गाजामा के भइरहेको छ त्यो नरसंहारको परिभाषामा ठिक्क हुन्छ ।
गाजामा इजरायलको युद्धको पहिलो सातामा नै, विश्वका ८०० प्रतिष्ठित विद्वान्हरू र कानुनका अभ्यासकर्ताहरूले यस क्षेत्रमा आसन्न नरसंहारको बारेमा चेतावनी दिएका थिए । यस चेतावनीलाई शक्तिशाली र चिसो पार्ने कुरा के थियो कि धेरै कानुनी विशेषज्ञहरू एकैसाथ यो गम्भीर निष्कर्षमा पुगे । यो सजिलै गर्न सकिने दाबी होइन ।
त्यो निष्कर्ष जारी भएदेखि गाजाको अवस्था झन् बिग्रिएको छ । मृत्यु हुनेको सङ्ख्या ११,००० नाघेको छ, जबकि लगभग १,४०० बालबालिकासहित लगभग २,६५० व्यक्तिहरू बेपत्ता, सम्भावितरूपमा फसेको वा भग्नावशेषमुनि मृतक भएको रिपोर्ट गरिएको छ । दसौँ हजार घाइतेहरू चिकित्सा सहयोगको लागि सङ्घर्षरत छन् । खाद्यान्न, पानी, इन्धन र बिजुलीको अभावले मानवीय अवस्था डरलाग्दो तहमा पुगेको छ ।
गाजामा के भइरहेको छ भनेर बुझ्नको लागि, हामीले नरसंहारलाई परिभाषित गर्ने मुख्य कानुनी ढाँचाहरूमा फर्कनुपर्छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको लागि रोम विधानको धारा ६ र नरसंहार महासन्धिको धारा २ गहिरिएर पढौँ ।
यी कागजातअनुसार, नरसंहार भनेको राष्ट्रिय, जातीय, जातीय वा धार्मिक समूहलाई पूर्ण वा आंशिकरूपमा नष्ट गर्ने विशेष उद्देश्यका साथ गरिएका कार्यहरू समावेश गर्दछ । यी कार्यहरूले समूहका सदस्यहरूलाई मार्ने, उनीहरूलाई गम्भीर हानि पु¥याउने र अन्य अन्तर्निहित कार्यहरूका बिचमा समूहलाई पूर्ण वा आंशिकरूपमा भौतिक विनाश गर्ने उद्देश्यले मानव जीवनमाथि घातक अवस्थाहरू थोप्ने समावेश गर्दछ । विशेषरूपमा, लक्षित व्यक्तिहरू समूहको भौगोलिकरूपमा सीमित अंश हुनसक्छन् ।
गाजाको विनाशकारी वास्तविकताले नरसंहारका यी घटकहरूलाई प्रतिबिम्बित गर्दछ । हमासलाई मात्र निशाना बनाएको दाबी गरे पनि इजरायलले गाजाका सम्पूर्ण जनतामाथि चौतर्फी आक्रमण गरिरहेको छ । आफ्नो अविराम हमलाको पहिलो हप्तामा, यसले गाजापट्टीमा ६ हजारभन्दा बढी मिसाइल बम दागे । जुन मिसाइलको सङ्ख्या लगभग एक वर्षमा संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा प्रयोग गरे जतिको हो ।
संसारको सबैभन्दा सघन जनसङ्ख्या भएको ठाउँमा उच्च प्रभावकारी हतियारहरू प्रयोग गर्दा अपरिहार्यरूपमा नागरिकहरूमाझ उच्च मृत्यु हुनेको सङ्ख्या बढदै गएको छ, जस्तो हामीले गाजामा देखेका छौँ । यी हरफहरू कोरिरहँदा एक महिनामा, इजरायली बमबारीले ४४०० भन्दा बढी बालबालिका र २७०० महिलाहरूलाई मारेको छ । मृत्यु हुनेहरूको यी भयानक तथ्याङ्कहरूमा परेका धेरै पुरुषहरू पनि गैर–लडाकुहरू रहेका छन् ।
इजरायली सेनाले ‘सटीक हमलाहरू’ को लागि कुनै पनि बहाना छोडेको छैन, किनकि यसको प्रवक्ता ड्यानियल हगारीले भने कि यसको जोड ‘क्षतिमा र सटीकतामा होइन ।’
Smoke rises during an Israeli military bombardment of the northern Gaza Strip on November 15, 2023, amid the ongoing battles between Israel and the Palestinian group Hamas. Thousands of civilians, both Palestinians and Israelis, have died since October 7, 2023, after Palestinian Hamas militants based in the Gaza Strip entered southern Israel in an unprecedented attack triggering a war declared by Israel on Hamas with retaliatory bombings on Gaza. (Photo by FADEL SENNA / AFP)
यसले विस्थापितहरूलाई आश्रय दिने अस्पताल र विद्यालयहरूसहित नागरिक भवनहरूलाई पनि एकैघानमा लक्षित गरेको छ । यसले आवासीय भवनहरूमा बम विस्फोट गरेको छ, जनसङ्ख्या रजिष्ट्रारबाट सम्पूर्ण परिवारलाई मेटाएको छ । ४५ प्रतिशतभन्दा बढी घरहरू ध्वस्त वा क्षतिग्रस्त भएका थिए, तीमध्ये धेरैजसो दक्षिणका ‘सुरक्षित क्षेत्रहरू’ मा छन् जहाँ इजरायली सेनाले प्यालेस्टिनीहरूलाई बाहिर जान निर्देशन दिएको थियो ।
सर्वसाधारणको यो सामूहिक हत्या प्यालेस्टिनी जनताको भौतिक विनाशको स्पष्ट उद्देश्यले कठिन जनजीविकाका परिस्थितिहरू लागू गर्ने कदमका साथमा छ । इजरायली रक्षामन्त्री योभ गलान्टले घोषणा गरेअनुसार इजरायलले गाजालाई पूर्ण नाकाबन्दीमा राखेको छ, “बिजुली छैन, खाना छैन, पानी छैन, ग्यास छैन ।”
अस्पतालहरूमा इजरायलको बमबारी, तिनीहरूको सौर्य प्यानलहरूलाई लक्षित गर्ने र इन्धन वितरणमा अवरोधले प्यालेस्टिनीहरूलाई जीवन बचाउने स्वास्थ्य सेवामा पहुँच गर्नबाट रोक्नको उद्देश्यलाई सङ्केत गर्दछ । गाजामा एकतिहाइभन्दा बढी अस्पताल र दुईतिहाइ प्राथमिक स्वास्थ्य सेवा पहिले नै बन्द भइसकेका छन् ।
इजरायलीले पर्याप्त मात्रामा आवश्यक पर्ने खाना र पानीसहित मानवीय सहायतालाई अनुमति दिन अस्वीकार गर्दा प्यालेस्टिनी जनसङ्ख्यालाई भोकमरी र रोगको शिकार हुन दिन इच्छुक रहेको सङ्केत गर्दछ ।
इजरायली सरकार र सैन्य अधिकारीहरूले पनि प्यालेस्टिनी जनताप्रति आफ्नो नरसंहारको अभिप्राय मौखिकरूपमा व्यक्त गरेका छन् । अक्टोबर ७ मा, पूर्ण नाकाबन्दीको घोषणा गर्दा, गैलान्टले गाजाका २३ लाख मानिसहरूलाई ‘मानव जनावर’ भनेको थियो । अक्टोबर २९ मा, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनीहरूको हत्यालाई जायज ठहराउन यहुदी धर्मशास्त्र प्रयोग ग¥यो । उसले एउटा पद उद्धृत गर्दै भनेको थियो, “अमालेकले तिमीलाई के गर्यो, त्यो हाम्रो पवित्र बाइबल भन्छ, तिमीले सम्झनुपर्छ । अब जानुहोस् र अमालेकलाई प्रहार गर्नुहोस् … शिशु र पुरुष दुवैलाई मार्नुहोस् ।”
नोभेम्बर ५ मा, सम्पदामन्त्री अमिहाई इलियाहुले गाजामा इजरायलको विकल्पमध्ये एक परमाणु बम खसाल्ने बतायो । उसले प्यालेस्टिनी नागरिकहरूलाई कुनै पनि मानवीय सहायता उपलब्ध गराउनु हुँदैन भन्ने कुरा पनि स्पष्ट पा¥यो किनभने “गाजामा हिंसामा संलग्न नभएका नागरिकहरूजस्तो कुनै चीज छैन ।” उसको भनाइले इजरायली अधिकारीहरूको आलोचनाको सामना गर्नुपरेको बेला सम्भावित उपकरणको रूपमा त्यस्ता टिप्पणीहरूको गम्भीर प्रभावहरूलाई स्वीकार गर्नुको सट्टा उठाइएका चिन्ताहरू मुख्यरूपमा ‘इजरायलको छवि’ मा हुने सम्भावित प्रभावको वरिपरि केन्द्रित थिए ।
प्यालेस्टिनीहरूविरुद्ध अमानवीय भाषा प्रयोग गर्ने अन्य आधिकारिक कथनहरूको एक सूची नै तयार भएको छ, जसले ‘गाजाको विनाश’ को लागि साधारण इजरायलीहरूद्वारा उक्साउने तथा युद्ध अपराध, मानवताविरुद्धको अपराध र वास्तवमा नरसंहार गर्ने उद्देश्यलाई प्रकट गर्दछ ।
नरसंहार विशेषज्ञ र बोस्नियाली नरसंहारबाट बाँचेकी अर्नेसा बुल्जुस्मिक–कस्तुराको शब्दमा, “जब नरसंहारका घटनाहरू हुन्छन् भने त्यस प्रकारको बयानबाजी असामान्य छैन । यो पक्कै पनि सबैभन्दा महत्वपूर्ण चरणहरूमध्ये एक हो जब तपाईँ यसलाई वास्तवमै विचार गर्नुहुन्छ । सरकारी नेताहरू र नियमित मानिसहरूबाट पनि मिडियामा यति धेरै जोशका साथ बोलिएको खुलारूपमा अमानवीय भाषा सुन्न डरलाग्दो छ र यसले हामीलाई कहाँ पु¥याउँछ ? अहिले नै देखिएका छन्, जुन तथ्य यो हो कि गाजामा के भइरहेको छ त्यो नरसंहार हो ।”
गाजामा के भइरहेको छ त्यसले नरसंहारका अन्य विगतका अवस्थाहरूसँग साझा विशेषताहरू साझा गर्दा, त्यहाँ विशेष तत्वहरू पनि छन् । यी फरक विशेषताहरूमध्ये प्यालेस्टिनी भूमिहरूको स्थायी कब्जा, गाजामा अविराम घेराबन्दी र पहिले नै जातीय सफाइका कार्यहरूद्वारा विस्थापित प्यालेस्टिनी राष्ट्रको अचम्मको अनुपात हो ।
यस त्रासदीको केन्द्रमा अमानवीकरणको प्रवचन छ, जसले रणनीति र परिणाम दुवैको रूपमा सेवा गर्दछ । जियोनिज्म (कट्टर यहुदीवाद) को सुरुवातदेखि नै लामो समयदेखि चलिरहेको प्यालेस्टिनीविरोधी बहसले प्यालेस्टिनीहरूको अस्तित्व र अधिकारलाई प्रणालीगतरूपमा अस्वीकार गरेको छ । इजरायलको कथन ‘जनताबिनाको भूमि, भूमिबिनाका मानिसहरूको लागि’ ले यसको इतिहास, सम्पदा र गुनासोहरूसहित सम्पूर्ण आदिवासी जनसङ्ख्यालाई प्रभावकारीरूपमा मेटाएको छ ।
समानान्तरमा, प्यालेस्टिनीहरूलाई आतङ्कवादी, यहुदीविरोधी र नाजीहरूको रूपमा चित्रण गर्ने कथाहरूमार्फत व्यवस्थितरूपमा राक्षसी बनाइएको छ । ‘प्यालेस्टिनीहरूको नाजीकरण’ को बेतुकका दाबीहरू, एक शक्तिशाली औपनिवेशिक राज्य इजरायलले गरिरहेको छ, जसले आधुनिक इतिहासको सबैभन्दा लामो कब्जा अभियानको नेतृत्व गरेको छ । यसले दशकौँदेखि व्यवस्थितरूपमा उत्पीडित र बेवास्ता गरेको मानिसविरुद्ध आफूलाई पीडितको रूपमा चित्रण गर्न खोजिरहेको छ ।
गाजामा भइरहेका नरसंहारका यी भिन्न पक्षहरूलाई बुझ्नु आवश्यक छ, किनकि हामी यसको सामना गरिरहेका र्छौँ र प्रतिक्रिया दिइरहेका छौँ । हामीले बिर्सनु हुँदैन कि अहिले के भइरहेको छ प्यालेस्टिनीहरूविरुद्ध इजरायली कारबाहीहरूको लामो इतिहासको हिस्सा हो, गाजापट्टीभन्दा बाहिर फैलिएको, नरसंहारको उद्देश्य र अन्य प्यालेस्टिनी समुदायहरूलाई लक्षित गर्ने अभ्यासहरूलाई पनि ध्यान दिएर हेर्नु छ ।
इजरायल र यसका सहयोगीहरूले गाजामा के भइरहेको छ भन्ने कुरालाई बेवास्ता गर्ने र हमासको अक्टोबर ७ को हमलाद्वारा ‘उत्तेजित’ युद्धको रूपमा चित्रण गर्ने प्रयास गर्दा हामीले यसलाई बिर्सनु हुँदैन ।
इजरायलको लागि आत्म–रक्षाको बारेमा कुराले पश्चिमी बयानबाजीमा हावी छ, मानव जीवनको लागि न्यूनतम विचार र सशस्त्र द्वन्द्वका नियमहरूको पालना गर्दै, ५६–वर्षको सैन्य कब्जा र गाजाको १६–वर्षदेखिको घेराबन्दीलाई बिर्सन मिल्दैन । यसले यी घटनाहरूको मूल्याङ्कनले आधारभूत त्रुटिहरू अगाडि ल्याउँछ र फलस्वरूप तिनीहरूको मूल कारणहरूमाथि सम्बोधन गर्ने क्षमता, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई आफ्नो अक्टोबर २४ को सम्बोधनमा स्पष्टरूपमा सङ्केत गरेका थिए ।
प्रलयका पाठहरू राज्यको हिंसा र नरसंहारविरुद्ध विशेषगरी कमजोर समूहहरूका लागि सुरक्षाको रूपमा सेवा गर्ने उद्देश्यले अगाडि सारिएको थियो । जे होस्, हामी आज जे देखिरहेका छौँ, त्यो प्यालेस्टिनीहरूको कथा, अनुभव र इतिहासलाई सिमान्तमा धकेल्दै तिनीहरूविरुद्धको अभूतपूर्व विश्वव्यापी अमानवीकरण अभियान हो ।
ऐतिहासिकरूपमा, त्यस्ता अभियानहरूको प्रारम्भ प्रायः नरसंहारको निम्ति भूमि तयार गर्नु हो । तसर्थ, प्यालेस्टिनी जनताको मानवतालाई पुनस्र्थापित गर्न र जनताको रूपमा उनीहरूको साझा इतिहास र अधिकारहरू पहिचान गर्न आवश्यक छ, किनकि हामीले खुलासा हुने नरसंहारको तत्काल अन्त्यका लागि जोड दिइरहेका छौँ ।
हामी इजरायलमा मात्र नभई धेरै युरोपेली देशहरूमा पनि तीव्ररूपमा बढ्दै गएको प्यालेस्टाइनविरोधी भावना देखिरहेका छौँ । अधिकारीहरूले प्यालेस्टिनी जनताको लागि गरिएका प्रदर्शन र समर्थनलाई कसरी व्यवहार गरिरहेका छन् भन्ने कुराले यसलाई छर्लङ्ग पार्छ । यस घृणालाई त्यसै जोशका साथ सम्बोधन गर्नु अन्तर्राष्ट्रिय समुदायको दायित्व हो जसरी यसले यहुदीवादलाई सम्बोधन गरेको छ ।
१९४९ को जेनेभा महासन्धिले सबै राज्य पक्षहरूलाई यी महासन्धिहरूलाई सबै परिस्थितिहरूमा ‘सम्मान र सम्मान सुनिश्चित गर्न’ आवश्यक छ भनेको छ । आम नरसंहारसम्बन्धी महासन्धिले प्रत्येक सदस्य राष्ट्रलाई यो जघन्य अपराध गर्ने प्रयासलाई पनि रोक्न र यसलाई पूर्णरूपमा प्रकट गर्न सजाय दिनको लागि कानुनीरूपमा उत्तरदायी बनाएको छ ।
‘फेरि कहिल्यै नहोस्’ भनेको भावी पुस्ताहरूका लागि चेतावनी हो, तर पनि हामीले नरसंहार देखेका छौँ । होलोकास्ट र गाजाको नरसंहारको विश्वव्यापी मौनताको साथ मिलन भएको छ । यो ‘फेरि कहिल्यै नहोस्’ भन्ने कामनालाई जीवित सिद्धान्त बनाउने समय हो, कार्य गर्नको लागि तत्काल आह्वान हो ।
अब गाजामा फेरि कहिल्यै आम नरसंहार नहोस् ।
– ‘अल जजीरा’ बाट
अनुवाद : आरोही