८ साउन,बुटवल
राष्ट्रिय जनमुक्ती पार्टीको रुपन्देहीमा भएको ३ दिने बिस्तारित बैठकले पार्टीलाई आगामी चुनावमा बैकल्पिक शक्तीको रुपमा उदाउनेगरी ५ बुँदे रणनिती तय गर्दै सम्पन्न भएको छ। स्थानीय तहको निर्वाचनको समिक्षा गर्नुका साथै बैठकले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई नयाँ बैकल्पीक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने बिषयमा ब्यापक छलफल भएको सो पार्टीका महासचिब टोप अस्लामीले बताउनु भयो ।बिस्तारित बैठकको समपान संगै आयोजित पत्रकार सम्मेलनमा महासचिव अस्लामीले मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ ।
साउन ५ गते देखि ७ गते सम्म रुपन्देहीको मंगलापूरमा सम्पन्न राष्ट्रिय जनमुक्ती पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिब टोप अस्लामीले मुलुक श्रीलंकाको बाटोतर्फ लागेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको हो ।
मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै झ्याली पिट्नुको साटो त्यसलाई रोक्नेतर्फ आवस्यक कदम चाल्नुपर्ने वहाँको भनाई छ । भ्रष्टाचारकै कारण मुलुक आर्थिक संकटमा फस्न लागेको भन्दै महासचिब अस्लामीले भ्रष्टाचारलाई राज्यद्रोह सरहको अपराध मानेर सर्वस्वसहित जन्मकैदको सजाय हुने ब्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो ।
बैठकले आगामी संसदीय निर्वाचनमा नयाँ बैकल्पीक शक्तिको रुपमा आउने गरी तयारी गर्ने सहित ५ वटा रणनिती तय गरेको छ महासचिव अस्लामीले भन्नु भयो। पार्टीको ५ बुँदे राणनीति प्रस्तुत गर्दै महासचिव अस्लामीले नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, स्वदेशमा रोजगारको अवस्था नगण्य, असंलग्न परराष्ट्र नीति माथि प्रहार, कमजोर अनि निरीह बनाईएको राष्ट्रिय अडान र श्रीलङ्काको बाटोमा अर्थतन्त्र ओरालो लाग्नु देशको जल्दोबल्दो समस्या बनेको र यस्ता समस्या समाधानको लागि वैकल्पिक राष्ट्रिय शक्ती निर्माण गर्नु आवश्यक रहेको कुरा बिस्तारित बैठकको निष्कर्ष रहेकोबताउनु भयो ।
पत्रकार सम्मलेनमा सहभागी पत्रकारहरुलाई प्रेस विज्ञप्ति वितरण गर्दै प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि मित्र शक्तीहरुसंग सहकार्य आवश्यक रहेको भन्दै बैठकले जल्दोबल्दो राष्ट्रिय समस्या समाधानका लागि पार्टीले आफ्नै जोडबलमा पनि अभियान÷आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको महासचिव टोप अस्लामीले जानकारी दिनु भयो।
यस्तै भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्नेमा जोड दिदै बैठकले आगामी निर्वाचनका लागि विदेशमा रहेका नेपालीहरुका हकमा इ–भोटिङ्ग को व्यवस्था गर्न माग गर्दै थ्रेसहोल्ड राजनीतिक निषेधको हतियार र लोकतन्त्र विरोधी व्यवस्था भएको भन्दै बैठकले उक्त प्रावधान हटाउन पनि माग समेत राष्ट्रिय जनमुक्ती पार्टीले गरेको छ ।
सो पार्टीको बिस्तारित बैठकले अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गर्न समेत माग गदै आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनका लागि पार्टी र्यकारी अध्यक्ष केशव सूर्यबंशी मगरको नेतृत्वमा केन्द्रीय पदाधिकारी पदेन सदस्य र प्रदेश अध्यक्ष तथा जनसंगठनका केन्द्रीय अध्यक्षहरु आमन्त्रित सदस्य रहने गरी निर्वाचन निर्देशक समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले पार्टीका विभिन्न विभाग ईन्चार्ज समेत तोकेको छ । पार्टीको संगठन विभाग प्रमुखमा महासचिव टोप अस्लामी र सचिव मोजीव अली, सचिव गजेन्द्र आङ्बुहाङ्ग, धनी आले, राम इक्बाल मण्डल, लक्ष्मण पुन, टीपु सुल्तान, र जीवनपति श्रेष्ठलाई सदस्यको जिम्मेवारी दिइएको छ।
पार्टीका केन्द्रिय उपाध्यक्ष विदु प्रकाश कायस्थको संयोजकत्वमा उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव पूर्ण बहादुर राना र संघीय परिषद सदस्यहरु अधिवक्ता बालशिोर राना सदस्य रहेको प्रशिक्षण विभाग गठन गरिएको महासचिव अस्लामीले पत्रकारहरुलाई जानकारी गराउनु भयो।
उपाध्यक्ष बलदीप राई संयोजक रहनेगरी उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव गजेन्द्र आङ्बुहाङ्ग, सचिव मोजीव अली, संघीय परिषद सदस्यहरु राम इक्बाल मण्डल, मधु राना, टीपु सुल्तान सदस्य रहेको प्रचार विभाग तथा कोषाध्यक्ष मान बहादुर राई संयोजकत्वमा अर्थ विभाग गठन गरिएको छ। जसको उपसंयोजकमा डिके सूर्यवंशी र संघीय परिषद सदस्यहरु क्रमशः अशोक पुन, मोहन तिमिल्सेना, धन बहादुर गुरुङ्ग, अरमान अन्सारी, कलावती पुन सदस्य रहेका छन।
अनुशासन विभागमा उपाध्यक्ष हाजी डा. मोहम्मद हसन संयोजक र उपाध्यक्ष भीम बहादुर राना सहसंयोजक तथा संघीय परिषद सदस्यहरु हरिदेव थापा, अशोक पुन, ज्ञान बहादुर गुरुङ्ग सदस्य रहेका छन। महासचिव अस्लामीद्वारा बितरित प्रेस बिज्ञप्तीमा उपाध्यक्ष रविन्द्र उच्च नेपाली संयोजक रहेको जनसंगठन विभाग गठन गरेको छ। जसको सहसंयोजकमा उपाध्यक्ष मनीराम चौलागाई जिम्मा दिइएको छ।
संघीय परिषदका वरिष्ठ सदस्य हस्त हादुर थापालाई संघीय महासभाका लागि ईञ्चार्ज,संघीय महासभा सदस्य केहर सिंह राना (नवलपरासी सुस्ता पूर्व)) र बल बहादुर राना (बाँके) लाई संघीय परिषद सदस्यमा मनोनयन गरिएको समेत महासचिव अस्लामीले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ।