२२ भाद्र,सियारीतुलसी राम पौडेल
रुपन्देहीको सियारी गाउपालिकाको प्राङ्गणमा सोमबार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
निजामती सेवा दिवसको उपलक्ष्यमा गाउपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीद्वारा गाउपालिकाको प्राङ्गणमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।
सरसफाइ कार्यक्रमकै अवसरमा सियारी गाउपालिका अध्यक्ष अयोध्या थारूले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो भएकोले गाउपालिकाको सुशासन ,समृद्धि र समग्र विकासको लागि जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले कर्मचारीको सक्रिय भुमिकाबाट नै सियारी गाउपालिकाले विकासको गतिमा फड्को मारेको बताउनु भयो।
गाउपालिका प्रमुख प्रसासकिय अधिकृत मीन प्रसाद भट्टराईले गाउपालिकाको सुशासन एव चौतर्फी विकासको लागि कर्मचारीबाट सक्रिय रुपमा जनप्रतिनिधिहरुलई सहयोग प्राप्त भइरहने बताउनु भयो।
सरसफाइ कार्यक्रममा लेखा अधिकृत नारायण प्रसाद पौडेल, योजना शाखा अधिकृत रोमलाल पुरी, नासु चिरञ्जीवी गौतम, नासु शेषनारायण अर्याल, पशुसेवा अधिकृत गणेश प्रसाद खनाल,सुचना प्रविधि अधिकृत प्रदिप भण्डारी लगायत विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।