११ कात्तिक, काठमाण्डौ ।
अखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–१५ महिला साफ च्याम्पियनसिपका लागि बंगलादेश जान लागेको नेपाली टोलीको बिदाइ गरेको छ । एन्फाले एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार आज राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ । नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
नेपाली टोलीको नाम :
गोलकिपर स् राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर स् सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डर स् सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्ड स् दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार