२४ भदौ, बुटवल
नेपाल आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीको अध्यक्षमा चित्र तुलाचन अध्यक्षमा सर्बसम्म्त निर्वाचित हुनु भएको छ। बुटव स्थित मेरिगोल्ड होटलमा शनिवार सम्पन्न महासंघको सातौं अधिबेशनले महासंघका निवर्तमान सचिव तुलाचनलाई अध्यक्षमा निर्वाचित गरेको हो।
अधिबेशनवबट उपाध्यक्षमा आशा तमु (गुरुंग), सचिवमा प्रेम कनौजे मगर, सह सचिवमा नेत्रलाल थारु र कोषाध्यक्षमा दिपक प्रसाद श्रेष्ठ निर्वाचित भएका छन। यस्तै जिल्ला समन्वय परिषद सदस्यमा रामनन्द कुमाल, कृष्ण कुमारी छन्त्याल, मनोज कुमार कुशवाडिया र ईन्द्र बहादुर राई निर्वाचित भएका छन।

अधिबेशनको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा थरुनीले जातिय लडाईले जनजातीहरुहरुको राजनैतिक, आर्थिक तथा राज्यको अंगहरुमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित नहुने बताउनु भयो। अव जो जुन दलमा सम्बद्ध छौं त्यही दल भित्रका जनजाती नेतृत्वहरुले आफ्नो अधिकारको सुनिश्चित्ताका लागि संघर्ष गर्नु पर्नेमा जोड दिदै प्रमुख अतिथि समेत रहनु भएका सांसद थरुनीले आदीवासी जनजातीहरुको मौलिक अधिकारका लागि निरन्तर आवाज उठाएपनि जनजातीहरुको उपस्थिति न्युन भएकोले आवाज बुलन्द हुन नसकेको बताउनु भयो। फरक प्रसंगमा बोल्दै देशको आर्थिक श्रोतलाई स्थायी बनाउन उधोग कलकारखाना, बिधुत लगायतको पुर्वाधार निर्माण गर्न आवस्यक रहेकोले एम सी सी परियोजना भित्र्याइएको स्पष्ट पार्नु भयो।
यसैगरी नेपाल आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीका संस्थापक सचिव दल बहादुर विरकट्टा मगरले आई एल ओ १६९ अभिसन्धीमा हस्ताक्षर गरेर पनि नेपाल सरकारले ऐन तथा कानुन बनाएर आदीवासी जनजातीहरुको अधिकार सुनिश्चित्ता नगर्नु एकल जातिय शासन सत्ताको निरंकुशता भएको दावी गर्नु भयो। नेपाल मगर संघका केन्द्रिय सअह अध्यक्ष समेत रहनु भएका विरकट्टाले शासक दलमा आवद्ध जनजाती नेताहरुले आफ्नो दल भित्र जातिय अधिकारको लडाई गर्न नसक्दा संघियता पछि आदीवासी जनजातीहरुको मुद्धालाई ओझेलमा पारिएको आरोप समेत लगाउनु भयो। राज्यको नीति निर्माण गर्ने स्थानमा पुगेर पनि यदि आफ्नो हक अधिकारलाई सुनिश्चित गर्न नसक्ने अगुवा जनजातीहरुले आफुलाई नेता भनेर अधिकार बिहिन जनजातीहरुको अगाडी कुनै धाक नदेखाउन समेत आग्रह गर्दै कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका विरकट्टाले २०७४ सालको चुनाव अघि लक्षित वर्गले प्राप्त गर्दै आएको स्थानीय तहमा आउने बजेटको ३५ प्रतिशत अधिकारलाई समेत कटौती गरेको प्रति आक्रोस व्यक्त गर्नु भयो।

कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ, तिलोत्तमा समन्वय परिषदका अध्यक्ष आशा गुरुंग, थारु कल्याणकारीणी सभा जिल्ला समितिका अध्यक्ष सतिश कुमार चौधरी, प्रेस सल्लाहकार तथा आदीवासी जनजाती पत्रकार महासंघ, (फोनिज) रुपन्देहीका अध्यक्ष सोनु थापा मगर, समाजसेवी तथा महासंघ, जिल्ला समन्वय परिषद, रुपन्देहीका संस्थापक अध्यक्षका छोरा अजय कुमार चौधरी लगायतले अव आदीवासी जनजातीहरु "आसने र भाषने" बनेर मात्र राजनैतिक अधिकार प्राप्ती नहुने भएकोले अव आदीवासी जनजातीहरु सधै माग्ने बनेर होइन अव राज्यको हरेक निकायहरुमा आफ्नो पहुंच पुर्याएर दिने हैसियत बनाउन आवस्यक रहेको बताउनु भएको छ।
महासंघका अध्यक्ष शंकर गाहा मगरको अध्यक्षता तथा महासंघका उपाध्यक्ष तथा तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव चित्र तुलाचले संचालन गर्नु भएको थियो। गिता सारुको संयोजकत्वमा महासंघका कानुनी सल्लाहकार मदन पुन र शिव प्रसाद तुलाचन सदस्य रहेको निर्वाचन मण्डलले अधिबेशनबाट नेपाल आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीको नयाँ कार्य समिति निर्वाचित गरेको थियो।
रुपन्देहीमा नेपाल मगर संघ, तमु ह्युल छोंज धी, नेवा पुच, तामांग घेडुंग, नेपाल छन्त्याल समाज, कुसवाडिया समाज, थारु कल्याणकारीणी सभा, भुजेल समाज गरी ८ एकल जातिय संघहरु कृयाशिल रहेका छन। महासंघका नवनिर्वाचित अध्यक्ष चित्रलाल तुलाचनको अध्यक्षतामा बसेको पहिलो बैठकले आसा गुरुङलाई महासंघको बरिष्ठ उपाध्यक्ष र इन्द्र राईलाई उपाध्यक्षमा मनोनयन समेत गरेको छ ।
