चैत ६,कञ्चन ।
दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ गते राष्ट्रिय टोली र थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा हुनेछ । दवै खेल थाइल्यान्डको चोबुरीमा हुने बताइएको छ ।
एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो । राष्ट्रिय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलबहादुर थापाले आइतबार विदाई गरेका थिए ।
व्यवसायिक फुटबल खेल्नका राष्ट्रिय टोलीका कप्तान समेत रहेका किरण चेम्जोङ माल्दिभ्स र रोहित चन्द इन्डोनेसियामा छन् । उनीहरु त्यहिबाट थाइल्यान्ड जाने बताइएको छ । २५ सदस्य भित्र रहेको जगजित श्रेष्ठ भने अष्ट्रेलिया पुगेका छन् ।
राष्ट्रिय टोलीका खेलाडी
किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द
Facebook0