एजेन्सी । साविक विजेता फ्रान्सले कतारमा सुरु हुने विश्वकप खेल्ने २६ सदस्यीय टीम घोषणा भएको छ। बुधबार राति फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले युवा खेलाडीको बाहुल्य भएको फ्रेन्च टिम घोषणा गरेका हुन्। म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेल भरानले पनि फ्रेन्च टिममा समावेश भएका छन्। भरानसँगै आर्सनलमा उत्कृष्ट लयमा रहेका विलियम सालिबा पनि डेस्च्याम्पको रोजाईमा परेका छन् ।
यस्तै, फ्रेन्च टिमबाट सर्वकालिन सर्वाधिक गोलकर्ताको सूचीमा थिएरी अन्री ९५१०भन्दा दुई गोल मात्रै पछाडि रहेका ओलिभर जिरुड पनि परेका छन्। एसी मिलानमा उत्कृष्ट लयमा रहेका ३६ वर्षीय जिरुडले क्लबका लागि १८ खेलमा ९ गोल गरेका छन्। जारी सिजन लिभरपुलबाट चार खेलमा मात्रै मौका पाएका कोनाटेले पनि विश्वकपमा स्थान बनाएका छन्। चार वर्षअघि डेस्च्याम्पको टिम रुसमा च्याम्पियन बन्दा मुख्य सदस्य रहेका मिडफिल्डर पौल पोग्बा र एन गोलो कान्टेले चोटका कारण विश्वकप गुमाउने हुँदा रियाल मड्रिडका युवा खेलाडीहरू एडुवार्डो कामाभिङ्गा र औरेलिन चोआमेनीले मौका पाएका छन्।
फ्रान्सको २६ सदस्यीय टिम
गोलकिपर : अल्फोन्से एरियोला, हुगो लोरिस, स्टिभ मान्डन्डा
डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिम कोनाटे, जुलेस कोन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, डायोट उपामेकानो, राफेल भरान
मिडफिल्डर : एडुवार्डो कामाभिङ्गा, युसुफ फोफाना, माटेओ ग्वेन्डोजी, एड्रियन राबियो, औरेलिन चोआमेनी, जोर्डन भेरेटौट
फरवार्ड : करिम बेन्जिमा, किङ्ग्स्ले कोम्यान, ओसुमाने डेम्बेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजम्यान, किलियान एम्बाप्पे, क्रिस्टोफर एन्कुन्कु