९ बैशाख, कञ्चन
सुशासन, बिकास र समृद्धि समाजवादको आधार, पालिका पालिकामा एमालेको सरकार भन्ने नारा सहित नेकपा एमाले, कञ्चन गाउ कमिटिले स्थानिय तहको निर्वाचन प्रतिबद्धता पत्र घोषणा गरेको छ। पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले सम्बृद्ध कञ्चन र सुखी कञ्चनवासी बनाउन खेलेको भुमिकालाई पार्टीलाई सम्मान गर्दै २०७४ को स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनीधिहरुले गरेका जनमुखी कार्यहरुको व्याख्या सहित उक्त प्रतिबद्धता पत्र घोषणा गरेको हो ।
सडक तथा यातायात, भुमि व्यबस्थापन, बसोवास तथा आवास, खानेपानी तथा ढल निकास, बिधुत तथा सञ्चार, कृषि, सिंचाई तथा पशुपालन, पर्यटन पुर्वाधार बिकास तथा पर्यटन प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, गरिवी निवारण तथा रोजगारी सिर्जना, वन तथा वातावरण, उधोग, व्यापार तथा बजार व्यबस्थापन, सहकारी तथा नीजि क्षेत्र, जेष्ठ नागरिक महिला किशोर किशोरी तथा बाल वालिका र सुशासन गरी १५ वटा क्षेत्रमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
सडकको क्षेत्रमा बिस बर्षे दीर्घकालिन भु उपयोग योजनालाई आधार बनाएर गाउपालिकाको यातायात गुरु योजना तयार पारी कार्यान्वयन गरिने उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। पछाडी परेको क्षेत्रलाई आगामी पाँच बर्ष भित्र ग्राभेल सडक र पक्की सडकले जोडिने र तुलसीघाटमा झोलुंगे पुल निर्माण गरिने, सडकहरुको सडक अधिकार क्षेत्र एवं अन्य मापदण्डहरु तयार गरिने र घर नक्सा पास प्रणालीलाई पनि प्राथमिकता दिइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
यसैगरी भुमि व्यबस्थापन, बसोवास तथा आवास क्षेत्रमा भमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरु व्यबस्थित गरी लालपुर्जा उपलब्ध गराई पुर्णता दिने, बिपदहरुबाट सुरक्षित आवास निर्माणका लागि राष्ट्रिय भवन संहिता लागु गर्ने र घर निर्माणका लागि नक्सा पासलाई व्यबस्थित गर्ने, घरवार बिहिन, लोपोन्मुख, तथा अतिविपन्न समुदाय एवं परिवारको पहिचान गरी आवस्यकताको आधारमा सुरक्षित आवासको प्रबन्ध मिलाइने नेकपा एमालेले तयार गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।
उज्यालो पालिका, कर्मशिल पालिकावासी कार्यक्रम अन्तर्गत बिधुतको पहुंच नपुगेका स्थानहरुमा बिधुत बिस्तार, काठका पोल विस्थापित, लत्रिएका तार व्यबस्थापन, भोल्टेज सुधार गर्ने र सञ्चार नपुगेका ठाउहरुमा सञ्चारको पहुंच पुर्याउन पहल गर्दै ल्याण्डलाइन टेलिफोन सेवालाई बिस्तार गरि सावैजनिक स्थानहरुमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने नेकपा एमाले कञ्चनको प्रतिवद्धता पत्रमा उल्लेख छ।
प्रतिबद्धता पत्रमा सबै बालबालिकाहरुलाई बिधालय पहुंचको सुनिश्चित्ता गर्दै आवस्यकता अनुसार प्राविधिक विधालयहरुको स्थापना गरिने, सामुदायिक विधालयहहरुको शैक्षिक गुणस्तर तथा पुर्वाधार बिकास गर्न शिक्षक प्रोत्साहन कार्यक्रम, हरैया बहुमुखी क्याम्पसलाई स्तरोन्नती गर्दै क्यू ए ए प्रमाणिकरण गराउन आवस्यक सहयोग गरिने लगायतका बिषयहरुमा शैक्षिक क्षेत्रको मुद्धाहरुलाई प्रतिबद्धता पत्रमा जोड दिइएको छ। यसैगरी निरोगी नेपाल, स्वास्थ्य कञ्चनवासी कार्यक्रम अन्तर्गत १५ शैयाका अस्पताल निर्माण, प्रत्येक आधारभुत स्वाथ्य केन्द्रहरुलाई मातृ शिसु स्वास्थ्य केन्द्रको रुपमा बिकास गर्ने, कञ्चनलाई कुपोषण मुक्त पालिका, ७० बर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य विमा र सबै कञ्चनवासीहरुलाई स्वास्थ्य विमाको पहुंचमा पुराइने, निरोगी नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन योग, व्यायाम, तथा मनोरञ्जनका लागि पालिका तथा वडा तहमा आवस्यक पुर्वाधार समेत तयार गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।
नेकपा एमालेका जिल्ला सदस्य हिमा बेलवासेको संयोजकत्वमा गठित ५ सदस्यिय नेकपा एमाले कञ्चन गाउ कमिटिको स्थानिय तह निर्वाचन २०७९ को प्रतिवद्धता पत्र निर्माण कार्यदलले सो प्रतिबद्धता पत्र तयार गरेको हो ।कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य गोकर्ण बहादुर क्षेत्री, शुसिला न्यौपाने, पार्टी इन्चार्ज धनकुवेर बुढाथोकी र भरतमणी सापकोटा, गाउकमिटी अध्यक्ष दिनानाथ आचार्य लगायत नेता कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।