नेकपा (मसाल) का नेताले अहिले पार्टीमा बहुमत वा अल्पमत भन्ने छैन भन्दै आएका छन् । तर यतिबेला का गतिविधि नियाल्दा पार्टी मा पुर्बबत बिभाजित दुई फरक समुह कायमै छन् भन्नेमा कुनै संका रहन्न ।लगातारका मुलनेतृत्वका गतिविधिले नै पार्टीमा दुइलाइनको संघर्ष जारी छ भन्ने कुरा छर्लङ्ग गराएको छ।यतिबेला पार्टी को एउटा पक्षले देशव्यापीरुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने बहानामा एकल फोरम चलाउदै हिँडिरहेको छ ।
कानुनी रूपमा पुर्ब बहुमत पछ्य्ले यो प्रशिक्षण चलाउने अधिकार प्राप्त गरेको छ।तर यो सबै प्रक्रियामा पार्टीको एउटा पक्षको मात्रै सक्रियता ,उपस्थिति र प्रस्तुतिहरु जुनप्रकारका रहनेगरेका छन् त्यो बाट प्रष्ट हुन्छ कि पार्टीको नाममा संचालित यी गतिविधिको उद्देश्य गुटबन्दी लाइनै मजबुत पार्नु हो। पार्टीको नाममा केही गतिविधि संचालन गरेर पार्टी लाइनै समाप्त पार्ने काम मुख्य नेतृत्वले गर्दै आएको छ। पार्टीका पुराना नेताहरु विषयका विज्ञहरु, र क्रान्तिका धरोहरका रुपमा परिचित केही कमरेडहरु गुमनामपारिएका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनको मुलि खामोका रुपमा स्थापित हाम्रो पार्टी का अहिलेका गतिविधिबारे जानाकारहरु भन्छन अब मसालमा पनि "धोद्द्रो"लायो।पार्टीका कार्यकर्ता समेत यतिबेला आस्चर्यमा परेका छन् । साच्चै पार्टी अब क्रान्तिकारी रहेन भन्ने छनक पाइसकेका पार्टी सदस्यहरू साब्धानी साथ अगाडी बढेका छन् । क्रान्तिप्रति प्रगाढ विश्वास भएका पुराना नेताहरु मार्क्सवाद लेनिनवाद र माओ सेतुङ विचारधारामा पोख्त रहेका विषयका ज्ञाताहरु बेगरका प्रशिक्षणहरु चलाइएको छ। विश्व कम्युनिष्ट आन्दोलनलाई नजिकबाट अध्ययन गरेका तिनै आन्दोलनका विषयहरुमा ठूलाठूला दस्तावेजहरु,प्रकाशनहरु प्रकाशित गर्न , प्रशिक्षण चलाउन र आन्दोलनको नेतृत्व गर्न सफल भएका केही नेताहरुलाई बिनाकारण ओझेलमा पारिएको छ।
यसरी कुनै कारण बिनानै ओझेलमा पारिएका नेताहरू जस्तो कि रामबहादुर बुढा, भैरब राज रेग्मी, कृष्ण पौडेल, शशिधर भण्डारी,शन्त बहादुर नेपाली, बिमल शर्मा, रुद्र पौडेल, कृष्ण खड्का, जीवन शर्मा लगायतका रहेका छन् ।यिनिहरुलाई यतिबेला किन गुमनाम बनाइएको छ ?यो एउटा गम्भीर प्रश्न बनेको छ। माथि उल्लेखित नाम हरु सँग बिसयगत हिसाबले तुलना गर्नै नसकिने केही फुच्चेहरु अहिलेका वरिष्ठ मार्क्सवादी प्रशिक्षकहरु का रुपमा उभ्याइएको देख्दा परीक्षार्थीहरु समेतलज्जाबोध गर्नबाध्य छन् ।कम्युनिस्ट आन्दोलनको विभिन्न कालखण्डमा सैद्धान्तिक छिद्रमा टेकेर मार्क्सवादी सिखर चढ्ने कुचेस्ठा गर्दै आएका नेता मोहनबिक्रम आन्दोलनप्रति इमान्दार छैनन् भन्नेकुरा मैले पार्टी सदस्यता प्राप्त गरेसङ्गै सुनेको थिए। तैपनि ती अफ्बाहरु हुन भन्ने मान्यताका साथ नेतृत्वको रछ्याकबज भएरकाम गरियो। भासागत समजदारी र माक्र्सवादी दर्शनका ज्ञता उन्ले आफू अनुकूलको व्याख्या -अपव्याख्या तर्क कुतर्कहरुको सहारा लिएरनै जिबनगुजारा चलाएका छन् । त्यति मात्रै होइन कुनबेला को मान्छे कहाँ प्रयोग गर्दा त्यस्को प्रभावको असरले आफ्नो पछ्यमा माहोल तयार हुन्छ भन्ने कुराको लेखाजोखा समेत गरेर मान्छे प्रयोग गर्न माहिर उनि यतिबेला आनन्द शर्मालाई मञ्चमा उफार्नेकाम गरिरहेका छन् । किनकी उनलाइ थाहा छ आनन्द शर्मा पूर्व पोलिट्व्यूरो सदस्य कमरेडका नजिकका नातेदार पर्नुहुन्छ। आनन्द शर्मालाई यसरी उफार्नुको खासकारण हो पूर्व पोलिटब्युरो कमरेडलाई असफल साबित गर्नु किनकि अहिले उहाँ वैचारिक हिसाबले मोहनविक्रम सिंहको नीतिसँग असहमति जाहेर गर्नु भएको छ। यसरी आफ्नै समकक्षी कामरेडलाई असफलसिद्ध गर्न अनेकौं सुत्र मध्ये एउटा सूत्रका रूपमा कमरेड आनन्द शर्मा लाई लिइरहनुभएको छ ।
यतिबेला माथि उल्लेखित विज्ञ नेताहरू मध्ये कैयौं लाई पार्टी बाट गलत्याइएको छ। कैयौँलाई पार्टीबाट निलम्बन गरिएको छ ।भने कैयौंलाई निष्कासन गरिएको छ ।त्यस्तै कैयौं कमरेडहरुलाई जिम्मा विहिन बनाइएको छ ।विषय विज्ञहरुलाई बाहिर राखेर आनन्द शर्मा सूर्यश थापा हरुले दिने भनेको परीक्षण कस्तो होला ? एकदशक , दुईदशक , तीनदशक यही संगठनमा जीवन व्यतित गरिसकेका कमरेडहरु उहाँ हरुको प्रशिक्षण बारे ज्ञात छौं । उहाँहरुका प्रशिक्षण केवल नेतृत्वलाई धुरी बनाएर नेतृत्वको गुणगान गाउन का निमित्त सहयोगी बन्ने र सहयोगी बनाउन प्रयत्न गर्ने एक प्रकारको भक्तजनहरु निर्माण गर्न सहयोगी बन्ने एउटा सामान्य प्रशिक्षण बाहेक अरु केहि हुन सक्दैन। नेकपा मसालले यतिबेला आठौं महाधिवेशन सम्पन्न गरेको करिब १८ महिना नपुग्दै एउटा बृहत्तर कार्यक्रम अर्थात् पार्टी शुद्धीकरण योजना लागू गर्दै छ।कान्तिकारी कम्युनिस्ट पार्टीहरुमा यसप्रकारका शुद्धीकरण कार्यक्रमहरुलाई महत्वका साथ लिने गरिन्छ ।यस्तो कार्यक्रम पार्टी सदस्यहरु, समर्थग्रुपका सदस्यहरु र उमेदवार सदस्यहरूको अपग्रेडका लागि यो पद्धतिको अनुसरण र कार्यनयन गर्ने गरिन्छ। तर त्यस्तो कार्यक्रम पार्टीले आफ्ना कैयौं निर्धारित निति नियम तथा कार्यक्रमहरु औपचारिकरुपले लागू तथा कार्यनयन गर्न नसकेको अवस्थामा , कार्यकर्ता नेता तथा समर्थकहरुको निष्क्रियता बढेको अवस्थामा ,सबै क्षेत्रमा निराशा पैदा भएर मुर्झाएको अवस्थामा, पार्टीका मुख्यालयहरुमा गलत समूहहरुले कब्जा जमाएको अबस्थामा , पार्टीका निर्धारित नीतिका विरुद्धमा रहेको समूहहरूको जताततै बर्चस्वकायम भएको बेला सारा पार्टी पंक्तिमा सक्रियता बढाउन ,पार्टीलाई पुनर्जागृत गराउन र त्यस्ता गलत तत्त्वहरूको कब्जाबाट मुख्यालयहरू मुक्त गर्न यसप्रकारका सुद्धिकरण कार्यक्रमहरू लागू गरिने गरिन्छ। जुन स्वभाविकै पनि हुन्छ।
तर हाम्रो पार्टीले एतिबेला संचालन गर्न लागेको शुद्धीकरण अभियान भने ठिक्क उल्टो तर्फबाट अगाडि बढाइरहेको छ। चिनिया अध्यक्ष माओले शुद्धीकरणले थेग्न नसक्ने निश्चितता महसुस गरेपछि मुख्यालयहरू मा बमवर्षाउन आह्वान नै गरेका थिए। र एउटा छुट्टै विचारको प्रतिपादन नै गरे जुन विचार " सांस्कृतिक क्रान्ति" का नामबाट विश्वका क्रान्तिकारी कम्युनिष्टहरुका माझमा सुपरिचित रहँदैआएको छ। तर यतिबेला मसालले लागू गर्न खोजेको शुद्धीकरण भने विश्व कम्यूनिष्ट आन्दोलनमा चलाउँदै आएका शुद्धीकरणहरु भन्दा ठिकविपरीत प्रकारको रहेको छ।जुन कुरा पार्टीका महामन्त्री का बक्तब्यहरु र प्रशिक्षण हरुबाट प्रष्ट भएको छ ।अहिले महाधिवेशन सम्पन्न भएको यति छोटो कार्यकालमा नै शुद्धीकरण किन आवश्यक पार्यो ? सामान्य चर्चा गर्नुपर्ने आवश्यकता छ ।नेकपा मसाल ले आफ्नो आठौं महाधिवेशनबाट घोर दक्षिणपन्थी नीति पास गरेको कुरा उस्का दस्तावेजहरुबाट छर्लङ्ग भइसकेको छ। तैपनि त्यो निति सजिलै तलैसम्म लागू गर्नसक्ने अवस्था छैन ।नेतृत्व तहमा संशोधनवादी लाइन बोकेका नेताहरूको बर्चस्व रहेतापनि तल्ला कमिटीहरुमा त्यस् तो अवस्था छैन ।
तल्लो कमिटीका सदस्यहरु,र समर्थक ग्रुपसम्मका कमरेडहरु को व्यापक संख्यामा क्रान्तिकारी विचार बोकेर बसेको ठूलो समूह छ। त्यो क्रान्तिकारी समूहले अहिले बैधानिक संघर्शमा भागलिएको छ। उदाहरणका लागी केहिसमय पहिला पार्टी केन्द्रिय कार्यलयले गरेको गम्भीर गल्ती पक्रेर त्यस्को विरुद्धमा संघर्ष गर्यो। तर महामन्त्री ले अहिले उक्त संघर्षलाइनै इगोका रुपमा लिएको कुरा २३ भाद्रको उहाँकै अभिव्यक्तिबाट प्रष्टभएको छ।उक्त कार्यक्रममा उहाँ (मोहन जि ) भन्नुहुन्छ " उहाँ हरुले पार्टी भित्र पार्टी चलाएको एउटा उदाहरण हो पचासौं ठाउँबाट एउटै बिसयमा लिखित उजुरिहरु आउनु ,उजुरी आउनु अन्यथा होइन तर एउटै बिसयमा एकै पटक देश तथा बिदेशबाट समेत आउनु भनेको उहाँ हरुले पार्टीको बैठक सकिएसङ्गै आफ्नो समुहको बैठकबसेर सर्कुलर गर्नुभयो त्यस्को परिणाम यसरी आयो"। यसरी नेतृत्वले गरेको गल्तीका बारेमा सचेतता अपनाउनु पनि उहाको बुझाइमा पार्टी भित्र अर्को पार्टी मा लाग्नु हो! यसको अर्थ अबका दिनमा पार्टी भित्र एउटै पार्टीमा रहने हो भने गल्तिहरु उपर कुनै उजुरी गर्नु भयन ।यसैगरी आगाडि जादा हाम्रो पार्टी को हालत कस्तो हुने होला हामी आफै बिचार गर्न सक्छौं । अहिले उहाँले यसरी तर्कहिनकुरा गरेर अनुशासनका नाममा त्रासदीपूर्ण अवस्था सिर्जना गर्दै हुनुहुन्छ ।
क्रान्तिकारी कार्यकर्ताहरुलाई धाकधम्कीहरु द्वारा हुर्मत नलिकन आफ्नो संशोधनबादी नीति लागू गर्न सकिन्न भन्ने कुराको छनक महामन्त्रीले महाधिवेशनको तयारीका शिलशिलामा चलाइएका फोरमहरुबाट नै पाएकाथिए। पार्टीको तल्ला तहहरुमा क्रान्तिकारी विचारले लेस भएका कार्यकर्ताहरूको बाहुल्यता नै अत्याधिक रहेका कारणले यतिबेला मसालको मुख्य नेतृत्वलाई आफ्नो संशोधनबादि नीति पार्टीमा लागु गराउने काम फलामको चिउरा सरह बनेको छ। हाम्रा नेता मोहन बिक्रम सिम्हले आफ्ना ति गलत नीतिहरुलाई लागु गर्ने अभ्यास आठौं महाधिवेशनपुर्ब प्रतिनिधिहरु छनोट प्रक्रियाबाट नै गरे।त्यतिबेला हददर्जाका टिकडमहरु द्वारा आफ्नो पछ्यमा कायलनामा लेखायर प्रतिनिधिछनोट गरि अगाडी बढे ।त्यसरी मनोमानी ढंगले छानेका प्रतिनिधिहरुले महाधिवेशनमा गणितीय भुमिका मज्जाले पूरा गरे। नेतृत्वले महाधिवेशनको समीक्षा गर्ने मसालको प्रचलनमाथी प्रतिबन्ध लगायो ।त्यस् बिचमा फरक विचारले धेरै कार्यकर्ताहरु लगेर जादैछन भन्ने भ्रमपुर्ण खेतिको अगुवाई आफैंले गर्नु भयो। पटकपटकका फुटहरुले आजित बनेका कार्यकर्ताले फुटको हल्ला द्वारा आफ्ना भाबनाहरु माथी ब्ल्याकमेलिङ्ग भएको मेसो बल्ल पाइरहेका छन् । तर सिम्हले त्यही फुटको डर देखाएर उनले एउटा जम्बो टिम बनाएर देश तथा विदेशबाट प्राप्त लेबि रकमको दुरुपयोग गर्दै प्रशिक्षण को नाममा संशोधनवादि नीतिको प्रचारप्रसारमा जुटे ।
त्यसरी चलाइएका प्रशिक्षणहरु पनि अपेक्षाकृत ढंगले उनका लागि फलदायी बन्नसकेनन् । जहाँ-जहाँ प्रशिक्षणहरू को आयोजना गरियो र अनुशासनको पाठ बढाइयो त्यहीत्यही ठाउँहरुमा प्रशिक्षार्थीहरुले अनुशासनको पाठपढाउने नेताहरु स्वयमको अनुशासन बारे प्रश्नहरू उठाएपछि नेतृत्वले लज्जाबोध गर्दै केही ठाउँहरूमा ती प्रशिक्षणहरुलाई बीचैमा स्थगन गर्नुपर्ने अवस्था सिर्जना भयो। तैपनि महाधिवेशनबाट बचेको रु पैतिसलाख रकम यस्तै-यस्तै बेतुकका कामहरुमा खर्च भयो। त्यस यता कोरोना प्रभावले जुम बैठकको माध्यमबाट आफ्ना संशोधनवादिनीतिको प्रचारमा लागी परेको हाम्रो पार्टीलाई शुद्धीकरणको आवश्यकता हो वा शुद्धिकरणका नाममा पार्टीमा फरक बिचार समुहको सफाई अभियान हो ? आगामी दिनमा थप प्रष्ट हुँदै जानेछ ।
शुद्धीकरण वा सुदृढिकरणहरु पार्टीलाई चुस्त, दुरुस्त राख्न पार्टीको वृद्धि विकास गर्न , कार्यकर्ताको क्षमता पहिचान गरेर मूल्याङ्कन गर्ने, क्षमताअनुसारको जिम्मा दिने उद्देश्यका साथ ती कार्यक्रमहरु संचालन गर्ने गरिन्छ। तर हाम्रो पार्टीनेतृत्वको उद्देश्य चुस्त पार्टी बनाउने तर्फ केन्द्रित छैन ।उल्टै शुद्धीकरणको पर्दाभित्रबाट फरक विचार समूहका सदस्यहरूको राजनितीक सफाइ अभियान सञ्चालन गर्ने मन्सायका साथ अगाडि आएको छ। जुन कुरा ठाउँठाउँका प्रशिक्षणात्मक गतिविधिहरुले थपप्रष्ट पारेको छ। स्वयं नेतृत्वकै प्रकाशनहरु लाइआधार मान्ने हो भने पनि अहिले हाम्रो पार्टी दुरुस्त छ सोच्छ सक्रिय छ ।जुन कुरा महामन्त्रीका लेख ,रचना, वक्तव्य र परिषद बैठकमा वितरण गरिएका प्रतिवेदनहरुमा उल्लेख गरिएको छ।
epari news का अनुसार पैचालिस सदस्यीय केन्द्रीय समिति मध्ये ४२ जनासदस्यहरु अर्थात् तिनतिहाइ भन्दा बढीकोसंख्या बहुमत पक्षकै रहेको छ ।उहाँहरुकै कब्जामा मुख्यालय अर्थात कार्यालय पनि छ। यसैगरी उहाँहरुकै पोल्टामा परेको छ पोलिटब्युरो समिती पनि। तैपनि हाम्रो नेतृत्वले अहिले पार्टी विषम परिस्थितिबाट गुज्रिएको दलिल पेश गरेको छ ।तर त्यो बिसमपरिस्थिती बारे थप व्याख्या गरेको छैन।नेतृत्वतहमा आफ्नै यतिका बलियोपकड हुदाहुदै पनि किन यसरी हाम्रो नेतृत्व स्वयंले गलत प्रचार गर्दै छ?
कार्यकर्ताले बुझनुपर्ने कुरा यहीं छ। पार्टीको एउटा तप्काले यस्पुर्बनै भन्दै आएको होकि उहाँहरुको नीति गलत छ ।हो तेहि गलत निति लागु गर्ने सन्दर्भमा कथित अनुशासनको ढोकाबाट भित्र छिरेर आफ्ना कार्यकर्ता को हुर्मत लिने काम अहिले भैरहेको छ । भदौ २३ गतेको एउटा कार्यक्रममा मोहनविक्रम स्वयमले आफूमा प्राधिकार रहेको संकेत गरेका छन् । त्यसक्रममा कार्यकर्ताहरुलाई उदाहरण दिँदै उनले भनेका छन् ।"मुलुकको विषम परिस्थितिमा प्रधानमन्त्रीले कुनै आदेशहरु जारी गर्दछन् तर ती आदेशहरू भित्र सि.डि.ओ. हरुले आफ्नो अधिकार हनन् भयो भनेर प्रश्न उठाउने कुरै आउँदैन" त्यस्तै अर्को एउटा प्रसंगमा उनले भनेका छन्।" सर्वोच्च अदालतले फैसला गरिसकेको कुनै मुद्दा पुनरावेदनका लागि जिल्ला अदालतहरुमा जान मिल्दैन" यसरी उनले प्रतिक्रियावादी राज्यव्यवस्थाका नियम कानूनहरूको साहारा लिएर हिँड्नुपर्ने बाध्यता किना आइलाग्यो? त्यस्तै अर्को अनुशासनको सन्दर्भमा उदाहरण दिने क्रममा उनले भने "अनुशासन सेना ,पुलिस, वा सिबिआइहरु जस्ता संस्थाहरुबाट सिक्नुपर्दछ" यसरी उनले आफूलाई प्रधानमन्त्रीको स्थानमा उभ्याउँदै आफ्ना फरमानहरुका बिरुद्धमा जान सक्ने कानूनी अधिकारहरू छैनन् भनेर कार्यकर्ताको तोलोधुने काम गरे।
अनुशासन समेत तिनै प्रतिक्रियावादी राज्य व्यवस्थाका संरचनाको भित्रका संघसंस्थाहरुबाट सिक्नुपर्ने जुन तर्कहरू पेश गरेका छन् ती तर्कहरूलाई हामीले उचितमान्नसकिन्न । उहाँले प्रशिक्षणमा दोहोराएर तेह्रराएर दिएका सर्वोच्चअदालतका निर्णयहरु पुनरावेदन तल्ला अदालतहरुमा हुनसक्दैन भन्ने तर्कमा आंशिक सत्यता छ। तर सर्वोच्च अदालतले कुनै पनि मुद्दामा फैसला लिनु पुर्ब त्यो मुद्दा उपर प्रशस्तै छलफलहरु बहसहरु हुने गर्दछन् । मुद्दाको प्रकृतिका आधारमा एकल वा बहुपक्षीय बेन्चहरु बस्ने गर्दछन् । त्यतिमात्रै हैन कैयौं मुद्दाहरुमा पुराइजलास बस्नेगर्दछ। मुद्दाहरूको गम्भीरता का आधारमा मतान्तरहरु देखापरे भने त्यो अबस्थामा समेत सम्पूर्ण प्रकृयाहरु पुरा गरेर मात्रै अन्तिम फैसला गणितीय पद्धतिको अवलम्वनद्वारा गर्नेगरेका उदाहरणहरू हामीकहाँ पनि छन् । र त्यस्लाइ आम्सिकरुपमा सहिमान्न सकिएला तर हामी क्रान्तिकारीहरुले त्यस्लाइ पुरै सहिमान्न सकिन्न ।
यतिबेलाको पार्टीभित्रको अवस्थालाई विषम परिस्थिति बताएर सम्पूर्ण कानुन आफ्नो हातमा लिएर बसेका महामन्त्रीले के त्यस्तै कम्तीमा पुजीवादी कानुन जत्तिकै न्युनतम सबै प्रक्रियाहरु पूरा गर्नुभएको छ? विद्यमान पुँजीवादी प्रतिक्रियावादी कानुन तथा ब्यबस्थाले पनि पेशागत मर्यादा हरु हो वा पेशागत धर्म निर्वाह गरेर नै फैसला जारी गर्ने गर्दछन् ।के हामीले पनि त्यसरी नै क्रान्तिकारी कार्यहरूका न्युनतम परिवर्तनका लागि हाम्रो घोषित नीति हरुका न्युनतम शर्तहरु पूरा गर्ने गरेका छौं वा हाम्रो नेतृत्वले त्यसरी आफ्ना घोषित नीतिहरु इमान्दारिताका साथ पुरा गर्ने वा कार्यान्वयन गर्ने गरेको छ? कमरेड महामन्त्रीले चिनिया अध्यक्ष माओले भनेजस्तो अनुशासनलाई सम्मान गर्ने कुरामा नमुना बन्न सक्नुहुन्छ? "पार्टी अनुशासनलाई सम्मान गर्न व्याक्ति संगठनको अधीनस्थ हुन्छ, अल्पमत बहुमतको अधीनस्थ हुन्छ, तल्लो समिति उपल्लो समितिको अधीनस्थ, बहुमतको अधीनस्थ पुरै पार्टी केन्द्रीय समिति हुन्छ र सिङ्गै पार्टी बिधानको अधीनस्थ हुन्छ र यसरी पुरै बिधान महाधिवेशनको अधिनस्त हुन्छ ।यी उल्लेखित कुराहरु के तपाईंमा लागू हुनु पर्दैन? आठौं महाधिवेशनले के तपाईंलाई एकल फोरम चलाउने अधिकार दिएको छ? विधानमा व्यवस्था गरिएका धाराहरु मिचेर अगाडि बढ्न तपाईंलाई महाधिवेशनले छुट दिएको त हामीलाई थाहा छैन ।
पार्टी अनुशासनलाई सम्मान गर्नु भनेको अर्थ निरपेक्षढंगले पार्टीको अन्ध समर्थन गर्नु हो? यदि यसरी नै हो भन्ने बुझाइ तपाईमा छ भने त्यो बुझाइ नै गलत छ ।सचेत कार्यकर्ताले अन्ध समर्पण सहितको समर्थन गर्न सक्दैनन्। सचेत कार्यकर्ताहरुले पार्टीमा खासखास समयमा नेतृत्व तहबाट नै गलत कार्यदिशा र प्रवृत्तिहरू पनि देखा पर्न सक्दछन् भन्ने कुराको हेक्का राख्ने गर्दछन् त्यसो गर्नु के अपराध हो ?कम्यूनिष्ट अनुशासन भनेको सर्वहारा अनुशासन हो । यो सचेत अनुशासन पनि हो ।हाम्रो अनुशासन बुर्जुवा हरूको प्रतिक्रियावादी अनुशासन भन्दा आधारभुत रुपले नै फरक हुनु पर्दछ। तर तपाईं तिनै बुर्जुवा हरूको अनुशासनको प्रसम्सक हुँदै जानुपर्ने कारण के हो ? सेना पुलिस भित्रको अनुशासन प्रधानमन्त्री सिडियो हरूको अनुशासन बारे चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत बुझाइ शाङ्घाइ १९७४ मा भनिएको छ " बुर्जुवा हरूको अनुशासन जनताको शोषण र दासत्वको आधारमा स्थापित हुन्छन र यो उत्पिडनकारी उपाय तथा झुटमार्फत मात्रै पालना हुन सक्दछ " १४५ , १४७ पेज। अब यसरी आफुले झुठहरुमा स्थापित अनुशासनको साहारा लिने ।अनि कार्यकर्ताले त्यो अन्ध समर्पणमा वा झुठमा टिकेको अनुशासनमा नलाग्ने कार्यकर्ताहरुलाई तपाईंले अनुशासन बिहिनको बिल्ला भिराउन आधारभूत बुझाइ साङ्घाइले रोकेको छ। यसैगरी पार्टी अनुशासनलाई सम्मान गर्न प्रत्येक कम्युनिस्टले खास गरेर मूल नेतृत्वदायी कमरेडहरुले नै सर्वप्रथम सक्षम ढंगले आफ्ना कार्यकर्ताहरूको आलोचनालाई स्वीकार गर्नु पर्दैन? चिनिया कम्यूनिष्ट पार्टीको आधारभुत बुझाइ पुस्तकमा भनिएको छ "पार्टी भित्र वा बाहिरका जनताले,कार्यकर्ताले आफ्ना टिप्पणी राख्दा त्यसलाई थेग्न नसक्ने कार्यकर्ताहरूको सानो समूह पाटीमा रहेको हुन्छ ।यी कार्यकर्ताहरुले आलोचनालाई दबाउने र बदला लिने हदसम्म पनि जान सक्दछन्।
तर यसलाई पार्टी अनुशासनले अनुमति दिँदैन, ।हामीले यसरी पार्टीको अनुशासनको विरोधमा खडा हुने यस्ता गतिविधिका विरुद्ध गर्नुपर्ने कठोर संघर्षको प्रश्नलाई दुई लाइन संघर्षको उच्च तहबाट हेर्नुपर्दछ ।सांघाईमा 1974 पुस्तकको एउटा अंशबाट । यसरी अनुशासन सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष स्वयंले प्रष्ट पारेको कुरा आज तपाईंले त्यसैका बर्खिलाप गर्दैहुनुहुन्छ। हाम्रै पार्टी भित्र व्यक्त भएका आलोचनात्मक टिप्पणीहरुको का विरुद्धमा माथि उल्लेख गरिएजस्तै आलोचनालाई भौतिकरुपले दबाउने र बदला लिने उद्देश्यका साथै अगाडि आएका कार्यकर्ताहरुलाई तपाईं स्वयंले संरक्षण गर्दै हुनुहुन्छ ।अब यस्ता तपाईंका यसप्रकारका गतिविधिहरुले नै हाम्रो पार्टीलाई समाप्त पार्न केन्द्रितरहेका छन् ।यसरी अनुशासन सम्बन्धमा माओले प्रष्ट पारेका विषयमा तपाईं इमान्दार हुनु पर्दैन? तपाइँको वर्तमान ब्याबहार "कम्यूनिष्ट पार्टीको आधारभूत बुझाइ साङ्घाइ 1974 "का विरुद्धमा किन केन्द्रित छ? तपाईंले विवादित प्रश्न वा विरोध हरुलाई दुई लाइनको संघर्षमा ढाल्ने र कुशलतापूर्वक नेतृत्व गर्ने हिम्मत किन गर्नुहुन्न? किनकि अब तपाईसँग त्यो सामर्थ्य छैन।अब तपाइँको सैधान्तिक टाटपल्ट्याइ सुरु भएको छ ।