हरिबहादुर श्रेष्ठ
स्तालिनको नेतृत्वमा लाल सेनाले एकपछि अर्को विजय पाउँदै गयो । लाल सेनाले उत्तरी अफ्रिका र इटालीसँगको सङ्घर्षमा मित्र शक्तिलाई मद्दत गर्यो । मित्र शक्तिले जर्मनीको लडाइँ सम्बन्धी औद्योगिक केन्द्रहरूमाथि बम वर्षा गर्यो । त्यसले जर्मनीको मुख्य मित्र इटाली सैनिक र राजनैतिकरूपले खतम भयो र १९४३ सेप्टेम्बरमा इटालीले बिनाशर्त आत्मसमर्पण ग¥यो । यसले हिटलर एक्लियो । १९४३ नोभेम्बर महिनामा इरानको राजधानी तेहरानमा स्तालिनले संरा अमेरिकाको राष्ट्रपति र बेलायतको प्रधानमन्त्री भेट्नुभयो र जर्मनीको विरोधमा संयुक्तरूपले लड्ने निर्णय गराउनुभयो । यस भेटघाटले आपसमा लडाउने शत्रुको जालझेल ध्वस्त भयो । १९४३ को डिसेम्बर महिनामा स्तालिन आफैँ ज्यासल र कारखानाहरूमा जानु भई मजदुरहरूको काम गर्ने भावनालाई उत्साहित गर्नुभयो । युद्धको बेलामै पूर्वी इलाकामा २,२५० भन्दा बढी नयाँ नयाँ कारखानाहरूको निर्माण गरियो र उत्पादन कार्य चालु राखियो । सोभियत सेनाले स्तालिनको रणनीतिअनुसार १० पटक हमला गरेर रुसको भूमिलाई मुक्त गर्यो र १९४४ मा रुमानिया, फिनल्यान्ड र बुलगेरियामा धावा बोल्यो र आत्म–समर्पण गरायो । तिनीहरूले पनि आफ्नो पहिलो मित्र जर्मनीमाथि हमला गरे । हङ्गेरी घुँडा टेक्ने अवस्थामा पुग्यो । अब जर्मनी एक्लो भयो । जुलाईमा बेलायत र मित्र सेनाले जर्मनीको कब्जामा रहेको उत्तरी फ्रान्समा धावा सुरु गर्यो, जर्मनी बिचमा पर्यो । १९४४ जुलाईसम्ममा लालसेनाले आफ्नो भूमिलाई मुक्त गर्यो । रूसी इलाकामा ८० लाख जर्मनी आक्रमक सेना मारिए, एक लाख ६० हजार तोप र ६२ हजार हवाईजहाज र ५५ हजार टैङ्क ध्वस्त भयो वा सोभियत सेनाले कब्जा गर्यो ।
१९४५ फेब्रुअरी महिनामा रूस, संरा अमेरिका र बेलायतका नेताहरूको सम्मेलन क्रिमियामा भयो । स्तालिनले त्यस सम्मेलनमा भाग लिनुभयो र पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरबाट शत्रुमाथि धावा बोल्ने टुङ्गोमा पु¥याइदिनुभयो । सम्मेलनको निर्णयअनुसार लालसेनाले जापानमाथि धावा बोल्यो, जनवरी र फेब्रुअरीमा लालसेनाले पोल्यान्ड र चेकोस्लाभाकियालाई मुक्त ग¥यो र हङ्गेरी माथि प्रहार ग¥यो । २३ फेब्रुअरी १९४५ को दिन लालसेनाको २७ औँ वर्ष दिन थियो । त्यस सुअवसरमा स्तालिनले भन्नुभयो, “जर्मनीमाथि अन्तिम विजय नजिकिँदै छ ।” लालसेनाले अष्ट्रियाको राजधानी मियना कब्जा ग¥यो† पूर्वी प्रशियासँग अलग्ग गरिदियो र जर्मनीको औद्योगिक इलाका, सिलेसिया कब्जा गर्यो । स्तालिनले आह्वान गर्नुभयो, “बलिनमा झन्डा गाड्यो ।” २ मई १९४५ को दिन लालसेनाले बर्लिन कब्जा ग¥यो र विजयको रातो झन्डा गाड्यो । ८ मई १९४५ को दिन जर्मनीको माथिल्लो कमानले विनाशर्त घुँडा टेक्यो । ९ मई १९४५ को दिनलाई सोभियत जनताको महान्् देशभक्तिपूर्ण युद्धको विजयको दिन घोषणा गरियो । त्यस ऐतिहासिक दिनमा स्तालिनले जर्मनी साम्राज्यवादमाथि रूसी जनताको विजयमा आफ्ना प्यारा देशवासीहरूलाई बधाई दिनुभयो । जर्मनीको आक्रमणले गर्दा १७ सय रुसी नगर र बस्ती ध्वस्त भयो, ७० हजार गाउँ धुलो भयो, ३२ हजार कलकारखाना नास भयो, ६५ हजार किलोमिटर रेलको बाटो बिग्रियो, १ लाखभन्दा बढी सामूहिक खेती र मेसिन, ट्रयाक्टर राख्ने गोदामहरू लुटियो । हजारौँ स्कूल, कलेज, अस्पताल माटो भयो र २ करोड ५० लाख जनता घरबारविहीन भए ।
रूस, संरा अमेरिका र बेलायतको त्रिपक्षीय सम्मेलनमा भाग लिन स्तालिन १६ जुलाईको दिन बर्लिन पुग्नुभयो । १७ जुलाईदेखि २ अगस्तसम्म भएको सम्मेलनले जर्मनी, अष्ट्रिया र पोल्यान्डबारे छलफल ग¥यो । जापानले आत्मसमर्पण गरिसकेको थिएन । उसले चीनसहित सारा पूर्वी एसियामा कब्जा जमाइराखेको थियो । चीन, कोरिया, भियतनाम, लावस, कम्बोडिया, इन्डोनेसिया, मलाया, थाइल्यान्ड, बर्मा, भारत आदि सम्पूर्ण पूर्वी एसियाली देशका जनता जापानी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै थिए । ती मुक्ति आन्दोलनले विजय पाउँदै गइरहेको थियो । त्यस क्रान्तिकारी परिरिस्थिति देखेर संरा अमेरिका तर्सन लाग्यो र युद्धलाई आफ्नो पक्षमा फेर्न उसले ६ अगस्त १९४५ को दिन जापानको हिरोसिमा र नागासाकीमा एटम बम खसालेर हजारौँ जनताको हत्या गरिदियो र लाखौँ जनतालाई घाइते तुल्यायो । संरा अमेरिकाको यो एक अपराध थियो । २ सेप्टेम्बर १९४५ मा जापानी साम्राज्यवादले आत्मसमर्पण ग¥यो ।
मुक्तिदाता र विजयी स्तालिन फेरि निर्माणमा
स्तालिनले रूसी जनताको महान्् देशभक्तिपूर्ण लडाइँको नेतृत्व गर्नुभयो र समाजवादी मातृभूमिलाई मुक्त गर्नुभयो । स्तालिनको सर्वहारा अन्तर्राष्ट्रवादी नीतिले गर्दा त्यो विजय रूसी जनतामा मात्रै सीमित भएन । अलवानिया, बल्गेरिया, पूर्वी जर्मनी, हङ्गेरी, पोल्यान्ड, चेकोस्लाभाकिया, रुमानिया र युगोस्लाभाकियाका जनताले पनि जनताको प्रजातान्त्रिक गणतन्त्रको स्थापना गर्न पाए । ती देशका मजदुर र किसानहरू मिलेर पुँजीपति र जमिनदारवर्गको शासनलाई उखेलेर फाल्न सफल भए ।
युद्धबाट ध्वस्त भएको देशलाई फेरि निर्माण गर्नु युद्धभन्दा गा¥हो काम थियो । ध्वस्त भएको खेती, उद्योग, बिजुली, यातायात, स्कूल, कलेज, अस्पताल र जनताको बस्ने घरलाई मर्मत र निर्माण गर्नुमात्रै होइन, युद्धभन्दा पहिलेको स्थितिबाट देशलाई सबै क्षेत्रमा अरू अगाडि बढाउनु पनि आवश्यक थियो । दासता र युद्धबाट भर्खर मुक्त भएका देशहरूलाई पनि सहयोग दिने अन्तर्राष्ट्रिय कर्तव्य रूससँग गाँसिएको थियो । यसकारण, पार्टीको केन्द्रीय समिति र स्तालिनले पाँचौँ पाँचवर्षिय योजना (१९४६–१९५०) को तर्जुमा गर्नुभयो । कृषि, उद्योग, बिजुली, यातायात, खानी, शिक्षा र संस्कृतिसमेतको विकासलाई छिट्याउन स्तालिनले लाखौँ नयाँ नयाँ कार्यकर्ताहरूलाई ‘क्रान्तिकारी र खप्पिस’ बनाउने तालिम दिने नीति लिनुभयो । उहाँको त्यस बुद्धिमत्तापूर्ण नीतिले गर्दा छिट्टै सबै क्षेत्रमा राम्रो प्रगति भयो । १९४६ मा सोभियत रूसले आफ्नो पहिलो एटम बम परीक्षण गर्यो र १९५३ मा हाइड्रोजन बम परीक्षण गर्न चाँजोपाँजो मिलाइयो । यसले संरा अमेरिकाको आणविक हतियारमा भएको एकलौटीको हाँकधाकलाई टुक्राइदियो । आक्रामक साम्राज्यवादीहरूलाई यो एक ठुलो जवाफ थियो । शान्तिप्रिय र न्यायप्रिय जनताको निम्ति यो ठुलो चाड भरोसा बन्यो ।
१९५० सम्ममा अथवा युद्धपछिको पहिलो पाँचवर्षीय योजनामा ६ हजारभन्दा बढी औद्योगिक संस्थानहरूलाई मर्मत र निर्माण गरियो । उत्पादन युद्धभन्दा पहिलेको दाँजोमा ७५ प्रतिशत बढ्यो । १९४० को दाँजोमा १९४८ भित्र खेतीमा दुई गुणा बढी ट्राक्टर र चौगुणाभन्दा बढी मेसिनहरू उपलब्ध गराइयो । ४–५ वटा स–साना सामूहिक खेती मिलाएर २–३ हजारभन्दा बढी हेक्टर खेत भएको ठुलठुला सामूहिक खेती सङ्गठित गरियो । २७ लाख घरविहीन जनतालाई बसोबास गर्न ४० लाखभन्दा बढी बस्ने घरकोठा बनाइयो । पशुधनमा पनि ठुलो विकास गरियो ।
सोभियत सङ्घ स्तालिनको बुद्धिमत्तापूर्ण नेतृत्वमा राजनैतिक र आर्थिकरूपले बलियो हुँदै गयो । स्तालिनको सोभियत सङ्घ साम्राज्यवादविरोधी एक ठुलो शक्तिमा फेरियो । त्यसैले साम्राज्यवादी र उपनिवेशवादी शक्तिहरूको विरोधमा मुक्ति र स्वतन्त्रताको निम्ति सङ्घर्ष गरिरहेका एसियाली जनताको निम्ति सोभियत सङ्घ मानसिक र भौतिक शक्तिको प्रेरणा स्रोत साबित भयो । चीन, भियतनाम, कोरिया, इन्डोनेसिया, बर्मा, भारत, लङ्का आदि एसियाली देशका जनताले मुक्ति र स्वतन्त्रता पाउँदै गए ।
रूस विभिन्न जाति र भाषाभाषी जनताको एक विशाल देश हो । त्यहाँ जातीय र भाषासम्बन्धी अनेक समस्या र प्रश्नहरू उठिरहनु स्वाभाविक थियो । प्रगतिशील विचार राख्नेहरूमा समेत भाषासम्बन्धी अनेक खोटा विचारहरू बाँकी नै थियो । यसकारण, स्तालिनले १९५० जुलाई महिनामा भाषासम्बन्धी प्रश्न र समस्याहरूबारे माक्र्सवादी उत्तर र समाधानहरू दिनुभयो । रूस पहिलो समाजवादी देश थियो । पुँजीवादी समाजमा कहिले देखा नपरेका र नसुल्झिएका प्रश्नहरू रूसमा देखापरे । यसकारण, १९५१ मा समाजवादी आर्थिक समस्याहरूबारे रुसमा छलफल सुरु भयो । १९५२ सेप्टेम्बर महिनामा स्तालिनले बडो प्रभावशाली ढङ्गले समाजवादी अर्थतन्त्रको नयाँ समस्याहरूको समाधान गरिदिनुभयो । यो संसारका निम्ति एक नौलो र व्यावहारिक खोजबिन थियो । उहाँले आफ्नो देश र समाजवादको अर्थ व्यवस्थाको जगलाई बलियो र विकास गर्न अर्थतन्त्रको हरेक क्षेत्रमा यान्त्रीकरण र बिजुलीकरण गर्ने नीति लागू गर्दै जानुभयो । त्यसबेला संरा अमेरिकी साम्राज्यवादको नेतृत्वमा सबै साम्राज्यवादी प्रतिक्रियावादीहरू एक भएर फेरि कोरियामा लुटपाट र डकैती गर्न थाले । कोरियालाई आधार बनाएर चीन, रूस र सम्पूर्ण एसियामा फेरि साम्राज्यवादी दासताको जाल फैलाउन १९४० देखि नै अमेरिकाले दक्षिण कोरियामा आफ्नो सेना उतारे । पूर्वी एसियामा फेरि युद्धको परिस्थिति देखापर्यो, अमेरिकाले उत्तर कोरियामाथि चौतर्फी हमला सुरु गर्यो । रासायनिक र किटाणु युद्धजस्ता अपराधहरू सुरु ग¥यो । कोरियाली जनताले बहादुरीपूर्वक अमेरिकी साम्राज्यवादी आक्रमणको विरोधमा सङ्घर्ष गरे । सर्वहारा अन्तर्राष्ट्रवादी सिद्धान्तको एक उज्ज्वल नमुनाको रूपमा चिनियाँ जनताका स्वयंसेवकहरू कोरियाली जनतासँग मिलेर अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षमा सामेल भए । १९५२ अक्टोबर महिनामा रुसी कम्युनिस्ट पार्टीको १६ औँ महाधिवेशन भयो । त्यस महाधिवेशनमा ४४ कम्युनिस्ट र मजदुर पार्टीहरूको प्रतिनिधि पाहुनाहरू उपस्थित थिए । महाधिवेशनले सम्भावित तेस्रो विश्वयुद्धको खतरा र सोभियत सहायताको महत्वबारे छलफल ग¥यो । हिन्द–चिनी जनता पनि फ्रान्सेली साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै थिए । महाधिवेशनले साम्राज्यवादविरोधी कोरियाली र भियतनामी जनताको सङ्घर्ष र शान्तिको पक्षमा आवाज उठाउने र लोकमत तयार गर्नेबारे छलफल ग¥यो । राष्ट्रिय अर्थतन्त्रको विकास र अन्तर्राष्ट्रिय परिस्थितिको हिसाबले त्यो महाधिवेशन सा¥है महत्वपूर्ण थियो ।
स्तालिनले एकपछि अर्को घरेलु र अन्तर्राष्ट्रिय नीतिहरू लागु गरी समाजवादलाई बलियो र क्रान्तिलाई अगाडि बढाउँदै जानुभयो । तर, देशी र विदेशी शोषकवर्ग अनेक षड्यन्त्रमा लागेकै थिए । स्तालिन ती षड्यन्त्रहरूको विरोधमा रूस र संसारका मजदुरवर्गलाई बाटो देखाउँदै जानुभयो । मजदुरवर्गको मुक्तिको निम्ति सङ्घर्ष गर्दा गर्दै स्तालिन ७४ वर्षको परिपक्व अवस्थामा पुग्नुभयो । शारीरिकरूपले कमजोर हुँदै भए पनि समाजवादको निर्माण र कामदार जनताको मुक्ति सङ्घर्षबारे नथाकिकन जीवनभर काम गर्दै रहनुभयो । ५ मार्च, १९५३ को दिन स्तालिन ध्यानमग्न अवस्थामै सदाको निम्ति संसारबाट अस्ताउनुभयो ।