अनिल थापा
नियति यति क्रुर हुन्छ की यो हामीले सोचेर चिताए जसरी चल्दैन । नियतीले हाम्रो कर्मलाई परिणाममा बदलिदिन्छ । नेकपा मसालको अहिलेको परिणाम पनि नियत र नियति संग जोडिएको छ ।
अहिले ने.क.पा.मसालको सांगठनिक अवस्था र नेतृत्वले तयगरेको कार्य योजनालाई आत्मसात गर्ने हो भने यसले विसर्जनको बाटो समातेको देखिन्छ । यो संस्थापन पक्षको योजनाबद्ध क्रियाकलापको परिणाम हो । कुनै पनि संघ, संस्था, संगठनको सफलता वा असफलताको जिम्मेवारी नेतृत्वले लिने गर्दछ । यो संसार भरीका क्रान्तिकारी वा गैर क्रान्तिकारी सर्वहारावादी वा बुर्जुवा संघ संगठनहरुले अपनाउने स्थापित पद्दती हो ।
तर नेकपा मसालको नेतृत्वले जनवादी क्रान्ति सम्पन्न गरेर सर्वहारा वर्गको नेतृत्वमा शासन सत्ता संचालन गर्न अख्तियारी सुम्पने महान् उद्देश्य बोकेको पार्टीमा कहिल्यै निको नहुने सुकेनासको रोग लाग्नुमा कार्यकर्ताहरुको निम्न पूजीवादी चिन्तन र चरित्र देखाएर आफू पानी मुनिको ओभानो देखिने प्रयत्न गर्छ ।एकल नेतृत्व गरेको करिब चारदशकं भन्दा बढि भैसक्यो । पार्टीमा विग्रह विसंगति र अनियमितता यति बढेको छ कि एउटा समर्थकाले पनि सजिलै अनुमान लगाउन सक्दछ । पार्टीको यो विसर्जन उन्मुख अवस्था बनाउनमा कार्यकर्ताको दोष देखाएर नेतृत्व आफु दुधले नुहाएर सुनपानी छर्की सधैं चोखो देखिने अनवरत कुचेष्टा गर्दछ । अझै अनौठो कुरो त उ जीवन पर्यन्त पार्टीको राज सिंहासनमा बसेर राजदण्ड चलाउने र पार्टीलाई दक्षिण पन्थी यात्रा गराएर पूजीवादमा विसर्जन गराई धुपहाल्ने उत्कट अभिलाषाका साथ योजना तर्जुमा गर्दैछ ।यो अभिष्ट पुरा गर्न यतिखेर नेतृत्वले अङ्गीकार गरेका रणनैतिक योजना हुन् “विचारको बन्ध्याकरण र अनुशासनको दण्डा ।”
प्रशंग अघि बढाऔं विचारको बन्ध्याकरणबाट। आज भन्दा करिब साठी लाख वर्ष पहिले बाँदर प्रजातीको एउटा जीव “एप” बाट मान्छेको विकास हुदै आएको मानिन्छ । एउटी एपका दुई वहिनी छोरीहरु थिए । एउटीबाट चिम्पान्जीको विकास हुँदै आयो ।अर्की चाहीं हाम्रै हजुरआमा बनिन् भन्ने बैज्ञानिकहरुको मान्यता छ ।
चिम्पान्जीको समूहको नेतालाई अल्फा मेल भनिन्छ । उसले १५० जती चिम्पान्जीको नेतृत्व गर्न सक्छ भनिन्छ । उसलाई आफ्नो समूहमा असीम यौन स्वतन्त्रता हुन्छ । उसले आफ्नो यौनिक इच्छा अनुसार जो संग पनि यौन इच्छा राख्न सक्छ । सामुहिक विचारको आदान प्रदान गर्न नपाउने भएकाले चिम्पान्जीमा अहिले पनि उही रुपमा अल्फा मेलको अधिपत्य कायम छ । यसकारण चिम्पान्जीको विकास हुन सकेन भन्ने भनाई छ ।
यता सेपियन्समा विचार आदान प्रदान, छलफल, बहस, अवलम्बन, अनुशरण र अनावश्यक चिजको परित्याग गर्ने परिपाटीको विकास हुँदै गयो । ज्ञानको प्रकट रुप विचार हुन पुग्यो । उनीहरुमा सामुहिक ज्ञानको क्रान्ति नै आयो । त्यसलाई मनोवैज्ञानिकहरुले कग्निटिभ रिभोन्युशनभन्दछन् ।वैज्ञानिक ज्ञानको प्रकट रुप दर्शन, सिद्धान्त र विचार नै हो । हामीले अंगिकार गरेको दर्शन सिद्धान्त पनि विचारनै हो ।
यतिखेर नेतृत्वले अङ्गीकार गरेका रणनैतिक योजना हुन् “विचारको बन्ध्याकरण र अनुशासनको दण्डा ।” प्रशंग अघि बढाऔं विचारको बन्ध्याकरणबाट। आज भन्दा करिब साठी लाख वर्ष पहिले बाँदर प्रजातीको एउटा जीव “एप” बाट मान्छेको विकास हुदै आएको मानिन्छ । एउटी एपका दुई वहिनी छोरीहरु थिए । एउटीबाट चिम्पान्जीको विकास हुँदै आयो ।अर्की चाहीं हाम्रै हजुरआमा बनिन् भन्ने बैज्ञानिकहरुको मान्यता छ ।
नेकपा मसालमा सामुहिक विचारको नियोजन धेरै अघिबाट हुँदै आएको छ । त्यसको शुरुवात भएको महामन्त्रीलाई कृष्ण बनाउन थाले पछि देखिन्छ । सर्वज्ञ कोही पनि हुन सक्दैन । तर हामीले नीति सिद्धान्त दर्शन, ज्ञान व्यवहार सवै कुराकोे सर्वज्ञ नेतृत्वलाई ठान्दै आयौ ।काल्पनिक आदेश दाताको रुपमा हामी आदेश पालकहरुले नै पुर्याएका पनि हौ। उनमा आफ्नो वंशजहरुको जीनोम नहुने कुरो भएन । सामन्ती जीनका बाछिटाहरु जो कोही संग पनि हुनसक्छन ।
तर महामन्त्रीमा बाछिटा होइन, मुलनै फुटेको देखिन्छ । नहोस पनि किन । सर्कुलर लेख आफै । वक्तव्य जारी गर आफै । दस्तावेज लेख आफै । विदेश भ्रमण गर आफै । भूमिगत पार्टीका सर्कूलर सार्वजनिक गर आफै । महाधिवेशनबाट पारित दस्तावेज फेरबदल गर आफै । महाधिवेशन पछि एकल फोरम चलाउ आफै । मानौं अरुले केही जानेकै छैन । क्रान्तिकारी पार्टीमा सामन्ती संस्कारको मुल फुटेको भनेकैं यहि हो । र यही हो विचार माथिको प्रतिबन्धको सुत्रपात पनि यहि कार्यप्रणालीबाट प्रतिबन्ध लागेको नेपाली जनवादी क्रान्ति माथि समेत ।
विचारमाथिको प्रतिबन्धको अर्को कडी भनेको अरुका विचार प्रकट हुनै नदिने हो । महामन्त्रीले अरुका विचारहरुलाई सुन्नै चाहन्नन् । अरुका विचार प्रकट हुनै पाउँदैनन् । ति विचारहरु रिजेक्ट गरिन्छ । र विचार प्रस्तोतालाई नोटिसमा राखिन्छ ताकि ढडिया थापेर कार्यवाहीमा बल्झाईहाल्न सकियोस् । नेकपा मसालको पार्टी केन्द्रमा प्रस्तुत गर्न पाइयोस् भनि पेश गरिएका सय कडौं विचारका यस्ता पोकाहरु छन्, जस्लाई नेतृत्वलेसुर्के गाठो पारेर मस्काइदिएको छ । ती विचारहरुलाई मारिएको छ । आखिर यस्तो किन गर्छन् महामन्त्रीले र तालि ठोक्छन् नन्दी भृंगीहरुले ? यसका पछाडीको रहस्य भनेको नेतृत्वलाई देशमा नयाँ जनवादी क्रान्ति गर्नु नै छैन । नयाँ जनवादी क्रान्तिको थालनी गर्नु छैन । क्रान्तिकारी कुराको भ्रम पारी कार्यकर्ताको आँखामा छारो हाल्दै पार्टीलाई दक्षिणपन्थी यात्रा गराएर पूँजीवादमा विलय गराई आफ्नो इहलिला समाप्त पार्ने योजनाबध्य कार्यमा छ नेतृत्व ।
कार्यकर्ताले विचारको कुरा गर्दा नीति सिद्धान्त र कार्यक्रमको मात्र कुरा गर्दैनन् । तिनीहरुले त नेतृत्वमा देखेका पलायनहरु, उनीहरुले गरेका पक्षपात पूर्ण व्यवहारहरु, कार्यकर्तालाई गरिएका अपमानजन्य व्यभिचारहरु, भ्रष्टाचार जन्य आचरणहरु, यौन दुराचार जन्य चरित्रहरु सबैलाई उजागर गर्छन् ।कार्यकर्ता त सके क्रान्ति गर्ने नसके क्रान्तिकारी जग बसाल्ने उच्च मनोबल साथ पार्टीमा होमिएका हुन्छन् । त्यसकारण नेतृत्वले कहिल्यै पनि कार्यकर्ताका विचार प्रस्तुत गर्नै दिदैन । विचारमा बन्ध्याकराण गर्ने प्रयत्न गर्छ । अन्यथा आफू पंगु बन्ने खतरा हुन्छ ।
मसालमाआठौं महाधिवेशन कालमा विचार माथिको प्रतिबन्धको तीब्रता देखाप¥यो।नेतृत्वले आफ्नो ७४ वर्षीय राजनीति र करिब ४० वर्षभन्दा बढी एकल नेतृत्व गरेको समयमा कहिल्यै व्यहोर्नु नपरेको संकआठौ महाधिवेशनमा देखाप¥यो । संस्थापन पक्षले तयार गरेको दक्षिणपन्थी दस्तावेजका विरुद्ध क्रान्तिकारी दस्तावेजको रुपमा फरक मतको दस्तावेज प्रस्तुत भयो ।
कार्यकर्ताले विचारको कुरा गर्दा नीति सिद्धान्त र कार्यक्रमको मात्र कुरा गर्दैनन् । तिनीहरुले त नेतृत्वमा देखेका पलायनहरु, उनीहरुले गरेका पक्षपात पूर्ण व्यवहारहरु, कार्यकर्तालाई गरिएका अपमानजन्य व्यभिचारहरु, भ्रष्टाचार जन्य आचरणहरु, यौन दुराचार जन्य चरित्रहरु सबैलाई उजागर गर्छन् ।
संसारमा मान्छे मात्रै यस्तो जीव हो जस्को दातमा विष हुँदैन । मान्छेको विष त शब्दमा हुन्छ । भिन्न मतका साथ दस्तावेज प्रस्तुत गर्दैमा मसाल नेतृत्वले शिर देखि पैताला सम्मको संस्थापन पक्षिय षडयन्त्र मूलक सन्जाल तयार गर्यो । भिन्न मतको विरुद्ध विष बमनका रुपमा ओकेलिए यी लान्छनाहरु र आफ्ना जन्तीहरुलाई घोकाइयो । उनीहरु सबैले यसरी विष वमन गरे यिनीहरुले पार्टी फौर्दैछन्, यी घुस पैठियाहरु हुन्, यि सी.आइ.डी.का एजेन्ट हुन्, यिनीहरुले यस्तो दस्तावेज लेख्नै जान्दैनन् । यो अर्कैले लेखिदिएको हो,यिनीहरु रअ बाट सन्चालित छन आदि । यहीनेर छ विचारको प्रतिबन्ध ।
पहिलो कुरा त महाधिवेशनमा आप्mना विचार राख्ने अधिकार सबै पार्टी सदस्यहरुलाइ हुन्छ । आप्mना विचार राख्दैमा पार्टी नेतृत्वले त्यति विघ्न अपमान जन्य लान्छनाको विष बमन गर्नु र आफ्ना आसे पासेहरुलाई वमन गर्न लगाउनुको अर्थ के थियो ? यो विचारमाथिको प्रतिबन्ध होइन? पार्टीप्रति सबैको माया ममता छैन? पार्टीलाई अरु नेता कार्यकर्ताले आप्mनो क्षमताले भ्याएसम्म श्रम लगानि गरेका छैनन् ? के नेतृत्वले बाहेक अरुले विचार राख्न पाउँदैन ? नेतृत्वले दक्षिण पन्थी दिशा समात्दा पनि ठिक,अरुले क्रान्तिकारी दस्तावेज प्रस्तुत गर्दा पनि बेठिक? आफ्नै नेता कार्यकर्ताले भिन्न विचार व्यक्त गर्दा यत्रो अलाप । यसरी मसाल नेतृत्वले विचारका हिसाबले आफुलाई चिम्पान्जीको अल्फा मेल भन्दा माथि उठाउन चाहदैन ।
अब प्रसंग उठाऔं अनुशासनको दण्डाको । अनुशासनको सबैले पालना गर्नु पर्छ । कम्युनिष्ट पार्टीमा अनुशासनको महत्व झनै बढी हुन्छ । भुमिगत पार्टीमा त कति कति ।अनुशासन भन्नाले स्थापित काल्पनिक आदेशहरु हुन् ।कुनै पनि संघ संगठन पार्टीहरुमा आफ्नै स्थापित नियमहरु आचार संहिताहरु हुन्छन् । यिनलाई सबैले पालन गर्नुपर्ने हुन्छ । अन्यथा सजायको व्यवस्था पनि हुन्छ । अनुशानका नियमहरु सापेक्षित हुन्छन् । समय समयमा यिनीहरु फेरिदै पनि जान्छन् । सामन्ती समाज वा पूजीवादी समाजमा अनुशासनको दुरुपयोग पनि गरिन्छ । जनतालाई अनुशासन लाग्ने नेतालाई नलाग्ने । गरिबलाई लाग्ने धनीलाई नलाग्ने । नेतालाई नलाग्ने कार्यकर्तालाई लाग्ने आदि ।
नेकपा मसालमा भने अनुशासनको कुरा अत्यन्त भिन्न प्रकारले र क्रुरतम हिसाबले गर्ने गरिन्छ । खासगरी पार्टीमा महाधिवेशनमा भिन्न मत राखेका कारणले किनारा लगाउन अथवा निष्कासन गर्न अनुशासनको प्रयोग गर्ने गरिएको छ ।
२०६३ साल तिर सांसदहरु चित्र बहादुर केसी, हरि आचार्य र डिलाराम आचार्यले सरकारले प्रस्तुत गरेको जन्मको आधारमा विदेशीहरुलाई नागरिकता दिने विधेयकमा हस्ताक्षर गरे । यो अक्षम्य राष्ट्रघाती अपराध थियो । तर यो अपराधलाई पार्टी भित्र सामान्य आलोचना गरेर टुंगाइयो । निष्काशन गर्नु परेन । निलम्बन गर्नु परेन । किनभने उनीहरु संस्थापन पक्षका आफ्ना मान्छे थिए । चित्र बहादुर केसीले आफै जिल्ला प्रशासन कार्यालय बाग्लुङ गएरएउटका छोरालाइ अर्काको छोरा बनाइ नागरिकता बनाइदिएको कुरा धेरै पटक पत्रिकामा प्रकाशित भए । हाम्रो जस्तो देशमा यस्ता काम अरुले नी गर्दा हुन् । तर हाम्रा शिर्ष नेता, जस्को नेतृत्वमा,नौलो जनवादी क्रान्ति सम्पन्न गरेर सुशासनको प्रत्याभुति जनतालाई दिने भनि हामी तमाम कार्यकर्ता लामबद्ध छौं , लाई नैतिक हिसाबले सुहाउने विषय होइन । यो अपराध हो । तर त्यस्तो काम गर्नेलाई आलोचना सम्म पनि गरिएन किन भने उनी संस्थापन पक्षका आफ्ना मान्छे थिए ।
आठौ महाधिवेशन पछि भारतीय राजदुत मंजीत सिहपुरीलाई महाधिवेशनको विफ्रिङ्ग गर्न महामन्त्रीले भेट गरेका थिए । त्यो कुरा सार्वजनिक भएपछि चोखो चोर हुन अझ पत्रकारलाई मुद्दा दिएको नाटक पनि मञ्चन गरिएको थियो । तर उनलाई अनुशासनको कार्यवाही लाग्दैन ।
नन्दराज भट्टले पार्टीको सर्कुलर फेसबुकमा पोष्ट गरे । उनले कार्यवाही खान परेन । किनकी उनी नेतृत्वका आफ्नै मान्छे थिए । बरु उनको उल्टै बढुवा गरियो ।दुई घरवार हुने कामरेडहरु त अकवरी सुननै भए । उनीहरुलाई खोजी खोजी पार्टीमा राखिन्छ । किनभने उनीहरुले सुमेरुपर्वतको फन्को मारिरहन्छन् । आफु चोखिन पनि यस्ता अनेकौ घटनाहरु छन् ,जसलाई पार्टी नेतृत्वले आँखा चिम्लन्छ । किनभने उनीहरुबाट केही तलमाथि हुँदैन । आफ्नो अभिष्ट पुरा गर्न अहिले महामन्त्रीले आठौं महाधिवेशनले पास गरेका नीति तथा कार्यक्रमको हौवा देखाउदै आनुशासनको दण्डा बर्साउदैछन् ।
महाधिवेशन सर्वोच्च निकाय हो । यो कुरा सबैले जान्दछन् । महाधिवेशनले पारित गरेका दस्तावेजमा शब्द, कमा, पूर्णविराम, समेतमा फेर बदल गर्न मिल्दैन भनिरातो तरवार दस्तावेजमा आफै नेतृत्वले लेखेको छ । त्यसैलाइ आधार बनाएर पाचौ महाधिवेशन पछि पार्टी फोरेर हामीहरुलाई नेतृत्व प्रदान गर्दै आएका महामन्त्रीलाई अहिले अनुशासनको कार्यवाही लाग्दैन, किन भने उनी लुई १४ औैं हुन् ।
आठौ महाधिवेशन पछि भारतीय राजदुत मंजीत सिहपुरीलाई महाधिवेशनको विफ्रिङ्ग गर्न महामन्त्रीले भेट गरेका थिए । त्यो कुरा सार्वजनिक भएपछि चोखो चोर हुन अझ पत्रकारलाई मुद्दा दिएको नाटक पनि मञ्चन गरिएको थियो । तर उनलाई अनुशासनको कार्यवाही लाग्दैन ।आफ्नै नेता कार्यकर्ताका छोरा छोरीलाई अमेरिका पढ्न पठाउने वाडाक्टर बनाउन भर्ना गराउने भनी आफ्नी दुलहनलाई करोड रुपैया भ्रष्टाचार गराउन अनुमती दिए । उनलाई अनुशासन लाग्ने कुरै भएन ।केही समय पहिले पार्टीले हाँक पत्रिकालाई प्रा।लि।मा दर्ता गराउने निर्णय गरेको भनिन्छ । क्रान्तिकारी पार्टीको प्रकाशनलाई बुर्जुवा सरकारको अधिनस्थ राख्नेगरी यो निर्णय गरिएको थियो । किन भने पार्टीलाई क्रमशः पूजिवादी करण गराउनु थियो । यसमा त झन् कसैलाइ अनुशासन लाग्ने कुरा भएन ।
अझ अनुशासनको कोर्रात तेतीखेरदेखि बर्सन थाले जतिबेला रक्तिम सांस्कृतिक अभियानले देशभरी आफ्नो सांस्कृतिक छवि कायम गर्दै पोखरामा राष्ट्रिय सम्मेलनको अन्तिम तैयारीमा थियो । उसले गरेको अपराध भनेको आजीवन अभियानले देश र जनताको पक्षमा बहस पैरवी गर्दै हिंडेको थियो । रक्तिमआफुभन्दा बढी स्थापित हुने भयो भनेर संस्थापनलाई डाहा लाग्यो । तब अनुशासनका चोटका बर्षाहुन थाले अभियानका नेता कार्यकर्ता माथि ।
गोविन्द सिंह थापले आठौं महाधिवेशनमा फरक मतमा सहमति जनाएपछि संस्थापन पक्षले हाँकको निहुँ झिक्यो । गोविन्दसिंह थापाले हाँकलाई प्रा.लि.मा नलैजाउँ । पार्टीले नै चलाउँ भन्दा पार्टीबाट निष्काशित भए र नेतृत्वले गोविन्दसिंह थापाको ५० बर्ष भन्दा लामो इतिहासलाइ समाप्त पार्ने कुचेस्टा ग¥यो । हाम्रो आस्थाको धरोहर हाँकलाई मर्न दिनु भएन भनेर सन्त बहादुर नेपाली अगाडि देखिदा कोर्रा लागी हाल्यो । नारायण शर्मा पनि त्यसका शिकार भए ।
यसरी अनुशासनको नाममा संस्थापन पक्षले भिन्नमत राख्ने देश विदेशका नेता कार्यकर्ताहरुलाई योजनाबद्ध रुपमा एक एक गरेर सफाया गरेकोसमाचारहरुले सामाजिक सन्जालका वालहरु पोतिएका छन् । यसले के स्पष्ट गर्दछ भने मसाल नेतृत्व चिम्पान्जीको अल्फा मेल हो । सेपियन्स होइन ।