१९ भदौ, कञ्चन
जेसीआई कञ्चनले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले विभिन्न प्रकारका राहत सामग्री संकलन गरेको छ। जेसीआई कञ्चन वर्ष २०२६ द्वारा संकलित सामग्री लिएर हिजो जेसिआई कञ्चनको टिम बाढी तथा पहिरो प्रभावित क्षेत्रतर्फ गएको जेसिआई कञ्चनका अध्यक्ष निरोज पौडेलले जानकारी दिनु भएको छ।
जेसीआई कञ्चनद्वारा संकलित सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, कपडा, सरसफाइका सामग्री, शैक्षिक तथा दैनिक उपभोग्य सामग्रीलगायत रहेका छन्। संकलित सामग्रीमा १९ क्विन्टल चामल, १२० केजी दाल, १०० केजी चिउरा, ११ केजी आयोडिनयुक्त नुन, ७ कार्टुन खाने तेल, ५ कार्टुन मिनरल वाटर, ६।५ केजी सर्फ र ८६ वटा साबुन रहेको जेसिआई कञ्चनका पूर्व अध्यक्ष धनपति ज्ञवालीले जानकारी दिनु भएको छ।
त्यसैगरी ३७ वटा स्टिल प्लेट, ४९ वटा स्टिल कचौरा, ५ वटा कुकर, ६ वटा कराई, ४ वटा चम्चा, १ वटा जग, ८ वटा छाता, ४५ जोर चप्पल, ५ थान बेडसिट तथा ४५९ थान कपडा संकलन गरिएको विवरणमा उल्लेख छ।
प्रभावित परिवारका बालबालिकालाई लक्षित गरी ६३ थान बालबालिकाको कपडा, ३ थान बालबालिकाको अन्डरवेयर, २० जोर सानो–ठूलो जुत्ता, ५ जोर मोजा लगायतका सामग्रीसमेत संकलन गरिएको छ। महिलाका लागि २६ थान अन्डरवेयर र २४ प्याकेट सेनिटरी प्याड तथा अन्य आवश्यक सामग्री पनि संकलन गरिएको जेसिआई कञ्चनले जानकारी दिएको छ।
संकलित राहत सामग्रीमा १८ पेटी चाउचाउ, ३२ प्याकेट बिस्कुट, १ बोरा भुजा, १ बोरा सोयाबिन, १६ प्याकेट खाजा टिफिन, १०० केजी चिउरा, २ थान ग्यास चुलो, ५ थान सोलार लाइट लगायतका सामग्री रहेका छन्।
जेसीआई कञ्चनले विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। संकलित सामग्री बाढी तथा पहिरो प्रभावित परिवारसम्म पुर्याई उनीहरूको कठिन अवस्थामा सहयोग गर्ने उद्देश्य रहेको जेसीआई कञ्चनले जनाएको छ।
जेसीआई कञ्चनको नेतृत्वमा जेसीआई कञ्चन, जेसीआई बुटवल, जेसीआई बुटवल लेडी, जेसीआई सिद्धार्थ लेडी, जेसीआई तिलोत्तमा , जेसीआई तिनाउ, जेसीआई रामनगर, जेसीआई रामग्राम, जेसीआई रामग्राम लेडी र जेसीआई सुनवालबाट विभिन्न राहत सामग्री संकलन गरिएको जेसिआई कञ्चनका पूर्व अध्यक्ष ज्ञवालीले जानकारी दिनु भएको छ।
उक्त संकलित राहत ससामग्री लिएर जेसीआई कञ्चनका अध्यक्ष जेसी निरोज पौडेलको नेतृत्वमा पूर्व अध्यक्ष जेसी बाबुराम पौडेल निवर्तमान अध्यक्ष जेसी प्रकाश उपाध्याय पौडेल र महासचिव जेसी कृष्ण सापकोटा, जेसीआई रामनगरका महासचिव जेसी माधव न्यौपाने र जेसीआई सुनवलका महासचिव सन्तोष पाण्डेको टोली नुवाकोटको त्रिशूली बजार प्रस्थान गरेका हुन।
