नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच स्थानयि तहको निर्वाचनका लागि बनेको गठनबन्धनका साझा उमेद्वारहरुको नाम टुंगो लागेको छ। सत्तारुद्ध दलहरु बिच चुनावी गठबन्धन गरेर चुनावमा जाने केन्द्र तहको निर्णय भएपनि धेरै स्थानिय तहहरुमा छुट्टा छुट्टै निर्वाचनमा गएका छन भने कतिपय स्थानहरुमा सहमतीका आधारमा दुई दलिय चुनावी गठबन्धन गरेर चुनावमा होमिएका छन।
कञ्चनमा क्रिायशिल सत्तारुद्ध दलहरु मध्ये राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादी दलले एकल उमेद्वारी दिने भएको छ। भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी गठबन्धन भएको छ। दुई दलिय गठबन्धनले नेपाली कांग्रेसलाई गाउपालिका अध्यक्ष र ४ वडामा वडा अध्यक्ष पाएको छ । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष र १ वडामा वडा अध्यक्ष पाएको छ। गठबन्धनबाट गाउपालिका हाँक्ने उमेद्वारहरु को कस्ता छन? यहाँ उमेद्वारहरुको संक्षिप्त परिचय दिने प्रयास गरिएको छ।
नवराज ढकाल, गाउपालिका अध्यक्षका उमेद्वार
नेपाली कांग्रेसले लामो रस्साकस्सीका साथ बिधार्थी राजनीतिका हस्ती नवराज ढकाललाई पार्टीको तर्फबाट कञ्चन गाउपालिका हाँक्ने साझा उमेद्वारको रुपमा अगाडी सारेको छ। कांग्रेस भित्र रहेका ६ जना आकांक्षी उमेद्वारहरुका बिच अन्तिम ३ बाट बिधार्थी नेता ढकालले नेपाली कांग्रेसको तर्फबाट गाउपालिका अध्यक्ष पदको उमेद्वार हुने मौका पाएको हो ।
नेपाल विद्यार्थी संघ रुपन्देहीका पुर्ब उपाध्यक्ष हुदै नेपाल तरुण दलका पुर्ब लुम्बिनी अञ्चल प्रमुख समेत राजनैतिक पृष्ठभुमी बनाईसकेका ढकाल नेपाली कांग्रेस रुपन्देहीका सदस्य हुन। कञ्चनमा पहलिो पटक दुरसञ्चारसंग जोडेका ढकालले हरैया माध्यमिक विधालयलाई अहिलेको अवस्थामा आइपुग्न महत्वपुर्ण ईट्टा थपेका थिए बिधालय व्यबस्थापन समितिको अध्यक्ष भएर । बैचारिक रुपमा सशक्त ढकाल सबैसंग मित्रवत व्यबहार गर्ने राजनैतिक संस्कारयुक्त व्यीक्र हुन।
नेपाली कांग्रेस र नेकपा माअेवादी केन्द्रको संयुक्त चुनावी गठबन्धका साझा उमेद्वारको रुपमा अगाडी सारिएका शैक्षिक ब्यक्तित्वका धनि ढकाल सहित गठबन्धनको पक्षमा जित निकाल्न दुबै दलका नेता कार्यकर्ता एकमन भएर चुनावी प्रचार प्रसारमा लाग्ने छन। नवराज ढकाल जस्ता बौद्धिक तथा राजनैतिक संस्कार भएका व्यक्तिहरु निर्वाचित भई गाउपालिकाको नेतृत्व गरेमा आजको कञ्चनलाई समृद्धि भित्रको समृद्धि बनाउने छन।
मौसमी थापा मगर, गाउपालिका उपाध्यक्ष पदका उमेद्वार
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच भएको चुनावी गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई उपाध्यक्ष र १ वडा अध्यक्ष पाएको छ। नेकपा माअोवादी केन्द्रको पदतर्फबाट उपाध्यक्ष मा उमेद्वारी पाएकी मौसमी थापा मगर शिक्षिका हुन। उपाध्यक्ष पदमा पार्टीबाट टिकट पाएपछि एक हप्ता अगाडी शिक्षण पेशााबाट राजिनामा दिएकी हुन।
कञ्चन १ शान्तीनगर निवासी युवा महिलाको रुपमा नेकपा माओवादी केन्द्रले मौसमी थापा मगरलाई उपाध्यक्ष पदमा अगाडी सारेपछि उनको चर्चा पनि कञ्चनभरी भइरहेको छ। दुई दलको गठबन्धनबाट उमेद्वारी पाएकी मौसमीको जित प्राय निश्चित छ। प्रगती नमुना माध्यमिक विधालयमा अध्यापन गर्दै आएकी मौसमीले यस अघि नमस्ते बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष भई नेतृत्वको बिकास गरिसकेका छन। प्रगती नमुना मा।बि।मा शिक्षण गर्नु भन्दा पहिले अक्सफोर्ड बोर्डिंग स्कुलमा शिक्षण गरेका मौसमी नेकपा माओवादी केन्द्रको सदस्य हुन।
कञ्चन गाउपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भए उनले कञ्चनको समृद्धि र शुसासन कायम गर्नमा आफुलाई समर्पित गर्ने आम मतदाताको बिश्वास छ। पार्टीको मुख्य प्रभावमा नपरेका मौसमीलाई कञ्चनको सम्भावित पर्यटन बिकास, कञ्चनमा उत्पादित कृषिजन्य उत्पादनहरुको सम्भावित बजारिकणको अध्ययन र उचित व्यबस्थापनलाई बढी महत्वका साथ प्राथमिकरण गर्ने छ। युवाहरुको क्षमता अभिबृद्धि र खेलकुद बिकास, महिला,बालबालिका तथा अपांग मैत्री समाज र कञ्चनका सबै सरकारी तथा गैरसरकारी संघसंस्थालाई सेवाप्रदायक संस्थाहरुको रुपमा बिकास गर्नमा जोड दिने छन। सुनौलो शान्ती युवा क्लवको सदस्य समेत रहेका मौसमीलाई कञ्चन गाउपालिकाको उपाध्यक्ष पदमा विजयी बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता सहित आम मतदाताले चुनावी प्रचार अभियानलाई तिव्रता दिने छ।
चन्द्र बहादुर राना, नेपाली कांग्रेस वडा नं. १ का अध्यक्ष पदका उमेद्वार
अक्सफोर्ड मोर्डन बोर्डिंग स्कुलका संचालक चन्द्र बहादुर राना नेपाली कांग्रेसको तर्फबाट कञ्चन १ को लागि वडा अध्यक्षका उमेद्वार हुन। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिचको दुई दलिय चुनावी गठबन्धनको तर्फबाट साझा उमेद्वारको रुपमा रहेका राना नेपाली कांग्रेसको पुर्व क्षेत्रिय प्रतिनीधि हुन।
कञ्चनमा नेपाली कांग्रेसलाई जिवन्त बनाउन क्रियाशिल सदस्य हुदै पुर्व क्षेत्रिय प्रतिनीधि समेत भइसकेका राना कांग्रेस भित्रका इमान्दार कार्याकर्ता हुन। संस्थागत बिधालहरुको छाता संगठन प्याब्सनको बिभिन्न तहहरुमा रहेर संस्थागत नेतृत्व बिकास गरेका रानाले कञ्चनका शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुराउदै आएका छन। सरल र नम्र व्यबहार भएका रानालाई नेपाली कांग्रेस र नकपा माओवादी केन्द्रका मतदाता बाहेक पनि वडा नं. १ का आम मतदाताहरुले उनलाई जिताउन सहानुभतिको मत दिने छन।
टेक बहादुर गुरुंग(चन्द्रै) नेपाली कांग्रेस वडा नं. २ का अध्यक्ष पदका उमेद्वार
चन्द्रे दाईको नामले परिचित टेक बहादुर गुरुंग नेपाली कांग्रेसका महाधिबेसन प्रतिनीधि हुन। यस अघि २०७४ को स्थानिय तहको चुनावमा समेत कडा प्रतिस्पर्धीको रुपमा थिए। उनि २०७४ को स्थानिय तहको चुनावमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार शेर बहादुर थारुसंग १ सय ८ मतान्तरले पराजित भएका थिए । सामाजिक काममा सदैव क्रियाशिल हुने चन्द्रेदाई नेपाली कांग्रेसको तर्फबाट साझा उमेद्वार हुन। नेकपा माओवादी केन्द्रसंगको चुनावी गठबन्धनले यस पटकको चुनाव गुरुंगको पक्षमा आउने सम्भावना प्रवल देखिएको छ। यसबैतहका व्यक्तिहरुसंग समान व्यबहार गर्ने प्रष्ट धारण राख्ने व्यक्तिका रुपमा परिचित गुरुंग नेपाली कांग्रेसको साधरण सदस्य हुदै क्रियाशिल सदस्य देखि महाधिबेशन प्रतिनीधिको जिम्मेवारी लिइएर नेतृत्व बिकास गरेका छन। कञ्चन २ को मात्र नभई समग्र कञ्चनको बिकास गर्नमा अहिलेको जनप्रतिनीधिहरुलाई सहयोगर सुझाव दिदै आएका वडा अध्यक्षका उमेद्वार सबैको दुख सुखका साथीका रुपमा कार्य गर्दै आएका हुदा पनि यसपटक उनको पक्षमा मत त आउने सम्भावना रहेको छ।
टिकाराम सापकोटा (मधु) नेपाली कांग्रेस वडा नं. ३ का अध्यक्ष पदका उमेद्वार
सामाजिक सेवामा सदैव आफुलाई अग्रसर मधु नामले पचिरित टिकाराम सापकोटा नेपाली कांग्रेस सम्बद्ध तरुण दलका रुपन्देही क्षेत्र नं. ५ का सभापति हुन। बिभिन्न संघसंस्थामा अवद्ध भएर सामाजिक सेवा मार्फत आफ्नो छविलाई सुरक्षित बनाउदै आएका सापकोटाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उमेद्वार हुन।
वडा नं. ३ मा प्रतिपक्षी उमेद्वारका लागि बलियो प्रतिस्पर्धी उमेद्वारको रुपमा अगाडी सारिएका सापकोटा नेपाल रेडक्रस सोसाइटी, कञ्चन उपशाखा संस्थापक कोषाध्यक्ष समेत हुन । कञ्चन सामुदायिक सञ्चार संस्था, कञ्चन, रुपन्देहीको संचालक समिति सदस्य समेत रहेका टिकाराम सापकोटा (मधु) लायन्स क्लव अफ कञ्चन हरैयाका पव्लिक रिलेसन कोर्डिअनेटर समेत भई आम कञ्चनवासी बिच राम्रो सम्बन्ध कायम गर्दै आएका सापकोटाले वडा नं. ३ का मतदाताहरुसंग राम्रो सम्बन्ध कायम राख्दै आएका कारण प्रतिस्पर्धी दलका उमेद्वारका लागि बलियो उमेद्वारका रुपमा प्रस्तुत हुने सम्भावना देखिएको छ। मिठो र नम्र व्यबहारका धनी सापकोटालाई जिताउन कञ्चन ३ का आम मतदाताले साथ दिने बिश्वास रहेको छ।
केशर बहादुर खत्री, नेपाली कांग्रेस वडा नं. ४ का अध्यक्ष पदका उमेद्वार
नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष दुर्गासिहं क्षेत्री संगै वडा सदस्यमा बिजेता भएका केशर बहादुर खत्री नेपाली कांग्रेसका कृयाशिल सदस्य हुन। वडा सदस्यमा विजेता भएका खत्रीले अधिकांश समय कार्यावाह वडा अध्यक्षको रुपमा जिम्मेवारी बहन गरिसकेका छन। वडामा कार्यबाहक वडा अध्यक्ष भएर प्रत्यक्ष रुपमा जनप्रतिनीधिको रुपमा कार्य गर्ने मौका पाएका कारण उनले वडावासी जनतासंग प्रत्यक्ष रुपमा सम्बन्ध राख्ने अवसर मिलेको खत्रीलाई वडा अध्यक्षको पदमा जित हासिल गर्न निकै सहज हुने देखिन्छ।
वडावासीको समस्याहरुको संग नजिक रहेर सामस्या समाधानमा सदैव अग्रसर केशर खत्री नेपाली कांग्रेसको तर्फबाट उममेद्वार भएपनि उनि सत्ता साझेदार दल नेकपा माओवादी संगको चुनावी गठबन्धनका साझा उमेद्वार हुन। दिगो बिकास र सुशासनमा बिश्वास गर्ने वडा नं. ४ का वडा अध्यक्षका उमेद्वार केशर बहादुर खत्रीलाई पनि वडावासी मतदाताहरुले बिशवास गरी अत्याधिक मतले विजयी बनाउने छन।
हिरा बहादुर रोका(अमर)नेकपा माओवादी केन्द्र
वडा नं. ५ का अध्यक्ष पदका उमेद्वार
नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य अमर स्थानिय तहमा राम्रो व्यक्तिको रुपमा चिनिन्छन। पार्टीको बिभिन्न जिममेवारी लिएर देशको अधिकांश स्थानहरुमा पुगेर राजनैतिक संगठन बिस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेका अमर राजनैतिक रुपमा सचेत र प्रष्ट बिचार भएका व्यक्तिमा गनिन्छन। नेपाली कांग्रेसस)गको चुनावी गठबन्धको क्रममा वडा नं. ५ को वडा अध्यक्ष नेकपा माओवादीले पाएपछि पार्टीले अमरलाई अगाडी सारेको हो । वडा नं. ५मा नेकपा एमाले र नेपाली कांग्रेससंग हाराहारीको मत भएको केन्द्रले चुनावी गठबन्धनमा उपाध्यक्ष सहित १ वडा पाएको थियो । नेकपा माओवादीका इमान्दार भई स्थानिय तहमा आएर काम गरेका अमरले वडा नं. ५ को मात्र नभई समग्र कञ्चनको समानुपातिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने छन भन्ने बिश्वासका साथ अन्तिम समयमा वडा ननं. ५ नेकपा माओवादीलाई भाग परेको थियो । जनताको निस्वार्थ सेवामा समर्पित अमरमा भेदभाव रहितपुर्ण व्यबहारलाई समाजमा संस्थागत गर्न सक्ने अव्वल व्यक्तिका रुपमा वडा नं. ५ का मतदाताहरुले अमरलाई अत्याधिक मतले विजयी बनाउन लागि पर्ने छन।