२४ साउन,पाल्पा
पाल्पा जिल्ला क्षेत्र नं. २ (ख) का सांसद तुलाराम घर्ति मगर (वसन्त)ले स्मार्ट कृषि गाउँ झ्याङलाका किसानहरुसंग दोहोरो सम्वाद गरेका छन। तिनाउ गाउपालिका वार्ड नं.२ झ्याङलामा निर्माण गरिएको स्मार्ट कृषि गाउको समिक्षात्मक कार्यक्रमको अवसरमा झ्याङलावासीहरुसंग बसि स्मार्ट कृषि गाउ निर्माणका लागि आवस्यक पुर्वाधारलाई कसरी पूरा गर्ने,स्मार्ट कृषि गाउँ निर्माण भए पछिको परिवर्तन,प्राबिधिक स्रोत साधन र ज्ञानको उपलब्धताबारे सांसद घर्तिले किसानहरुसंग प्रत्यक्ष समवाद गर्नु भएको छ।
सांसद तुलाराम घर्ति मगरसंग स्थानियहरु दोहोरो सम्वादमा सहभागि हुदै
सांसद घर्तिसंग झ्याङलावासीले स्मार्ट कृषि गाउँ भएपछि परमपरागत कृषि प्रणालीबाट आधुनिकरण बन्दै गैरहेको र उत्पादनमा वृद्धि भएकोमा खुशी ब्यक्त गरेका छन।किसानहरुले निकरणले मात्र उत्पादनलाई बृद्दि गर्न नसकिने त्यसको लागि कृषिमा लाग्ने रोगको निराकरणका लागि प्राबिधिक तथा उपचार बिधिका बारेमा तयार गरिएको पुस्तिका उपलब्ध भए राम्रो हुने सुझाब राखेका थिए।
सांसद तुलाराम घर्ति मगरसंग स्थानियहरु दोहोरो सम्वादमा सहभागि हुदै
सांसद घर्तिले स्थानिय किसानहरुको सुझाव र अनुभवहरुलाई यथार्थ र ब्यबहारिक भएको बताउनु भएको छ। सुबिधा नपुगेको ठाउमा किसानहरु आफै प्राबिधिक,बिज्ञ र चिकित्सकको समेत भुमिका निर्वाह गर्न सक्ने ब्यबहारिक ज्ञान भएको बताउदै किसानहरुको कृर्षि प्रतिको उतसाह र लगावलाई उत्पादनमुखी बनाउन किसानहरुले भने जस्तै कुन बाली नालीमा कस्तो रोग लाग्दा कसरी उपचार गर्ने र लगाएको बाली नालीकाो संरक्षण गरी उतपादन बढाउन किसानहरुले भने जस्तै प्राबिधि सचेतना प्रदान गर्ने हाते पुस्तिका प्रकाशन गरी प्रत्येक किसानहरुको हात हातमा पुर्याउन प्रदेश सरकार,कृषि ज्ञान केन्द्र र बिषय बिशेषज्ञको परामर्शमा पुस्तिका प्रकाशन गर्न पहल गर्ने बताउनु भएको छ ।
सांसद तुलाराम घर्ति मगरसंग स्थानियहरु दोहोरो सम्वादमा सहभागि हुदै
कृषि उधमी तथा किसान अञ्जना थापाले आफुले बाख्रा पालन गरेको तर बाख्रा बिरामी परेपछि पशु चिकित्सक झ्याङलासम्म आइपुग्न धेरै समय लाग्ने भएकोले बाख्रामा लाग्ने रोग र त्यसको उपचार बिधि उल्लेख गरिएको पुस्तिका उपलब्ध भए सोही पुस्तक हेरेर भएपनि बाख्रालाई उपचार गर्न सक्ने बताउनु भएको छ।बाख्रा बिरामी भएको घटनाको स्मरण गर्दै थापाले एक दिन बाख्राको शरिरमा ठूलो घाउ देखियो,बाख्राले घास पानी केही खाएको थिएन त्यसपछि चिकित्सकलाई खवर गर्दा ठाउ टाढा भएको र आउन समय लाग्ने भएकोले फोन मार्फत उक्त घाउ पिलो हुन सक्ने र सो पिलोलाई बेस्सरी निचोरेर खिल निकालिदिए निको हुने भनेपछि सोही अनुसार काम गरेको र स्थानिय जडीबुटी प्रयोग गरेर बाख्राको उपचार गरेको बताउनु भयो ।
सांसद तुलाराम घर्ति मगरसंग स्थानियहरु दोहोरो सम्वादमा सहभागि हुदै
कृषक शिव कुमारी रानाले समाजसेवा संगै परम्परागत कृषि प्रणालीको सुधार गरी आधुनिकरण प्रणालीबाट कृषि गर्न लागेपछि राम्रो उत्पादन भएको र बर्ष दिन खान नपुग्ने खेतबारी बाट स्मार्ट कृषि कार्यक्रमले बर्ष धान्न लागेको बताउनु भयो ।रानाले स्मार्ट कृषि गाउको योजना नआएपनि दुई बर्षे योजना अवधीमा आफुहरुले प्राबिधिक ज्ञान संगै खेतको गरो सुधार,धान खेतमै माछा पालन जस्ता कार्यक्रमले आफ्नो परिवार आत्म निर्भर बन्दै गइरहेको बताउनु भयो । यस गाउको लागि स्थानिय सरकार वा प्रदेश सरकारले छुट्टै जेटिए वा कृषि प्राबिधिक खटाइदिए हामीलाई सजिलो हुने सुझाव सांसद घर्ति समक्ष ब्यक्त गर्नु भएको थियो ।
स्थानियहरुसंग दोहोरो सम्वादमा सांसद तुलाराम घर्ति मगर
चम्पा घर्ति मगर आफैमा महिला स्वास्थ्य स्वयम सेबिका हुन तर उनले कृषि पेसासंगै स्वास्थ्य सेवालाई पनि निरन्तरता दिएको बताउदै स्मार्ट कृषि गाउ कार्यक्रमले गाउका हरेक घरपरिवारलाई आत्म निर्भर बनाउने आधुनिक कृषि प्रणाली बिकासले गाउका सबै कुनै न कुनै कृषिमा लागि परेको अनुभव बताउनु भयो । ९८ घर धुरी भएको सानो झ्याङला गाउमा कृषि स्मार्ट संगै जैबिक होम स्टेको निर्माण गरी झ्याङलाको अध्ययन अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वागत सत्कार गर्दै स्थानिय उत्पादनहरुको बिक्री बितरणबाट आम्दानीको श्रोत समेत बढ्दै गइरहेको चम्पाले बताउनु भयो ।
झ्याङला स्मार्ट कृषि गाउ कार्यक्रम स्थल
सांसद तुलाराम घर्ति मगर (बसन्त)ले झ्याङलावासीको मेहनत र कृषि प्रतिको लगावलाई अर्गानिक र उतपादन बृद्धिमा जोड दिन राज्यले बाटोमात्र देखाइदिए मात्र पनि पुग्ने र सो बाटोमा यहाँका किसानहरु मेहनतका साथ लागि पर्ने बताउनु भएको छ। स्मार्ट कृषि गाउ बनाउने योजना पनि एक किसिमको फरक र उत्पादनशिल बाटो भएको र राज्यले देखाएको बाटोमा किसानहरुले मेहनत गरेकै कारण झ्याङलाको फरक पहिचान बन्न सकेको बताउदै सांसद घर्तिले झ्याङलालाई कृषि पर्यटनको रुपमा बिकास गर्न सके उत्पादन संगै आर्थिक उपार्जनको बाटो पनि खुल्ने बताउनु भएको छ।
सांसद घर्तिले होम स्टेको नाममा सामाजिक र सांस्कृतिक बिकृति र बिसंगती भित्रिन नहुने बताउदै पर्यटकहरु आउदा स्थानिय नांचगान,सोरठी,ठूलो नाच,झ्याउरे जस्ता कला संस्कृतिको प्रदर्शन गर्नु पर्नेमा जोड दिनु भएको छ। स्थानिय रुपमा उत्पादन हुने कोदो, गहुं, मकै,फापर जस्ता अन्नहरुबाट बनेको रक्सी र खाने कुराहरुलाई झ्याङलावासीले नै ब्राण्ड बनाउनु पर्ने र यस क्षेत्रको पहिचान आफै बनाउन आफुले गर्नु पर्ने आधारभुत तथा नीतिगत सहयोग बताउनु भएको छ।
कार्यक्रममा तिनाउ गाउपालिका वार्ड नं. २ का वडा अध्यक्ष राजेश श्रेष्ठ,झ्याङला स्मार्ट कृषि गाउ कार्यक्रमका अध्यक्ष चोपलाल गिरी,उपाध्यक्ष रुद्र बहादुर जि.सी.,सहसचिव पिपला जि.सी.,ओम कुमारी घर्ति लगायतले झ्याङला स्मार्ट कृषि गाउको योजना,त्यसले पारेको प्रभाव र चुनौतीका बारेमा सांसद घर्तिसंगको दोहोरो सम्वादमा भाग लिनु भएको थियो ।सांसद तुलाराम घर्तिसंगको झ्याङला स्मार्ट कृषि गाउका स्थानिय किसानहरुको दोहोरो सम्वादको सहजिकरण सिद्धवबावा बिकास समितिका अध्यक्ष दल बहादुर गुरुङ्गले गर्नु भएको थियो ।कार्यक्रम इमानसिंह थापाको होम स्टेमा भएके थियो ।