१९ साउन,बुटवल
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका,शुद्धोदन र गैडहवा गाउपालिकाको छुट्टा छुट्टै स्थानमा बालबिबाह बालबिबाह अन्त्यका लागि "राखी पे मेरा प्रतिज्ञा" कार्यक्रम समपन्न भएको छ । बिभिन्न साथी सञ्जालहरुको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देही र स्ट्रोम फाउण्डेसन नेपालको सहयोग तथा स्थानिय तहहरुको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
स्ट्रोम फाउण्डेसनको सहयोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका,शुद्धोदन गाउपालिका र गैडहवा गाउपालिकामा मानव बेचबिखन,लागुऔषध दुरुपयोग,महिला शसक्तिकरण,बालबिाह,दाइजो प्रथाका बिरुद्धका सचेतना कार्यक्रम संचालन गर्दै आइरहेको सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन रुपन्देहीले हरेक बर्ष स्थानिय तहमा गठन भएका किशोर किशोरीहरुको सञ्जाल साथी सञ्जाल मार्फत किशोर किशोरीहरु बिच सम्वाद संगसंगै रक्षा बन्धनको अवसरमा बाल बालबिबाह अन्त्यका लागि "राखी पे मेरा प्रतिज्ञा" कार्यक्रमको लागि सहयोग गर्दै आइरहेको छ।
यसबर्षको रक्षा बन्धन लुम्बिनी सांस्कृतिक नगरपालिका,शुद्धोदन र गैडहवा गाउपालिकाको बिभिन्न स्थानमा गरी ७ सय १५ जोडी भाइ बहिनी,दिदी दाईहरुले एक अर्कालाई राखी लगाइदिएर बाल बिबाह बिरुद्ध एक्यबद्धता जनाएका थिए ।
शुद्धोदन गाउपालिकाको वडा नं. २ को बनगाइमा भएको कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष सन्तादेबी ज्ञवालीले राखी पे प्रतिज्ञामा सहभागी भएका किशोर किशोरीहरु र उनिहरुका दाजु भाईहरुलाई सम्बोधन गर्दै साथी सञ्जालमा मार्फत समाजमा बिकसित समाजका बिकृति र बिसंगती बिरुद्ध संचालन गरिएका सचेतनामुलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव परेको र जसले गर्दा बाल बिबाह गर्ने र गराउने प्रथाको अन्त्यको शुरुवात भइरहेकोमा खुशी ब्यक्त गर्नु भएको छ। प्रमुख अतिथि तथा गाउपालिकाका उपाध्यक्ष ज्ञवालीले बालबालिकाहरुलाई सानै उमेरमा बिबाह गरिदिनाले उनिहरुको शैक्षिक र सांस्कृतिक रुपमा पछि पर्नुका साथै शारिरीक रुपमा पनि जीवनभर कमजोर हुने भएकोले सामाजिक अपराधको रुपमा रहेको बालबिबाह र बिबाहको समयमा लिने र दिने दाइजो प्रथाको अन्त्यले दुबै परिवारको आर्थिक पनि बलिया हुने बताउनु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ७ को कर्महवा माध्यमिक बिधालयमा भएको कार्यक्रममा सो वडाका वडा अध्यक्ष ध्रुव यादवले बालबिवाह र दाइजो प्रथाका बिरुद्ध साथी सञ्जालसंगै एकसाथ रहने र सामाजिक बिकृतिका रुपमा रहेको बाल बिवाह र दाइजो प्रथा अन्त्यका लागि आफ्नो वडा कार्यलयबाट उपलब्धहुने सहयोगलाई निरुन्तरता दिने बताउनु भएको छ।यस्तै गैडहवा गाउपालिकाको वडा नं. ५को गिदहिया आधारभुत बिधालयमामा भएको कार्यक्रममा सो वडाका वडा अध्यक्ष श्री कृष्णशंकर प्रसाद गुप्ताले गैडहवामा सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेसनको सहयोगमा संचालित साथी सञ्जाल मार्फत भएको सामाजि बिकृति बिसंगती बिरुद्धको सचेतना कार्यक्रम,किशोर किशोरीहरुको क्षमता अभिबृद्धिका लागि संचालन भएका बिभिन्न खेलकुद कार्यक्रमहरुले बास्तवमै समाजमा सकारात्मक प्रभाव परिरहेको बताउनु भएको छ ।
यसैगरी शुद्धोदन गाउपालिकाको वडा नं. १ शिसैमा भएको कार्यक्रममा वडा नं. १ का वडा सदस्य सन्तराम लोनिया,गैडहवा गाउपालिकाको वडा नं. ६ को सूर्यपुरा माध्यमिक बिधालयमा भएको कार्यक्रममा सोही वडाका वडा सदस्य संगिता हरिजन,शुद्धोदन गाउपालिका वडा नं. ७ को मटेरियामा भएको कार्यक्रममा सोही वडाका वडा सदस्य किशोर चौधरी,लगायतले पनि बालबिबाह र दाइजो प्रथा बिरुद्ध साथी सञ्जालसंगै सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
तराइमा सामाजिक बिकृति र बिसंगतीको रुपमा बिकसित बाल बिबाहका बिरुद्ध गैडहवा गाउपालिका वडा नं. ५ को गिदहीयामा बालबिबाह अन्त्यका लागि "राखी पे मेरा प्रतिज्ञा" कार्यक्रममा सरिता हरिजन,वडा नं. ६ को सूर्यपुरा माध्यमिक बिधालयमा रिमकला हरिजन,शुद्धोदन गाउपालिका वडा नं. १ को शिसैमा भएको कार्यक्रममा सुनिता हरिजन,यस्तै सोही गाउपालिकाको वडा नं. २ को शिशैमा भएको कार्यक्रममा पुष्पा चौधरी,वडा नं. ७ को मटेरियामा भएको कार्यक्रममा सृजना थारु र र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ७ को कर्महवा माध्यमिक बिधालयको कार्यक्रममा बिध्याञ्चल यादवले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।