लोचना
बुद्धिजीवी को हुन् ? बुद्धिजीवी कसलाई भन्ने ? समाज परिवर्तनमा बुद्धिजीवीहरूको भूमिका कस्तो हुनुपर्छ ? देशको आमूल परिवर्तनका लागि बुद्धिजीवीहरूले कस्तो योगदान पु¥याउँछन् ? नेपालका बुद्धिजीवीहरूको स्थिति के छ ? देश निर्माणको लागि आफ्नो बुद्धि तथा विवेकको सही प्रयोग गरिरहेका छन् कि छैनन् ? बुद्धिजीवीहरूले यतिखेर बाटो भुलिरहेका त छैनन् ? गम्भीर समीक्षा तथा छलफल आवश्यक भएको सर्वत्र अनुभव गरिँदै छ ।
शब्दकोषमा बुद्धिजीवी शब्दको परिभाषा यसरी दिइएको छ— ‘त्यो व्यक्ति हो जसले आफ्नो उच्च अध्ययनबाट विशेषज्ञता हासिल गर्छ । बुद्धिजीवी एक अनुसन्धानकर्ता हो । आफ्नो बुद्धि बेचेर जीवन निर्वाह गर्ने व्यक्ति नै बुद्धिजीवी हुन् ।’ यो परिभाषा कति उपयुक्त छ या कति पूर्ण छ, छलफलको विषय हुनसक्छ ।
बुद्धिजीवीहरू आफ्नो विषयमा मात्र केन्द्रित रहेर अध्ययन गर्ने गर्छन् र आफूले अध्ययन गरेको आधारमा आफ्नो दृष्टिकोण बनाउँछन् भनी आलोचना सुनिन्छ । जनताबिच नजाने भएकोले बुद्धिजीवीहरू जनताका समस्या बुझ्दैनन् तथा जनताको भावना नै बुझ्दैनन्, त्यसैले बुद्धिजीवीहरू जनताको सन्दर्भमा मूर्ख हुन्छन् । यस्तो प्रतिक्रिया पनि समाजमा बरोबर सुनिन्छ ।
नेमकिपाका अध्यक्ष रोहितले नेपाली राजनीतिको सन्दर्भमा व्यक्त गर्नुभएको विचार यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ – ‘अहिले विश्वासघात गर्ने मान्छेहरू बढी जसो पीएचडी होल्डरहरू छन् । विद्यावारिधि गर्दैमा धेरै कुरा बुझिने होइन । उसले के सर्टिफिकेट लियो महत्वपूर्ण होइन, उसको मन कहाँ छ त्यो मुख्य हो । उसको विचार मुख्य हो । जसले व्यक्तिगत र पुँजीवादी स्वार्थ हेर्छ त्यो सघनरूपले पुँजीवादी विचारको हो । जसले समाजको हितमा कुरा गर्छ त्यो समाजवादी विचारको हो भन्ने बुझ्छौँ । ज्ञानभन्दा स्वार्थलाई महत्व दियो भने देश दुर्घटनामा जान्छ ।’
हामीलाई लाग्छ कि उच्च शिक्षा अध्ययन गर्ने व्यक्ति समझदार हुन्छ । अर्थात्, देश र समाजको हितको लागि उनीहरूले काम गर्नेछन् । तर, पुँजीवादी बुद्धिजीवीहरू सही वा गलत थाहा पाएर पनि जनताको हितमा काम नगरी आफ्नो व्यक्तिगत स्वार्थको लागि जनविरोधी मार्गमा हिँड्ने गरेका प्रशस्त उदाहरण छन् । डिग्री पाउनु ठूलो कुरा होइन ऊ कुन बाटो हिँड्छ, कस्तो विचार राख्दछ र कुन वर्गको प्रतिनिधित्व गर्दछ, त्यो महत्वपूर्ण पक्ष हो ।
यसै सन्दर्भमा दसैँको आगमनसँगै कोरिया पुनः एकीकरण सहयोग समिति, भक्तपुरद्वारा प्रकाशित ‘का. किम जङ इलका दुई रचना’ पुस्तक हात प¥यो । कोरियाली जनताका प्रिय नेता तथा विश्व कम्युनिस्ट आन्दोलनका सुपरिचित नेता किम जङ इलका दुई रचनाहरू ‘क्रान्ति र निर्माणमा बुद्धिजीवीहरूको भूमिकालाई अझ अगाडि बढाऔँ ।’ ‘समाजवादको विचारधारात्मक आधारका केही समस्याहरूको सम्बन्धमा’ अध्ययन गर्ने अवसर मिल्यो । पहिलो लेख सन् १९९० सेप्टेम्बर २० को दिन कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका वरिष्ठ पदाधिकारीहरूको बैठकमा व्यक्त गरिएको मन्तव्य हो । दोस्रो लेख त्यसै वर्षको मे ३० का दिन कोरियाली मजदुर पार्टीको केन्द्रीय अधिकारीहरूको भेलामा प्रस्तुत प्रवचनको सारसङ्क्षेप हो । यी दुई रचनाहरू कोरियाको परिवेशमा लेखिएका लेखहरू हुन् । यी लेखको गम्भीर अध्ययनबाट कोरियाली क्रान्ति र समाजवादको निर्माणमा कोरियाली अनुभवहरूबाट विश्व क्रान्तिलाई टेवा पुग्ने निश्चित छ ।
विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङले भन्नुभएको थियो, “बुद्धिजीवीहरू मूर्ख हुन्छन्, जसको हातमा ठेला र खुट्टामा माटो लत्पतिएको हुन्छ, तिनीहरू नै वास्तविक बुद्धिजीवीहरू हुन् ।” त्यस्तै, विश्व कम्युनिस्ट आन्दोलनमा बुद्धिजीवीहरूको सम्बन्धमा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ र अन्य नेताका भनाइहरूलाई अघि सार्दै विभिन्न तर्क वितर्क हुँदै आएको देखिन्छ । यसै सन्दर्भमा कामरेड किम जङ इलको पहिलो लेख ‘क्रान्ति र निर्माणमा बुद्धिजीवीहरूको भूमिकालाई अझ अघि बढाऔँ !’ भन्ने रचनाले विश्वका कम्युनिस्टहरूमाझ विचार–मन्थन गर्न थप मद्दत पुग्ने निश्चित छ ।
यस रचनामा ‘बुद्धिजीवीहरू क्रान्तिका प्रेरक शक्ति हुन् । तिनीहरूले मजदुर र किसानको बिचमा गएर क्रान्तिलाई सघाउँदछन् । क्रान्ति र निर्माणमा बुद्धिजीवीहरूको स्थान र भूमिका धेरै महत्वपूर्ण रहेको छ । राजनीतिकरूपले प्रशिक्षित नभएका बुद्धिजीवीहरूले क्रान्तिलाई भन्दा व्यक्तिगत स्वार्थलाई महत्व दिन्छन् । बुद्धिजीवीहरूमा वैज्ञानिक तथा प्राविधिक प्रतिभाहरू भए तापनि मजदुर र किसानहरूसँग स्वच्छ मनले काम गर्न नसकुञ्जेलसम्म क्रान्ति र निर्माणमा तिनीहरू एउटा निधि नभई टाउको दुखाइको विषय बन्न सक्छ । त्यसकारण, बुद्धिजीवीहरूले निरन्तर प्रयत्न गर्नुपर्छ ।’ भन्ने उल्लेख छ ।
समाजमा धनी र गरीब दुई वर्ग भएजस्तै शासक बुद्धिजीवी र प्रगतिशील बुद्धिजीवी हुन्छन् । शोषणयुक्त समाजमा धेरैभन्दा धेरै बुद्धिजीवीहरूले शासकवर्गको सेवा गर्छन् । साथै साम्राज्यवादीहरूको मीठामीठा झूट उदारताका कुराहरूबाट प्रभावित हुनेछन् र यसले क्रान्ति र निर्माणमा ठूलो नोक्सान पु¥याउनेछ । पुँजीवादी समाजमा धेरैभन्दा धेरै बुद्धिजीवीहरूको जीवन गुजारा गर्न शासकवर्गको सेवा गर्नु नियति नै हुने गर्छ । धेरैजसो शासकवर्गको सेवा गर्न बाध्य हुन्छन् । पुँजीवादी समाजमा बुद्धिजीवीहरू सजिलैसित अस्थिर र द्वैधचरित्र बोक्छन् । मजदुर र किसानहरूको भन्दा बुद्धिजीवीहरूको जीवनस्तर नै राम्रो हुन्छ तर तिनीहरू पुँजीपतिहरूद्वारा शासित हुन्छन् । तिनीहरूको स्वाधीनता पनि कुँजिन्छ र तिनीहरूले एउटा साँच्चिकैको जीवन बिताउन सक्दैनन् । त्यसकारण, बुद्धिजीवीहरूको बिचमा गएर क्रान्तिकारी बीउ रोप्न जरूरी छ ।
औपनिवेशिक देशका बुद्धिजीवीहरूले आ–आफ्नो देशका स्वाधीनता र सार्वभौमिकताको लागि साम्राज्यवादीहरूलाई घृणा गर्छन् । देशको स्वाधीनताको क्रान्तिकारी सङ्घर्षहरूमा मजदुर र किसानहरूसँग जुर्मुराएर उठ्छन् । प्रगतिशील बुद्धिजीवीहरू सबैखाले पुराना र नकारात्मक तथ्यहरूका विरोधी हुन्छन् । नयाँ र सकारात्मक तथ्यहरूका निम्ति लड्छन् । साथै मजदुर वर्गसँग मिलेर शासक वर्गविरूद्ध सङ्घर्ष गर्छन् ।
यस लेखमा कोरियाली समाजवादी क्रान्तिमा बुद्धिजीवीहरूले मजदुर र किसानलाई जनचेतना जगाउन गरेको योगदानको कदर गर्र्दै सामाजिक विकासमा बुद्धिजीवीहरूले ठूलो भूमिका खेल्छन् भनी उदाहरणसहित प्रस्तुत गरिएको छ । कोरियाली पार्टीको ‘बुद्धिजीवी नीति’ को परिणामस्वरूप बुद्धिजीवीहरूले आफूलाई समर्पण गर्दै कोरियाली मजदुर—किसानहरूसँग हातमा हात मिलाई अगाडि बढेको सन्दर्भ प्रस्तुत छ ।
साथै ‘बुद्धिजीवीहरूले शिक्षा, साहित्य र कलाजस्ता समाजवादी संस्कृतिका सबै क्षेत्रहरूमा समाजवादी संस्कृति निर्माणको निम्ति प्रयत्न गर्नुपर्ने र मानसिक श्रममा लागेका बुद्धिजीवीहरू आफू वैज्ञानिक, प्राविधिक र विशेषज्ञ हुनुभन्दा पहिले क्रान्तिकारी हुनैपर्छ ।’ भन्ने किम जङ इलको विचार नेपालका बहुमत बुद्धिजीवीहरूले आत्मसात गरेको दिन नेपाली जनताले आमूल परिवर्तनको मिर्मिरे अनुभव गर्न पाउनेछन् ।
बुद्धिजीवीहरूमा सामूहिक दृष्टिकोण स्थापित गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । ‘व्यक्तिवाद र अहङ्कार नै जनताको क्रान्तिकारी रूपान्तरणमा प्रमुख बाधक हो । यदि जनता क्रान्तिकारी हुनु छ भने व्यक्तिगत चाहनाबाट माथि उठेर सामूहिक चाहनालाई प्राथमिकता दिने र समाज सामूहिक भावनाबाट ओतप्रोत हुनुपर्छ । उत्साहपूर्ण देशभक्तिको भावना हुनुपर्छ । क्रान्तिकारी भावनाबाट ओतप्रोत हुनुपर्छ । बुद्धिजीवीहरूमाझ क्रान्तिकारी सङ्गठनात्मक जीवनलाई सुदृढ बनाइनुपर्छ । मजदुरवर्गमा जस्तै बुद्धिजीवीहरूमा पनि क्रान्ति, सङ्गठन र अनुशासनको बलियो भावना विजारोपण गर्न आवश्यक छ ।’
एउटा महत्वपूर्ण विषयमा किम जङ इल सङ्गठनात्मक जीवनपद्धतिलाई एउटा बोझ वा स्वतन्त्रताको बन्देजको रूपमा लिनु ठूलो भूल हुनेतर्पm सचेत गराउनुहुन्छ । उहाँ थप्नुहुन्छ, “एक क्रान्तिकारीको निम्ति सङ्गठनात्मक जीवनबिनाको मनमोजीको जीवन स्वतन्त्र मूल्यवान जीवन हुनसक्दैन । मनलागी गर्न पाउनु स्वतन्त्रता नभई आत्मस्वेच्छा हो । यदि आत्मस्वेच्छालाई व्यक्तिगत स्वतन्त्रताको रूपमा लिइन्छ भने सारमा भन्नुपर्दा त्यस्तो स्वतन्त्रता त पशुहरूको जीवन हो । मान्छेहरूले सङ्गठनात्मक जीवनलाई स्वतन्त्रतामाथिको बन्देजको रूपमा लिन्छन् भने तिनीहरू व्यक्तिवाद र उदारतावादमा फस्नेछन् । अन्तमा क्रान्तिलाई धकेल्दै विभिन्न किसिमका गल्तीहरू गर्न पुग्नेछन् । यसले देशलाई ठूलो घाटा हुनेछ ।” यस भनाइले सङ्गठन बन्धन हो भन्ने भ्रम चिर्न खोजेको देखिन्छ ।
त्यस्तै, क्रान्तिकारी कार्यलाई अझ तीव्रगतिमा अगाडि बढाउन श्रमिक जनतामाझ युवा बुद्धिजीवीहरूलाई प्रशिक्षित गर्नुपर्ने विषयमा किम जङ इल गम्भीर हुँदै जोड दिनुुुहुन्छ । युवा बुद्धिजीवीहरूलाई प्रशिक्षण दिनु भनेको वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक ज्ञानले युक्त युवाहरूलाई कम्युनिस्ट र क्रान्तिकारी बुद्धिजीवीहरूको रूपमा हुर्काउनु हो ।
लेखको अन्तमा ‘विश्वविद्यालयका दिनहरू भनेको युवाहरूले आफ्नो दृष्टिकोण निर्माण गर्ने समय हो । जसको लागि राजनीतिक र विचारधारात्मक शिक्षा दिने कार्यलाई प्राथमिकता दिन आवश्यक छ ।’ भनी किम जङ इलले बताउनुभएको छ ।
समाजवाद र साम्यवादमा पुग्ने बाटोमा माक्र्सवाद र लेनिनवादको सार र मर्मलाई समाप्त पार्न प्रादुर्भाव भएको संशोधनवादले विश्व कम्युनिस्ट आन्दोलन धरापमा परेको कुरा हामी सबैलाई सर्वविदित्तै छ । यसै सन्दर्भमा पुस्तकको ‘समाजवादको विचारधारात्मक आधारका केही समस्याहरूको सम्बन्धमा’ शीर्षकको लेखमा साम्राज्यवादीहरूको घुसपैठ र संशोधनवादी विचारबाट टाढा रहन किम जङ इल सचेत गराउनुहुन्छ । कोरियाली जनताका महान् नेता किम इल सङद्वारा प्रतिपादित जुच्छे विचारधाराकै कारण कोरियाली क्रान्ति र समाजवाद स्थिर रहेको कुरा पदाधिकारीहरूमाझ राख्नुहुन्छ । उहाँले समाजवादमा आश्रित जुच्छे विचारधाराले साम्राज्यवादी र प्रतिक्रियावादीहरूको हरेक किसिमको दबाब तथा हमलाबाट अलिकति पनि विचलित नभइकन विश्वासपूर्वक विजयको बाटोमा अघि लम्किँदै गरेको कोरियाप्रति जनताको पूर्ण समर्थन र विश्वास अविचलित भएकोमा किम जङ इल गौरव गर्नुुहुन्छ ।
मान्छे नै आफ्नो भाग्यको मालिक हो । मान्छे नै सबै कुराको मालिक हो र मान्छेले नै सबै थोकको निर्णय गर्दछ । मान्छेलाई केन्द्रमा राखेर हरेक वस्तुको विचार गर्ने र हरेक वस्तुलाई मान्छेको सेवा गर्न लगाउने समाजकेन्द्रित जुच्छे विचारधाराले संशोधनवाद र साम्राज्यवादलाई असफल बनाउन गरेको सैद्धान्तिक सङ्घर्षबारे यस लेखमा चर्चा गरिएको छ ।
‘का. किम जङ इलका दुई रचना’ पुस्तक सरल, पठनीय तथा समयसान्दर्भिक छ । ५३ पृष्ठको यो पुस्तकले प्रजग कोरियाको नेतृत्वको सैद्धान्तिक अडान तथा वैचारिक योगदान छर्लङ्ग पार्नेछ । समाजको बुद्धिजीवीकरणको यात्रामा लम्किरहेको कोरियाली समाजवादबारे यो पुस्तकले थप प्रस्ट हुने मौका प्रदान गरेको पाठकले महसुस गर्नेछन् । प्रजग कोरियाको नेतृत्व र कोरियाली समाजवादबारे साम्राज्यवादीहरूले गरिरहेको प्रचारबाजी कति गलत रहेछ भन्ने स्पष्ट हुन पनि यो पुस्तकको अध्ययन अनिवार्य छ भन्ने अनुभूत हुन्छ । प्रजग कोरियाको समाजवादी साहित्यको गम्भीरतापूर्वक अध्ययन नेपाली कामदार जनता तथा संवेदनशील वर्गको निम्ति प्रेरणादायी हुने निश्चित छ ।
श्रोत अनलाइन मजदुर