हरिबहादुर श्रेष्ठ
९ मार्च, १९५३ को दिउँसोको बा¥ह बजेको थियो । रूसी क्रान्तिको धुन बजिरहेको थियो । रूसका सारा मजदुर, किसान र क्रान्तिकारी जनता आफ्नो महान् राष्ट्रपिताको शोकमा डुबेका थिए । पार्टीको केन्द्रीय समितिका साथीहरूले आफ्ना महान् गुरूको भौतिक शरीरलाई समाधि मण्डपमा सजाए र आफ्ना महान् नेतालाई अन्तिम सलामी चढाए । सोभियत कम्युनिस्ट पार्टीले आफ्नो महान् सिद्धान्तकार, रणनीतिज्ञ, माक्र्सवादका उत्तराधिकारी र लेनिनवादका एक संस्थापकको अन्तिम सलामीमा घोषणा ग¥यो, “स्तालिनको अमर नाउँ सोभियत जनता र सारा प्रगतिशील मानवजातिको हृदयमा सदा ताजा रहनेछ ।”
हङ्गेरीका जनताले आफ्नो सहयोद्धा र मुक्तिदाता स्तालिनको सम्झना सदा ताजा राख्न उहाँको २० हात अग्लो सालिक मूर्तिमान गरे । चेकोस्लोभाकियाली जनताले पनि आफ्ना महान् अन्तराष्ट्रवादी सहयोद्धा र मुक्तिदाताको ५६ हात अग्लो सालिक प्रागको लिना पहाडमा स्थापना गरेर आफ्नो सम्मान व्यक्त गरे । संसारका सबै सर्वहारावर्ग, दलितपीडित र विवेकशील जनताले शोकलाई बलमा फेरेर साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवाद, शोषण, दमन र अत्याचारको विरोधमा सङ्घर्ष गर्ने सङ्कल्प गरे । संसारका सच्चा माक्र्सवादी–लेनिनवादीहरूले स्तालिनको शिक्षाअनुसार संशोधनवादको विरोधमा सङ्घर्ष गर्ने महान् झन्डालाई अझमाथि उचाल्ने प्रतिज्ञा गरे । नेपाली जनताले पनि स्तालिनको शोक सभा र प्रदर्शन गरी आफ्ना अन्तर्राष्ट्रवादी साथी र गुरूलाई अन्तिम सलामी चढाएका थिए ।
स्तालिनको व्यक्तित्व
स्तालिनको जीवनकालमै पाब्लो नेरूदा, नाजिय हिक्मतजस्ता संसारका अनेक ठुला–ठुला कवि र गीतकारहरूले एक महान् सर्वहारा अन्तर्राष्ट्रवादी लडाकुको रूपमा स्तालिनको प्रशंसामा कविता र गीतहरू लेखेका थिए । संसारका थुप्रै लेखक र ग्रन्थकारहरूले पनि उहाँको प्रशंसामा थुप्रै लेख र किताबहरू लेखेका थिए । तर, उहाँ भने आफ्नो बढाई टक्कै गर्नु हुन्नथ्यो र लेनिनको जाज्वल्यमान प्रतिभाबारे बयान गर्नुहुन्थ्यो । एक जर्मनी लेखक इमिल लुडविगसँगको छलफलमा आफ्नोबारे स्तालिनले भन्नुभएको थियो, “म त लेनिनको शिष्यमात्रै हुँ र म उहाँको योग्य शिष्य बन्ने उद्देश्य राख्छु ।” स्तालिनको नम्रताको यो एक उज्ज्वल उदाहरण हो । उहाँ साँचो अर्थमा मजदुरवर्गको असल शिष्य र महान् गुरु हुनुहुन्थ्यो । किसानवर्गका सहयोद्धा र उद्धारक हुनुहुन्थ्यो । आत्मप्रशंसा, घमण्ड, फाइँफूर्ति, नाउँ चलाउने वा प्रकाशमा आउनेजस्ता वैगुणलाई उहाँ आगोले पोलेको जत्तिकै पन्छाइ दिनुहुन्थ्यो । हाँसो मन पर्ने र विषयवस्तुमाथि गम्भीररूपले अध्ययन गर्ने उहाँको सरल स्वभाव थियो । निःस्वार्थरूपले क्रान्तिको सेवा गर्ने उहाँ एक महान् आदर्श हुनुहुन्थ्यो । उहाँले आफ्नो जहानबच्चा, घरखेत, सम्पत्ति र स्वार्थ सबै क्रान्तिसँग गाँसी दिनुभएको थियो ।
१९०४ जून महिनामा उहाँले एकातेरिना स्भानिद्जी नाउँ गरेकी एक सरल जार्जियाली केटीसँग बिहे गर्नुभएको थियो । उहाँ त्यसबेला २५ वर्षको तरुण हुनुहुन्थ्यो । स्भानिद्जी स्तालिनलाई सा¥है माया गर्थिन् । तीन वर्षपछि अर्थात् १० अप्रिल १९०७ को दिन तिनी जाकोभ भन्ने एक छोरो छोडेर खसिन् । जाकोभ आफ्नै हजुरआमा (बज्यै) को हेरचाहमा हुक्र्यो । जाकोभ पछि सेनामा भर्ती भयो । हिटलरी जर्मनीसँगको देशभक्ति पूर्ण सङ्घर्षमा जाकोभलाई जर्मनी सेनाले बन्दी बनायो । भनिन्छ, हिटलर जाकोभलाई रुसमा बन्दी बनाइएका जर्मनी सिपाहीँहरूसँग साटफेर गर्न चाहन्थ्यो । तर, स्तालिनले आफ्नो छोरो वा व्यक्तिगत स्वार्थको निम्ति देशभक्तिपूर्ण सङ्घर्षमा आँच आउने त्यस्तो प्रस्तावलाई अस्वीकार गरिदिनुभयो ।
१९१९ मार्च महिनामा स्तालिनले नादेज्दा आलिस्युइया भन्ने एउटी केटीसँग दोस्रो विवाह गर्नुभयो । त्यसबेला उहाँ ४० वर्षको हुनुहुन्थ्यो । नादेज्दा आलिस्युइया एक भर्खरकी तरुणी थिइन् र उनी स्तालिनकै जार्जियाली साथी सेर्गो आालिस्युइयाकी छोरी थिइन् । नादेज्दा आलिस्युइयाको कोखबाट १९१९–२० तिर छोरो भासिली र १९२५ मा छोरी स्वेतलाना जन्मे । छोरो भासिली पछि एक सैनिक अफिसर बन्यो र छोरी स्वेतलाना स्तालिनको मृत्युपछि विदेश लागिन् । १९३२ मा नादेज्दा आलिस्युइया खसिन् । तर, स्तालिनले क्रान्ति र पार्टीको सट्टा आफ्ना जहान बच्चा र घरखेतलाई अँगालेर बस्नुभएन । सिद्धान्तको ठाउँमा उहाँले नातालाई कहिले महत्व दिनुभएन । यस अर्थमा उहाँ निस्वार्थी भावनाको एक उदाहरण र मूर्ति हुनुहुन्थ्यो ।
स्तालिन एक महान् लेनिनवादी हुनुहुन्थ्यो । मजदुर आन्दोलन, सैद्धान्तिक सङ्घर्ष, सशस्त्र सङ्घर्ष र समाजवादी निर्माणजस्ता सबै अग्निपरीक्षाबाट उहाँ खारिनुभएको थियो र देशभक्तिपूर्ण सङ्घर्षमा उहाँले एक समाजवादी देशलाई विजयसम्म पु¥याउनुभएको थियो । एक पछाडि परेको खेतीवाल देशलाई उहाँले अगाडि बढेको एक समाजवादी औद्योगिक देशमा फेरिदिनुभयो । बेलायतले ३ सय वर्ष लगाएर गरेको प्रगति, अमेरिकाले २ सय वर्ष लगाएर गरेको विकास र फ्रान्सले १५० वर्ष लगाएर हासिल गरेको ज्ञानलाई स्तालिनले ३०–४० वर्षभित्र गर्न सक्ने बनाइदिनुभयो । उहाँ क्रान्ति र समाजवादका शत्रुहरूलाई सा¥है घृणा गर्नुहुन्थ्यो र सैद्धान्तिक वा व्यावहारिक हरेक सङ्घर्षमा उहाँ ज्यानको वास्तै नगरी मोहडामै बसेर बढ्नुहुन्थ्यो । सिद्धान्त र उद्देश्यप्रति अटल, व्यवहारमा सा¥है परिपक्व, मजदुर, किसान र जनतासँग नङ र मासु जत्तिकै एक हुनसक्ने उहाँमा आश्चर्यजनक गुण थियो । अति उल्झिएको समस्याबारे समेत ठिक्क उपाय बताउन सक्ने, ठुलठुला आपत्तिको समयमा समेत नआत्तिई धैर्यपूर्वक काम गर्न सक्ने, जस्तोसुकै कष्ट भोग्न तयार रहने, रातदिन काम गर्न सक्ने र सङ्घर्षबाट नथाक्ने उहाँको गजबको स्वभाव थियो । सिद्धान्त, विदेश नीति, स्थानीय शासन, साहित्य, कला, सहकारी खेतीका आदर्श नियमहरू, लडाइँका सिद्धान्तहरू, ऐनकानुन, पत्रपत्रिका आदि सबै विषयमा उहाँले त्यतिकै राम्रोसँग कलम चलाउनु हुन्थ्यो । उहाँको काम गर्ने शक्ति, पार्टी र जनताप्रतिको विश्वास र भक्ति अपार थियो । जनतासँग उहाँ गुलाव जस्तै नरम हुनुहुन्थ्यो भने शत्रुसँग उहाँ बज्रभन्दा कठोर हुनुहुन्थ्यो । जिद्दी र एकोहोरोपन, घमण्ड र देखावटीपन, फलाको र उत्ताउलापनजस्ता वैगुणलाई उहाँ सा¥है घृणा गर्नुहुन्थ्यो । हावादारी कुरा गर्ने रून्चे र डरछेरुवाहरूलाई उहाँ मन पराउनु हुन्नथ्यो ।
सोभियत जनताको आँखामा स्तालिन वीरताको मूर्ति र देशभक्तिको उदाहरण हुनुहुन्थ्यो । जर्मन र जापानको आक्रमणको विरोधमा लड्दा सोभियत पैदल र जलसेना ‘स्तालिन र देशको नाममा’ लड्थे । स्तालिन रूसी सेनाको बल र साहसको प्रेरणा स्रोत हुनुहुन्थ्यो । मजदुर, किसान र बुद्धिजीवीहरू स्तालिनकै प्रेरणाबाट काम गर्थे । रूसका विभिन्न जनजातिका जनताले महान् नेता, गुरू, साथी र सेना नायकलाई सबभन्दा ठुलो प्यार र असीम भक्ति देखाउन आ–आफ्ना भाषामा स्तालिनबारे गीतहरू लेख्थे र गाउँथे । जनताको एक गीतमा भनिएको थियो, “हामी लेनिनकहाँ जस्तै स्तालिनकहाँ जान्छौँ, हामी लेनिनसँग जस्तै स्तालिनसँग कुरा ग¥छौँ । उहाँ भित्री हृदयका कुराहरू थाहा पाउनुहुन्थ्यो । उहाँले जीवनभर हाम्रो निम्ति काम गर्नुभयो ।” सोभियत केटाकेटीको निम्ति खुसीको नाम नै स्तालिन थियो । लेनिन र स्तालिन हेर्नु नै तिनीहरूको सबभन्दा ठुलो इच्छा हुन्थ्यो । यसकारण, पार्टीमा भन्ने चलन थियो, “स्तालिन आजको लेनिन हुनुहुन्छ ।” स्तालिनको नाम नै सोभियत समाजको वैचारिक र राजनैतिक एकताको प्रतीक थियो ।
रूसी सर्वहारावर्ग र संसारका सबै प्रगतिशीलवर्गले स्तालिनलाई सा¥है प्रेम र आदर गर्दै भने रूस र संसारका शोषक र प्रतिक्रियावादीहरूले स्तालिनलाई त्यत्तिकै विरोध गर्थे । वर्गसङ्घर्षको यो एक नियम हो । स्तालिन संसारमा अस्ताउनु भएपछि सोभियत कम्युनिस्ट पार्टी र सरकारमा घुसेका र लुकेका भूतप्रेत चोर–डाँकु, संशोधनवादी, विश्वासघाती र स्वार्थी तत्वहरू बाहिर निस्के । १९५६ को फेब्रुअरीमा भएको २० औँ पार्टी महाधिवेशनमा ठुलो सैद्धान्तिक सङ्घर्ष भयो । लेनिनले भन्नुभए जस्तै ‘कुन वर्गले विजय पाउने हो’ भन्ने कुरा टुङ्गिसकेको थिएन । सङ्घर्षमा शोषकवर्गका हिमायती संशोधनवादीहरूले जालझेल गरेर पार्टी र राज्यको शक्ति हत्याए । माक्र्सवादी–लेनिनवादी सिद्धान्त त्यागे र ‘व्यक्तिपूजा’ को नामले रूसी जनताका महान् नेता र विश्व सर्वहारावर्गका महान् गुरू स्तालिनलाई अपमान गरे । स्तालिनको विरोध गर्नु वास्तवमा माक्र्सवाद–लेनिनवाद, क्रान्ति र समाजवादको विरोध गर्नु थियो । संशोधनवादी धोखेबाजहरूको विरोधमा रूस र संसारका सच्चा माक्र्सवादी–लेनिनवादीहरूले स्तालिनको झन्डालाई अझ माथि उचाल्न थाले । चिनियाँ जनताको महान् नेता र सर्वहारा अन्तर्राष्ट्रवादका महान् सेनानी माओ त्सेतुङले रूसी संशोधनवादीहरूको विरोधमा माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी परम्परा र पवित्रतालाई जोगाउने महान् सङ्घर्षको झन्डालाई अझ माथि उठाउने सङ्कल्प गर्नुभयो र सङ्घर्षलाई विजयतिर लैजानुभयो ।
समाप्त