सहरहरूको बढी जनसङ्ख्यालाई अमेरिकाको पश्चिमी भागतिर जग्गा आवाद गर्न पठाइयो । १९ औँ शताब्दीमा अमेरिकी मजदुरहरू पश्चिमतिर जान लागे र जग्गा पाएर तिनीहरू किसान बने । त्यसकारण, बीसौँ शताब्दीमा मात्रै संरा अमेरिकामा एक स्थायी मजदुर आन्दोलन सुरु भयो । तर, पनि मजदुर आन्दोलन बलियो हुन सकेन, किनभने मजदुरहरू पश्चिमतिर जग्गा लिन जाँदा कहिलेकाहीँ पूर्वतिर श्रमशक्तिको कमी हुन्थ्यो । श्रमशक्तिको कमीले ज्यालाको भाउ बढ्थ्यो । तर, पुँजीपतिवर्गले श्रमशक्तिको कमीलाई मेसिनले पूरा गरेर माथिल्ला मजदुरहरूको ज्यालालाई बढाइ दिए । कहिलेकाहीँ त्यो ज्याला युरोपका मजदुरहरूको भन्दा बढी हुन्थ्यो ।
मजदुर आन्दोलनको अर्को बाधा संरा अमेरिकी मजदुरवर्ग बहुजातीय हुनु हो । त्यहाँ पुस्तौँदेखि युरोपका विभिन्न देशका गोरा मजदुरहरूले बसोबास गरेका छन् । तिनीहरू विभिन्न भाषा बोल्दछन् । त्यस्तै खेती र उद्योगको विकास गर्न अफ्रिकाबाट पहिले हजारौँ अफ्रिकी वा हब्सीहरू अमेरिकामा दासको रूपमा ल्याइएका थिए । अमेरिकी हब्सीहरूलाई अफ्रो अमेरिकी पनि भन्ने गरिन्छ । तिनीहरूको पुस्ता अहिले मजदुरहरूको रूपमा कायमै छन् । त्यस्तै, चीन र अरू विभिन्न देशका मजदुरहरू पनि अमेरिकामा छन् । यसप्रकार संरा अमेरिकाको मजदुरवर्ग विभिन्न भाषा, संस्कृति र देशहरूबाट आएका हुनाले तिनीहरूको सोचाइ र रङ्गढङ्गमा पनि भिन्नता हुनु स्वाभाविक कुरा हो । अमेरिकी पुँजीपतिवर्ग त्यही विभिन्नताबाट फाइदा उठाई मजदुरवर्गमा फुट ल्याउन सफल भएको थियो ।
पुँजीपतिवर्ग एउटा जाति र भाषाका मजदुरहरूलाई अर्को जाति र भाषाका मजदुरहरूको विरोधमा झगडा लगाउँथ्यो । गोरा वा स्थानीय अमेरिकी मजदुरहरूलाई विदेशी वा ‘रङ्गीन छाला’ भएको हब्सी, चिनियाँ र अरू जाति र देशका मजदुरहरूको विरोधमा झगडा लगाउँथ्यो । गोरा मजदुरहरूलाई ‘रङ्गीन छाला’ का मजदुरहरूभन्दा माथिल्ला जातका हुन्छन् भन्ने भावना फैलाएर मजदुरवर्गमा फुट र आपसी भेदभाव बढाउँथ्यो । विदेशी वा प्रवासी मजदुरहरूको वृद्धिले संरा अमेरिकामा श्रमशक्ति बढी हुन्छ, बढी श्रमशक्ति भएपछि अमेरिकी वा गोरा मजदुरहरूको पनि ज्याला घट्छ भनेर पुँजीपतिवर्गले अमेरिकी मजदुरहरूलाई भड्काउँथ्यो । आफ्नो ज्याला घट्ला भनिने अमेरिकी मजदुरहरूको डरबाट संरा अमेरिकी पुँजीपतिवर्गले फाइदा उठाउँथ्यो ।
अर्कोतिर अमेरिकी पुँजीपतिवर्ग प्रवासी वा हब्सी मजदुरहरूलाई कम ज्याला दिएर बढी शोषण पनि गथ्र्याे, माथिल्ला मजदुरहरूलाई ज्याला बढाएर घुस दिन्थ्यो र तिनीहरूलाई अनेक सहुलियत दिएर एक प्रकारको श्रमिक राजा–रजौटा र कुलिन वर्ग तयार गथ्र्याे । त्यसप्रकार मजदुरवर्गमा अनेक जालझेल र भेदभाव ल्याएर अमेरिकी मजदुर आन्दोलनलाई असफल तुल्याइएको थियो ।
संरा अमेरिकामा सबभन्दा पहिलो माक्र्सवादी मजदुर सङ्गठनहरू बनाउनेहरूमा माक्र्सका साथी बेडेमेयर हुनुहुन्थ्यो । १८५० तिर उहाँ अमेरिकामा सङ्गठन गर्न जानुभएको थियो । बेडेमेयरले १८४८ को जर्मनीको क्रान्तिमा भाग लिनुभएको थियो । उहाँ कम्युनिस्ट लिगको सदस्य पनि हुनुहुन्थ्यो । उहाँले अमेरिकामा माकर््सवादी सङ्गठनहरू बनाउन धेरै साथीहरू बनाउनुभएको थियो । उहाँ सफल हुनु भएन । तर, पनि उहाँको मेहनत खेर गएन ।
स्रोत : ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट