(सन् १९१७ को नोभेम्बर महिनामा रुसमा भएको महान अक्टोबर समाजवादी क्रान्तिको ७० औँ वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले विसं २०४४ साल मङ्सिरमा लेख्नुभएको यो लेख आज पनि अध्ययनका लागि सान्दर्भिक भएकोले अक्टोबर समाजवादी क्रान्तिको १०६ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको छ–सं)
#रोहित
नेपालका केही पुँजीवादी ‘विद्वान्’ वा प्राध्यापकहरू रुसी अक्टोबर क्रान्तिलाई बेलायतको पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन, फ्रान्सको राज्यक्रान्तिजस्ता पुँजीवादी क्रान्तिहरूभन्दा कम मूल्याङ्कन गर्ने धृष्टता गर्दछन्, पुँजीवादी क्रान्ति र सर्वहारा क्रान्तिको महत्व, विशालता, गहिराइ र दूरगामितालाई तुलनात्मकरूपले हेर्नु आवश्यक छ ।
बेलायतको पुँजीवादी क्रान्ति संसारको पहिलो पुँजीवादी क्रान्ति हो । त्यस क्रान्तिले राजा–रजौटा, जमिनदार र चर्चको शासनको ठाउँमा मध्यम जमिनदार, भर्खर व्यापार र उद्योगमा लागेका ‘नयाँ खान्दानी’ भनिने साहु–महाजन र बैङ्कपतिजस्ता पुँजीपतिवर्गलाई सत्तामा ल्याएको थियो ।
पुँजीवादी क्रान्तिले पुँजीवादको विकासलाई बाँधेका दाम्लाहरूलाई चुँडालिदियो । नगदेबाली र ठूलो आकारको कृषि विकासलाई दु्रतगति दियो, ज्यामी लगाउने उद्योगहरूलाई अगाडि बढायो, व्यापारलाई मुक्त ग¥यो । ऊन र फलामको उद्योगलाई निर्माण ग¥यो र सहरहरूको स्थापना ग¥यो ।
बेलायतमा सामानको उत्पादनले उपनिवेशको व्यापारमा ठूलो वृद्धि ग¥यो । ‘नयाँ खान्दानी वर्ग’ झन्झन् सम्पन्न हुँदै गयो । उपनिवेशहरूमा अरु देशका सामानहरू बेच्न नपाउने ऐन बनायो र हल्यान्डको व्यापार बेलायती पुँजीपतिवर्गको हातमा पुग्यो । उपनिवेश र दास व्यापारले बेलायतलाई झन् अगाडि बढायो । मध्य युगबाट उठेको सामन्तवाद अब मजदुरवर्गको शोषणमा आधारित पुँजीवादमा पदार्पण ग¥यो । १७ औँ शताब्दीको बेलायती पुँजीवादी क्रान्तिले यसप्रकार राजनैतिक र आर्थिक दृष्टिबाट मानव इतिहासमा नयाँ अध्याय थपिदियो अर्थात् मानव समाज एक नयाँ युगमा भित्रियो ।
हो, बेलायतको पुँजीवादी क्रान्तिले मानव समाजलाई नयाँ युगमा पु¥यायो । गाउँका सामूहिक जग्गा पुँजीवादी खेतमा परिणत भयो । किसानहरू आ–आफ्नो खेतबाट निकालिए । तिनीहरूको झोपडीमा आगो लगाइयो, तिनीहरूलाई सस्तो ज्यालामा काम गर्न सहरमा भाग्न बाध्य गराइयो अथवा बेलायती किसानहरू उपनिवेशहरूमा काम गर्न जान धपाइए । नेपालका पुँजीवादी विद्वान् र प्राध्यापकहरूले भनेजस्तै बेलायती पुँजीवादी क्रान्तिको विश्वव्यापी महत्व छ । राजतन्त्रको समाप्ति, देशद्रोही राजा चाल्र्स प्रथमलाई जनताको अदालतद्वारा ज्यान सजाय, गणतन्त्रको स्थापना, आर्थिक समानताको नारा दिने समानतावादीहरू र जोताहाहरूको निर्मम दमन, क्रामवेलको मृत्युपछि उसको छोरो रिचार्ड क्रामवेललाई सत्तामा ल्याएर नयाँ राजवंशको पुनःस्थापना, त्यही पदचिह्नमा स्टुअर्ट वंशको पुनःस्थापना, तथाकथित गौरवमय क्रान्तिमार्फत अधिकार पत्रले निरङ्कुश राजतन्त्रको ठाउँमा पुनःप्रजातन्त्रकै स्थापनाजस्ता अनेक नागबेली ऐतिहासिक चरणको कारण बेलायतको पुँजीवादी क्रान्ति मानव इतिहासमा एक उदाहरण बन्यो । आजको वैधानिक राजतन्त्र वास्तवमा बेलायतको क्रान्तिले तयार पारेको सामन्तवर्ग र पुँजीपतिवर्गको राष्ट्रिय मेलमिलापको दस्तावेज हो ।
समानतावादीहरूका नेता लिलपर्नको भनाइमा बेलायतको पुँजीवादी क्रान्ति कामदार जनताको निम्ति ‘बेलायतको नयाँ पासो’ बन्यो ।
क्रान्तिपछि क्रामबेल र उनको सेनाले गाउँगाउँमा किसानहरूबाट जग्गा खोसेर फेरि खान्दानी र सामन्तहरूलाई नै फिर्ता दिए । तिनीहरूको बेठ–बेगारीको विरोध गर्न किसानहरूलाई पूर्णरूपले दमन गरियो । सिपाहीहरूको राजनैतिक असन्तोषलाई अन्तै मोड्न र उपनिवेशलाई कायम गर्न क्रामवेलले आयरल्यान्डमाथि हमला गरे । दमन, हत्या, लुट र बिफरको कीटाणु फैलाएर क्रामबेलले आयरल्यान्डमा मसानको जस्तो शान्ति कायम गरेका थिए ।
यसप्रकार मजदुरवर्गको निम्ति बेलायतको पुँजीवादी क्रान्तिको आफ्नै महत्व छ । अमेरिकी स्वतन्त्रता आन्दोलन पनि एक पुँजीवादी क्रान्ति हो । यसको पनि अत्यन्त ठूलो महत्व छ । अमेरिकाको उठ्दो पुँजीपतिवर्ग र दास मालिकहरूले बेलायतका खान्दानी जग्गा धनीहरूको हैकमको विरोधमा सङ्घर्ष गर्न उपनिवेशका व्यापक जनताको नेतृत्व गरेका थिए ।
स्वतन्त्रताको घोषणापत्रमा भनिएको थियो, “सबै मानिसहरू जन्मदेखि नै स्वतन्त्र छन् । आफ्ना सृष्टिकर्ताद्वारा उल्लङ्घन गर्न नसकिने अधिकार लिएर आएका हुन् ।”
त्यस घोषणापत्रले जनतालाई आफ्नो सरकार बनाउने र जनता आफैँ अधिकारको स्रोत हो भन्ने सिद्धान्त अगाडि सा¥यो । त्यसले राजामात्र शक्तिको स्रोत हो भन्ने पुरानो सिद्धान्तलाई खण्डन ग¥यो र एक प्रजातान्त्रिक सिद्धान्तलाई अगाडि बढायो । त्यसले औपनिवेशिक थिचोमिचोको विरोधमा हाँक दिँदै औपनिवेशिक व्यवस्था एक अन्यायपूर्ण वा अपराधपूर्ण व्यवस्था हो भन्ने घोषणा ग¥यो ।
त्यसबेला युरोपका सबै देशहरूमा राजतन्त्र थियो र तिनीहरू उपनिवेशवादी शक्ति थिए । यस दृष्टिले अमेरिकी स्वतन्त्रता आन्दोलन राजतन्त्र र उपनिवेशवादविरोधी सङ्घर्षको इतिहासमा एक ऐतिहासिक घटना र उदाहरण बन्यो । मानव इतिहासमा यसको पनि एक दूरगामी महत्व थियो ।
१३ पुराना राज्यहरू मिलेर एक नयाँ राज्य स्थापना हुँदासम्म संरा अमेरिका युरोपका देशहरूको तुलनामा एक पिछडिएको देश थियो । युरोपले अमेरिकालाई तयारी मालसामान पठाउँथ्यो र अमेरिका त बेलायत र युरोपको निम्ति कपासजस्तो कच्चा माल पठाउने एक बजार थियो । यस अर्थमा अमेरिका युरोपीय विकसित देशहरूको भरमा थियो ।
तर, स्वतन्त्रता आन्दोलनको विजयले अमेरिकामाथिका बन्देजहरू समाप्त भए, उद्योग र वाणिज्यमा ठूलो प्रगति गर्न थाल्यो ।
तर, अमेरिकी पुँजीवादी क्रान्तिको आफ्नै सीमा थियो । त्यसले पुँजीपति र दास मालिकहरूलाई सत्तामा ल्यायो । स्वतन्त्रताको घोषणा गर्ने ‘नयाँ खान्दानी वर्ग’ ले अफ्रिकाबाट ल्याएर दास बनाइएका हब्सीहरू र ताम्र वर्णका अमेरिकी आदिवासीहरूलाई ‘उल्लङ्घन गर्न नसकिने अधिकारहरू’ दिएन । स्वतन्त्रता आन्दोलनको एक शताब्दीसम्म अमेरिकामा दासप्रथा कायमै थियो ।
नयाँ संविधान बन्यो । तर, त्यस संविधानले अमेरिकी आदिवासीहरूको इलाकालाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा ग¥यो र आदिवासीहरूलाई तिनीहरूको जग्गाबाट धपाएर दुर्गम पहाड, जङ्गल र भासिलो जग्गामा भाग्न बाध्य गराइयो । आदिवासीहरूसँग लड्ने अमेरिकी जर्नेलहरूको भनाइमा, “असल आदिवासी त मरिसकेका आदिवासी हुन् ।” आदिवासीहरूको बस्ती नजिकै तिनीहरूले बिफरका कीटाणु भएका लुगा राखिदिन्थे । आदिवासीले जाडोबाट बच्न ती लुगा प्रयोग गर्नासाथ रोग फैलेर मर्ने गर्थे । यसप्रकार त्यस विश्वव्यापी महत्व भएको अमेरिकी स्वतन्त्रता आन्दोलनले ‘कीटाणु युद्ध’ गरेर अमेरिकी आदिवासीहरूलाई आफ्नै देशमा विदेशी बनायो ।
अमेरिकी स्वतन्त्रता सङ्ग्राममा लड्ने सेनाको ढाड नै किसान र कालिगढ मजदुरहरू थिए । देशमा ‘प्रजातन्त्र’ लागु गर्दा मजदुर, किसान र स्वास्नीमानिसहरूले मत दिन पाएनन् । पुँजीपतिवर्ग, जग्गा धनी र दास मालिकहरूमात्रै मतदानका अधिकारी भए ।
त्यस्तै अमेरिका बेलायती साम्राज्यवादको पञ्जाबाट स्वतन्त्र भयो । तर, संरा अमेरिका आफँै ‘स्वतन्त्रता’ र ‘प्रजातन्त्र’ को झन्डा बोकेर छिमेकी र अन्य देशहरूमाथि थिचोमिचो गर्न थाल्यो । ‘अमेरिका अमेरिकीहरूको निम्ति’ भन्ने मुन्टो नीति लिएर संरा अमेरिकाले मेक्सिको, पनामा र मध्य अमेरिकामाथि आफ्नो प्रभुत्व जमायो, ठूलठूला भू–भाग आफूमा मिलायो; अलास्का अमेरिकालाई बेच्न रुसलाई बाध्य गरायो । प्रशान्त महासागर पार गर्दै संरा अमेरिका चीन र जापानमा समेत आफ्नो प्रभुत्व फैलाउन पुग्यो ।
यसप्रकार बेलायतको पुँजीवादी क्रान्तिको आफ्नो ठूलो ऐतिहासिक महत्व राख्दा राख्दै पनि अमेरिकी स्वतन्त्रता आन्दोलनको पनि आफ्नै महत्व थियो । जसको तुलना अक्टोबर क्रान्तिसँग गर्न सकिन्न ।
माथिका दुवै पुँजीवादी क्रान्तिभन्दा फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्व कुनै रूपले कम थिएन । फ्रान्सेली राज्यक्रान्तिमा पनि व्यापारी र पुँजीपतिवर्ग नै मोहडामा थियो । त्यस क्रान्तिले फ्रान्सेली जीवनका अनेक क्षेत्रहरूमा मात्रै परिवर्तन ल्याएन बरु युरोप र अन्य देशहरूमा राजतन्त्रलाई समेत हल्लाइदिएको थियो ।
फ्रान्सेली क्रान्तिको प्रभाव संसारमा १९ औँ शताब्दीसम्म रह्यो । त्यस शताब्दीले मानव सभ्यता र संस्कृतिमा नयाँ छाप दियो । यी सबै अर्थमा फ्रान्सेली क्रान्ति एक महान् क्रान्ति थियो ।
तर, पछि क्रान्तिको नेतृत्व गर्ने पुँजीपतिवर्गले क्रान्तिको फल आफ्नै निम्ति मात्र राख्यो । २ करोड ६० लाख फ्रान्सेलीहरूमध्ये २५ वर्ष पुगेका र त्यसभन्दा माथिका फ्रान्सेलीहरू ७३ लाख थिए । तर, आर्थिक कारणले ३० लाख बालिग फ्रान्सेलीहरूलाई आफ्नो मताधिकारबाट वञ्चित गराइयो । बेलायतको पुँजीवादी क्रान्तिमा पनि गरिब जनता मताधिकारबाट वञ्चित थिए । सामन्ती विशेषाधिकारहरूको ठाउँमा पुँजीवादी विशेषाधिकार, खान्दानी थिचोमिचोको ठाउँमा नयाँ खान्दानी वा पुँजीपतिहरूको दमनलाई स्थापना गरियो ।
सामन्ती जमिनदारहरू र क्रान्तिविरोधी ठूल–ठूला पुँजीपतिवर्गको विरोधमा सङ्घर्ष गरिरहँदा जनताले ज्याकोविनहरूलाई समर्थन गरेका थिए । सत्तामा आएका ज्याकोविनहरूले पछि सहर र गाउँका गरिबहरूको आन्दोलनलाई दबाउन सुरु गरे । अनि जनताले तिनीहरूको समर्थन गर्न छोडे र तिनीहरू एक्लिए । त्यही मौकामा क्रान्तिविरोधी पुँजीपतिवर्गले ज्याकोविनहरूलाई सत्ताबाट फालिदिए ।
नेपाली पुँजीवादी विद्वान् र प्राध्यापकहरूलाई पनि थाहा थियो– ‘स्वतन्त्रता’, ‘समानता’ र ‘भ्रातृत्व’ नै फ्रान्सेली क्रान्तिको मूल मन्त्र थियो । तर, क्रान्तिले पुँजीपतिवर्गलाई मात्र सामन्ती सिक्रीबाट ‘स्वतन्त्रता’ दियो, जनताको अत्यन्त ठूलो भाग मजदुर र किसानहरू पुँजीवादी दाम्लोमा बाँधिए । ‘समानता’ पनि सामन्त र पुँजीपतिवर्गमै सीमित रहन्थ्यो, खाना पाउने र नपाउने, धनी र गरिब, शोषक र शोषितको माझमा समानता आएन । आर्थिक समानताबिना अन्य समानता अधुरै रहन्थ्यो । त्यस्तै भ्रातृत्व पनि एक शब्द शृङ्गारमात्रै साबित भयो । किसान र जमिनदारको बिचमा जसरी भ्रातृत्व कायम रहन सक्दैनथ्यो त्यस्तै मजदुर र पुँजीपतिवर्गको माझमा ‘भ्रातृत्व’ कायम रहन सक्ने थिएन । शोषक र शोषित, बाघ र बाच्छोको स्वतन्त्रता धोखा थियो ।
यसकारण, बाबेफ र अन्य समानतावादीहरूले सामन्ती हुकुमजस्तै पुँजीवादी हुकुमलाई पनि विरोध गरे । फ्रान्सका ‘नयाँ खान्दानीवर्ग’ ले पनि बेलायत र अमेरिकामा जस्तै तल्लो वर्गको न्यायोचित आन्दोलनलाई दबाइदियो ।
बेलायती र अमेरिकी क्रान्तिमा जस्तै फ्रान्सेली पुँजीवादी क्रान्तिमा पनि सामन्त वर्ग र दास मालिकजस्ता प्रतिक्रियावादी तत्वहरू सक्रिय रहे । फ्रान्समा पनि बेलायतमा जस्तै नेपोलियन बोनापार्टको नयाँ राजवंश स्थापना भयो र राजतन्त्र पुनःस्थापना गरियो । अनेक नागबेली बाटो हुँदै फ्रान्सेली पुँजीवादी क्रान्ति अन्तमा पुँजीवादमा पतन भयो ।
१९ औँ शताब्दीको मध्यमा पुग्दा पुँजीपतिवर्ग र पुँजीवादी क्रान्तिको तेज हराउँदै गयो र २० औँ शताब्दीको सुरुमा मजदुरवर्ग र सर्वहारा क्रान्तिले संसारलाई नयाँ दिशा दियो ।
१९१७ अर्थात् ७० वर्षअगाडि बोल्शेविक पार्टीको नेतृत्वमा रुसको सर्वहारावर्गले समाजवादी क्रान्तिको बन्दुक पड्काएको थियो । त्यस क्रान्तिको महत्व, गहिराइ, विशालता र दूरगामिता इतिहासमा अभूतपूर्व रह्यो । यसको अगाडि पुँजीवादी क्रान्तिहरू फिक्का र साँगुरा देखिए ।
पुँजीवादी क्रान्तिहरूले सामन्तवर्गको ठाउँमा पुँजीपतिवर्गलाई सत्तामा ल्याए, सामन्तवर्गको सेवाको ठाउँमा जनसङ्ख्याको सानो भाग पुँजीपतिवर्गको सेवा गरे, सामन्ती शोषणको ठाउँमा पुँजीवादी शोषणलाई स्थापना गरे । सामन्तवादको विरोधमा जीवन–मरणको सङ्ग्राममा होमिएका जनसङ्ख्याको अत्यन्त बहुमत जनता किसान, मजदुर र कालिगढ जनतालाई पुँजीवादको ‘नयाँ पासो’ ले बाँधे, शोषण, दुःख–कष्ट र अभावको नर्कमा डुबाइदिए ।
तर, रुसी सर्वहारा समाजवादी क्रान्तिले मानव सभ्यताको सुरुदेखि नै थिचिएका र पिल्सिएका कामदारवर्गलाई सत्तामा ल्यायो र जनसङ्ख्याको अत्यन्त ठूलो भाग कामदारवर्गलाई नै सेवा ग¥यो । सर्वहारा क्रान्तिले राजा–रजौटा, गुठी र जमिनदारहरूको जग्गा जमिनलाई बिनामुआब्जा जफत ग¥यो । यसले तेल, कोइला, धातु र अन्य खानी, जङ्गल र पोखरीमा भएको व्यक्तिगत स्वामित्वलाई उन्मूलन ग¥यो ।
अक्टोबर क्रान्तिले पुँजीपतिवर्गको कलकारखाना, बैङ्क, रेलवे, विदेश व्यापार र खानीहरूलाई राष्ट्रियकरण ग¥यो† कालाबजारी र धनी किसानलाई दबाएर देश र जनतालाई भोकमरी र अकालबाट जोगायो ।
अक्टोबर सर्वहारा क्रान्तिले प्रतिक्रियावादी सेनाको ठाउँमा मजदुर र किसानहरूको एक नयाँ लाल सेना स्थापना ग¥यो । यसले थिचिएका र पिसिएका विभिन्न जातिका जनता र स्वास्नीमानिसहरूलाई इतिहासमा पहिलोपल्ट वास्तविक समानताको अधिकार प्रदान ग¥यो ।
रुस त्यसबेला आर्थिकरूपले पश्चिमी युरोपको तुलनामा एक पिछडिएको देश थियो । पश्चिमी पुँजीवादी देशहरूले रुसलाई आर्थिक थिचोमिचोमा पारेका थिए । सर्वहारा क्रान्तिले जनतालाई दबाउन जार सरकारहरूबाट लिएका सबै ऋणहरू नतिर्ने र विदेशी पुँजीलाई राष्ट्रियकरण गरेर शोषितपीडित देशहरूको निम्ति एक नयाँ शिक्षा दियो ।
साम्राज्यवादी युद्धबाट धुजाधुजा भइरहेको रुसलाई अक्टोबर समाजवादी क्रान्तिले जर्मनीसँग शान्ति सम्झौताको पाइलो चालेर रुसी जनतालाई नयाँ जीवन दियो र अनेक छिमेकी देशहरूसँगको असमान सन्धिहरूको ठाउँमा समान सन्धिहरू गरेर विश्व शान्तिको निम्ति नयाँ उदाहरण प्रस्तुत ग¥यो ।
त्यसले युरोपको सम्पूर्ण मजदुरवर्गलाई सर्वहारा क्रान्ति र एउटै देशमा पनि समाजवाद लागु हुनसक्दछ र पश्चिमलाई पूर्वबाट पनि समाजवादको बाटो देखाउन सक्छ भन्ने एक जाज्वल्यमान सैद्धान्तिक र व्यावहारिक हतियार प्रदान ग¥यो । रुसको सर्वहारा क्रान्तिले सारा युरोपमा मजदुरवर्गलाई नयाँ क्रान्तिकारी ज्ञान थपिदियो र एक अर्थमा सम्पूर्ण पुँजीवादी व्यवस्थालाई मृत्युदण्ड सुनाइदियो ।
पुँजीवादी क्रान्तिहरूले युरोप र संसारका अन्य केही देशका जनसङ्ख्याको एक निश्चित भागलाई सामन्तवाद र राजतन्त्रको विरोधमा आन्दोलित गरेका थिए । तर, रुसी अक्टोबर क्रान्तिको तोपको आवाजले युगौँ–युगदेखि सुतिरहेका करोडौँ करोड चिनियाँ जनतालाई ब्युँझाइदियो† भारत, हिन्द–चीन, इन्डोनेशिया, दक्षिणपूर्वी एसियाका देशहरू, मध्यपूर्वका अरब राष्ट्र अथवा एसिया, अफ्रिका, उत्तर र दक्षिण अमेरिकाका स्वतन्त्रता र मुक्ति चाहने करोडौँ करोड जनतालाई साम्राज्यवाद र सामन्तवादको विरोधमा लड्न नयाँ प्रेरणा प्रदान ग¥यो । त्यस क्रान्तिले क्यालिफोर्नियादेखि साइबेरियासम्म, नाइल नदीदेखि गङ्गा र ह्वाङ होसम्मका सबै गाउँ र सहर, खानी र खेत, समुद्र र पहाड, पूर्व र पश्चिमका सारा देशका जनतालाई क्रान्तिको नयाँ बाटो खोलिदियो ।
शिक्षा, संस्कृति, अर्थतन्त्र, विश्व राजनीति र कूटनैतिक क्षेत्रमा अक्टोबर क्रान्तिले नयाँ आयाम थपिदियो । यसकारण, इतिहासमा यसको तुलनामा कुनै उदाहरण छैन । सबभन्दा महत्वपूर्ण कुरा रुसी अक्टोबर क्रान्तिले एक वर्गविहीन, शोषणरहित र युद्धबिनाको नयाँ समाजको युगौँ पुरानो मानिसको कल्पनालाई साकार रूप दिने एक व्यावहारिक पाइला चाल्यो । यी सबै अर्थमा पुँजीवादी क्रान्तिहरूभन्दा रुसी अक्टोबर सर्वहारा समाजवादी क्रान्तिको अत्यन्त ठूलो ऐतिहासिक महत्व थियो । त्यसले समाजको सबभन्दा तल्लोवर्ग, संसारका सबभन्दा विशाल कामदारवर्ग र जनसमुदायलाई आन्दोलित ग¥यो र मानव समाजको सुन्दर सुसंस्कृत भविष्यलाई झन उज्ज्वल बनाइदियो ।
समाप्त