२३ श्रावण,बुटवल/तुलसी राम पौडेल
रुपन्देहीको देवदह नगरपालिका वाड नम्बर ५ मा रहेको गरिमा विकास बैंकका एक जना कर्मचारीलाई परिक्षण गर्दा कोरोना भाइरस कोभिड- १९ पोजेटिभ देखिएकोले सक्रमण फैलिन नदिन नगरपालिका कार्यपालिकाका पदाधिकारीहरुको मंगल वार सम्पन्न आकस्मिक बैठकले विभिन्न निर्णयहरु गरेको छ।
देवदह नगरपालिका वाड नम्बर ५ मा रहेको गरिमा विकास बैंक ,अरुण ,मेडिकल हल ,आर.एन प्याथोलोजीलाई अर्को सूचना नहुदासम्म पुर्ण रुपमा शिल गरि कन्ट्र्याक्ट ट्रेसिङ्ग गर्न CICTT( case investigation and contact Tracing Team ) लाई जिम्मा दिइएको छ।
नगरपालिकाले अर्को सुचना नभए सम्मका लागि मंगलवार राती १२ बजेदेखि मुख्य लोकमार्गमा संचालन हुने लामो दुरिका सवारी साधनले देवदह नगर क्षेत्र भित्र यात्रु चढाउने र ओराल्ने लगायतका कार्यहरू पुर्ण रूपमा बन्द गरेको छ।त्यसै गरि भित्री सडकमा यातायातका साधनहरु( बस,ट्रक ,टिप्पर,निजी गाडी ,मोटरसाइकल ,अटो रिक्सा,तथा साइकल ) चलाउन नपाइने भएको छ।सबै प्रकारका धार्मिक ,सास्कृतिक ,सभा सम्मेलन ,गोष्ठी ,सेमिनार ,बैठक,पिकनिक,भोज भतेर जस्ता कार्यहरू संचालन गर्न पाइने छैन ।
बिवाहा ,ब्रतबन्ध ,पुजापाठ ,मृत्यु सस्कार जस्ता कार्यहरूमा परिवार सदस्य समेत गरि २५ जना भन्दा बढी सहभागी हुन पाइने छैन ।होटल ,लज ,रेस्टुरेन्ट ,चमेना गृह ,किराना पसल ,हाट बजार , कस्मेटिक पसल ,शैलुन ,ब्युटिपार्लर ,चटपट,पानीपुरि लगायतका व्यापार व्यवसाय गर्न पाइने छैन ।
नगरपालिका भित्र संचालनमा रहेका शैक्षिक सस्थाहरु ,बैंक तथा वित्तीय सस्थाहरु ,निजी कार्यालय ,सहकारी संघ आदि खोल्न पाइने छैन ।अति आवश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र केही दिनका लागि यस नगर क्षेत्रका नगरबासिहरु देवदह नगरपालिका भन्दा बाहिर बसोबास गर्दै आइरहेको भए यस नगरभित्र आउन र यस नगरपालिकामा बसोबास गर्ने नागरिकहरु अन्य स्थानमा जान निषेध गरिएको छ। नगरपालिका कार्यालय र नगरपालिका अन्तरगतका वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ।
नगरपालिकाले एग्रोभेट,अस्पताल ,स्वास्थ सस्था तथा औषधिजन्य पसल र पेट्रोल पम्प २४ सै घण्टा खुला रहन सक्ने बताएको छ। ।एम्बुलेन्स ,शववाहन ,दमकल ,मानव अधिकारकर्मी र संचारकर्मिका सवारी साधन ,सरकारी सवारी साधन ,सरकारी कर्मचारीहरुले प्रयोग गर्ने निजी सवारी साधन ,दुग्ध ढुवानी ,पानी ढुवानी सेवा ,औषधि ढुवानी सेवा लगायतका सवारी साधनहरु चलाउन पाइनेछ।
आम नगरबासिलाइ कोरोना भाइरसको जोखिमबाट मुक्त राख्न राजनैतिक दलहरु ,नागरिक समाज ,सुरक्षा कर्मी ,उद्दोगी ,व्यापारी ,शिक्षक ,विद्यार्थी , टोल बिकास सस्थाका पदाधिकारीहरु लगायत आम नगरबासिमा सदा झै सहयोग पाउनेमा नगरपालिका ढुक्क रहेको बताएको छ।सक्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र परिक्षण गर्न टोलि खटिइ कार्य गरिसकेको हुनाले कोही पनि भयभीत नहुन र सचेत रहन नगरपालिकाले अनुरोध गरेको छ।