२६ भदौ, एजेन्सी ।
रुसले युक्रेनमा गरेको आक्रमणपछि विश्वका धेरै देशमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । तर कुनै देशमा पेट्रोल–डिजेल महँगो हुन्छ कि हुँदैन, त्यो त्यहाँको जनताको क्रय शक्तिमा भर पर्छ । उदाहरणका लागि, स्विट्जरल्याण्डमा पेट्रोलको मूल्य सरसर्ती हेर्ने हो भने ‘असाध्यै धेरै’ लाग्न सक्छ तर वास्तवमा यस्तो होइन ।
स्विट्जरल्याण्डमा मानिसहरूको सम्पत्तिको स्तरको तुलनामा, यो खासै महँगो भने होइन । हङकङमा पेट्रोलको मूल्य सबैभन्दा बढी छ । यहाँ पेट्रोल प्रतिलिटर २।९८ डलरमा बिक्री भइरहेको छ । एक ग्यालन पेट्रोलको मूल्य ११।२८ डलर छ । तर ‘ग्यासोलिन एफोर्डेबिलिटी र्याङ्किङ’ का अनुसार यहाँका जनताको जीवनस्तरलाई हेर्दा यहाँ पेट्रोल सबैभन्दा महँगो छैन । यो र्याङ्किङ ‘ग्लोबल पेट्रोल प्राइसेज’ ले तयार पारिएको हो । यो ऊर्जा डाटा सङ्कलन र विश्लेषण परियोजना हो ।
पेट्रोलको मूल्य र जनताको आय स्तर
‘ग्लोबल पेट्रोल प्राइस’ र ग्लोबल इकोनोमी प्रोजेक्टका निर्देशक नेभेन वालेव भन्छन्, ‘कतार र कुवेतजस्ता तेल निर्यात गर्ने देशले सब्सिडी दिएर पेट्रोल र डिजेलको मूल्य निकै कम राख्छन् । तर अमेरिका र अष्ट्रेलियाजस्ता विकसित अर्थव्यवस्था भएका देशमा पेट्रोल महँगो हो तर त्यहाँ मानिसहरुको आम्दानी बढी छ ।’ उनी भन्छन्, ‘तर अर्कोतर्फ थुप्र गरिब छन् । पेट्रोल त्यहाँ खासै महँगो छैन तर त्यहाँ मानिसको आय स्तर निकै कम छ ।’ यही कारणले गर्दा कतार, कुवेत, लक्जमबर्ग, अमेरिका र अष्ट्रेलियामा मानिसलाई पेट्रोलको मूल्य निकै सस्तो लाग्छ । अर्कोतर्फ मोजाम्बिक, मेडागास्कर, मलावी, सियेरा लियोन र रवान्डामा पेट्रोलको मूल्य असाध्यै धेरै लाग्छ । यो भिन्न–भिन्न देशमा मानिसहरुको आयको स्तरको असर हो ।’ विश्वभर ऊर्जा संकट भइरहेका बेला पेट्रोलको मूल्य धेरै देशका लागि ठूलो टाउको दुखाइ बनेको छ । अधिकांश देशले आफ्ना नागरिकलाई सस्तो तेल उपलब्ध गराउन अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा पेट्रोल किन्नुपरेको छ ।
महँगो पेट्रोलबाट मुद्रास्फीतिको नयाँ लहर
पेट्रोल, डिजेल र ग्यासको मूल्यवृद्धिका कारण अन्तर्राष्ट्रिय अर्थतन्त्रमा मुद्रास्फीतिको नयाँ लहर सिर्जना भएको छ । यसले विश्व अर्थतन्त्रलाई हल्लाएको छ । जनताको घरायसी बजेट बिग्रिएको छ । बढ्दो ब्याजदर र घट्दो आर्थिक वृद्धिका कारण अन्योलको वातावरण छ । भालेभले बीबीसीसँगको कुराकानीमा भने, ‘युक्रेन युद्धबाट इन्धनको बढ्दो मूल्यमा थप आगो लगाइदिएको छ । कोभिडपछि विश्व अर्थतन्त्रमा आएको सुधारका कारण पनि तेलको मूल्य बढिरहेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेपछि आम उपभोक्ताले महँगो तेल किन्न बाध्य छन् । तर विभिन्न देशमा स्थिति पनि फरक छ । यी देश कच्चा तेल आयात गर्छ वा निर्यात भन्ने कुरामा पनि यो कुरा निर्भर हुन्छ । तेलको मूल्य कसको कति रिफाइनिङ क्षमता छ त्यसमा पनि भर पर्छ । मूल्यहरू अन्य कारकहरूमा पनि निर्भर हुन्छन्, जस्तै सरकारी अनुदानको स्तर । विभिन्न देशका जनताको आयस्तरको पक्षलाई बेवास्ता गर्ने हो भने भेनेजुएला, लिबिया, इरान, अल्जेरिया र कुवेतमा तेलको मूल्य सबैभन्दा कम छ । जबकि हङकङ, आइसल्याण्ड, जिम्बाब्वे, नर्वे र मध्य अफ्रिकी गणराज्यमा मूल्य उच्च छन् ।
अबको तस्बिर
यस वर्षको सुरुमा विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १।२३ डलर प्रति लिटर थियो । तर बिस्तारै यसको मूल्य बढ्दै गयो र जूनसम्म यो शीर्ष स्थानमा पुग्यो । त्यो समयमा यी मूल्य प्रतिलिटर १।५० डलरमा बढेको थियो । तर, अहिले यो प्रतिलिटर १।३१ डलरको स्तरमा पुगेको छ । यो मूल्य युक्रेन युद्ध अघिको हो । कच्चा तेलको मूल्य पनि युद्धपूर्वको स्तरमा पुगेको देखिन्छ । तर यसको कारण विश्वभर आर्थिक गतिविधिमा आएको सुस्तता हो।
-बीबीसी