जोन स्प्रीजलर
लेख भन्छ :
“इजरायली जनतालाई अस्तित्वको खतरा देखाएर तर्साउँदै नेतन्याहु सिंहासनमा आसन जमाउँछन् । इरानको आणविक खतरा, हमासको सुरुङको कुरा नगरी उनी सत्ता चलाउन सक्दैनन् । कहिले उनी इजइजको कुरा गर्छन् त कहिले लेबनानका हेजबुल्लाहलाई देखाएर जनता तर्साउँछन् । कहिले उनी अन्तर्राष्ट्रिय ऐक्यबद्धता आन्दोलनले गाजामाथिको नाकाबन्दी तोडिरहेको आरोप लगाउँछन् त कहिले युरोपमा यहुदीविरोधी भावना फैलिरहेको दुखेसो पोख्छन् । उनी सारा विश्व नै आफूहरूविरुद्ध छ भनी जनतालाई भ्रममा राख्न सफल देखिँदै आएका छन् ।”
यहुदीवादी इजरायली नेताहरूले इजरायलका सर्वसाधारणहरूको मनमा सामान्य प्यालेस्टिनीहरूप्रति घृणाको विषवृक्ष रोप्न धेरै मेहनेत गर्दै आएका छन् र दुर्भाग्य भन्नुपर्छ उनीहरू यस मामिलामा सफल पनि देखिन्छन् । यो काममा उनीहरूलाई हमासका नेताजस्ता कामदार वर्गविरोधी प्यालेस्टिनी नेताहरूले पनि सघाउँदै आएका छन् । सन् २०२१ को ‘¥यान्ड कर्पोरेसन’ को अध्ययनअनुसार इजरायली यहुदीहरूको आम धारणा यसप्रकार छ :
“हामीले सम्झौताका लागि सघाउ पुग्ने खालका बिन्दु इजरायली र प्यालेस्टिनी जनताको धारणा र भावनामा भेटाउन सकिन्छ कि भनेर खोज्ने प्रयास गरेका थियौँ । यस्तो साझा धारणा वा भावनाले शान्ति सम्झौतामा मलजल गर्न सघाउ पुग्छ ।” डानियल एगेलले भने । उनी प्रतिवेदनका मूल लेखक हुन् र गैरनाफामुखी संस्था ‘¥यान्ड’ का अर्थशास्त्री हुन् । उनले भने, “दुःखको कुरा, तथ्याङ्क उल्टो निस्कियो । इजरायली र प्यालेस्टिनी जनतामा परस्पर अविश्वास र गहिरो शत्रुता देखियो ।”
सामाजिक न्याय आन्दोलनले आफ्ना मागहरू पूरा गराउन सकेन । त्यो असफल सिद्ध भयो । उसले इजरायली सरकारले माग पूरा गर्न सकिन्न भनी अघि सारेको दलिललाई त्यो आन्दोलनले काट्न सकेन । इजरायल सरकारले ‘वास्तविक शत्रु’ प्यालेस्टिनीहरूबाट पश्चिम किनाराका यहुदीहरूको रक्षा गर्नका लागि सेना र अन्य अनुदानहरूमा खर्च गर्नुपरेको हुनाले सार्वजनिक खर्चमा कटौती गर्नुपरेको दलिल दिएको थियो ।
हिंस्रक तवरले प्यालेस्टिनी जातिलाई नै लघार्दा प्यालेस्टिनीहरू इजरायलसँग चिढिन्छन् र आक्रोशित हुन्छन् । यसलाई देखाएर इजरायल सरकारले प्यालेस्टिनीहरूले यहुदीहरूलाई घृणा गर्छन् भनी प्रचार गर्छ । यो प्रचारका कारण इजरायलका यहुदी सर्वसाधारण थरथर काँप्छन् र प्यालेस्टिनीहरूलाई घृणा गर्न थाल्छन् । कुनै बेला अमेरिकी शासकवर्गले दक्षिणी राज्यहरूमा बसोबास गर्ने कामदार जनताबिच ‘फुटाउ र शासन गर’ को हत्कण्डा प्रयोग गरी शोषण गथ्र्यो । कालालाई गोराविरुद्ध र गोरालाई कालाविरुद्ध उचाल्थ्यो । यसरी उसले दुवै वर्णका कामदार जनतालाई दबाउँथ्यो । यो इतिहासबारे एक समय मार्टिन लुथर किङले पनि बोलेका थिए । त्यसैले प्यालेस्टिनी जनताको हिंसात्मक जातीय सफाया सामान्य यहुदीजनको रक्षाका लागि गरिएको होइन ।
इजरायली शासकवर्गले यहुदी सर्वसाधारणको शोषण गर्छ
सन् २००३ मा एक फ्रान्सेली पत्रिकाले एउटा लेख प्रकाशित ग¥यो । शीर्षक थियो – सार्वजनिक क्षेत्रमा खर्च कटौतीको इजरायली युग । लेख भन्छ :
“तेल अभिभमा बेरोजगार र घरबारविहीनहरूको लगत्तै बस्ती छ । सन् २००२ अगस्टमा इजरायलकै धनी जिल्ला किकर मदिना
(स्टेट वा राज्य चोक) मा यसको स्थापना भएको थियो । यसलाई आन्दोलनकारीहरू किकर हालेहेम (ब्रेड वा रोटी चोक) भन्छन् । आफ्ना लालाबालासहित दर्जनौँ परिवार त्यहाँ थोत्रा बसमा वा पाल टाँगेर बस्दै आएका छन् । स्थानीय कर्मचारी तथा बासिन्दाहरूले धेरैचोटि तिनीहरूलाई त्यहाँबाट धपाउने प्रयास गरे । तर काम लागेन ।”
“यहाँ संयोगले आएका होइनौँ,” ३८ वर्षीय इजरायल त्वितोले भने । उनी तीन छोरीहरूका बाबु हुन् । उनले भने, “हाम्रा छाप्राहरू र छिमेकीहरूका विलासी महलहरूले इजरायलका धनी र गरिबबिच डरलाग्दो खाडल छ भन्ने देखाउँछ ।”
सन् २००३ मा एक यहुदी पत्रिका ‘शमा’ ले एउटा लेख छाप्यो । शीर्षक थियो – इजरायलमा गरिबी र भोक । लेख भन्छ ः
“बहुसङ्ख्यक जनताले सरकारी र देशका अन्य स्रोतसाधनलाई हरियो रेखा नाघेर बस्ती बसाल्नमा लगाउनु भन्दा सबैको उपकारमा प्रयोग गर्नुपर्छ भनी माग गर्दै छन् ।”
अर्को अखबार ‘द फरवर्ड’ ले सन् २००६ मा लेख्यो :
“इजरायलका अवकास प्राप्त धेरै कर्मचारीहरू पछिल्लोपल्ट आर्थिक असुरक्षाको स्थितिमा धकेलिँदै छन् । नयाँ आर्थिक सुधारहरूका कारण वृद्धवृद्धाको सेवा गर्ने पुरानो प्रणाली भताभूङ्ग हुँदै छ । पेन्सन रोक्का गरिएको छ । सामाजिक सुरक्षा भत्तालाई इजरायलमा राष्ट्रिय बीमा भनिन्छ । त्यो भत्ता लगातार घटाइँदै छ । एक दशकमै त्यसमा ३५ प्रतिशत कटौती भइसकेको छ । स्वास्थ्य सेवा र औषधिमा सहुलियत काटिएको छ । त्यस्तै वृद्धाश्रम कोष र स्याहारको सहुलियत पनि घटाइएको छ ।”
सन् २००६ अप्रिलको निर्वाचनमा ‘अवकास प्राप्तहरूको दल’ को सदस्य सङ्ख्या ह्वात्तै बढेको ‘द फरवर्ड’ पत्रिकाले यसरी लेख्यो :
“त्यसपछि चरम गरिबीको कुरा आउँछ । अधिकांश इजरायलीहरू एक यस्तो बिन्दुमा पुगेका छन्, जहाँ देशको भन्दा आफ्नै सुरक्षा दाउमा लागेको छ ।”
सन् २०१५ जून महिनामा रुसी मिडियाले एउटा लेख छाप्यो । शीर्षक थियो – गरिबीतिर धकेलिँदै इजरायल : अध्ययनले भन्यो विकसित विश्वमा सबैभन्दा बढी आर्थिक असमानता भएको देश । लेख भन्छ :
“आर्थिक समानताको कुरा गर्दा सबैभन्दा दरिद्र देश हो इजरायल । गरिबीले चरम रूप लिएको छ र गरिब जनता झन्झन् गरिब हुँदै छन् । सामाजिक सेवाबाट सरकारी खर्च कटौती गर्नाले यस्तो स्थिति आएको अध्ययनले बताउँछ ।”
२०१७ मे महिनामा अर्को एक लेखमा लेखियो – इजरायली अर्थतन्त्र विपत्तितर्फ धकेलिएको विज्ञको चेतावनी । लेख भन्छ :
“इजरायली संस्था ‘सामाजिक नीति अध्ययनको लागि तौब केन्द्र’ ले प्रकाशित गरेको प्रतिवेदनअनुसार ‘ओइसीडी’ देशहरूमध्ये इजरायल सबैभन्दा बढी गरिबी दर भएको देश हो ।
(आर्थिक सहकार्य तथा विकास सङ्गठनलाई छोटोमा ‘ओइसीडी’ भनिन्छ ।) बढ्दो जनसङ्ख्या भएको देशका हिसाबले इजरायलका लागि यो स्थिति ‘चिन्ताजनक’ मान्नुपर्छ । ‘ओइसीडी’ का ३४ देशमध्ये कुल गार्हस्थ उत्पादनका हिसाबले इजरायल २२ औँ स्थानमा छ । विकसित देशमध्ये इजरायल गरिबीको रेखामुनि सबैभन्दा बढी जनता रहेको देश हो ।”
२०२१ डिसेम्बर ९ मा एक अखबारले इजरायलसम्बन्धी आर्थिक प्रतिवेदन छाप्यो । शीर्षक थियो – विश्व असमानता प्रतिवेदन : इजरायल सबैभन्दा असमान देशहरूमध्ये एक ।
प्रतिवेदनमा इजरायलबारे यस्तो उपशीर्षक थियो – ‘उच्च आय भएको देशमा उच्च आर्थिक असमानता’ । लेखिएको थियो – “इजरायल धनी देश हो । औसत आयको हिसाबले एकजना इजरायलीसँग ४३,१०० युरो छ । यो युरोपेली देशहरूको भन्दा पनि बढी आय हो । जस्तो एक फ्रान्सेली नागरिकको क्रयशक्ति ३६,३०० युरो छ भने एक बेलायती नागरिकको क्रयशक्ति ३२,७०० युरो छ । अमेरिकीको भने ५४,३०० युरो छ । तर, आर्थिक दृष्टिले इजरायल संसारकै सबैभन्दा असमान देशमध्ये एक हो । इजरायलको दरिद्रतम ५० प्रतिशत जनताको औसत क्रयशक्ति ११,२०० युरो छ जब कि शीर्षस्थ १० प्रतिशत जनताले तिनीहरूभन्दा १९ गुणा बढी (२११,९०० युरो) कमाउँछन् । यसर्थ, असमानताको तह संरा अमेरिकामा जत्तिकै छ । दरिद्रतम ५० प्रतिशत जनताको हातमा देशको कुल आयको १३ प्रतिशत मात्र छ भने शीर्षस्थ १० प्रतिशतको हातमा देशको ४९ प्रतिशत सम्पत्ति छ ।”
यसका ऐतिहासिक जरा खोतल्दै प्रतिवेदन बोल्छ – गत ३० वर्षभरि नै इजरायली जनताको आयमा उच्च असमानता छ ।
२०२३ जनवरी १९ मा ‘जेरुसेलम पोस्ट’ ले लेख्यो :
“धनी–गरिबबिचको खाडल गहिरिँदै जाँदा थप इजरायलीहरू गरिब बन्दै छन् । ८७ वर्षको उमेरमा हाइम मार्गोलिस साँझपख खाली हात घर फर्किन्छन् र हातजस्तै घरको रेफ्रिजरेटर पनि खाली छ ।”
इजरायलमा गरिबीको हद
मार्गोलिस एक्ला छैनन् । इजरायल लगातार गरिबीको गल्छीमा खस्दै छ । सन् २०२१ मा इजरायली अर्थतन्त्र उकासिएको थियो । तर, धनी–गरिबबिचको खाडल पनि उत्तिकै बढ्यो । झन् बढी मानिसहरू गरिबीको चक्रमा फसे । मानिसहरू त्यो चक्र तोड्ने सङ्घर्षमा देखिन्छन् ।
इजरायली राष्ट्रिय बीमा संस्थानको सन् २०२१ को प्रतिवेदनमा देशको गरिबी र सामाजिक दूरीबारे स्पष्ट उल्लेख छ । सो प्रतिवेदनअनुसार झण्डै २० लाख इजरायलीहरू गरिबीमा छन् । त्यो भनेको कुल जनसङ्ख्याको २० प्रतिशत हुन आउँछ । ‘ओइसीडी’ ले इजरायललाई सबैभन्दा बढी आर्थिक असमानता भएको देशमा राखेको छ । मजदुरी गर्ने जनताको दरमा पनि इजरायल सबैभन्दा अगाडि छ ।
गिनी इन्डेक्सले पनि अन्य विकसित देशको दाँजोमा इजरायललाई पछाडि पार्छ । इजरायलका गरिबीका थुप्रै कारण छन् । पुरातनपन्थी यहुदी र अरब अल्पसङ्ख्यकका ठूला परिवार हुनु, कम पैसा कमाउनु र शिक्षामा कम पहुँच हुनु यसका केही कारण हुन् । उच्च आम्दानी हुने रोजगारी इजरायलको राजधानीमा मात्र छन् । तर, त्यहाँ बाँच्नलाई नै मुस्किल हुने महँगी छ । सार्वजनिक यातायात सुधार गर्नुपर्ने स्थितिमा छ । त्यतिञ्जेल निजी कार भएका मानिसहरूले मात्र उच्च आम्दानी हुने रोजगारी गर्ने निश्चित छ । सार्वजनिक क्षेत्रमा तलब न्यून छ । जब कि देशका धेरै मानिसहरू सार्वजनिक क्षेत्रमै छन् र वर्षौँदेखि तिनको तनखा बढाइएको छैन ।
इजरायलमा गरिबीको निम्नतम मापदण्ड
सन् २०१४ मा इजरायलको राष्ट्रिय मजदुर युनियन हिस्ताद्रुतले आम हडताल गर्ने धम्की दिएर न्यूनतम ज्याला बढाएको थियो । धम्की दिएकै भरमा न्यूनतम ज्याला ८.७७ डलरसम्म पु¥याइएको थियो । बाँच्न नै हम्मेहम्मे हुने इजरायली महँगी हेर्दा यो रकम अत्यन्त थोरै हो । अमेरिकामा भन्दा इजरायलमा महँगी दर अचाक्ली छ । उदाहरणको लागि अमेरिकामा एक ग्यालन दूधलाई ३.२४ डलर पर्छ भने इजरायलमा त्यति नै दूधलाई ६.८५ डलर तिर्नुपर्छ ।
वास्तवमा स्थिति त्यो भन्दा पनि कहालिलाग्दो छ किनभने ११ प्रतिशत इजरायली कामदारहरूले न्यूनतम ज्यालाभन्दा पनि थोरै कमाउँछन् ।
सन् २०१७ मा ३३.६ प्रतिशत इजरायली कामदारहरूले न्यूनतम ज्यालाभन्दा कम कमाउँथे । सन् २०१५ मा त्यो दर घटेर ३०.८ प्रतिशत भयो । यसबाट थाहा हुन्छ, इजरायलमा धेरैजसो न्यून आयका काममात्र छन् । इजरायली मध्यमवर्ग झन्झन् खुम्चिँदो छ । ‘ओइसीडी’ देशहरूमध्ये इस्टोनिया र लिथुआनियामा भन्दा पनि सानो मध्यम वर्ग छ इजरायलमा । जम्मा ५४ प्रतिशत घरधुरीलाई मध्यम वर्गमा गनिन्छ । तर, माथि उल्लेख भएझैँ सन् २०११ मा सम्पन्न इजरायल सरकारविरोधी विशाल जनप्रदर्शनहरूमा यही मध्यम वर्ग आर्थिक शोषणविरुद्ध सडकमा उत्रेको थियो ।
इजरायली कामदारहरू प्रायः हडताल गर्ने मनस्थितिमा हुन्छन् :
सन् २०१५ को हडतालमा इजरायली रसायन मजदुरहरूको विजय भयो ।
सन् २०१६ मा तेलअभिभमा हडताल भयो र त्यसले गर्दा वैदेशिक आवागमनमा ढिलाइ भयो ।
सन् २०१७ मा तेभा फार्ममा रोजगारी कटौती हुँदा हडताल भयो र इजरायल नै ठप्प भयो ।
सन् २०१८ मा आम हडतालको लागि सारा इजरायल एकजुट भयो ।
इजरायली गरिबीबारे पछिल्ला केही समाचार शीर्षकहरू :
१) इजरायलको सबैभन्दा ठूलो श्राप : गरिबी
२) जीवनस्तर खस्किँदै जाँदा इजरायली गरिबी दर बढेको अध्ययनको ठहर
३) गरिबीका कारण इजरायली मध्यमवर्ग भासिँदै
४) इजरायलमा गरिबी
५) सरकार भन्छ – १८ लाख इजरायलीहरू गरिबीमा बाँच्दै, जसमध्ये आधा बालबालिका
६) झण्डै २ लाख इजरायली गरिबी रेखामुनि – प्रतिवेदनको ठहर
७) २०१९ फेब्रुअरी ११ : इजरायली पहेँलो गञ्जीधारी आन्दोलनकारीहरूले संसद् भवन घेराउ गरे । उनीहरूले भने, “विद्युत् महशुल अकासिँदै जाने हो भने इजरायले कहिल्यै नदेखेको विरोधमा उत्रिनेछौँ ।”
८) २०१८ जून २७ : गरिबी र महँगीसँग जुध्दै इजरायली सर्वसाधारण । फ्रान्सबाट फर्केको एक वर्षपछि उनले भनिन्, “फ्रान्सबाट जोगाएर ल्याएको धन यहाँ आएर रित्तिसकेको छ । घरको छानो चुहिनेछ तर घरभाडा पेरिसको भन्दा तीन गुणा बढी छ ।”
१०) तेल अभिभ : विश्वकै सर्वाधिक महँगो सहरमा गरिबी र बेदखली । जिभात अमल टोलका धेरै मानिसलाई घरधनीले घरबाट निकाला गरेका छन् ।
हिटलरी यातनागृहबाट बाँचेका मानिसहरू पनि जोगिएनन् !
१) हिटलरी अत्याचार झेलेका हजारौँ इजरायलीहरू गरिबीमा छन् र पहिचानपत्रका लागि सङ्घर्ष गर्दै छन् । दोस्रो विश्वयुद्ध भएको ७० वर्षपछि पनि २० हजार वृद्धवृद्धाहरू इजरायल सरकारबाट केही पनि पाउँदैनन् । पाउनेहरूले नाममात्रको सहयोग पाउँछन् । होलोकस्ट अत्याचार बेहोरेका ४५ हजार इजरायलीहरू गरिबीको रेखामुनि छन् ।
२) होलोकस्ट अत्याचार भोगेका इजरायलीहरूमध्ये एकचौथाइ गरिबीमा पिल्सिँदै छन् ।
३. होलोकस्टबाट बाँचेका इजरायलीहरूलाई गुजारा चलाउन पनि धौधौ छ । रोस डायन नाजी यातनागृहको त्रासदी भोगेकी व्यक्ति हुन् । अहिले उनी खाना र नानाका लागि पनि पैसा नभएको गुनासो गर्छिन् ।
४) होलोकस्टमा बाँचेकाहरू सरकारी योजनाको विरोधमा अगस्ट ५ मा जेरुसलममा आए । उनीहरू केही दर्जनको सङ्ख्यामा थिए । उनीहरूलाई तिनका युवा आफन्तको समर्थन थियो । उनीहरू विरोधमा जुलुस गर्दै प्रधानमन्त्रीको कार्यालयसामु गए । सरकारी भत्ता अत्यन्त न्यून भएको र त्यसले जीवत–दुवैको अवहेलना गरेको बताए । प्लेकार्डमा लेखिएको थियो – हामीलाई इज्जतिलो जीवन देऊ । त्यसबेला प्रधानमन्त्री यहुद ओल्मर्ट थिए । उनले अर्को वर्ष २० डलर भत्ता दिने निर्णयमा सुधार गरेर एक महिनाभित्रै उपलब्ध गराउने वक्तव्य जारी गरे । केही प्रदर्शनकारीले डेभिडको पहेँलो तारा पहिरेका थिए । नाजीहरूले कुनै बेला यहुदीहरूलाई यही तारा लगाउन बाध्य पारेका थिए । तर, धेरैजसो प्रदर्शनकारीहरूले कालो टिसर्ट लगाएका थिए र त्यसमा पहेँलो रङमा लेखिएको थियो – होलोकस्ट अझै पनि चलिरहेको छ, त्यसमा बाँचिरहेकाहरूविरुद्ध ।
यहुदी र गैरयहुदीहरूबिच असमान ज्याला
इजरायलमा यहुदी र गैरयहुदीहरूको ज्यालामा विभेद छ । यसबारे धेरै प्राज्ञिक जर्नलहरूमा पनि लेखहरू लेखिएका छन् । इजरायलमा २५ प्रतिशत जनता गैरयहुदी छन् । तिनीहरू यहुदीहरूको तुलनामा प्रायः गरिब छन् । यसबाट के अर्थ लगाउने ? के यसले हिटलरी अत्याचारबाट बाँचेकाहरूको स्थिति सुधारियो त ? सुधारिएन । सुधारिएको हुन्थ्यो भने उनीहरूले सन् २००७ मा इजरायली सरकारविरुद्ध किन प्रदर्शन गर्थे ?
यहुदीवादी नेताहरूले यहुदी सर्वसाधारणलाई विश्वासघात
यहुदीवादी नेताहरूले होलोकस्टकै समयदेखि सामान्य यहुदीहरूलाई प्रयोग गर्दै आएका छन् । उनीहरूबाट यहुदीवादी नेताहरूले फाइदा लिएको लियै छन् । तिनैलाई देखाएर उनीहरूले आफ्नो राज्यमाथि कसिलो नियन्त्रण जमाएका छन् । त्यो राज्य सामान्य यहुदीहरूको होइन र तिनको सेवामा पनि छैन ।
“जर्मनीका सबै (यहुदी) बालबालिकालाई बेलायतमा ल्याएर र तीमध्ये आधालाई इजरायलमा लगेर बचाउन सकिन्छ भन्ने मलाई थाहा हुन्थ्यो भने मैले दोस्रो विकल्प रोज्ने थिएँ । किनभने हामीले यी बालबालिकाको जीवनलाई मात्र होइन, इजरायली जनताको इतिहासलाई पनि ध्यान दिनुपर्छ ।”
–डेभिड बेन–गुर्योन, १९३८ ।
(लेखक स्प्रीजलर अवकाश प्राप्त वरिष्ठ अनुसन्धानकर्मी हुन् । उनी ‘जनता नै शत्रु : दोस्रो विश्वयुद्धमा नेताहरूका गुप्त एजेन्डा’ (सन् २००३) नामक पुस्तकका लेखक हुन् । हाल उनी बोस्टनमा बस्छन् ।)
स्रोत : कोभर्ट एक्सन म्यागेजिन
अनुवाद : सम्यक