१८ पुस, कञ्चन
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लिको संयुक्त आयोजनामा शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० संचालन हुने भएको छ।
नवौं संस्करणको रुपमा संचालन हुने प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको प्रदर्शनी हुने आयोजकले जनाएको छ।
काठमाण्डौको भृकुटी मण्डपमा यही पुस २०, २१ र २२ गते हुने प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने र फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादन हरुको बारेमा जानकारी गराउने सेमत आयोजकले जनाएको छ। यसैगरी प्रदर्शनीले यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउदै बिगत ८ वर्ष देखी कोसेढुंगाको रुपमा सावित हुदै आएको अन्तराष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेखनीय प्रदर्शनी हुने आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय प्रदर्शनीे Nepal Wood International Expo तथा Nepal International Furniture & Home Décor International Expo नवौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएको मिडिया स्पेसका प्रबन्ध निर्देशक श्रीजल भट्टराइले जानकारी दिनु भएको छ। मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराइद्वारा प्रेसित बिज्ञप्तीमा प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ।
सोसाइटी अफ नेपालिज आर्कीटेक्ट, इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ प्रदर्शनीको सह आयोजक तथा सहयोगी संस्थाको रुपमा रहेका छन भने ल्यानयार्ड पार्टनरको रुपमा फर्निचर हब रहेको प्रबन्ध निर्देशक भट्टराइले बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ।
बिज्ञप्तीमा प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास राख्दै। यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ती, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको समेत सहभागिता रहने जनाइएको छ। यसैगरी प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने बिश्वास समेत बिज्ञप्तीमा गरिएको छ ।
साथै यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास गरिएको आयोजकले जनाएको छ।