#डाफ्ने लिडल
१८८२ जून १८ मा माक्र्सलाई लेखेको चिठीमा एङ्गेल्सले लेख्नुभयो – “मैले डार्विनको लेख पुनः पढेँ । उनले ‘म्याल्थसवाद’ सिद्धान्तलाई वनस्पति र प्राणीमा पनि प्रयोग गरेभन्दा अचम्म लाग्यो । मानौँ, उनलाई लाग्छ, माल्थसको विचार मानव जातिबारे मात्र हो– वनस्पति र प्राणीबारे होइन । ‘प्राकृतिक छनोट’ र ‘सक्षममात्रै बाँच्ने’ दुई फरक–फरक कुरालाई सँगै मिसाएर व्याख्या गर्नु नै डार्विनको गल्ती थियो :
१) जनसङ्ख्या वृद्धिको दबाबमा हुने छनोटमा सायद बलियाहरूको बाँच्ने सम्भावना बढी हुन्छ तर धेरै अवस्थामा कमजोरहरू पनि त्यो स्थितिमा बाँच्न सक्छन् ।
२) परिवर्तित परिस्थितिसँग आफूलाई ढाल्न सक्ने गुणबाट हुने छनोटमा नयाँ परिस्थिति जसलार्ई बढी सुहाउँछ त्यो त्यहाँ बाँच्न सक्छ तर त्यसमा प्रगतिमात्र नभई प्रतिगमन (Regress) पनि हुन्छ । (नयाँ परिस्थितिमा बाँच्नका लागि परिजीवी बन्नु विकासक्रममा प्रतिगमन हुनु हो ।)
मुख्य कुरा यो हो – “जैविक विकास क्रममा हरेक अग्रगमन प्रतिगमन पनि हो । कुनै एक हिस्साको मात्र क्रमिक विकास हुने र अरु धेरै क्षेत्रको विकास बन्द हुन्छ । तर, यो नै विकासक्रमको सामान्य सिद्धान्त हो ।”
म्याल्थसवादीहरू मानव जातिलाई झिङ्गा, भ्यागुताजस्ता स–साना प्राणीहरूसँग तुलना गर्छन् । ती प्राणीहरू सयाँै सन्तान जन्माउँछन् जसमध्ये युवा अवस्थासम्म पुग्नु अगावै धेरै मर्छन् र त्यो प्रजातिको वंश चलाइराख्न केही सन्तानहरू भने बाँचेकै हुन्छन् ।
तर, मानव जाति त्योभन्दा निकै फरक छ । हामी प्रायः एक बेतमा एक सन्तान जन्माउँछौँ र विस्तारै परिपक्व हुँदै जान्छौँ । हामी जन्मिँदा अविकसित मस्तिष्क लिएर आउँछौँ र समयसँगै त्यो विकसित हुन्छ । परिपक्व भएपछि आउने हाम्रो स्वभाव व्यक्तिमा निहित लहडभन्दा पनि हामी हुर्कँदा के सिक्दै आयौँ, त्यसमा बढी भर पर्छ । बालापनमा हामीले भोगेका कुराहरूले हामीलाई नयाँ वातावरणमा आफूलाई ढाल्न मद्दत गर्छ । यही कारणले, मानिसमा जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सक्ने गुण हुन्छ ।
तर, हाम्रो लामो र परनिर्भर बालापनले गर्दा हामीलाई सहयोगी समाजको आवश्यकता पर्छ । भ्यागुता वा झिङ्गालाई सन्तान उत्पादन गरेर त्यसमा आफ्नो जीन सारुन्जेल मात्रै बाँचे पुग्छ । तर, मानवमा सन्तान जन्माएरमात्र नपुगी त्यसलाई राम्ररी हुर्काउनु पनि पर्छ । परिवार र समाजको सहयोगबिना यो सम्भव हुन्न । सन्तान उत्पादन गर्ने क्षमता क्षीण भएर पनि लामो समय बाँच्ने प्राणी मानव स्त्रीमात्रै हो । घरमा जिउँदा हजुरआमा भएका बालबालिकाहरूको बाँच्ने सम्भावना हजुरआमा नभएकाहरूको भन्दा बढी हुन्छ । यसले देखाउँछ, मानव अस्तित्व बृहत् पारिवारिक सहयोगमा भर पर्छ, एक पुरुष– एक महिलाको सानो परिवारमा होइन । त्यो सानो परिवारको सोच पुँजीवादी समाजको उपज हो ।
यसरी हाम्रो पूर्ण विकसित दिमागहरू मिलेर काम गर्दा नै मानव जाति नयाँ परिस्थितिमा आफूलाई ढाल्न र आफ्नो अनुकूल परिस्थिति बनाउन सक्षम छ । (आफू अनुकूल परिस्थिति बनाउने काम सधैँ राम्रोमात्र हुने गर्दैन ।) घर बनाउने, लुगा बनाउने र आगो प्रयोग गर्न सिकेकै कारण हाम्रा अविकसित पुर्खाभन्दा हामी निकै चिसो स्थानहरूमा पनि बाँच्न सक्छौँ । हामी पानी र खाद्यान्न लामो दुरीसम्म ढुवानी गर्न सक्छौँ, अन्न उब्जाउन सक्छौँ, जनावरहरू पाल्न सक्छौँ, सामानहरू किनबेच गर्न सक्छौँ र ओखतीमूलो उत्पादन र प्रयोग गर्न सक्छौँ ।
गालापागोस टापुहरूमा पाइएका यस्ता विचित्र जनावरहरूले नै डार्विनको कौतुहलता र सोचलाई प्रेरित ग¥यो ।
मानव जनसङ्ख्या बढ्दैमा गरिबी बढ्ने र भोकमरीबाट सर्नेको सङ्ख्या बढ्ने म्याल्थसको सिद्धान्त गलत छ भनी इतिहासले बताउँछ ।
दसाँै शताब्दीबाट २० औँ शताब्दीसम्म युरोपको जनसङ्ख्या निरन्तर बढ्दै थियो । तर, मानव जीवनस्तर पनि सँगसँगै बढ्दै गयो । बिचबिचमा जनसङ्ख्यामा आएको कमी खाद्यान्न अभावका कारण थिएन । ३० वर्षे युद्ध (The 30 Year War) ले जर्मनीको जनसङ्ख्या झन्डै आधा घट्यो यसको कारण राजनैतिक थियो न कि बढी मान्छे र अपुग खाद्यान्न । आलुको अनिकाल (Potato – Famine) का बेला आयरल्यान्डमा नाटकीयरूपमा जनसङ्ख्या घट्नुका कारण बढी जनसङ्ख्या र अपुग खाद्यान्न थिएन : बरु पुँजीवादी राजनीति थियो– आयरल्यान्डको राम्रो उब्जनी हुने क्षेत्रका अङ्ग्रेज मालिकहरूले सबै गहुँ इङ्गल्यान्डमा पठाएका थिए । खुला बजार नीति अवलम्बन गरेको अङ्ग्रेज ‘उदारवादी’ सरकारले खुला व्यापार र मूल्यमा असर पर्छ भनी आइरिस जनतालाई सस्तो दरमा मकै पठाउन बन्द ग¥यो । फलतः दसौँ लाख जनता भोकभोकै मरे ।
बेलायती राज्यसभा (Privy Council) का सचिव चाल्र्स ग्रेनभिल (Charles Grenville) ले अङ्ग्रेज सरकारको त्यो म्याल्थसवादी सिद्धान्तलाई बचाउ गर्दै भने, “… आयरल्यान्ड प्रान्त निकै नै असभ्य र निराशाजनक छ, अव्यवस्थित र नैतिकताहीन । त्यहाँका मानिस केही अपवादबाहेक सबै हठी, अल्छी, लापरबाही र असभ्य छन् । त्यहाँको समाज माथि देखि तलसम्मै कम काम गरेर सकेसम्म धेरै भाग खोज्नेहरूको जमात हो । आफूलाई कामप्रति लगनशील बन्न प्रेरित गर्न अनिच्छुक उनीहरू सहयोगका लागि यो देशको मुख ताक्छन् अनि पाएको सहयोगका लागि जनावरझैँ लुछाचुँडी गर्छन् । त्यहाँको जमात निर्दयी, धोकेबाज र अल्छी छ । त्यहाँको अवस्था नै परस्परविरोधी र विरोधाभास पूर्ण छ ।”
“यो अनिकाल अर्को वर्ष पनि चल्छ, उनीहरू जमीनमा खेती गर्दैनन् र जमीन बाँझो रहन्छ । यो अनिकालको बेलामा जति तिनीहरू पहिल्यै कहिल्यै थिएनन्, यो कुरामा कुनै सन्देह छैन । कसैले कर तिरेका छैनन् र बैङ्कहरूमा बचत बढ्दो छ । सहयोगका लागि हामीले उपलब्ध गराएको रकमले उनीहरू खाद्यान्नको साटो हतियार किन्छन् । अनि सहयोग वितरणको रेखदेख गर्ने अधिकारीमाथि त्यही हतियारले आक्रमण गर्छन् । बेरोजगार भइयो भन्दै प्रशासककहाँ उनीहरू लाम लाग्दा त्यहाँका जमिनदारहरू खेतीमा काम गर्ने मानिस नपाएर अफ्ठेरोमा परेका छन् । गरिब भन्दै माग्न बसेका बलिया मगन्तेहरूलाई पक्राउ गरी तलासी गर्दा उनीहरूबाट ठूलो रकम फेला परेका छन् ।” (२८ नोभेम्बर १८४६ )
यो निर्लज्ज झूट अङ्ग्रेज जमिनदारहरूको लोभ लुकाउन फैलाइएको थियो । ती जमिनदारहरूले आइरिस जनताबाट जमिन खोसेर उनीहरूलाई बाँझो र उब्जनी नहुने ठाउँमा भोकभोकै मर्न धपाए । यही अहिले झूट प्यालेस्टानीहरूविरुद्ध पनि फलाकिँदै छ ।
१९८० को दशकमा प्रमुख पुँँजीवादी विचारकहरूले केही दशकसम्म समर्थन गरेको किन्सेलीयावाद (Keynesianism) लाई छोडेर ‘खुला बजार’ नीतिलाई समाजको सबैभन्दा प्रगतिशील शक्ति मानेर त्यसप्रति समर्पण देखाए । साथै उनीहरूले माल्थसवादलाई फेरि उठाएर गरिबीका लागि गरिबहरू नै जिम्मेवार भएको भन्दै आफ्नो लोभ र सर्वहारा वर्गमाथिको शोषणलाई सही साबित गर्न खोजे । उनीहरूले मानव जीवन, अस्तित्वको स्वार्थी सङ्घर्षको भुमरीमा जेलिएको र यसमा एकको विरुद्ध सबै र सबैको विरुद्ध एक रहेको तस्बिर फेरि प्रचार गर्न थाले । पुँजीवादी लालचलाई सही ठह¥याउन डार्विनको सिद्धान्तको प्रयोग गरी गणितिज्ञ जोन फोर्वस् नास (John Forbes Nash) ले हावादारी अफ्ठ्यारा सूत्रहरूले भरिएको खेलको सिद्धान्त (Game Theory) भनिने सिद्धान्त निकाले भने रिचार्ड डकिन्स (Richard Dawkins) ले ‘स्वार्थी जीन’ (The Selfish Gene) पुस्तक लेखे । हावादारी सिद्धान्त प्रतिपादन गरेका नास (Nash) पछि पागलखानामा पु¥याइए । डकिन्सलाई परोपकारसँग एकदम समस्या थियो । आफूलाई सीधा फाइदा नहुने अवस्थामा पनि किन मानिस अर्को मानिसलाई सहयोग गर्छ भनी उनले बुझेका थिएनन् । अन्तमा, उसले यसलाई अस्थायी गल्तीको मान्यता दिए, आफूले पछि केही पाउँछु कि भनेरमात्रै मानिसले अरु मानिसलाई सहयोग गर्छ भन्ने उसको धारणा थियो ।
पश्चिमी सरकारको राजनैतिक र आर्थिक नीति नास (Nash) को पागल विचारमा आधारित थियो– यदि मिल्ने भए सबै मानिसहरूले सबैलाई बेइमानी गर्छन् । परोपकार, आदर्श र निःस्वार्थ भावनालाई सधै शङ्काको दृष्टिले हेरिन्थ्यो । आफूबाहेक अरुको भलाइका लागि काम गरेको बताउने राजनीतिज्ञलाई पूर्णतया अविश्वास गरिन्थ्यो । लालच र सम्पत्ति भण्डारणमात्रै अर्थपूर्ण लक्ष्य मानिन्थ्यो । यही सोचले आज कसरी आर्थिक सङ्कट निम्त्यायो, यो हामीले देखेकै छौँ ।
तर, परोपकारको भावना त मानवको जन्मजात गुण हो, यसको अनुपस्थितिमा हामी बाँच्नै सक्दैनौँ । ढिलो शारीरिक र मानसिक विकासको हुने भएकोले मानव जातिमा हुर्कँदो बच्चा र कमजोर आमालाई रक्षा गर्न समाज नहुँदो हो त बच्चाहरू परिपक्व अवस्थामा पुग्न नै सक्ने थिएनन् । वृद्ध र परिपक्वहरूको समूहगत ज्ञान र बुद्धि नहुँदो हो त समाज पनि त रहन सक्दैन । हामी सब एक अर्कामा निर्भर रहन्छौँ । रिचार्ड डकिन्सले भनेका जस्ता स्वार्थी मानिसहरू यदि संसारमा थिए भने ती धेरै पहिल्यै हराइसके । हामीमा पुर्खादेखि सर्दै आएका गुणहरू कम्युनिस्ट जीवनशैलीसँग मेल खान्छ न कि पुँजीवादी जीवनशैलीसँग ।
समाप्त
प्रस्तुति– सुवेग
श्रोत :अनलाइन मजदुर